नेपाल सितेरियो कराँते संघ काभ्रेमा प्रताव वैद्यको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ । जसमा बरिष्ठ उपाध्यक्ष सुरेश कारञ्जित, उपाध्यक्षहरू कुवेर मानन्धर, प्रकाश श्रेष्ठ, नवराज मानन्धर, राजेशकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, विजेन्द्र प्रधान रहेका छन् । महासचिवमा श्यामसुन्दर कुँवर, सचिव गौतम मानन्धर, कोषाध्यक्ष सञ्जय सुन्दर सैजु, सह सचिव कविरकुमार रञ्जितकार, सह कोषाध्यक्ष रामसुन्दर कुँवर रहेका छन् भने सदस्यहरूमा दिपक पण्डित क्षेत्री, गणेश दनुवार, रणबहादुर तामाङ, सुर्यलाल श्रेष्ठ, राजन मानन्धर, बलराम मानन्धर, रामेश्वरी मानन्धर, सुरज केसी, विजय श्रेष्ठ, देव लामा, सञ्जय लामा, राजेन्द्र आचार्य, तेजनारायण पसक्षे, सुजन सुवाल, श्याम श्रेष्ठ(बुडोल), श्याम श्रेष्ठ (पनौती), श्याम मानन्धर, इश्वर नापित र सुरेश अमात्य रहेका छन् । जिल्लामा नयाँ नेतृत्व आएसँगै खेलाडीहरुले अब आफूहरुलाई झनै आत्मबल बढेको प्रतिक्रिया दिएका छन् । नवअध्यक्ष प्रताप बैद्यले विगतको इतिहासलाई साक्षी राख्दै आगामी दिनमा कराँतेको क्षेत्रमा आफूहरू सक्रिय रहँदै काम गर्ने बताउनु भएको छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य बुसुन्धरा हुमागाई,ेसंघका केन्द्रिय अध्यक्ष दावा गुरुङ्ग, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, जेसिजका पुर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष विकास मानन्धर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर लामा, काभ्रे पुण्यवती यातायात प्रालीका अध्यक्ष राजेशसुन्दर सैजु, राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपाली, जिल्ला सचिव गौतम मानन्धर, श्यामसुन्दर कुँवर लगायतले मन्तव्य राख्नु भएको थियो ।