IMG-LOGO

काभ्रे करातेको पाँचौ सभा

 मंगल, सावन १२, २०७८  ---

 

       खेलकद मार्फत आफ्नो छुट्टै पहिचान बनाएको काभ्रे कराते एकेडेमीको पाँचौ बार्षिक साधारणसभा, तेस्रो अधिबेशन तथा पदस्थापना कार्यक्रम शनिबार सम्पन्न भएको छ । एकेडेमिका प्रमुख सल्लाहकार एवं यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष योगेन्द्र नाथ कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेसनबाट गौतम मानन्धरको अध्यक्षतामा काभ्रे कराते एकेडेमीको नयाँ कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा राजन मानन्धर, दिपक पण्डित, रणबहादुर तामाङ्ग, महासचिवमा श्यामसुन्दर कुवर, कोषाध्यक्षमा बलराम मानन्धर, सचिवमा बासु कार्की, सहकोषाध्यक्षमा रामेश्वरी मानन्धर, सदस्यहरुमा हरी ठकुरी, नविन नापित, बेलकुमार घलान, रामसुन्दर कुवर, कविर कुमार रञ्जित, विमल श्रेष्ठ, ईशा श्रेष्ठ र राजेन्द्र आचार्य चयन हुनुभएको छ । कार्यक्रममा काभ्रे कराते संघका अध्यक्ष प्रताप बैध, संंस्थापक राजेन्द्र कपाली, समाजसेवी रत्नकुश रञ्जित, शान्तिरत्न शाक्य, महेशकुमार कर्माचार्य, काभ्रे फुटवल संघका विकास नारायण श्रेष्ठ, संघका संस्थापक अध्यक्ष सुरेश कारञ्जित, सहायक प्रमुख प्रशिक्षक नवराज मानन्धर, संस्थापक महासचिव राजेशकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्