IMG-LOGO

पत्रकारको चुनावमा प्रतिगमनकारीलाइ समर्थन गर्ने पत्रकारको पराजय

 मंगल, चैत ३१, २०७७  फडिन्द्र शर्मा

यसपल्टको नेपाल पत्रकार महासंघको निर्वाचन सोचे भन्दा फरक भयो  ! ११ राजनीतिक दल समर्थित पत्रकारहरुले सत्ताधारी दल नेकपा एमाले ओलीलाई समर्थन गर्ने  पत्रकारहरुलाई प्रदेश नम्बर २ बाहेक सबै प्रदेश र केन्द्रमा हराए !  अधिकांश जिल्लामा प्रेस युनियन प्रेस संगठन र नेकपा एमाले माधव नेपाल समर्थित प्रेस चुतारीको जित भयो ! नेपाल पत्रकार महासंघको यसपल्ट प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनाव सम्पन्न भएको थियो ।  मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन भएको हो । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।
           ३ बर्षको कार्यकालका लागि नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । अत्यक्षका अर्का प्रत्यासी प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासीहरु गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेका थिए  ।
त्यस्तै शर्मा समूहका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् । समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा भने रोशन पुरी विजय बनेका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे । खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनले शाहीमान राईलाई हराए । सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् । यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । उनले द्वारिकाप्रसाद काफ्लेलाई पराजित गरे । लेखा समिति सदस्यमा छविलाल तिवारी विजयी भए । खुला सदस्यहरुमा बासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री विजयी भएका छन् । त्यस्तै सरिता तिम्सिना (खस–आर्य महिला), ललिताकुमारी साह (मधेसी), शान्ति आङबुहाङ (आदिवासी जनजाति), सरिता बराइली (महिला–दलित), भीषण राई (आदिवासी जनजाति), सञ्चकुमारी लामा तामाङ (आदिवासी जनजाति महिला), प्रकाश धौलाकोटी (दलित), राधा नेपाली (महिला दलित), सुवासप्रसाद साह (सदस्य मधेसी), रिंकुकुमारी मिश्र (मधेसी महिला), नवीन रिजाल (अपांगता), इफ्तखार हसन (इकवाल अहमद) (अल्पसंख्यक) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै अमर खड्का र दीपेन्द्र रुम्दाली राई प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । प्रदेश २ बाट केसी लामिछाने र शिव पुरी र वाग्मती प्रदेशबाट ध्रुवकुमार रावल र सुनिल खड्का निर्वाचित भएका छन् । गण्डकीबाट प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनीबाट भवानीप्रसाद पाण्डे र सुशील पोख्रेल, कर्णालीबाट दीपेन्द्र शर्मा र भीमबहादुर सिंह तथा सुदूरपश्चिमबाट उत्तरसिंह विष्ट र भरतबहादुर साह निर्वाचित भएका छन  । उपत्यकाबाट केन्द्रीय सदस्यमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठानतर्फबाट मणि दाहाल र रामकृष्ण अधिकारी केन्द्रीय सदस्य भएका छन् । यस्तै एसोसियटबाट कृति भट्टराई र विकास कार्की विजय भए ।

 त्यस्तै नेपाल पत्रकार महासंघ काभ्रे शाखाको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना निर्वाचित भएका छन् । सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित भएका छन् । उपाध्यक्षमा प्रेस चौतारीका विनोदकुमार न्यौपाने निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा प्रेस युनियनकी सुनिता सापकोटा निर्वाचित भएकी छन् । कोषाध्यक्षमा प्रेस चौतारीका केदारनाथ तिमल्सिना विजयी भएका छन् । समावेशी सहसचिवमा प्रेस चौतारीका जगतमान बल विजयी भएका छन् । त्यस्तै सहसचिव खुल्लामा प्रेस युनियनका सरोज अधिकारी निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा अशोक महत, देवराज केसी, मोहनकृष्ण, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया र शिवप्रसाद पन्त छन् । यसैगरी प्रदेश सदस्यमा प्रदिप केसी, भुवन रायमाझी, नवराज सापकोटा, भरत अधिकारी, रामनचन्द्र दनुवार, रामहरि श्रेष्ठ र लक्ष्मण तिमल्सिना विजयी भएका छन् ।
ट्रयाक्टर दुर्घटन हुँदा १ जनाको मृत्यु
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ बुच्चाकोटस्थित बीपी राजमार्गमा ट्रयाक्टर दुर्घटन हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्य हुनेमा सिन्धुलीको मरिण गाउँपालिका–५ का १७ वर्षीय सहचालक झलक विक रहेका छन् । ट्रयाक्टरमा सबार २ जना मध्ये चालक सोहि स्थानका २४ वर्षिय विमान विक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिए ।
आईतबार बिहान धुलिखेलबाट भकुण्डेतर्फ जादै गरेको ना ५ च ६०८७ नं को ट्रयाक्टर ढलान गर्ने मिक्सर बोकेर गएको र तिब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको उनले जानकारी दिए । ट्रयाक्टर सडकबाट अन्दाजी २०÷२५ फिट तल खसेको बताईएको छ ।
शव पोष्टमाटमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । चालक विकलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको सुचना अधिकारी खतिवडाले जानकारी दिए । 
४ वटा नवनिर्मित प्रहरी ईकाई भवनको उद्घाटन
काभ्रे जिल्लाका ४ वटा नवनिर्मित प्रहरी ईकाई भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आर्थिक सहयोगमा निर्मित भवनहरु मध्ये ४ वटा प्रहरी ईकाईहरुको समुद्घाटन सम्पन्न भएको हो ।
जिल्लाको पाँचखाल नगरपालिका वडा नं १३ स्थित तिमालबेशीमा २ करोड २६ लाख ६० हजार ९ सय ३९ रुपैँयाको लागतमा निर्मित भवन, महाभारत गाउँपालिकाको वडा नं ४ स्थित फोक्सिङ्गटारमा २ करोड २८ लाख ३१ हजार ७ सय २८ रुपैँयाको लागतमा निर्मित भवन, सोही गाउँपालिकाकै वडा नं १ स्थित गोकुलेमा २ करोड ३४ लाख २४ हजार ९ सय ३३ रुपैँयाको लागतमा निर्मित भवन र खानीखोला गाउँपालिका वडा नं ५ स्थित तालढुङ्गामा २ करोड २२ लाख ३७ हजार ७ सय ८६ रुपैँयाको लागतमा निर्मित भवनको समुद्घाटन भएको हो ।
उक्त भवनहरुको चैत्र २६ र २७ गते बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्रहरी ईकाई भवनहरुको निर्माणका लागि २०७६ साल जेष्ठ १७ गते सम्झौता भएको थियो । सम्झौता भएका ६ वटा प्रहरी ईकाईहरु मध्ये प्रहरी चौकी फलाटेको गत मंसिर १४ गते समुदघाटन सम्पन्न भई सकेको जिल्ला प्रहरी कार्यालय काभ्रेको जानकारी छ । कार्यालयका अनुसार बिकट भौगोलिक बनावटका कारण प्रहरी चौकी फलामेटारको निमार्ण कार्य अन्तिम चरणमा रहेको छ ।
कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख ज्ञानदिप राईले प्रहरीलाई क्रमश आधुनिकिकरण गर्दै जाने योजना अनुरुप पहिलो चरणमा यी ६ वटा प्रहरी ईकाई मध्ये ५ वटा समुद्घाटन सम्पन्न भएको जानकारी दिए । उनका अनुसार दोश्रो चरणमा २ वटा ईलाका प्रहरी कार्यालय देबिटार र ईलाका प्रहरी कार्यालय बनेपाको भवनहरु निमार्णाधिन अवस्थामा रहेको छ । त्यस्तै तेश्रो चरणका लागि प्रहरी चौकी साँगा तथा प्रहरी चौकी भकुण्डेबेशीको टेण्डर प्रक्रियामा रहेको र तुरुन्त निर्माण प्रारम्भ हुने उनले बताए ।
उक्त अवसरमा निर्माण सम्पन्न भएका प्रहरी ईकाईहरुको लागि निशुल्क रुपमा जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई दोसल्ला सहित कदर पत्रद्धारा सम्मान गरिएको थियो । उक्त कार्यक्रममा सम्बन्धित पालिकाका जनप्रतिनिधीहरु, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय शान्ति सुरक्षा शाखा प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक दलका स्थानिय प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थितीमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।
पत्रकारको चुनावमा प्रतिगमनकारीलाइ समर्थन गर्ने पत्रकारको पराजय
फडिन्द्र शर्मा

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्