IMG-LOGO

भारतीय किसान आन्दोलन

 मंगल, मंसिर ३०, २०७७  नरेन्द्र जंग पिटर

अहिले भारतीय किसान आन्दोलन अकुपाई दिल्लीमा फेरिँदैछ । अरु असन्तोष, अभियान, प्रतिरोध सहजै दवाउन सके पनि किसान आन्दोलन दवाउने अनेकौँ तिकडम विफल भए । समाज उथुलपुथुल, अग्रगमन, नयाँसोच र भूमिकाको लागि आन्दोलन जहाँ भए पनि महा-उत्सव हुन्छ ।
    जव सत्ता मैमत्त हुन्छ, सडक मौन हुन्छन्, भित्ता चिच्याउन छोड्छन् मूलधार मिडिया दरवारी र कर्पोरेटहित प्रवक्ता बन्छन्, मान्छे मिसिन जस्तो आफैँ केन्द्रित हुन्छ, समाज निराशामा फेरिन्छ, सत्ता गम्भीर विषय विषयान्तर गर्ने खेलमा हुन्छ, मान्छेले मानवता, स्वभिमान र सपना देख्न छोड्छ । सपनाको, विचारको , राजनीति संर्घषको अन्त्य भनेर सत्ताले कणर्ाल फुकिरहेको हुन्छ त्यस्तो बेला इतिहासमा बन्ने आन्दोलन महा-उत्सव हुन्छन् । दुवोझैं सुकेको प्रतिरोधी चेत र सन्देश संसारमै फैलिएर हलक्क बढ्ने गर्छ ।
    अहिले संसारको ध्यान भारतीय किसान आन्दोलनप्रति बढेको छ । त्यसले अझै प्रलयको दिन आएको छैन्, मान्छेको हृदय बाँझै भईसकेको छैन् भन्ने सन्देश दियो । सरकार पार्टीले हैन् कर्पोरेटले चलाएको छ र । आन्दोलनको १६औं दिनपुग्दा चिस्यानले १५ जनाको मृत्यु भैसक्यो । पंजावबाट सल्केको राँको देशब्यापी हुँदै संसारमै फैलिए । आशा, विश्वास र अभियानको बहस बन्यो ।  सबै वर्ग र प्रतिपक्षी दल-‘अभी नही तो कभी नही’ भन्दै समर्थनमा ओइरिए ।  
किसान आन्दोलनले एकैपटक धेरै विषयमा गम्भीर बहसको माग गर्‍यो । पुंजिवादी सकंट सडकमा छताछुल्ल भए । पुंजीवाद संकटको संकेत त बुझ्दैन् तर त्यसलाई कुशलपूर्वक निम्टिन्छ । किसान त एकबोरा आलु जस्तै सानाठूला, किचमिरा विभिन्न आकार र प्रकारका हुन्छन । त्यसैले कम्युनिष्टहरु यस्ता आन्दोलनलाई बुर्जुवा टकराहट भन्दै या त सुद्धतावादमा फस्छन् या त कुहिएको फर्सी बन्छन् । दुवै अवस्थामा सामाजिक आन्दोलनबाट कटिन्छ् । आन्दोलनलाई जवसम्म सामाजिकीकरण गर्न सकिंदैन र राजनीतिलाई सांस्कृतिकीकरण गर्न सकिँदैन् । त्यसको हविगत के हुन्छ भन्ने कुरा जनयुद्धको उपलब्धीको स्वामित्वको अपहरणमा देख्न सकिन्छ । सिद्धान्त अनुसारको पार्टी, संगठन, नारा, र त्यसलाई सामाजिकीकरण नहुँदाको विश्व कम्युनिष्ट आन्दोलनको विघटन र फाँसीवादी सत्ताको भद्दा उदाहरण यो भन्दा के हुन सक्थ्यो ?
    तीन वर्ष पहिला ‘नट इन माइ नेम’ नामक भारतमा चलेको एउटा स्वस्फुर्त आन्दोलन चासोको साथ नियालेर लेख्या पनि थिँए । धर्मका नाममा विवेकहीन भीडविरुद्धको सो आन्दोलन ‘जे गर, तर मेरो नाममा हैन’ भन्दै प्रबुद्ध समाज सडकमा उत्रिएको थियो । त्यसपछि पिँजडा तोड्, नोटबन्दी, जिएसटी, मुसलमान लक्षित नागरिकता कानुनको विरोधको साहीनवाग प्रतिक आदि असहमतीका भूल्का पनि देखिए । सत्ताले धार्मिक उन्माद फैलाएर ती सबैलाई काबुमा पार्‍यो । तर, अहिले भने किसान आन्दोलन भने मोदी शासनको सबभन्दा ठूलो चुनौति बनेर देखिएको छ । कुनै आन्दोलनसंग पनि वर्ता र संवाद नगर्ने सत्ताको छैठौँ राउण्ड बार्तामा पनि किसान टसमस भएनन् ।
    अन्यन्त्र जस्तै हामीसँग पनि असंख्य समस्या असरल्ल छन् । राजनीतिक शुन्यतामा खेल्ने शक्ति जुरमुराईरहेका छन् । अर्कातर्फ लोकतान्त्रिक, न्यायिक वर्वरता देखिँदैछ । तर भारतमाजस्तो ‘नट इन माई नेम’ भन्ने शक्ति अझै सडकमा देखिएको छैन् । जनमत वामढल्को छ । समाजवाद र कम्युनिस्ट प्रिय छ । तर, रूप र चरित्र कतै पनि समाजवाद उन्मुख नदेखिने दुईतिहाइको सरकारलाई जे गर, गर ‘.तर समाजवाद र कम्युनिस्टका नाममा भने नगर भन्ने त्यस्तो नैतिक पुंजी र इच्छा शक्तिको पत्यारिलो शक्ति आन्दोलन बनिरहेको भने छैन् । जे छैन्, त्यही नाम लिँदै सरकार जनतालाई भीडमा फेर्न खोज्दैछ त्यही स्तरको खबरदारी भने देखिँदैन् । जे काम विरोधीले गर्नुपथ्र्यो , ‘कम्युनिस्ट’ बाटै गराउन पुंजिवाद यहाँ पनि सफल भयो । जतिछिटो ‘कम्युनिस्ट’ भ्रष्ट हुन्छन् त्यति नै फाइदा नग्न पुँजीवादलाई पुग्छ । सरकारी कुरा पत्याउन सक्ने एउटै परिणाम पाइँदैन् । नेता र पार्टीसँग गौरवशाली इतिहास छ, तर गर्विलो इतिहासले मात्र भविष्य बन्दो रहेनछ ।
    हरेक कुरा योजनाबद्ध विषयान्तर हुँदैछन् । भ्रष्टाचार राष्ट्रिय चरित्र र सहमतिको राजनीति बन्यो । संसद्ले सत्ताको शक्ति दम्भ नियन्त्रण गर्न सक्थ्यो । तर, अधिकांश सांसद माथि नै औंला ठडिएकाछन् । विषयलाई थकाऊँ, भुलाऊँ, गलाऊँ, लम्याऊँ, घर्काऊ, तन्काऊ र मत्थर पार योजनामा छन् । अव त राष्ट्रिय विकृति पनि गाउँबस्तीमा छताछुल्ल भए ।
केही मानक नियालौँ
- राजनीतिक परिवर्तनले व्यक्ति वा समाजमा जागृति र चरम महत्वाकांक्षा बढायो । त्यसको उचित व्यवस्थापन भएन । नेतृत्वको आदर्शहीनताले आमजनमा महा निराशा छायो । समाज फेर्न गएका ठाकुरेदेखि भाकुरेसम्म आफैं पो फेरिए । तव विस्थापित शक्ति लोकप्रिय वा आवेगमय नारा लगाँउदै सडकमा देखिए । संविधानको रक्षा अब कस्ले गर्ने प्रश्न उठ्न थाल्यो ।
- राजनीतिक पार्टी र नमस्तेका नारा फरक भए पनि सबैका चित्र र चरित्र एकै छन् ।
- राजनीति अब समाज सेवा रहेन । महँगो व्यवसाय  । केही पछौटे नलगाए नेताका हैसियत नै नठहरिने । कार्यकर्ता नै भ्रष्ट बनाएर मात्र भ्रष्ट नेता सुरक्षित सोच्न थाले ।
- गाउँ युवाविहीन भएर कृषि उत्पादनमा मात्रै हैन्, सामाजिक असन्तुलन पनि बढ्दो छ । आदर्शहीन नेतृत्वदेख्दा विरक्तिएका युवा वैकल्पिक सोच र अभियानभन्दा राजनीतिसँगै सरोकार घट्दो छ ।
- विद्यार्थी १२ पास हुनेबित्तिकै विदेश कसरी, कुन देश जाने भनेर योजना बनाइरहेको हुन्छ । सामाजिक र राजनीतिक सरोकारबाट उदासीन यो पुस्ताका अध्ययन रोजाइमा इतिहास, भूगोल, साहित्य र समाजशास्त्र पर्दैनन् ।
- श्रम वा राजनीतिमा युवा हस्तक्षेप र आकर्षण कसरी बढाउने कुनै पार्टीसँग योजना र कर्यक्रम नै छैन् ।
- श्रमको रुचि मरेको र सहज आम्दानीको सोचले अपराधका नयाँ शैली देखिँदैछन् ।
- तर्क र तथ्यको कसौटीमा सत्यको खोजी गर्ने झन्झटबाट टाढिने र भगवान भरोसे शिक्षित रुढिवाद बढ्दो छ ।
- सामाजिक सौन्दर्यको अर्थ फेरिए । चौतारी, चियागफमा अभिभावक छोराछोरी कुन देशमा छन् ? कुन स्कुलमा पढ्छन् ? कुन अस्पतालमा उपचार गराइयो ? कुन ठाउँमा घरघडेरी जोडियो भन्ने गफले सामाजिक हैसियत किटान गर्दो छ । बाउ खेताला खोज्न हैरान् छन्, छोरो विदेशमा काम खोज्न हैरान् ।।
- उदाउँदो नवधनाढ्य वर्ग हरेक सुखान्त र दुःखान्त घटनालाई उत्सवमा फेर्दैछन् । धर्मकर्म, चाडपर्व र मृत्यु संस्कार तुजुग थलो बन्यो ।
- भएका उद्योग कलकाखाना बैंक र सहकारी, बोर्डिङ स्कुल र डिलक्स अस्पतालमा फैलिँदै छन् ।
- सरकारी स्कुलमा पढ्नु र पढाउनु वा सरकारी अस्पतालमा उपचार गर्न ुर गराउनु मर्यादाहीन नागरिक रहेछु भन्ने हीनभाव जाग्दैछ ।
- तीव्रगतिमा धर्म परिवर्तन भइरहेका छन् । हिन्दु धार्मिक कट्टरताले दलित, जनजाति धकेलिएका छन् । केही आर्थिक प्रलोभन होलान् । तर, अन्तर्राष्ट्रिय राजनीति र भू-संवेदनशीलता मूख्य कारण हो । दलित समूहमा आएको स्वाभिमान र आर्थिक समृद्धि पनि अर्को पाटो ।
- विकासको नाममा डोजर आतंक पर्यावरण ध्वस्त हुँदैछ ।
- गाउँबाट  शहरतिर तिब्र बसाइँ-सराइ छ ।
- सिंहदरबार गाउँमा भ्रष्टाचार संस्थागत गर्दै पुग्यो । संघ, प्रदेश र स्थानीयको करले संघात्मक व्यवस्थाप्रति नै आक्रोश र घृणा बढ्दो छ ।- राजनीतिकर्मीको एउटा नयाँ सामाजिक समूह उपभोक्ता समितिका नाममा स्थानीय सिन्डिकेट राजनीति र भ्रष्टाचारको चोर दुलो बनेको छ ।
- अधिकांश जनप्रतिनिधि पूर्वएनजीओेकर्मी छन् । स्थानीय योजना आईएनजीओले बनाइरहेका छन् ।
अन्त्यमा,
सबै काम प्रजातान्त्रिक समाजवाद, लोकतन्त्र, कम्युनिष्टका नाममा, हुँदैछन् । समस्याको हल गर्ने केन्द्रीय  प्रादे
शिक र स्थानीय सरकारमा नीति, योजना र इच्छाशक्ति छैन, जे गर्छौं गर, तर लोकतन्त्र र समाजवादका नाममा भने नगर भन्ने (नट इन माई नेम) खबरदारी गर्ने शक्ति सडकमा अझै देखिँदैन् । एउटा देशमा हुँने घटना विश्व सरोकार र प्रेरणा पाँउछ । के भारतीय किसान आन्दोलनले मौन र निरास नेपाली समाजलाई पनि ब्यूझाउला ? भ्रष्टतन्त्र र कर्पोरेट नियन्त्रित सरकारलाई चुनौतीदिने शक्ति देखिएला ?

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्