IMG-LOGO

रविको ‘किक’ रास्वपाकै डाँडीमा !

 मंगल, असार १९, २०८१  – सविना भट्टराई

     गरिब र विकासोन्मुख हाम्रो देशले राज्यको स्वरूपमात्र लिएको छ, तर समृद्ध र वास्तविक रूपमा यो मुलुक कहिले स्वायत्त बन्ने हो पत्तो छैन । सरकारी निकायहरू न सशक्त छन् न स्वायत्त  । योग्य व्यक्तिहरूको हातमा हाम्रा सरकारी निकायहरू नभएका कारण ती पारदर्शी समेत छैनन्  त्यसो भएपछि विधि प्रक्रिया कागजमार्फत व्यवहारमा कम उत्रिन्छन् । देशका संस्थाहरू बलियो नभएकाले देश विकासको रफ्तार धिमा देखिन्छ । संस्थाहरू बनाउने दायित्व राजनीतिक नेतृत्वको हो । तर नेपाली राजनीतिज्ञहरूलाई बलिया, योग्य, पारदर्शी र निष्पक्ष सरकारी संस्थाहरू चाहिएकै छैन । स्थायी सरकार भनिने प्रशासन र सबै सरकारी निकाय बलिया र स्वायत्त हुँदा राजनीतिज्ञहरूको ुकारोबारुको दोकान बन्द हुन जान्छ ।

     दोकानका रूपमा राजनीति बदलिँदै गर्दा अमेरिकाको नागरिकता र राहदानीसमेत नत्यागी पुनः नेपाली टेलिभिजनको पर्दामा फर्किएका थिए रवि लामिछाने । नेपाली राजनीतिका खेलाडीहरूलाई प्रश्न र आलोचनाभन्दा पनि सिधा गाली र फैसला गर्नेगरी उनी ुटेलिभिजन एक्टिभिजम्ुमा ओर्लिए । पुराना दल र तिनका असान्दर्भिक नेताहरूको अकर्मण्यताबाट आजित नागरिकले रविमा नायक भेट्न थाले, जुन स्वाभाविक थियो । स्थानीय तहको निर्वाचनबाट जब बालेन, हर्क र गोपीहरूले स्वतन्त्र उम्मेदवारीमार्फत उदाए, शायद रविलाई लाग्यो, ‘म के कम?’ यी तीनका तुलनामा रविले सामाजिक सञ्जाल र टेलिभिजनमार्फत आफ्नो बलियो सार्वजनिक परिचय बनाइसकेका थिए । अतः संघीय चुनावको केही पहिले मात्र उनले आफू काम गरिरहेको टेलिभिजन छोडे, दल खोले । निर्वाचन लडेर संसद्मा २१ सिट सहित सशक्त हैसियत आर्जन गरे ।

     पत्रकार रविमा देश रूपान्तरणका लागि राजनीतिले लिनुपर्ने बाटोमा पहिल्यै कैयौँ अस्पष्टता थिए । देशका स्थिर संस्थाहरूको पुनर्संरचना गरी तिनैको तागतमा देश राज्यको रूपमा उठ्ने र निर्माण हुने भन्नेबारे शायद उनी जानकार थिएनन् । देश निर्माण र रूपान्तरणको उनको एकसुत्र शायद ‘डाँडी भाच्नु’मात्रै थियो । अतः जसविरुद्ध ुटुँडिखेलको मैदानमा उफ्रिएरर घुमाएर किक हान्दै नाकको डाँडी भाँच्नुपर्नेु उनले उद्घोष गरेका थिए, तिनै लाज पचेका नकचरा (रविको भाषा) लाई बोकेर रविले सत्ता सयर गरे । रवि संसद् छिर्दा नछिर्दै आफैँ ुमूषिक भवु (मुसै भइगएस्) को असली चरित्रमा अवतरित भइसकेका थिए । रविको वास्तविक तस्बिर उदांगो भयो ।  तर ‘रविमार्गमा पनि झोलेहरू देखिन थाले । अन्धभक्तीमा ुदेव दुर्गुणु नदेखिनु नै धर्म हो, रविका पक्षधर अधिकांशबाट पनि त्यही प्रकट भयो । प्रश्न र आलोचना सह्य भएन, भएको देखिँदैन पनि । आखिर रवि त रवि नै हुने भए, जो थिए !

     सत्ता नै अन्तिम सत्य ठहर गर्दै रविले सत्ता रोजे । ‘नाइँ मलाई त्यही केटी चाहिन्छ ’ शैलीमा गृहमा अड्डी कसे । जबकि उनी हिँड्नुपर्ने बाटो अलग थियो, उनले ’ हिजो टेलिभिजनको पर्दामा थिएँ, अब संसद्भित्र छु । मात्र प्रश्न गर्ने ठाउँ बदलिएको हो ’ भन्नुपर्ने थियो । उत्तरदायित्वको हिसाबले पहिलेभन्दा जिम्मेवार र पेचिलो ठाउँमा भएको हुनाले परिष्कृत र परिपक्व शैलीमा ूजनताको झनै शक्तिशाली आवाज बन्नेछु, सत्तालाई नागरिकप्रति उत्तरदायी र जबाफदेही बनाउन निर्णायक क्षमता र पहल गर्नेछुू भन्नेमा हुनुपर्ने थियो । यो पाँच वर्ष नागरिकको आवाज बनेर प्रतिपक्षमा बस्दै पार्टीको संगठनका लागि काम गर्ने र आउँदो निर्वाचनमार्फत सरकारको नेतृत्व गर्नेगरी विकल्पको शक्ति बन्ने भन्नेतर्फ रविका पाइला हुनुपर्ने थियो ।

     रवि पहिले नै दुई नागरिकता (अहिले कानुनी रूपमा निरूपण भइसकेको), दुई राहदानी र सहकारी रकम अपचलनको गैरकानूनी र गैरनैतिकताको भारी बोकेर हिँडेका रहेछन् । त्यसबाट जोगिन बारम्बार सत्ता, त्यसमा पनि गृह मन्त्रालयको फेरो समात्न खोज्दा रहेछन् । सोही कारण हिजो जजसको नाकको डाँडी भाँच्ने हुंकार गरेका थिए, तिनैको सत्तायात्राको सारथि भए उनी । अत्यन्त छोटो अन्तरालमा देउवा, प्रचण्ड र ओलीभन्दा सत्ता पिपासु निस्किए ।  सत्ताका लागि जेसुकै स्वीकार्य भयो उनलाई । हिजो प्रचण्ड र ओलीको खिलाफ चर्को स्वर गर्ने रविले तिनैको काँध थाप्नेबित्तिकै राजनीतिक सुझबुझ राख्ने तप्काले त ठहर गरिसकेका थिए–देशले खोजी गरिरहेको राजनीतिको अंश उनी होइनन् र हुन सक्तैनन् । दुई नागरिकताबाट रविले बिना अवरोध उन्मुक्ति पाए । सोचौँ त, दुई नागरिकता आम मान्छेको भए रविकै जस्तो सुविधा र छुट मिल्थ्यो होला? कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको नम्बर र अक्षरमा औँला उठाउँदै, पुष्टि नै नहुने कसुरमा नौ दिनसम्म थुन्ने काम गृह प्रशासनले ग¥यो । जबकि दुई नागरिकता बोकेकै अवस्थामा सीडीओका अगाडि खुट्टा हल्लाउँदा अर्को नागरिकता लिई रविले उन्मुक्ति पाएका थिए ।

     रवि तिनै हुन् जो दुई देशको राहदानी बोकेर सुविधाअनुसार प्रयोग गर्दै हिँडेकै अवस्थामा महान्यायाधिवक्ताबाट उन्मुक्तिको प्रमाणपत्र लिई देशको उपप्रधान र गृहमन्त्री भए । यति धेरै प्रश्न र विवादबाट घेरिएका उनले प्रश्न र आलोचना निषेध गर्न खोजे । सिरोहियाको सन्दर्भ हेर्दा लामिछानेले प्रश्नमाथि सेन्सर गर्न खोजेको बुझिन्छ । तर राणा, राजा, ओली र प्रचण्डहरूलाई झेलेको नेपाली समाजले जस्तासुकै निषेध र प्रतिबन्धलाई छिचोल्ने ल्याकत राख्छ । स्पष्ट पारौँ, दुईरतीन महिना यता सहकारी अपचलनबारे रविसँग जोडिएका जुन विषय बाहिर आएका छन्, ती कानुनी विषय हुन् । नैतिकतासँग जोडिएका त हुँदै हुन् । तर रविको खेदो खन्नु यो लेखको आशय होइन । उनीबाट जनताको अपेक्षा के थियो, त्यो मूल हो । उनले स्थापना गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दलको विकल्प बन्ने दिशामा थियो । काँग्रेस, एमाले र माओवादी सुध्रिनेभन्दा रास्वपा निर्माण हुने कुरा ज्यादा सहज र सम्भवजस्तो लाग्दै थियो ।

     तर यथार्थ अर्को पनि थियो । रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा थियो । देउवा, प्रचण्ड र ओलीकोभन्दा अधिनायकवाद र निरंकुसता रास्वपामा थियो, किनकि रविकै व्यक्तित्वको उचाइमा रास्वपा जन्मेको थियो, तथापि रविले चाहँदा त्यो ुकरेक्सनु हुनसक्थ्यो । त्यस दलको खुला सदस्यता वितरण र नेतृत्व चयनमा ुप्राइमरी इलेक्सनु को अभ्यास हुने कुराले त्यहाँभित्र लोकतन्त्र र पारदर्शीताका लागि लड्न काँग्रेस, एमाले र माओवादीमा भन्दा केही सहज थियो । लोकतान्त्रिक पार्टीको डम्फु एकलौटी पिट्दै ज्यादती गरिरहेको अवस्थामा लोकतान्त्रिक मतदाताका लागि विकल्प बन्दै थियो रास्वपा । त्यसमाथि, रविमा भएको कमी स्वर्णिम वाग्ले, मनिष झा र सुमना श्रेष्ठजस्ता नेताले पुर्नेछन् र रास्वपालाई राजनीतिक ुन्यारेटिभु दिएर पार्टीको राजनीतिकरण हुनेछ भन्ने अपेक्षा थियो । स्वर्णिमको अन्तर्राष्ट्रिय अनुभव, ख्याति र सम्बन्धले रास्वपालाई लोकतान्त्रिक अन्तर्राष्ट्रिय ‘एरेना ’ मा उभ्याउन र अनुमोदित गराउन सजिलो हुने र त्यसको लाभ अन्ततोगत्वा देशले नै पाउला भन्ने थियो । संसद्मा गएर एउटा सांसद (लेजिस्लेटर) को भूमिका के, कसरी र कस्तो हुनुपर्ने हो, त्यस मामलामा सुमनाले अन्य सांसदलाई सिकाउन थालेकी थिइन् । हामीजस्ता धेरै युवाको मनमष्तिकलाई रास्वपाले तरंगित गर्दै थियो ।

     तर, अपेक्षा गरिएका यिनै नेताहरू सम्मिलित रास्वपाले आफ्ना सभापति रविमाथि उठेको सहकारीको रकम अपचलनसम्बन्धी गम्भीर आरोपमा संसदीय छानबिनसम्म हुनुहुँदैन भन्ने अडान लियो । रास्वपालाई बनाउने र निर्माण गर्ने यिनै नयाँ युवा हुन् कि भन्ने अपेक्षा थियो, तर महत्वपूर्ण घटनाक्रमले उनीहरूको पनि क्षमता प्रष्टियो । यिनै कुराले रास्वपाको भविष्यबारे अनुमान गर्न अब गाह्रो भएन । अहिले रास्वपाका ुअपेक्षा गरिएकाु अन्य नेताहरूले रविका कमजोरीहरू बोक्नुहुन्थेन । रवि आगामी दिन दुई राहदानी र सहकारी रकम अपचलन वरपर रुमल्लिनेछन् । उनको चिन्ता यिनै विषयबाट आफूले उन्मुक्ति पाउने भन्नेमा रहनेछ । आफ्नै अवस्थाले देउवा, प्रचण्ड र ओलीहरूको अकर्मण्यताविरुद्ध उभिने जमिन उनीसँग सायद छैन अब । ‘भँगेरामाथि कांग्रेसको तोप र ठुला ठग छिरेर सहकारी लुटे’ भन्ने रविमाथिका केपी शर्मा ओलीका टिप्पणी तथा रास्वपाकै सबैभन्दा कामयाब नेता तथा शिक्षामन्त्री सुमनामाथि ओलीकै हेपाहा, अशिष्ट र स्त्रीद्वेषी टिप्पणीबारे सम्म रास्वपा र त्यहाँका नेताहरूको लामो समयको मौनताले रास्वपाको थप अकर्मण्यता अझै सतहमा देखिएको छ ।

     राजनीतिमा रवि जेजस्तो हैसियतमा जहिलेसम्म रहन्छन्, कुनै न कुनै रूपले प्रचण्ड, ओली या देउवाकै सहयोगी मात्र हुने हुन् । तर वैकल्पिक राजनीति जोगाउन पनि अहिलेको मुद्दामा रविले आफू र रास्वपालाई अलग राख्नुपर्ने थियो । तर ओलीले रणनीतिक रूपमा सिंगो रास्वपालाई सहकारी मुद्दामा जाइलाग्न प्रेरित गरे । सिंगो रास्वपा नालायक र निकम्मा हो भन्ने पार्नु उनको उनको उक्साहट पछाडिको अभीष्ट थियो । त्यसमा उनी सफल भए र कमजोर रास्वपामाथि स्वयं अहिले प्रहार गर्न लागेका छन् । रविको मात्र नभएर रास्वपाकै यहाँनिर सबैभन्दा ठूलो क्षति भइसकेको छ । तसर्थ, रविको मुद्दासँगै सिंगो पार्टी पंक्तिलाई सती लैजानु अन्ततः वैकल्पिक लोकतान्त्रिक शक्ति बन्न खोजेको पार्टीको घाँटी रवि स्वयंले निमोठ्नु हो । यो एक किसिमले राजनीतिक आत्महत्या सरह भएको छ । यो भन्न सकिन्छ कि रविको बहुचर्चित ‘किक’ देउवा, प्रचण्ड र ओलीको डाँडीमा नभएर रवि स्वयंले आफ्नै पार्टी रास्वपाको डाँडीमा हानेका छन्, उठ्नै नसक्ने गरी । रविको अमेरिकादेखि ‘उडेर आएको घुमाउरो किक’ रास्वपालाई महँगो परेको छ । त्यस पार्टीका महामन्त्रीको ‘समीक्षा प्रतिवेदन’ले पनि घुमाउरो भाषामा भनेको यही हो ।

     (उकालोमा प्रकाशित विचार लेखकका निजी हुन् ।) साभार उकालो डटकमबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्