IMG-LOGO

गन्ध प्रशिक्षण’ गरौं  कोरोना भाइरस सङ्क्रमणः भयावह हुँदै छ सजग बनौँ

 मंगल, बैशाख १४, २०७८  ---

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा संघीय राजधानी काठमाण्डौका ‘अधिकांश अस्पताल भरिन थालेका’ विवरणहरू आउन थालेका छन् । सरकारी र निजी दुबै खाले अस्पतालमा कोभिड-१९ का बिरामीहरुको चाप बढिरहेको र यस्तै स्थिति रहिरहे केही दिनमा अवस्था ’निकै जटिल बन्न सक्ने’ टिप्पणी सामाजिक सञ्जालमा भइरहेको देखिन्छ । केही निजी अस्पतालहरूले कोभिडका बिरामीका लागि प्रबन्ध मिलाउन निश्चित व्यक्ति तोकेको पाइयो । तीमध्ये एक ग्राण्डी अन्तराष्ट्रिय अस्पतालका कर्मचारीले बिरामीको आफन्तका रूपमा गरिएको टेलिफोन संवादका क्रममा शैया नभएको जानकारी गराइन् ।
तुलनात्मक रूपमा महँगो शुल्क पर्ने क्याबिनमा पनि शैया उपलब्ध छैन ? भन्ने प्रश्नमा उनको जबाफ थियोः “कोभिड वार्ड बनाएका छौँ, क्याबिन हटाइएको छ । चार दिन भयो वार्ड भरिएको ।” तीमध्ये केहीको फोन बिहानैदेखि निरन्तर व्यस्त थिए । फोन उठेका अस्पतालमा शैयाबारेको प्रश्नमा सबैको जबाफ लगभग उस्तै थियो । बेड भए पनि आईसीयू छैन । तपाईँको बिरामीलाई पछि आईसीयू आवश्यक पर्न सक्छ भन्नुभयो, त्यसैले पहिले नै भनेको अरूतिर लानुपर्ने पनि हुन सक्छ आईसीयू चाहिए ।” कोभिड भएका बिरामीहरूलाई राख्न सक्ने अवस्थाबारे बीबीसीको जिज्ञासामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. दिनेश काफ्लेले अस्पताल भरिभराउ रहेको जानकारी दिए । उनका अनुसार कोरोना भाइरसका बिरामी राखिएका आईसीयू भरिएको छ । अक्सिजन चाहिने र निगरानीमा बस्न चाहने बिरामीहरू केही लिन सकिने उनले जानकारी दिए । “अहिले ७० जना कोभिडका बिरामी हुनुहुन्छ । आज १५-२० जना अरू लिन सकिन्छ होला । इमर्जेन्सीमा भर्ना हुनका लागि कुरिरहनुभएको छ,” उनले भने ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने अस्पताल शैयाको कमी नरहेको दाबी गर्दै कोभिडबाट बिरामी भएकाहरूलाई सरकारी अस्पताल जान आग्रह गरेका छन् ।
निजी क्षेत्रको के छ भनाइ ?
असोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूशन अफ नेपाल (अफिन) का वरिष्ठ उपाध्यक्ष कुमार थापाका अनुसार सर्वसाधारणहरूले कोभिडलाई ’भयावह’ रूपमा नलिएको र अन्य बिरामीहरूको संख्या पनि धेरै रहेकाले अस्पतालहरू भरिएका हुन् । “पहिले जस्तै कोभिडका बिरामीहरू मात्रै भएका भए यसरी भरिभराउ हुने थिएन,” उनले भने । हाल ‘देखिएको अभाव’ पूर्ति गर्नका लागि ५०० देखि १,००० वटासम्म शैया हुने भएकाले मेडिकल कलेजहरूलाई सरकारले प्रयोग गर्नुपर्ने उनी बताउँछन् । कोभिड-१९ का बिरामी थपिँदै जाँदा सामान्य अवस्थाका बिरामीहरू अस्पताल आउन छाडे फेरि अवस्था पहिलेकै जस्तो हुँदै जाने र केही शैया उपलब्ध हुने उनको भनाइ छ । हाल कोभिडकै लागि भनेर शैया संख्या निजी अस्पतालहरूमा नतोकिएको र यस अघि प्रयोगमा ल्याइएकै संख्याका हाराहारीमा व्यवस्थापन गरिएको बताइन्छ ।वर्तमान अवस्थाबारे छलफल गर्न अफिनको बैठक सोमवार बस्न लागेको उनले जानकारी दिए । तर सरकारले भने यसपालि वार्ताका लागि बोलाएर छलफल नगरेको उनले भनाइ छ ।यसअघि नै बैठक गरेर संरचना बनाइ सकेकाले छलफल हालसम्म नभएको उनको अनुमान छ । सरकारको विमति तर स्वास्थ्य मन्त्रालय भने निजी तथा सरकारी अस्पतालमा कोभिडका बिरामीहरूका लागि शैया नभएको भन्ने विषयमा सहमत देखिँदैन । “अहिले शैयाको समस्या छैन । मान्छेले चाहेको ठाउँमा शैया नपाएको चाहिँ हो,” मन्त्रालयका प्रवक्ता गौतमले भने । “कसैलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै बस्न मन छ वा कसैलाई टेकुमै बस्न मन छ, त्यहाँ (उपलब्ध) नभएको हुन सक्छ । त्यसकारण हामीले बिरामी व्यवस्थापनका लागि सम्पर्क नम्बर सार्वजनिक रूपमै राखेका छौँ ।’’ सबैलाई हामीले अस्पतालको इमर्जेन्सीमा जान भनेका छौँ र त्यहाँबाट डाक्टर र नर्सहरूको टोलीले हामीलाई सम्पर्क गर्छन् अनि हामी व्यवस्थापन गर्छौँ ।”
हाल घरबाटै आईसीयू र भेन्टिलेटरबारे सोधिने गरेको उनी बताउँछन् ।
“त्यो त डाक्टरले व्यवस्थापन गर्ने हो नि आईसीयू, भेन्टिलेटर कसलाई चाहिन्छ भनेर घरबाटै भेन्टिलेटर सोध्दा त छैन भनिहाल्छ नि अस्पतालले सबैलाई मैले अनुरोध गरिरहेको छु तपाईँले बिरामी लिएर अस्पताल जानुहोस् भनेर” समस्याको कारणबारे यस्तो छ सरकारी बुझाई निजी अस्पतालहरूको विषयमा धेरै कुरा आफूहरूलाई थाहा नभएको बताउँदै गौतमले भने सरकारले निजी अस्पतालहरूका हकमा तोकेको शुल्क चित्त नबुझेका हुनाले पछिल्लो अवस्था देखिएको संकेत गरे ।
उनका अनुसार सरकारले साधारण बिरामी वा वार्डमा आइसोलेशनमा बसेकालाई रु ३,००० देखि ३,५००, अक्सिजन लगाएका बिरामीलाई रु ७,०००, आईसीयू वा भेन्टिलेटरमा राखिएका बिरामीहरूलाई रु १५,००० प्रतिबिरामी प्रतिदिन लिन दिने केही निजी अस्पतालहरूसँग सम्झौता गरिएको बताउँछन् । सरकारी अस्पतालहरूको हकमा पनि मन्त्रालयले त्यही मूल्यमा भुक्तानी दिने गरेको उनको भनाई छ ।
“त्यसमा पनि ५० प्रतिशत थप गरेर निजी अस्पतालहरूले लिन पाउने भनेको छ । त्यसमा पनि कतिपय निजी अस्पताल सम्झौता गर्न आएका छैनन् । सरकारी कामलाई कम सहयोग गर्ने प्रवृत्ति देखिएको छ । त्यसकै एउटा स्वरूप यो पनि एउटा हो भन्ने लाग्छ मलाई,” उनले भने।
सरकारले कोभिड लागेका बिरामीहरूको उपचार गर्न गत वर्ष १२ वटा निजी अस्पतालहरूसँग सम्झौता गरेको गौतमले बीबीसीलाई जानकारी दिए ।
“तर एउटा बिर्सिन नहुने कुरा के भने अस्पतालका शैया समाधान होइन । समाधान चाहिँ जनस्वास्थ्यका मापदण्ड हुन्, आज पनि भिडभाडमा गएन, मास्क लगायो, दूरी कायम गर्‍यो भने आज पनि कोभिडबाट बच्न सकिन्छ,” उनले थपे ।
कोरोनाभाइरस संक्रमण भएर घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता गुमाएका मानिसहरूलाई स्टेरोइड औषधि प्रयोग गर्नुको साटो ‘गन्ध परीक्षण’ गर्न अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन ्।
गन्ध प्रशिक्षण प्रक्रियाअन्तर्गत महिनौँ लगाएर विभिन्न गन्धहरू सुघ्न तथा मस्तिष्कलाई विभिन्न गन्ध थाहा पाउन एक किसिमले प्रशिक्षण दिइन्छ ।
सहज र सस्तो अन्तराष्ट्रिय विज्ञहरूको एक समूहले यस्तो प्रशिक्षण सहज र सस्तो हुने बताए।

स्टेरोइड वर्गको औषधिको प्रयोगमा जस्तो यसको कुनै अन्य खराब प्रभाव पनि हुँदैन । ज्वरो तथा खोकी सहित गन्ध हराउनु पनि कोरोना भाइरस संक्रमणको एक मुख्य लक्षण हो।
अधिकांश मानिसहरूमा कोभिड निको भएपछि चाँडै नै घ्राणशक्ति पनि फर्किन्छ । तर पाँच जनामध्ये झन्डै एक जनामा भने दुई महिना बितिसक्दा पनि गन्ध पूणर् नफर्किएका विवरण आएका छन् । यो समस्याको उपचारका निम्ति चिकित्सकहरूले कोर्टिकोस्टेरोइड औषधि सिफारिस गर्ने गरेका छन्। यसले शरीरमा सुजन कम गराउँछ। दमको उपचारमा पनि यसको प्रयोग हुँदै आएको छ ।
तर यूनिभर्सिटी अफ इस्ट एङ्ग्लिया नरिच मेडिकल स्कूलका प्राध्यापक कार्ल फिल्पोट भन्छन, “उपलब्ध प्रमाणहरू केलाउँदा कोर्टिकोस्टेरोइडको प्रभावकारिता खासै देखिँदैन।“साथै तिन औषधिका प्रमाणित अन्य खराब प्रभाव पनि छन्। त्यसैले हाम्रो सुझाव यसको सिफारिस हुनुहुँदैन भन्ने नै छ,” उनले भने।
“राम्रो कुरा के हो भने कोभिडका कारण गन्ध गुमाएका अधिकांश मानिसहरूले फेरि स्वतः घ्राणशक्ति प्राप्त गर्छन्।”
स्टेरोइड वर्गको औषधिको दुष्प्रभावमा उच्च रक्तचाप तथा ’मूड स्विङ’ भनिने मानसिक अवस्था र व्यवहारमा आउने छिटोछिटो परिवर्तन पनि पर्छ ।  
कसरी गर्ने प्रशिक्षण
त्यसैले प्रतिष्ठित जर्नल इन्टरन्याश्नल फोरम अफ एलर्जी एन्ड राइनोलजीमा विज्ञहरूले औषधि प्रयोगको साटो ’गन्ध प्रशिक्षण’को सुझाव दिएका छन्। यसमा मानिसहरूलाई विशिष्ट गन्ध भएका र सजिलै पहिचान गर्न सकिने चार प्रकारको गन्ध सुँघिरहन सुझाव दिइएको छ - उदाहरणका निम्ति सुन्तला, पुदिना, लसुन र कफी।
कैयौँ महिनासम्म प्रत्येक दिन दुई पटक यी चिज सुँघ्न उनीहरूले सुझाएका छन् । प्राध्यापक फिल्पोटका अनुसार उनको अनुसन्धानमा यसो गर्दा ९० प्रतिशत मानिसहरूको घ्राणशक्ति छ महिनाभित्र फर्किएको पाइयो ।
तर यदि घ्राणशक्ति फर्किएन भने पनि यस्तो गन्ध प्रशिक्षणले मानिसको मस्तिष्कलाई भिन्नभिन्न गन्ध छुट्याउन पुनःप्रशिक्षित गर्न सक्छ ।
“यो उपचार न्युरोप्लास्टिसिटीमा आधारित छ - जसमा मस्तिष्कले कुनै परिवर्तन वा क्षतिबाट पार पाउन आफूलाई पुनसँगठित गर्ने गर्दछ,” उनले भने ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्