IMG-LOGO

श्रमजीवी पत्रकारको हकहित र लोकतन्त्रको पक्षमा छौँ- अध्यक्ष आचार्य 

 मंगल, पौष ७, २०७७  ----



    नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औँ स्थापना दिवस तथा बार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले महासङ्घले श्रमजीवी पत्रकारको हकहित र अधिकारको पक्षमा काम गर्दै आएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाको २८ औँ स्थापना दिवस तथा साधारण सभामा बोल्दै अध्यक्ष आचार्यले महासङ्घले पछि हट्ने कुनैपनि आन्दोलन अघि नसरेको बताउनुभयो । 
    उहाँले कोरोना सङ्क्रमणको कारण देखाउँदै विभिन्न सञ्चारगृहमा कार्यरत झण्डै पाँच सय सञ्चारकर्मीहरुलाई तलब नदिएको तथा कोरोनाको कारण देखाउँदै सरुवा तथा जिम्मेवारीबाट बाहिर राखेको बताउनुभयो । कोरोनाको कारण देखाउँदै तलब नदिइएका तथा जिम्मेवारी हेरफेर गरिएका चार सय ६० पत्रकारहरुको समस्या समाधान गर्न महासङ्घ सफल भएको बताउनुभयो । उहाँले वि.सं. २०१२ सालमा स्थापना भएर लामो समयसम्म अघि बढेको नागरिक सङ्गठनको रुपमा स्थापित पत्रकार महासङघ भएकोले स्थापना कालदेखिका आफ्ना पाँच वटा कामलाई अघि बढाउँदै आएको बताउनुभयो । 
    अध्यक्ष आचार्यले महासङ्घले अनवरत रुपमा पत्रकारको हकहितको पक्षमा आवाज उठाउने, सञ्चारगृहको पक्षमा आवाज उठाउने, राष्ट्रियताको पक्षमा आवाज उठाउने, नागरिकको हक, अधिकारको पक्षमा र लोकतन्त्र, मानवअधिकार र विधिको शासनको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो । केन्द्रीय अध्यक्ष आचार्यले देशभरमा करिब १३ हजार पत्रकारमध्ये अहिले पनि करिब साढे पाँच हजार पत्रकार क्रियाशिल नभएका कारण शाखा कार्यालयहरुले सदस्यता नविकरण नगरेको बताउनुभयो । 
    महासङ्घ अध्यक्ष आचार्यले पुस १५ सम्म महासङ्घ जिल्ला शाखाको साधारण सभा र पुस मसान्तसम्म प्रदेशको समितिको साधारण सभा सक्नुपर्ने सर्कुलर गरिएको बताउनुभयो । उहाँले जिल्ला शाखा र प्रदेशले निर्धारित समयमा साधारण सभा सकेको खण्डमा फागुनको ३ गतेसम्म महासङ्घको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका बनाइएको बताउनुभयो । अहिलेपनि दश वटा जिल्ला शाखाको भवन निर्माण गर्न बाँकी रहेको भवन निर्माण गर्न बाँकी रहेका जिल्लाको भवन निर्माणको लागि जिल्ला शाखाहरु जग्गाको खोजी गर्ने काममा लागेको महासंघ अध्यक्ष आचार्यले बताउनुभयो । 
    कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवम् प्रदेश इन्चार्ज रामप्रसाद दाहालले कोरोनाको कारण देखाउँदै ठुला सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीमाथि भएको अन्यायको पक्षमा महासङ्घले काम गरेको बताउनुभयो ।समस्यामा परेका सञ्चारकर्मीको पक्षमा काम गर्नका लागि मिडिया मालिकको घर घेर्नेसम्मको सशक्तकार्यक्रम अघिबढाएको बताउनुभयो । 
    कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष ईश्वरी ओझा, महासङ्घ केन्द्रीय सदस्य कृष्ण गिरी, टेकराज थामी, द्धारिका काफ्ले, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, महासचिव कृष्ण सारु मगर, सचिव सुरेश हुमागाँई प्रेस संगठन काभ्रेका अध्यक्ष  भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल काइराला लगायतले महासंघले श्रमजीवी पत्रकारको पक्षमा गरेका कामको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । 
    कार्यक्रममा स्वर्गिय पत्रकार जो काभ्रेटाइम्स साप्ताहिकका प्रधान सम्पादक समेत रहनु भएका  भरतराज श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदिप केसीलाई नगद पाँच हजार ५५५ रुपियाँसहित सम्मान गरिएको थियो । उक्त सम्मान नेपाल पत्रकार महासंघ काभ्रेले हरेक अधिबेशनमा दिदै आएको छ । सोहि अवसरमा पत्रकार केसीले आफ्नो स्वर्गिय पिता लिलाबहादुर केसीको नाममा एक लाख रुपियाँको पुरस्कार कोष खडा गर्नुभएको छ भने पुरस्कार वापत प्राप्त गर्नुभएको रकम समेत सोही कोषमा राख्नुभएको छ । यसैगरी कोरोनाका कारण निधन भएका काभ्रेका अग्रज पत्रकार स्वर्गीय बिष्णुप्रसाद चौलागाँईको स्मृतिमा उहाँका भाई दिपक र छोरा समिरले एक लाखको पुरस्कार कोष स्थापना गर्नुभएको छ ।
    नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकार चौलागाँई पत्रकारिता कोषमा महासंङ्घको तर्फबाट परिवारले राखेको रकम बराबरको रकम र पत्रकार केसीले स्थापना गर्नुभएको पुरस्कार कोषमा ५० हजार रुपियाँ थप गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले महासङ्घ केन्द्रीय समितिले स्थापना गरेको पत्रकार विपद् कोषमा शाखाको तर्फबाट एक लाख रुपियाँ थप गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त साधारण सभाबाट १५ बुदे घोषणा पत्र निणर्यका साथ पारीत गरेको छ । 

१) नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औँ स्थपना दिवस एवं बार्षिक साधारण सभालाई सफल बनाउन सहयोग गर्ने महासंघका सम्पूणर् साधारण सदस्यहरु, नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेश तथा सहयोगी सबैप्रति यो सभा आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछ,
प्रेस काउन्सिल नेपालद्धारा गरिँदै आएको पत्रपत्रिकाको बर्गीकरणलाई पारदर्शी र निष्पक्ष बनाउँदै सबै सञ्चारमाध्यमलाई समेट्न माग गर्दै यो साधारण सभा लोक कल्याणकारी विज्ञापन बापतको रकममा दोब्बर बृद्धि गर्न माग गर्दछ,
 मिडिया काउन्सिल विधेयकमा मिडियामैत्री नभएका प्रावधानहरु हटाएर संचारमैत्री बनाएर पास गर्नका लागि सम्बन्धित पक्षलाई यो सभा हार्दिक अनुरोध गर्दछ, 
श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि महासंघले संचालन गरेका आन्दोलनहरुलाई थप शसक्त बनाउँदै संवाद, दवाव र कानुनी उपचारमार्फत प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता गर्दै यो सभा महिला पत्रकारहरुको श्रम समस्या सम्बोधनमा विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछ, श्रम समस्या दखिएका संचार गृहहरुमा श्रमजीवी पत्रकारहरुको अधिकार स्थापनाको लागि गरिएका धर्ना, माग र आन्दोलनहरु प्रति यो सभा हार्दिक ऐक्यवद्धता जाहेर गर्दछ,
६) कोभिड-१९ का कारण मृत्यु भएका पत्रकारहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यो सभा कोभिडका कारण बिरामी हुनुभएका सम्पूणर् सञ्चारकर्मीहरुको स्वास्थ्य लाभको कामना गर्दछ । साथै कोभिडका कारण बेरोजगार भएका पत्रकारहरुलाई सहयोग गर्न र विमित पत्रकारहरुलाई बिमा रकम तत्काल भुक्तानी गर्न यो सभा जोडदार माग गर्दछ,
 ६० वर्ष नाघेका र २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय अग्रज पत्रकारहरुको विशेष कोभिड राहत उपलब्ध गराउन यो सभा माग गर्दछ, 
सूचना तथा प्रशारण विभागबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन प्रकाशित गरेवापत पत्रपत्रिकाले एक महिनादेखि पेश गर्नुपर्ने बिल पेश गर्न ढिला भएका कारण सबै पत्रपत्रिकाहरुको भुक्तानी तत्काल गर्नका लागि यो सभा माग गर्दछ,नेपाल पत्रकार महासंघले माग गरे बमोजिम समानुपातिक विज्ञापन प्रणाली लागु गर्न र समानुपातिक विज्ञापन प्रणाली लागु नहुञ्जेल स्थानीय र प्रदेशबाट उपलब्ध गराइने विज्ञापन सामाुपातिक ढंगले उपलब्ध गराउन यो सभा माग गर्दछ,
 प्रेस पास जारी र नविकरणका लागि जिल्ला हुलाक कार्यालयलाई आवश्यक उपकरण दिएर उक्त कार्य अघि बढाउन र कोभिड-१९ को जोखिम न्यूनिकरणको वातावरण तत्काल मिलाउन यो सभा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छ,
११) यो सभा साना लगानीमा खोलिएका संचारमाध्यमलाई डेण्डर सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न आग्रह गर्दछ,
 अनलाइन माध्यमले मूलधारको पत्रकारितामा स्थान बनाउँदै गएको सन्दर्भमा अनलाइन मिडियालाई अन्य मिडिया सरह सेवा सुविधा उपलब्ध गराउन यो सभा माग गर्दछ, 
 यो सभा काभ्रे जिल्लामा तिव्र गतिमा भईरहेका विकास कार्य प्रति सन्तोष व्यक्त गर्दै विकास निर्माणका कार्यलाई अझै प्रभावकारी र पारदर्शी बनाउन जिल्लाबाट निर्वाचित सांसद, स्थानीय सरकार र राजनीतिक दलहरुलाई हार्दिक आग्रह गर्दछ, 
यो सभा तत्काल प्रदेशस्तरिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको माग गर्दछ,
 पत्रकार भए वापत प्राप्त गर्ने हरेक सेवा सुविधाको लागि संघिय सरकार अन्र्तगत रहेको सूचना विभागको परिचय पत्रलाई मात्र आधिकारिकता दिने गरेकोमा सो व्यवस्थालाई संशोधन गरी प्रदेश सरकार संचार रजिष्ट्रारको कार्यालयबाट जारी गरेको परिचय पत्रलाई पनि मान्यता दिन यो सभा माग गर्दछ । लगायतका १५ बुदे घोषणापत्र जारी गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्