IMG-LOGO

के छ आईटी (सूचना प्रविधि) पार्कको अवस्था ?

 मंगल, मंसिर १८, २०८१  – टाइम्स टीम

 

               नेपाली कांग्रेसका मेयर उम्मेदवार कृष्णमान डंगोललाई कीर्तिपुरका युवाले जिताईदिए भने ल्याप टप चलाएर महिनाको तीन चार लाख कमाउन सक्छन् । अब रोजगारीका साउदी कतार जान नपर्ने कीर्तिपुरको डाँडामा गएर ल्याप टप चलाए पुग्ने कुरा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भाषणमा भनेपछि उनको भाषण सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सूचना प्रबिधिको राष्ट्रिय गौरवको योजना सूचना प्रबिधि पार्कको वर्तमान अवस्था जान्न हामीले बनेपा धुलिखेल र पनौतीको सिमानामा रहेको आईटी पार्क (सूचना प्रविधि पार्क)को अवस्थाबारे ताजा खबर तयार पारेर ल्याएका छौं ।

               डेढ दशक अघि नै अमेरिकन कम्पनी आइबिएंले लिएर सञ्चालनमा आएको यो पार्क बन्द छ । देशका नीति निर्माता गतिला छैनन् भन्ने ताजा उदाहरण हो यो आईटी पार्क । हालसम्म पनि आशा गरिए अनुसार सञ्चालनमा आएको छैन । यो पार्क सूचना प्रविधिको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन गर्न किन कठिनाइ भईरहेको छ भन्ने सन्दर्भमा बुभ्mदा अवस्था यस्तो रहेको पाइयो ः

               आइटी सँग सम्बन्धित काभ्रेमा रहेको सुरक्षण मुद्रण केन्द्र भने अभैmपनि सञ्चालनमा आउन सकेको छैन । सोमबार केन्द्रको स्थलगत रिपोर्टिङमा जादा कार्यालय सहायक विष्णु न्यौपाने मात्र भेटीए । मुद्रण विभागका कार्यकारी प्रमुख गोपाल कोइरालाले वेभ अफसेट प्रेस र डिजिटल प्रिन्टिङ प्रेसका सामाग्री ल्याइसकेता पनि सञ्चालनमा भने आइनसकेको टेलिफोन कुुराकानिमा बताउनुभयो । सुरक्षण मुद्रण केन्द्र परिसरको सुरक्षा र मनसुनजन्य विपद उद्धारका लागि सशस्त्र प्रहरी वल नेपाल नं. १५ गणको सुरक्षा टोली भने उक्त स्थानमा खटिएको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदको लागि मंसिर ३ गते आवेदन माग गरिएकोमा ४ जनाको दरखास्त मंसिर १३ गते स्विकृत भएको थियो । तर अझै पनि कार्यकारी निर्देशकको नियुक्ति हुन सकेको छैन ।

               आईटी पार्कको सम्पूर्ण संरचनाहरू र सम्भावनाहरूको उचित प्रयोग हुन सकेको छैन । स्थानीय सरोकारवालाहरूले यसलाई स्मार्ट सिटीको रूपमा विकास गर्न बजेट अभाव र सरकारी नीतिगत अस्पष्टता जस्ता समस्याहरू समाधान गर्न जोड दिएका छैनन् । आईटी पार्कलाई पूर्ण रूपमा क्रियाशील बनाउन दीर्घकालीन योजना र प्रभावकारी व्यवस्थापनको आवश्यकता देखिएको छ । नेपालको पहिलो सूचना तथा प्रविधि पार्क हो । यो काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा अवस्थित छ । यो पार्क काठमाण्डौंबाट करिब ३० किलोमिटर पूर्वमा रहेको छ। करिब २३५ रोपनी (झण्डै १२ हेक्टर) क्षेत्रफलमा फैलिएको छ । आईटी पार्क सन् २००४ मा नेपाल सरकार र एशियन डेभलपमेन्ट बैंक (ब्म्द्य) को सहयोगमा स्थापना गरिएको हो । नेपालमा सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन दिनका लागि यसको विकास गरिएको हो । नेपालमा आईटी उद्योगलाई प्रबर्द्धन गर्ने स्टार्टअप र आईटी कम्पनीहरूलाई आवश्यक भौतिक संरचना तथा सेवा प्रदान गर्ने अनुसन्धान तथा विकास (च्७म्) का गतिविधिहरूलाई प्रोत्साहन गर्ने । उद्देश्यले यो सूचनाप्रविधि पार्क स्थापना गरिएको थियो ।

 

सुरक्षण मुद्रण केन्द्रमा मेशिनको बेहाल अवस्था

                              सूचना प्रविधि पार्क सञ्चालनमा आउन नसकेपछि विगत ३ वर्ष देखि सुरक्षाण मुद्रण केन्द्र सञ्चालन गर्ने भनेर करोडौंको मेशिन ल्पाएको भएपनि हालसम्म सञ्चालन भएको छैन । वेभ अफसेट प्रेस र डिजिटल प्रिन्टिङ प्रेस भवनको कोठा भित्र प्लास्टिकले छोपेर राखेको अवस्थामा भेटियो । प्रेस कहिले सञ्चालन हुन्छ भन्ने सन्दर्भमा सञ्चार मन्त्रालयका सह–सचिव एवं प्रवक्ता गजेन्द्र कुमार ठाकुर सँग बुभ्mदा उहाँले यस्तो प्रतिक्रिया दिनुभयो ः मेशिन सम्बन्धी कार्य गर्ने इन्जीनीयरहरु सबैले राजिनामा दिएकोले मुद्रण मेशीन र प्रेसको बारेमा आपूmलाई कुनै जानकारी नभएको बताउनु भयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्