देशभरका बाणिज्य बैंकहरुमा बचत निक्षेप र मुद्दती रकम थुप्रीदाँ तरलता हवात्तै बढेको छ । विगतको खराब कर्जा उठाउन नसक्नु नयाँ कर्जाको माग नहुनुले गर्दा अधिकांस वाणिज्य बैंकहरु घाटामा रहेका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार करिब पौने चार खर्ब रुपैंया सम्पती भएको हाम्रो बैंक आर्थिक मन्दी, उद्यम, व्यवसाय प्रभावकारी रुपमा सञ्चालान हुन नसक्नु जस्ता कारणले पुरानो लगानी गरेको कर्जा उठाउन ढिला सुस्ती भएको बताउनु भयो । प्रमुख कार्यकारी अधिकृत सेरचनका अनुसार आर्थिक मन्दी, नयाँ उद्यम व्यवसाय सञ्चालन नहुदाँ लगानीमा पनि सिथिलता आएको बताउनु भयो ।
नेपालको बैंकिङ क्षेत्र अहिले यस्तो चौबाटोमा उभिएको छ, जहाँ एकातिर घट्दो ब्याज दरले सम्भावना देखाइरहेको छ भने अर्कोतिर बढ्दो खराब ऋणले चुनौती दिइरहेको छ । दरबारमार्गमा निर्माणाधीन ६ अर्बको अन्नपूर्ण स्क्वायर होस् या मुस्ताङको हिमालयन रिसोर्ट– यी सबै विकासका प्रतिक बन्न सक्छन्, जसको तस्बिर शेरचनले फेसबुकमा सेयर गरेका छन् । शेरचनको फेसबुकमा हेर्दा नेपालको विकासको एउटा उज्यालो तस्बिर त देखिन्छ । भैरहवाको पाँचतारे सिद्धार्थ भिलासा– जसका चम्किला झ्यालहरूले तराईको सूर्योदयलाई प्रतिविम्बित गर्छन् ।
मुस्ताङको हिमालयन रिसोर्ट– जहाँ हिमालको काखमा आधुनिक वास्तुकला पोखिएको छ । ’तर, तथ्यांकहरूले झुट बोल्दैनन्,’ उनी भन्छन्, ’अवस्था झन् झन् नराम्रो भएर गएको छ। व्यापार÷ व्यवसाय चलेको छैन। नयाँ ऋण नजानु त सामान्य भयो, पुराना ऋणहरुले पनि भाखा नाघिरहेका छन् ।’ निराश शेरचन मात्र छैनन्। अहिले २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारीहरु बढ्दो खराब ऋणसँगै घट्दो व्यवसायिक वातावरणका कारण निराश छन्। विकास बैंक र फाइनान्स कम्पनीका प्रमुख पनि आनन्दले सुत्न सकिरहेका छैनन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको कार्यकक्ष फराकिलो छ, दोस्रो त्रैमास सुरु भएपछि उनको चिन्ताको आयतन कोठाभन्दा झन् फराकिलो भएको छ ।
’निर्माणको सिजन सुरु भएको छ । व्यवसाय सुरु गर्ने बेला पनि यही हो,’ उनी भन्छन्, ’नयाँ व्यवसाय आउने त कुरै नगरौं, भएका व्यवसायहरु पनि समस्यामा जान थालेका छन् । सामान्य रहेका ऋणहरु पनि खराब बन्दै गएका छन् ।’ नेपाल राष्ट्र बैंकको आँकडा अनुसार, असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको औसत् खराब कर्जा अनुपात ४.४२ प्रतिशत छ । अर्थतन्त्रको ८२ प्रतिशत ऋण हिस्सा रहेको वाणिज्य बैंकहरुको ४.२८ प्रतिशत खराब ऋण पुगेको छ । आउँदो पुसमा खराब ऋण एकदेखि डेढ प्रतिशत विन्दुले बढ्ने प्रक्षेपण बैंकरहरुले गरिसकेका छन्। यसले उनीहरुको चिन्ता झन् झन् बढेर गएको छ । मंगलबार वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघको बैठक बसेको थियो । बैठकमा उपस्थित प्रमुख कार्यकारीहरुले मंसिर लगत्तै बैंकहरुको खराब ऋण बढेर जाने विश्लेषण गरेका छन् ।
’नियामकीय सहजीकरणले अहिले खराब ऋण बढ्न रोकिएको हो। अब त्यो बढेर जाने देखेका छौं,’ शेरचनले भने, ’खराब ऋण बढ्नु बैंकको आम्दानीसँग मात्र सीमित छैन, अर्थतन्त्रका कुनै पनि क्षेत्रले राम्रो गरेका छैनन् भन्ने प्रमाण यसले दिन्छ । त्यसैले यो निराश हुनुपर्ने कुरा हो ।’
खराब ऋण ह्वात्तै बढेर जाने तीन वटा कारण छन् । पहिलो – तथ्यांकले नै आर्थिक वृद्धि २ प्रतिशतले मात्र बढेको देखाएको छ । व्यापार, व्यवसाय नचल्दा पनि प्राकृतिक (पानी परेर कृषि उत्पादन फस्टाएर) हिसाबले नै आर्थिक वृद्धि साढे तीन प्रतिशत माथि रहनुपर्ने हो। त्यहाँबाट त सहयोग भएन नै उद्योग धन्दा नै क्षमताको ३० प्रतिशत मात्र चलिरहेको छ । ७०÷८० प्रतिशत क्षमतामा उद्योगधन्दा चल्छ भनेर लिइएको ऋणको ब्याज र किस्ता ३० प्रतिशतको क्षमताले भुक्तानी गर्न सक्दैन। त्यसैले चलिरहेका उद्योग–व्यवसायबाट पनि ऋण उठ्न गाह्रो देखिएको छ ।
’धेरै ठाउँ पुगिसकें, धेरैको व्यवसाय हेरिसकें राम्रो चलेको अवस्था छैन। अलिअलि व्यापारतिर चहलपहल भएको छ, अरु क्षेत्रमा छैन । साना तथा लघु व्यवसाय त झन् नराम्ररी प्रभावित देखिन्छ,’ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी ज्योति पाण्डेका अनुसार ः मौद्रिक नीतिः निर्माण क्षेत्रमा लचकता, ऋण तिर्ने समय मंसिरसम्म दिइयो (पूर्णपाठ) पछिल्ला दिनमा पत्रपत्रिकामा ऋण लिलामीको सूचना फेरि बढ्न थालेका छन् । लिलामीमा राख्ने तर धितो नबिक्ने दर बढेर गएको उल्येख गरे ।
दोस्रो कारण – नेपाल राष्ट्र बैंकले धेरै क्षेत्रलाई पुनर्तालिकीकरण÷ पुनर्सरचनाको सुविधा दिएकै छ, त्यससँगै निर्माण व्यवसायीलाई अझ सहजीकरण गरिदिएको छ । निर्माण क्षेत्रलाई ऋण नियमित (किस्ता) गर्ने समय मंसिरसम्म दिइएको छ। साथै उनीहरुले काटेको चेक नसाटिए पनि कालोसूचीमा नराख्ने सुविधा दिइएको छ। निर्माण व्यवसायीको सबैभन्दा ठूलो भुक्तानी सरकारसँग रोकिएको छ ।
तेस्रो कारण – चालु पूँजी कर्जाको किस्ता। राष्ट्र बैंकले सीमाभन्दा बढी चालु पूँजी कर्जा लिएकाहरुलाई भन्दै ५ वटा किस्तामा सीमाभन्दा बढी भएको कर्जा २०८२ असार मसान्तभित्र तिरिसक्न सहजीकरण गरिदिएको थियो । पछिल्ला दिनमा सीमाभित्रैको चालु पूँजी कर्जाको साँवा÷ब्याज पनि भुक्तानी गर्न गाह्रो परिरहेका बेला किस्ता रकम पनि तिर्नुपर्ने हुँदा व्यवसायीलाई दोहोरो भार परेको छ । सुरुवातमा थोरैथोरै किस्ता भएपनि अन्तिममा किस्ता भार ठूलो छ। २०८० असार मसान्तमा १० प्रतिशत, २०८० पुसमा २० प्रतिशत, २०८१ असारमा अर्को २० प्रतिशत, २०८१ पुस मसान्त २० प्रतिशत र २०८२ असार मसान्तमा ३० गरेर सबै पैसा तिरिसक्नु पर्ने प्रावधान छ ।
काभ्रेका बैंकको अवस्था कस्तो ?
काभ्रे जिल्लामा सञ्चालित वाण्डिज्य बैंकहरुमा ऋण लगानी, असुली र नाफा घाटाको अवस्था के छ भन्ने जिज्ञासा राख्दा बैंकका प्रबन्धकहरुको यस्तो प्रतिक्रिया रहेको छ । राष्ट्रिय वाणिज्य बैंक धुलिखेलका शाखा प्रवन्धक इश्वरी प्रसाद ढुङ्गेलले कन्जुमर लोन, कृषि र व्यापार गरी प्रथम त्रैमासिकमा ५ करोड ऋण लगानी गरेको बताए । पुरानो ऋण ३५ लाख असुली भएको खराब कर्जा असुली हुन नसक्दा १६ लाख जति नोक्सान भएको उल्लेख गरे । व्याजदर घट्दो अवस्थामा रहँदा समेत नयाँ ऋण लगानी प्र¥याप्त मात्रामा गर्न नसकिएको प्रबन्धक ढुङ्गेलले बताए ।
माछापुच्र्छे बैंक बनेपाका शाखा प्रबन्धक यादव आचार्यका अनुसार व्यापार व्यवसाय,कृषि, व्यक्तिगत कर्जा गरी ७ करोड ऋण लगानी गरिएको, ४ करोड कर्जा असुली, नियमित किस्ता सहित २ करोड ५० लाख व्याज आम्दानी गरी माछापुच्र्छे बनेया शाखाले भने नाफा कमाउन सकेको बताए । ७ दशमलब ५ प्रतिशत सन्दर्भ व्याजदर सेवा शुल्क २ प्रतिशत सम्म लिएर ऋण लगानी गरेको बनेपाका उद्यमी व्यवसायी व्यक्तिहरु अनुसासनमा रही इमानदारीताका साथ साँवा व्याज तिरेको प्रबन्धक आचार्यले उल्येख गरे ।