IMG-LOGO

मालपोत कार्यालय काभ्रेले २१ करोड ७१ लाख राजश्व संकलन ग¥यो

 मंगल, मंसिर ४, २०८१  ---

    मालपोत कार्यालय काभ्रेले आ.व. ०८१÷०८२ को प्रथम त्रैमासिकमा २१ करोड ७१ लाख २० हजार ९ सय ९५ राजश्व संकलन गरेको छ । गत आ.व. ०८०÷०८१ मा प्रथम त्रैमासिकमा ८ करोड ४६ लाख ८७ हजार ७ सय ९२ राजश्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा भने गत वर्षको तुलनामा १३ करोड २४ लाख ३३ हजार २ सय ३ ले राजश्व वृद्धि गरेको कुरा मालपोत कार्यालय काभ्रे धुलिखेलको मालपोत अधिकृत एवं सूचना अधिकारी रोशन केसीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा २ हजार लिखत पारित संख्याबाट घर जग्गा रजिस्टे«शन शुल्क, सेवा शुल्क वापत १३ करोड ४६ लाख ९१ हजार ३ सय १८, लाभकर, आयकर असुलीबाट ८ करोड २४ लाख २९ हजार ६ सय ७७ गरी जम्मा २१ करोड ७१ लाख २० हजार ९ सय ९५ राजश्व संकलन भएको मालपोत कार्यालय काभ्रे धुलिखेलले जनाएको छ । मुद्दा तथा भुमिसुधार तर्पm मोही लगत कट्टा २, मोही नामसारी संख्या ७, नामसारी संख्या २ सय १४, जम्मा दाखिला खारेज तथा संसोधन २ सय २ रहेको जनाएको छ । राजश्व बाँडफाँड तर्फ प्रदेश तर्फ ५ करोड ५२ लाख ६२ हजार ५ सय २७, स्थानीय तह तर्फ ७ करोेड ९४ लाख २८ हजार ७ सय ९० जम्मा बाँडफाँड तर्फ १३ लाख ४६ हजार ९ सय १३ रहेको छ । गत वर्षको प्रथम त्रैमासिकमा लिखत पारीत संख्या व्यक्ति दृष्टि समेत गरी ४ हजार ९ सय ४९, जम्मा रजिष्टे«शन शुल्क सेवा शुल्क बापत १५ करोड ८३ लाख ३३ हजार ९ सय ७४, जम्मा लाभकर, आयकर असुली गरी ८ करोड ४६ लाख ८७ हजार ७ सय ९२ रहेको छ । मुद्दा तथा भूमि सुधार शाखा तर्फ मोही लगत कट्टा संख्या ५, मोही नामसार संख्या ११, नामसारी पारित संख्या २ सय ८० र जम्मा दाखिला खारेज तथा संसोधन १ सय ३१ रहेको थियो । त्यस्तै गरी राजश्व बाँडफाँड तर्फ प्रदेश तर्फ ६ करोड २२ लाख ९४ हजार ६ सय ९१ र स्थानीय तर्फ ९ करोड ३४ लाख ४२ हजार ३५ रहेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा राजश्व किन बढ्यो भन्ने जिज्ञासामा मालपोत अधिकृत एवं सूचना अधिकारी रोशन केसीले यस्तो प्रतिक्रिया दिनुभयोः– मुलुकमा आर्थिक मन्दिहुनु, घर जग्गा कारोबारमा कडाई हुनु, जग्गा प्लटिङमा रोक लगाउनु, जग्गा हद बन्दि कायम गरेकाले गत वर्षको त्रैमासिकमा राजश्व कम भएको कुरा अधिकृत केसीले बताउनुभयो । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्