IMG-LOGO

अमेरिका जाने डिभी चिठ्ठा खुल्यो अन्तिम म्याद कार्तिक २१ सम्म

 मंगल, कार्तिक १३, २०८१  – टाइम्स ब्युरो

     अमेरिका गएर स्थायी बसोबास गर्न सबैभन्दा सजिलो उपाय डिभी लोटरी हो  त्यो चिठ्ठा भर्ने क्रम जारी रहेको छ ।  असोज १६  गते बुधबार शुरु भएर मध्यान्ह कार्तिक १९ गते रातिसम्म  भर्न सकिने छ । अमेरिकी  जिन्दगीको सपना बोकेकाहरुको भाग्यदय चिठ्ठाको रूपमा डिभी लोटरीलाई धेरै नेपालीले  पाएको पाइन्छ । यो चिठ्ठा को शुरूवात भएदेखि अहिलेसम्म करिब दुई लाख नेपाली अमेरिकामा स्थायी बसोबास गरेको अनुमान रहेको कुरा वरिष्ठ अधिवक्ता खगेन्द्र जिसी क्षेत्रीले काभ्रे टाइम्सलाई बताउनु भयो ।

     डिभी चिठ्ठा दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ ।

     विगतका वर्षहरुको तुलनामा कुनै परिवर्तन गरिएको छैन । प्रणालीमा समस्या हुनसक्ने भएकाले डिभी लोटरी भर्नका लागि अन्तिम मितिसम्म नकुर्न कन्सुलरले सुझाव दिइएको छ । यो अवधिमा भरेकाहरुको डिभी लोटरीको नतिजा सन् २०२५ को मे ३ मा आउनेछ । त्यसपछि उनीहरुले अक्टोबदेखि भिसा पाउन सुरु गर्नेछन् । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।

१  डिभी भर्न चाहिने योग्यता

     डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्नुहोला । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।

     डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो । डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ ।

२ डिभी भर्दा अपनाउनु पर्ने सावधानी

     डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध भइसकेको छ । कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ ।

     एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

३. वार्षिक १० लाख भन्दा धेरै नेपालीहरको सहभागीता

     अमेरिकाको डिभी लोटरी कार्यक्रममा पछिल्ला वर्षमा औषतमा वार्षिक १० लाख नेपालीहरु सहभागी हँुदै आएका छन् । पासपोर्ट अनिवार्य गरेका वर्षहरुमा डिभी भर्नेको संख्या केही कमी आएपनि डिभी लोटरीका लागि पासपोर्ट अनिवार्यको नियम अदालतले हटाइदियो । सन् २०१९ मा खुलेको डिभी लोटरीका लागि पासपोर्ट अनिवार्य गराउन सुरु गरिएको थियो । त्यसपछि लगातार सन् २०२० र २०२१ मा खुलेको डिभी लोटरीमा पनि पासपोर्ट अनिवार्य गरियो । २०२२ र २०२३ मा खुलेको डिभीमा पासपोर्ट अनिवार्य थिएन ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्