काभ्रे जिल्ला बनेपा नगरपालिका नाला स्थित लामिछाने गाउँका लालचन्द्र लामिछानेका कान्छा सुपुत्र रवि लामिछाने साढे दूई वर्ष अघि एउटा टेलिभिजन प्रस्तोता मात्रै थिए । उनलाई ५ वर्ष अघि सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहान मुद्दामा गिरफ्तार गरेर चितवन जिल्ला अदालतमा पेश गरियो । त्यो मुद्दामा उनले सफाई त पाए तर नारायणी नदी किनारमा एक भव्य जन–सभा आयोजना गरेर राजनीतिमा लाग्ने संकल्प गरे ।
२०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्ररूपमा काठमाडौं महानगरपालिकामा बालेन्द्र साह (बालेन) धरान उप–महानगर पालिकामा हर्क साङ्गपाङ्गले जितेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर छ महिना भित्रमा त्यो पार्टीले संसदमा चौथो स्थान प्राप्त गरेर एमाले माओवादी गठबन्धनमा सामेल भएर उप–प्रधानमन्त्री तथा गृहमन्त्री भए । दूई नागरिकता र दूई पासपोर्ट भएको उजुरीमा दोषी ठहर भएपछि उनको उप र गृहमन्त्री पद मात्रै गएन सांसद पद पनि गयो पछि भएको उप निर्वाचन मार्फत उनी फेरि प्रतिनिधि सभा सदस्य भए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपाली काङ्ग्रेसको गठबन्धन भत्काएर एमालेसंगै आएपछि उनी फेरि उप–प्रधानमन्त्री तथा गृहमन्त्री बने । नेपाली काङ्ग्रेसले रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा ६५ करोड सहकारीको पैसा ल्याएर अपचलन गरेको भन्ने विषयमा आरोपित ग¥यो । सहकारी ठगी र संगठित अपराधको आरोपमा अभियोग लगाउदै गत शुक्रबार रवि लामिछानेलाई प्रहरीले पक्राउ ग¥यो । पक्राउपछि उनलाई कास्की जिल्ला अदालत पोखरा पु¥याइयो । आइतबार अदालतले छ दिन अनुसन्धानमा राख्ने पूर्जी दिएको छ ।
रवि लामिछानेलाई त्यसरी पक्राउ गर्न हुँदैन थियो । यो ओली सरकारको गम्भीर भूल हो । असन्तुष्ट जनतामा रवि प्रति जनताको अझै विश्वास घटेको देखिदैन । यही घटनाले उनी कतै २०८४ को आम चुनावमा उनको पार्टीले बहुमत ल्याएर प्रधानमन्त्री बन्ने अनुमान धेरैले गरेको देखियो । यस्तो भएमा नेपालका लागि अभिशाप हुने छ किनभने उनी राजनीतिक व्यक्तित्व होइनन् । उनी बदलाभावले प्रेरित छन् भन्ने कुरा उसको पक्राउ पूर्जीमा हस्ताक्षर गर्दा बदला भावले प्रस्ट हुन्छ । म यिनै हातले आज यो पक्राउ पुर्जीमा सही गर्दै मलाई जेल हाल्नेलाई जसरी पनि जाक्छु भन्नु लोकतान्त्रिक अभिव्यक्ति होईन । सबैले नयाँ शक्ति भन्छन् हाम्रो विश्लेषणमा बाहिर भद्र देखिए पनि उनी स्टनवाज हुन् ।
रविलाई नजिकबाट हेरिरहेको हामीलाई लाग्छ कि रवि लामिछानेलाई यहाँसम्म पु¥याउन जन– आस्था सम्पादक किशोर श्रेष्ठले गर्दा पनि हो । रविले प्रेस मर्यादा नाघेर प्रेस काउन्सिलमा उजुरी पर्दा काउन्सिललाई नगन्ने इविले रवि अमेरिकी नागरिक भएर कसरी नेपाल बसेको पर्दाफास भएको थियो । यही कारण रविले आफ्नो पासपोर्ट अमेरिकी दूतावासमा बुझाए पनि उनले अमेरिकी नागरिकता त्यागेका थिएनन् । राजनीतिमा कुनै पनि विचार नभएको तात्तो न छारो को टपर ट्युयालाई यति अवसर मासहिस्टेरिया भएका भिडले दिएको हो । अब प्रधानमन्त्री होला भन्ने डर हामीलाई छ । प्रधानमन्त्री ओली, गगन थापा र गृहमन्त्री रमेश लेखकले रवि जस्तो मान्छेलाई गिरफ्तार गरेर प्रधानमन्त्री हुने अवसर दिंदैछन् । रवि लामिछानेको जीवनमा टेलिभिजनमा नकारात्मक भावमा कुर्लिएको योगफल बाहेक कुनै त्यस्तो कुनै चमत्कार छैन ।
रवि न केही पढछन् । न केही गर्छन् उसका कुरा सबै थाहा पाएका आफ्नै दाइ हरिशरण लामिछाने पनि उनी देखि टाढा छन् । रविसँग अहिलेका प्रधानमन्त्री ओलीको ईगो भन्दा पनि खतरनाक स्वभाव र प्रवृत्ति छ । अहिले जनताको सरकारप्रतिको आक्रोश मोड्न रवि लामिछानेलाई पक्राउ गरिएको हो । आउँदा दिनमा उनी माथिको मुद्दामा अदालतले एउटा निर्णय लिदै फैसला गर्ला तर सहकारी ठगी गर्नेमा एमाले काङ्ग्रेसका नेताकार्यकर्ता नै बढी भएको प्रमाण सहकारीको रकम अपचलन गरेर पक्राउ परेका नाम हेर्दा पुग्छ । अझै कति सहकारी ठगहरु ठमठम हिडिरहेका छन् ।