IMG-LOGO

रवि लामिछाने पक्राउ पर्ने हल्लैहल्ला  देशब्यापी सुरक्षा सतर्कता 

 मंगल, असोज ८, २०८१  ---

          राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका ब्यापारीक साझेदार पूर्व नायब महानिरीक्षक (डिआईजी) छवि लाल जोशी पक्राउ परेपछि रवि लामिछाने अस्तिदेखि तनावमा छन् । रवि पक्राउ पर्ने हल्लैहल्लामा आइतबार राति देखि आजसम्म पनि हल्ला जारी छ । यो समाचार लेख्दासम्म रवि पक्राउ परेका छैनन् तर परिस्थिति अत्यन्तै तरल छ । सुरक्षा समयन्त्र देश ब्यापीरूपमा कडा पारिएको छ ।

          काठमाडौं । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउको हल्ला चलेपछि पार्टी कार्यकर्ता केन्द्रीय कार्यालयमा भेला भएका छन् । पार्टीको निर्देशनमा नै कार्यकर्ता कार्यालयमा भेला भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा कार्यकर्तासँगै मिडियाको पनि भीड ह्वात्तै बढेको छ । उपत्यकामा रहेका केन्द्रीय नेता र अन्य कार्यकर्ताहरु पार्टी कार्यालयमा भेला भइ रविलाई पक्राउ नगर्न नारावाजी लगाएका छन् ।

          सभापति रविका पूर्व व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेसँगै रवि समातिने हल्ला फैलिएको थियो । तर, प्रहरीले पक्राउको अनुमति अदालतबाट लिए वा नलिएको अहिलेसम्म स्पष्ट भएको छैन ।

          सहकारीको रकम हिनामिनाको छानबिनका लागि गठित संसदीय विशेष समितिले गोर्खा मिडियाका सञ्चालकलाई कारबाही सिफारिस गरेको थियो। सिफारिस प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो । आवश्यक कारबाहीका लागि मन्त्रिपरिषद्ले प्रतिवेदन मातहतका निकायमा पठाएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्