IMG-LOGO

कम्युनिष्ट पार्टीको सरकारले जनमतको अपमान गरेकोले आगामी निर्वाचनमा बढारिने छ

 मंगल, पौष १४, २०७७  मधुु आचार्य          

सभापति, नेपाली कांग्रेस काभ्रे
    नेपालमा पछिल्लो राजनीतिक घटनाक्रमले जटिल मोड लिएको छ । नेपाल कम्युनिष्ट पार्टी नकपाका अध्यक्ष एवं प्रधानमन्त्री के.पीे. शर्मा ओलीले संसद भङ्गका कारण राजनीतिमा ठूलो भूकम्प गएको छ । नेकपा माधव नेपाल  र प्रचण्ड पक्षका कार्यकर्ताहरु संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी अख्तीयारको दुरुपयोग गरी संसद विघटन गरेर संविधान माथि नै कु गरेको भनेर सडक आन्दोलनाम छन् । गैर संवैधानिक  कदम विरुद्ध अन्य सबै राजनीतिक दल विरोध गरी प्रदर्शनमा उत्रेका छन् । प्रमको कदम गैर संवैधानिक भयो भनि सर्वोच्च अदालतमा १२ वटा रिट परेको छ । रिटको सवालमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । यो परिस्थितिमा नेपाली कांग्रेस पार्टी संसद पुःनरस्थापना तिर लग्छ, की सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको निर्वाचनमा जान्छ भन्ने सन्दर्भमा नेपाली कांग्रेस काभ्रेका सभापति एवं युवा नेता मधु आचार्यसँग रेडियो एविसी एफ.एम. ८९.८ मेजाहर्जमा गरिएको ेकुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ । 
१. मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिको कार्यालयले संविधानको धारा ७६ को उपधार १, ७ धारा ८५ अनि संसदीय प्रणाली मानेर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसद विघटन गर्नुभयो । यसकदम प्रति नेपाली कांग्रेसको धारणा के छ ? नेकाको जिल्ला सभापतिको हैसियतले तपाई के भन्नु हुन्छ ?
    सबै राजनीतिक दलको सहमती र सहाकार्यबाट ९० प्रतिशत जनताका जनप्रतिनिधिहरुले अनुमोदन गरेर २०७२ असोज २ गते संविधान जारी भयो । विगतका कमी कमजोरीलाई नदोहो¥याउने गरी २०४७ सालको संविधानमा प्रधानमन्त्रीले मन्त्री परिषदको निर्णय अनुसार संसद भङ्ग गर्न सक्दथ्यो । अहिले त्यस्तो परिस्थिति छैन । लोकतान्त्रीक गणतन्त्र नेपालमा स्थापना भएको १४ वर्ष भयो । अझैसम्म जनताहरुले सुख, शान्ति र अमन चयनको सास फेर्न पाएका छैनन् । विकास र समृद्धिको चाहनामा कुठाराघात  भएको छ । प्र्रधानमन्त्री के.पी. शर्मा ओलीको दम्भमा अलोकतान्त्रीक  गैर संवैधानिक कदम भएको छ। संविधानमा यस्तो व्यवस्था छैन । प्रमले यो कदम चाल्दा हामी काभ्रे जिल्लाको भूम्लु गाउँपालिकामा थियौँ । पार्टीगत आन्तरिक किचलोमा देश र जनताप्रति धोका दिने काम भएको छ । यो कार्य स्वीकार्य छैन । नेपाली काग्रेसले देशैभरी सशक्त आन्दोलन गर्ने छ । लोकतन्त्रको जननी नै कांग्रेस हो आवधिक निर्वाचन मानव अधिकार, शान्ति शुसासन अमन चयनको लागि जनताहरुको हित र उन्नती गर्न सधै लागि पर्ने छ । सम्मानीत अदालतले सरकारले चालेको गैर सम्वैधानिक  कदमको विरुद्धमा फैसला हुने छ भन्नेमा हामी विस्वस्त छौँ । हामी निर्वाचनको तयारीमा पनि जुट्दै अघि बढ्छौँ । 
२. नेपाली कांग्रेस पार्टी अब संसद पुनरस्थापनाको लागि आन्दोलन गर्छ की सरकारले घोषणा गरेको आगामी बैशाख १७ र २७ गतेको निर्वाचनमा जान्छ ?
    सम्मानित सर्वोच्च अदालतले मन्त्री परिषदको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद भङ्ग गरेको गलत सावित गरे संसद पुनरस्थापनालाई पनि मानेर जान्छौँ । २०७२ मा जारी गरेको नयाँ संविधानमा प्रधानमन्त्रीलाई संसद भङ्ग गर्ने अधिकार छैन । यो संविधान माथि भएको बलात्कार हो यसमा नेपाली कांग्रेस प्रतिकारमा उत्रन्छ । घोर आपती समेत गर्छ । कम्युनिष्ट पार्टीको सरकारले जनतालाई दिएको धोका हो । विकास र समृद्धि दिन्छ भनेर जनतामा ठूला ठूला सपना बाँडेर हिडयो आखिर केही गर्न सकेन । गैर संवैधानीक कदमको सवालमा जनताहरुलाईइ सुझाउन देशको १ सइ ६५ क्षेत्रमै बैशाख १३ गते बिरोध प्रर्दशन गरेका छौँ । काभ्रे प्र्रतिनिधि क्षेत्र नं १ को भकुण्डेमा र काभ्रे प्रतिनिधि क्षेत्र नं २ को विरोध सभा बनेपामा गर्ने भएको  छ । लोकतान्त्रीक गणतन्त्रको संस्थागत विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमामात्र सम्भव छ । चुनाव हुने सुनिश्चित भए हामी सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुन्छैँ ताजा जनादेशमा जानछौँ । सर्वोच्चमा १२ वटा रिट परेको छ । सर्वोच्चले उक्त रिटमा जनताको पक्षमा फैसला गर्ने कुरामा हामी आसावादी छौँ ।
३. २०५१ मा तत्कालीन गिरीजा प्रसाद कोइरालाले संसद विघटन गरेर मध्यवधि चुनाव घोषणा गरेर जनताको अपमान ग¥यो । नेपाली कांग्रेसका शेरबहादुर देउवाले राजालाई प्रजातन्त्र बुझाए, अहिले नेकपाको कम्युनिष्टि दुई तिहाइको नेतृत्व गरेको केपी ओलीको सरकारले संसद विघटन गरे जन उत्तरदायी राजनेता देशमा नभएकै हो त ?
    २०५१ र २०६० सालको अवस्थालाई अहिले दाँज्न मिल्दैन् । त्यति बेलाको नेपाली कांग्रेसको सरकारले पनि जनमतको कदर गर्न नसकेको हो । हामीे त्यति बेला पनि हाम्रा नेताहरुले गलत गरे भनेकै हौँ । हजारौँको बलिदान, त्याग, तपस्या गरेर निरंकुश राजतन्त्रको समुल नष्ट गरेर २÷२ पटकको सम्वीधान सभाबाट जन अनुमोदित समावेसी समाजबाद उन्मुख सम्वीधान जारी गरेको हौँ । विश्वकै उत्कृष्ट व्यवस्था लोकतान्त्रीक गणतन्त्रलाई कोही कसैले समाप्त गर्न सक्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्काहाको भरमा दम्भदेखाएर संविधान माथि नै प्रहार गरे । सम्वैधानिक कु गरेका छन् ।  यो गलत छ,  जनताप्रतिको घोर अपमान हो । जनताले यसको सजाँए दिन्छन नै २०४७ सालको संविधानमा प्रधानमन्त्रीले संंसद विघटन गर्न सक्ने व्यवस्था थियो । अहिले छैन् । अनेकौँ विकल्प थिए, वैकल्पीक अवस्था थियो । पार्टी भित्रको आन्तरिक कलह मिलाउन नसकेर देश र जनता माथि ठूलो अपराध नै गरेका छन् । प्रधनमन्त्री केपी शर्मा ओलीलाई यो क्षमा गर्ने योग्य छैन् । देशमा राजनेता जन्मेका छन् । जनताका जनजीवीका, गरिव र धनि बिचको खाडललाई पुर्न सक्नु पर्छ । ५ बर्षको अभिमत पाएको सरकारले ३  वर्षमै संसद भङ्ग गरेर अलोकतान्त्रीक कदम चालेको छ । यसप्रति नेपाली कांग्रेसको घोर अपत्ती छ । सम्मानीत अदालतले गरेको फैसला जे गर्छ त्यसको आधारमा हामी अघि बढ्छौँ तर हामी न्यायलयले जनताहरुको पक्षमा फैसला गर्ने छ भन्नेमा हामी विश्वस्त छौँ । जनमतको कदर नगर्ने आगामी निर्वाचनमा बढरिने छन् । देशमा आर्थिक सामाजिक रुपान्तरण गरेर देशका जनताहरुलाई धनि बनाउन नेपाली कांग्रेस कटीबद्ध भएर लाग्ने छ । नेपालाी कांग्रेस पार्टी 
४. सभापति शेर बहादुर देउवाको सिफारिसमा सम्वैधानिक निकायका प्रमुखहरुमा भाग शान्ति जय नेपाल भएकाले कांग्रेसले सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेन मौनता साँध्यो भनिन्छ नी ?
    नेपाली  कांग्रेस पार्टी नीति विधि पद्धतीलाई पालना गर्ने पार्टी हो सरकारले चालेको गैर सम्वैधानिक कदमलाई कदापी स्वीकर्न सक्दैन् । सम्वैधानिक निकायमा केही सिफारिस भएका होलान् । यस्ता विषयमा गम्भीर प्रकृतिका सवालमा जुन लोकतान्त्रीक व्यवस्था नै खतरा हुने गरी भएको कदमप्रति नेपाली कांग्रेस चुप बस्दैन, सशक्त आन्दोलन गर्छ । पुष १३ गते देशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ । 
५. संविधानप्रति जहिले पनि घात गरेर आफू खुसि व्याख्या गर्ने सरकारको नेतृत्व गर्नेले शनकाहाको भरमा संसद विघटन गर्ने तौर तरिकाले देश र जनताप्रति ठूलो अन्याय भएको छ । विकास र समृद्धि पछि धकेलीएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली लागु गर्नु पर्छ भन्ने बहस अघि सारेर त्यतातिर जान ढिला भएन र ?
     लोक तान्त्रीक व्यवस्था घोषणा भएको १४ वर्ष वित्यो, संघीय व्यवस्थाको पहिलो निर्वार्चित सरकरले संविधान कार्यान्वयन गर्नुपर्नेमा नेपालका कम्युनिष्ट सरकारले जनतालाई भ्रममा पारेर चुनावमा विजय हाँसिल गरे जनताका बाचा विर्से । सत्ता लिप्सा भ्रष्टचारमा रमाए । जनजीवीकाका सवालमा रोक भोक र सोकमा रहेका जनताहरु प्रतिको जिम्मेवारी पुरा गर्न तिर लागेन, कोभिड–१९ प्रकोपको महामारीमा जनताहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिनु पर्नेमा आन्तरिक पार्टीको कलहमा समय खर्च गरेर समय व्यतित ग¥यो । अधिनायक वादमा लागेर प्रम केपी शर्मा ओलीले गैर संवैधानिक कदम चाले । यो अलोकतान्त्रीक कदम हो । यो विषयलाई माफ गर्न सकिदैँन् । संविधान कार्यान्वयन चरणकै अवस्थामा छ । संविधान जारी गर्नु भन्दा अघि “पार्टीहरुका विचमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारी प्रधानमन्त्रीको सवालमा बहस भएको हो । यो प्रणाली अलि तानशाह हुन्छ भन्ने लागेर लोकतान्त्रीक पद्धती अंगालेको हो । १५÷२० वर्ष यसको प्रयोग ग¥यौँ । प्रणाली नै फेर वदल गर्नुपर्छ भन्ने मलाई लाग्दैन् । पार्टी र सरकारको नेतृत्व गर्नेले संविधान कानुनको परिपालना गरेर विकास समृद्धि सुशासन कायम गर्नु पर्नेमा पदीय मर्यादालाई भुलेर अख्तीयारको दुरुपयोग गर्ने कार्य भएको छ । प्रधानमन्त्रीको यो कदम पार्टी, देश र जनताको हितमा छैन् । यसले कम्युनिष्ट पार्टीको शाखलाई नै उदाङ्गो पारी दिएको छ ।”
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्