IMG-LOGO

बनेपा नपामा पनि करकालागि अनलाइन सेवा 

 मंगल, पौष ७, २०७७  ---

बनेपा नगरपालिकामा नगरपालिकाको राजस्व डिजिटल प्रणाली मार्फत भुक्तानी गरी इ-पेमेन्ट सेवा सुरु भएको छ । उक्त सेवाको शुरुवात नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले एक कार्यक्रमका विच शुभारम्भ गर्नु भएको थियो । नगर प्रमुख बादेले नगरका नगरबासीहरुले घरमै बसी इ-सेवा तथा खल्ती एप प्रयोग गरेर राजस्व बुझाउन सकिने बताउनु भयो । 
उक्त सेवा सुरु भएसँगै नगरबासीले सम्पति कर, घर वहाल कर, भुमिसुधार, सरसफाई, नविकरण सेवा कर, ब्यबसाय कर लगाएतका नगरपालिकालाई बुझाउनु पर्ने सम्पुणर् कर अब आफ्नै मोबाईलबाट घरमै बसेर तिर्न सकिने बादेले बताउनु भयो । नगरले विकासको फ्डको मार्ने क्रममा नगरलाई डिजिटल प्रविधीमा लगिएको र देश तथा विदेशमा रहने नगरबासीहरुका लागी प्रविधिको सदुपयोग गर्न समेत बादेले आग्रह गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले अहिलेको प्रविधीको विकास सगै नगरपालिकाले पनि प्रविधीलाई प्रयोग गरी सेवा ग्राहिहरुलाई सेवा दिन लागीएको बताउनुभयो । नगरलाई स्मार्ट सिटी बनाउने योजना अनुरुप कागज रहितको सेवाको यो पहिलो शुरुवाती भएको उप्रेतिले बताउनु भयो । नगरबासीहरुलाई उक्त सेवा बारे पहुंच पुरयाउका लागी  समन्वय  सहजीकरण गरिने बताउनु भयो । करदातालाई उत्साहि बनाई कुन तरिकाबाट सहज हुन्छ सोहि तरिका अपनाएर कर मैत्री बताउन लागिएको उपे्रतिले बताउनु भयो । उप्रेतिले नगरपालिका परिसरमा फ्रि वाईफाईको ब्यबस्था गरी उक्त सेवालाई अझै सरल बनाईएको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रबक्ता श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ६ का वडा अध्यक्ष सचिता नन्द केसी, वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्का, १२ का वडा अध्यक्ष राम बहादुर कुंवर, १४ का वडा अध्यक्ष गौरी राउत, शाखा प्रमुखहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन योजना अधिकृत शर्मिला बन्जाडेले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्