IMG-LOGO

व्यवसायीहरुको समृद्धि र सरक्षित कारोबार ऐन ल्याउन पहल कदमी गर्छु

 मंगल, पौष ७, २०७७  दिल सुन्दर श्रेष्ठ अध्यक्षको उम्मेदवार



नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश
भूमिका,
    हसिलो चेहेरा स्प्ष्ट बक्ताको रुपमा परिचित दिलसुन्दर श्रेष्ठको जन्म २०१३ बैशाख १३ गते धुलिखेलमा भएको हो । सफल व्यवसायीको रुपमा गनिने दिल सुन्दर धुलिखेल उद्योग वाणिज्य संघमा ३ पटक नेतृत्वमा रहेर व्यवसायीहरुको हकहित र उपभोक्ताहरुको अधिकारलाई सुनिश्चित गर्न र सम्बन्ध सुमधुर बनाउन लागि पर्नुभयो । विगत २५ बर्ष देखि धुलिखेल उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघमा निरन्रत सक्रिय सपल उद्यमी सामाजिक अभियानमा लाग्नु भयो । तयारी पोशक उत्पादन, आयत निर्यात, जलविद्युत पर्यटन र वित्तीय क्षेत्रमा सफल व्यवसायीको रुपमा चर्चित हुनुहुन्छ । नपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय कार्य समिति कार्यकारी सदस्यमा ३ पटक निर्वाचित भई महत्वपूणर्  समितिहरुको सभापतित्व गर्नुभयो । महासंघको मेला समितिको सभापति बन्नु भयो र आफ्नो जिम्मेवारी पुरा गर्नुभयो । वाणिज्य शास्त्र तथा जनप्रसनमा स्नातक गर्नु भएका दिल सुन्दर श्रेष्ठ २०६८ साल देखि २०७७ साल सम्म केन्द्रीय उद्योग वाणिज्य महासंघमा लागि पर्नुभयो । जुदी इन्टर प्राइजेज काठमाण्डौँका प्रोपाइटर रहेका श्रेष्ठ सञ्जीवनी कलेज धुलिखेलको अध्यक्ष, धुलिखेल समाज काठमाण्डौँको द्वितिय उपाध्यक्ष रहेर कार्य गर्नु भएको छ । आगामी पुष ११ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको अध्यक्षको उम्मेदवार  बन्नु भएका दिल सुन्दर श्रेष्ठसँग रेडियो एविसी एफ.एम. ८९.८ मेजाहर्जको प्रस्तुतीमा व्यवसायी र उपभोक्ता विचको सुमधुर सम्बन्ध स्थापित गर्ने दुर दृष्टी के छ भन्ने सन्दर्भमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको आगामी पुष ११ गते हुने निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिनु भएको छ । निर्वाचित हुने आधारहरु के छन् ?
    संघीय संरचना अनुरुप देश सञ्चालन भएको हुँदा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकारहरु सञ्चालन भइ रहेको अवस्था हो । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय, प्रदेशमा प्रादेशीक र स्थानीयमा स्थनीय कानुनमा आधारित भएर संस्था सञ्चालन गर्नुपर्ने हुन्छ । सोही अनुसार देशको ७ वटै प्रदेशमा नेतृत्व चयन गुर्नपर्ने छ । वागमती प्रदेशमा नेतृत्वमा मेरो दावि सहित उमेदवारी घोषणा गरेको छु । महासंघको ५४ औँ साधारण सभाले शेखर गोल्छाको नेतृत्वमा नयाँ कर्य समिति चयन गरेको छ । ३ पटक धुलिखेल उद्योग वाणिज्य संघ नेतृत्वदायी भूमिका र ३ पटक नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्य, धुलिखेल समाज र सञ्जीवनी कलेज धुलिखेलमा समेत रहेर समाजिक कार्यमा सम्लग्न भएर कार्य गरेँ । बागमती प्रदेशको कार्यालय हेटौँडामा छ । सचिवालयलाई व्यवस्थीत गर्नुछ । व्यवसायीहरुले गरेको कारोवारमा सुरक्षा छैन्  । जुन सुकै राष्ट्रमा पनि उद्यमी व्यवसायीले उत्पादन गरेका उत्पादनहरु बजारमा विक्रि गर्दा राज्यको सुरक्षा हुनुपर्छ सुरक्षित कारोवार ऐन, घरवहाल ऐन जारी भएको छैन् । व्यापार व्यावसाय फष्टाउन, व्यापारीले विक्रि गरेको सामग्री बाँकी दिएको सामग्रीको कुनै सुरक्षाको ज्ञारेन्टी छैन् । यसलाई व्यवस्थित गर्नुछ । सुरक्षित कारोवार ऐन, घरवहाल कर ऐन जारी गर्न प्रादेशीक र स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्नु छ । व्यवसायीहरुको हक हित, व्यवसायको प्रवर्धन, उद्यम व्यवसायको विकास स्वरोजगारको श्रृजना गरी देशलाई आत्मनिर्भरको बाटोमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिएको छु । मलाई काभ्रे जिल्लाका सबै उद्योग वाणिज्य संघको साथ र सहयोग छ । वागमती प्रदेशमा नगर र जिल्ला गरी २० वटा उद्योग वाणिज्य संघ छन् । काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य शुरकृष्ण बैद्य, धुलिखेल उद्योग संघका अध्यक्ष मञ्जुकुमार कोजु, सिन्धुपालाञ्चोक, मकवानपुर, नुवाकोट चितवन जिल्लाका उद्योग वाणिज्य संघहरुले समर्थन जनाइ सक्नु भएको छ । टिम निर्माण गरेर अघि बढ्ने सोच बनाएको छु । मित्रहरुको साथ सहयोग विस्वास म माथि भएकोले निर्वार्चित हुनेमा ढुक्क छु । 
२. उद्योग वाणिज्य महासंघमा ३/३ पटक कार्यकारीणी समितिमा निर्वाचित हुनुभएको व्यक्ति केन्द्रीय पदाधिकारीमा नै यहाँको दावि हुनु पर्दथ्यो किन वागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिनुभयो ?
    संघीय व्यवस्थामा प्रादेशीक स्वरुप अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकार तीन तह अनुसार नै आ-आफ्नो अधिकार भित्र रहेर कार्य गरिने हुन्छ । सामाजिक संघ संस्था वा व्यवसायिक फर्म महासंघ सबै सोहि अनुसार चल्ने हो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी उपाध्यक्ष पछिको हैसियत प्रदेश अध्यक्षको हुन्छ । घटुवा हुने छैन् । कार्यसमिति भित्र महत्वपूणर् भूमिका हुन्छ । म ३ पटक केन्द्रीय उद्योग वाणिज्य महासंघमा कार्यकारीनी सदस्य र ३ पटक धुलिखेल उद्योग वाणिज्य संघको नेतृत्वमा रहेर कार्य गरिसकेको हो । म चाँहि वागमती प्रदेशका व्यवसाहिहरुको हक हित व्यवसाय प्रवद्र्धन, उद्योग सञ्चालन रोजगारको श्रृजनाको लागि व्यवसायीहरुको संगठनीक विकासको लागि शस्क्तरुपमा अघि बढाउन मैले प्रदेशको अध्यक्ष पदको उम्मेदवार दिएको हुँ । 
३. तँपाई वागमती प्रदेशको अध्यक्षमा विजयी हुनुभयो भने व्यवसायीहरुको हकहित र उपभोक्ताहरुको अधिकारको लागि के गर्ने दुर दृष्टि राख्नु भएको छ ?
    उद्योग वाणिज्य महासंघ भनेकै उद्योगी व्यवसायीहरुको हक अधिकारको लागि गठन भएको संघ हो । कोभिड-१९ प्रकोपको महामारीमा समेत व्यवसायीहरुले आफ्नो जीवनको कुनै प्रवाह नगरी आम उपभोक्ताहरुलाई उपभोग्य खाद्यसमग्री उपलब्ध गराए । नागरिकहरुको गुणस्तर युक्त सामग्री प्राप्त गर्ने अवस्था श्रृजना गर्नुपर्छ । व्यवसायीहरुले गरेको कारोवार सुरक्षाको प्रत्याभूति गराउने कारोवारी सुरक्षा ऐन जारी गर्न सरकारलाई झक-झकाउने, निजि क्षेत्रको उद्योग, व्यवसाय सञ्चालन गर्न, व्यापार व्यावसाय प्रभावकारी रुपमा चलाउन ४ देखि ५ प्रतिशत सहुलीयतदरमा कर्जा उपलब्ध गराउने । उपभोक्ता र उद्योग व्यवसायीहरुको सम्बन्ध सुमधुर बनाउने गरी कार्य गर्ने, प्रदेश र स्थानीय सरकारविच समन्वय गर्ने, सरकारलाई व्यवसायीले १३ प्रतिशत भ्याट तिरदै आएको छ । त्यसलाई घटाएर १० प्रतिशतमा झार्ने रणनीति लिएको छ । ३ प्रतिशत व्यवसायीको हकहित उद्योग धन्दालाई प्रोत्साहित गर्न व्यावसाय प्रवद्र्धनको लागि पर्नेछु । जिल्ला जिल्लामा गरिने मेला सभा समारोह सञ्चालन गर्न केन्द्रले व्यवस्थापन गर्दै आएको थियो । अव देखि हरेक प्रदेशले गर्न पाउने व्यवस्था गरिनुपर्छ । त्यसको लागि मेरो ध्यान केन्द्रीत गरेको छु ।
४. उद्योग वाणिज्य संघमा आवद्ध भएर खासै केही हुँदैन भन्ने मानसिकता आएको छ नी किन सचेतना जागरण नभएर हो ?
    उद्योग वाणिज्य संघको कार्यालय ७७ वटै जिल्लामा छ । जिल्ला र नगर गरेर १ सय ६ वटा शाखा छन् । त्यस्तै वागमती प्रदेशमा नगर र जिल्ला गरेर २० वटा उद्योग वाणिज्य संघ छन् । व्यवसायी र उपभोक्ता विच सम्बन्ध स्थापित गर्ने कार्य भएको छ । चेतनाको विकास जागरण ल्याउन कार्य अघि बढाइने छ । कोभिड-१९ प्रकोपमा व्यवसायिहरुको पुनर जीवनको लागि १ खर्बको आर्थिक राहत प्याकेज ल्याउन सकेको छ । व्यवसायीहरुले ८ देखि साढे ८ प्रतिशत व्याजमा कर्जा प्राप्त गर्न सक्ने अवस्थाको श्रृजना नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो । व्यवसायीहरुको हक हितको लागि नै उद्योग वाणिज्य संघ गठन  भएका हुन् ।
५ अन्त्यमा केही भन्नु छ की ?
     सम्पूणर् उद्योगी व्यवसायीहरुको व्यवसायिक विकास गरी व्यवसाहीहरुको समृद्धि गर्नु छ । प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर उद्यमी व्यवसायीहरुको वृद्धि गरी रोजगारीको श्रृजना गर्नु छ । काभ्रे जिल्लाको हकमा पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले निर्वाचनमा भाग लिन पाउने अवस्था भएको छैन आगामी दिनमा छिटो भन्दा ,ि पाँचखाल र नमोबुद्ध नगरपालिका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले निर्वाचनमा भाग लिन पाउने अवस्था भएको छैन । आगामी दिनमा छिटो भन्दा छिटो प्रक्रियागतरुप कार्य अघि बढाउने छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्