IMG-LOGO

सुरक्षा सतर्कताका साथ शिक्षण सिकाईलाई थप मजबुद बनाएका छौँ 

 मंगल, मंसिर ३०, २०७७  अग्नी ज्ञावली 

प्रिन्सिपल सेन्टलम एल्बम एकेडेमी, श्रीखण्डपुर
    दुई दशक देखि निरन्तर शिक्षण सिकाईमा लागि पर्नु भएका अग्नी ज्ञावली सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुरको प्रिन्सिपको जिम्मेवारी समाल्नु भएको छ । शालीन स्वभावका ज्ञावली एन प्याब्सन काभ्रेको सल्लाहकार हुनु हुन्छ ।  शिक्षा सिपमुलक गरी खाने उत्पादन शित जोड्न सक्नु पर्छ । आफ्नो देशको भौगौलिक अवस्था, माटो सुहाउँदो २१ औँ सताप्दीको प्रविधिको विकाससँग मेल खाने हुनुपर्छ  भन्ने तर्क राख्नु हुन्छ । कोभिड-१९ प्रकोपले विश्वमा नै नराम्ररी प्रभावित पारेको छ । शैक्षिक क्षेत्रमा पनि त्यसको असर परेको छ । सबै क्षेत्रमा आर्थिक शंकुचन आएको छ । कोरोना भाइरस सुक्ष्म जीवाणुको संक्रमणले गर्दा हाम्रो देशको अर्थतन्त्र तहसनहस भएको छ । यो अवधिमा विद्यार्थीहरुको ध्यान पठन पाठनमा भन्दा अन्यत्र मोडिएको छ । पढाइमा ध्यान केन्द्रिकृत गर्न शिक्षक वर्गहरुले धेरै मेहनत गर्नुपर्ने भएको छ । यो परिस्थितिमा सेन्टलम एल्बम एकेडेमी स्कुलले गुणस्तरीयता प्रदान गर्ने शैक्षिक क्रियाकलाप सहितको योजनाहरु के के छन् भन्ने सन्दर्भमा रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा प्रिन्सिपल ज्ञावलीसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ । 
१. कोभिड-१९ प्रकोप लामो समय रहि रह्यो । यो अवधिमा सेन्टलम एल्वम एकेडेमी स्कुलले शिक्षण सिकाईलाई कसरी अघि बढाउनु भयो ?
     २०७६ चैत्र ११ गतेबाट सरकारले कोभिड-१९ को कारण देशभर बन्दाबन्दी गर्‍यो । उक्त समयमा केही दिन त अभिभावक, शिक्षक र विद्यार्थी सबै त्रसित नै रहेको अवस्था थियो । बैशाख २८ गते अनलाइन मिटीङ गर्‍यौँ । जेष्ठ ३ गतेबाट  अनलाइन कक्षा सुरु गर्‍यौँ । विद्यार्थीको तथ्याङ्ग संकलन सहित अनलाईनबाट बालबालिकाहरुको लागि शैक्षिक क्रियाकलाप तिर ध्यान केन्द्रित गर्ने कार्य भयो । प्राइमरी कक्षामा एस.एम.एस मार्फत गृहकार्य गर्न र आधारभूत र माध्यमिक तहमा अनलाइन कक्षा शु्रु गरियो । असोज २६ गते परिक्षा लिने कार्य गरियो । विद्यार्थीहरुको अध्ययन गर्ने बानी बसाल्ने कार्य थप मजबुद बनाउने कार्य गरियो । 
२. यो परिस्थितिमा कस्ता खालका चुनौती बेहोर्नु पर्‍यो ?
    कोभिड-१९ ले मानवीय त्रसितको अवस्था, सामान्य देखि मध्यम वर्गीय नागरिकहरुलाई अभावको श्रृजना गरायो । मजदुर वर्ग जो गरिखाने वर्ग छन् । उनीहरुको  दैनिकी जीवन कष्टकर रह्यो । सरकारी अलमलका कारण अवस्था थप जटील बन्न पुग्यो । जुन बेला बन्द गरिनु पर्ने थियो त्यो बेला बन्द गरेनौँ, नगर्नु पर्ने बेलामा बन्दाबन्दी गर्‍यौँ । यो नै सरकारको ठूलो भुल हो । बैकल्पीक रुपमा कसरी जाने भन्ने अन्यौलता कायमै रह्यो । अभिभावकहरुलाई आर्थिक जोह गर्न साह्रै कठिन रहयो । हाम्रो विद्यालयका शिक्षक वर्गहरु स्थानीय पालीकाहरुको नजिकै नै बसोवास गर्ने भएकाले विद्यार्थीहरुलाई अध्ययन गराउन सहज नै भयो । अभिभावकहरुले पनि सहयोग गर्नुभयो । गत श्रावण सम्ममा हाम्रो विद्यालयमा ३५ प्रतिशत विद्यार्थीहरुले भर्ना गरिसक्नु भएको अवस्था थियो । 
३. केन्द्रिय सरकारले स्थानीय सरकारलाई कोभिड-१९ को अवस्थालाई नियालेर पठन पाठन शुरु गराउन नीतिगत निर्देशन दिएको छ । शिक्षण सिकाई कुन रुपमा अघि बढ्दै छ ? 
    विद्यार्थीहरुलाई विद्यालयमा नै सहभागी गराएर पठन पाठन शुरु गरेका छौँ । जोर दिन जोर कक्षा विजोर दिन विजोर कक्षा सञ्चालन गरिएको छ । विद्यालय सञ्चालनको लागि स्थानीय सरकारले स्वीकृति दिएको छैन् । स्थानीय पालिकाको शिक्षा शाखाले विद्यालय के कसरी सञ्चालन भएको छ भनेर हेर्न हामीकोमा आएका छैनन् त्यसको अनुगमन समेत गरेका अवस्था छैन् । कहाँ कसरी ठोक्किन्छ थाहा छैन । विद्यार्थीहरुलाई पठन पाठन गराउन भनेर अभिभावकहरु बिच सरसल्लाह  गरेर एकखालको सहमती गरेर विद्यालय सञ्चालन गरेका छौँ । 
४. कोभिड-१९ को कारण देशमा बन्दाबन्दी भए पछि विद्यार्थीहरु अध्यापन गर्नु नपर्ने अवस्था श्रृजना भयो । यो अवधिमा विद्यार्थीहरु अन्यत्रै लागि परे । उनीहरुको शैक्षिक अवस्था थपमजबुद बनाउन शिक्षकहरुको व्यवस्थापन कसरी गर्नुभयो ?
    बन्दाबन्दीले गर्दा विद्यार्थीहरु विद्यालय आउनु नपर्ने पठन पाठनमा ध्यान दिनु नपर्ने अवस्था आयो । उनीहरुको ध्यान टेलिभिजन, मोबाइलमा केन्द्रिकृत भयो । मोबाइलमा गेम खेल्ने, इन्टरनेट चलाउने, पठन पाठनमा ध्यान छैन् । अङ्गग्रेजी भाषा बोल्न सक्ने बालबालिकाहरुले अङ्गग्रेजी भाषा बोल्न विर्सीसकेका, सरसफाई छैन । केही धेरै उदण्ड भएर निस्केका अवस्था रह्यो । हाम्रो विद्यालयमा अध्यापन गराउने शिक्षकहरु स्थानीय नै भएको हुनाले शिक्षक व्यवस्थापनमा कुनै समस्या परेन् । २ जना शिक्षक मात्र अलि टाढाको रहेको हुँदा विद्यार्थीहरुको शिक्षाण  सिकाईमा असर गरेन् । कोभिड-१९ को कारण विद्यार्थीहरुको पढाइप्रतिको ध्यान खिच्न, बानी सुधार गर्न, विद्यार्थीहरुले कमी कमजोरी गरे कुनै खालको दण्ड नगर्ने, बानी सुधार गर्न अभिप्रेरित गर्ने कार्य गरिएको छ । २ सय ४० विद्यार्थी अध्यन गरेका हाम्रा विद्यार्थी १३ जना गाउँमा छन् । ३ जना सरकारी विद्यालयमा भर्ना भएको जानकारीमा छ ।
५. शैक्षिक जनशक्ति बेरोजगार बढ्दै गएको छ । कोभिड-१९ को कारण संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षकहरु थप समस्यामा परेका छन् । तलव प्रदाह गर्न नसकेको अवस्था छ । यो अवधिमा हाम्रो सेन्टलम एल्वम स्कुलले शिक्षकहरुलाई तलब खुवाउन सक्यो त ?
    संस्थागत विद्यालय सञ्चालन हुने विद्यार्थीहरुले बुझाउने शुल्कबाट नै हो । शैक्षिक शत्र शुरु हुने मुखैबाट कोभिड-१९ को कारण बन्दाबन्दी भयो । हाम्रो विद्यालयमा विद्यार्थीहरु मध्येबाट ३५ प्रतिशत भर्ना भएका थिए । अनलाईन  कक्षा, एस.एम.एस कक्षा सञ्चालन गरी विद्यार्थीहरुको पठन पाठनमा सहभागी गराउन लागि पर्‍यौँ । शिक्षक र अभिभावकहरुको सहयोग र साथले त्यति धेरै समस्या बेहोर्नु परेन् । सबै शिक्षकहरुलाई नियमित तलब दिन नसके पनि पेश्की स्वरुप रकम दिएका छौँ । समस्या नै पर्ने शिक्षकहरुलाई आवश्यकताका आधारमा रकम दिएका छौँ । विद्यालयको सञ्चालक समितिको बैठक पछि थप निणर्य हुन्छ । जटिल परिस्थिति भएकाले अभिभावकहरु शिक्षकहरु सबैले यसलाई बुझ्नु पर्ने हुन्छ । एक आपसको समझदारीमा कार्य अघि बढाउनु पर्छ । 
६. कोभिड-१९ प्रकोप नियन्त्रण तथा रोकथाममा सरकारले आफ्नो ठाउँबाट कार्य अघि बढाए पनि संक्रमित संख्या भने बढिरहेको छ  । विद्यालय सञ्चालन गरिएको छ । विद्यार्थीहरुको सुरक्षा सतर्कताप्रति विद्यालय कतिको सचेत रहेको छ ?
    २०७६ चैत्र ११ गते कोभिड-१९ को कारण बन्दाबन्दी भयो । यस अघि नै विद्यार्थीहरु र अभिभावकहरुलाई समेत कोरोना भाइरसबाट बच्ने  उपाय सचेतना कार्यक्रम सञ्चालन गर्‍यौँ । पर्चा पम्लेटको माध्यामबाट सूचना प्रवाह गरियो । विद्यालयमा मेडिकल स्टाफ नर्स हुनु हुन्छ । नियमित स्वास्थ्य जाँच गरिन्छ । रुघा, खोकी, ज्वरो आएका विद्यार्थीहरुलाई विद्यालयमा नै आइसोलेशन वार्ड तयार गरेका छौँ । मास्क अनिवार्य लगाउने, सेनिटाइजर प्रयोग गर्ने प्रवन्ध गरिएको छ । विद्यार्थीहरुले खाजा घरबाट नै ल्याएर खानु पर्छ । बाहिरबाट ल्याउन पाइने छैन् । साढे ५ फिटको बेञ्चमा २ जना मात्र बस्न पाइने छ । सर सफाइमा विशेष ध्यान पुर्‍याउन अभिभावकहरुलाई समेत काउन्सीलिङ गरिएको छ । 
७. आधा शैक्षिक शत्र विति सक्यो । विद्यार्थीहरुको शैक्षिक उपलब्धी कसरी हाँसिल गर्न सक्छन त ?
    कोभिड-१९ पछिको शिक्षा मन्त्रालयको नयाँ नीति अनुरुप ३० प्रतिशत कोर्ष घटाएको छ । ७० प्रतिशत पढाउँदा हुने भएको छ । महत्वपूणर् विषयहरुलाई बढी ध्यान केन्द्रित गर्ने अरु विषयहरुलाई विद्यार्थीहरुलाई नियमित गृहकार्य गराउने अध्यापन गराउने कार्य गरका छौँ । अनलाइन कक्षा सञ्चालन गरेको भए पनि शुरु देखि नै पठन पाठन गराउन गराउने कार्य गरेका छौँ । ४० मिनेटको कक्षा हुन्थ्यो । ५० मिनेटको गरिएको छ । चाड पर्व बाहेकका सवै विदा कटौती गरिएको छ । हिउँदे विदा बस्न पाइने छैन् । आधा शैक्षिक शत्र समाप्त भए पनि विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा समस्या पैदा नहुने शैक्षिक उपलब्धी प्राप्त हुने गरी अध्यापन गराउने कार्य तीव्ररुपमा अघि बढेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्