IMG-LOGO

महामारीलाई जित्न सरकार र नागरिक उत्तीकै जिम्मेवार हुनुपर्छ पुरुषोतम तिमल्सिना शाखा प्रमुख पनौती नगरपालिका स्वास्थ्य शाखा

 मंगल, कार्तिक २५, २०७७  --


विगत २४ बर्ष देखि अनवरत रुपमा पनौती नगर क्षेत्र भित्रका नागरिकाहरुको स्वास्थ्य स्थिति, समस्या उपचारमा नैै आफ्नो कर्मक्षेत्र बनाएर लाग्नु भएका पुरुषोतम तिमल्सिनाले प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य क्षेत्रमा रोजगारी शुरु गर्नुभयो । सिअहेव पुरुषोतम पनौती स्वास्थ्य चौकीको १६ बर्ष इन्चार्ज भइ कार्य गर्नुभयो । तजगंगा बहुमुखी क्याम्पसमा १०बर्ष विद्यार्थीहरुलाई अध्यापन गराउनु भयो । २०७४ श्रावणबाट पनौती नगरपालिका स्वास्थ्य शाखाको प्रमुखको जिम्मेवारी समाल्नु भयो । कोभिड–१९ प्रकोपको महामारीले विश्वलाई आक्रान्त बनाइरहेको परिस्थितिमा पछिल्लो समय नेपालमा कोरोना संक्रमण तिव्र बढेको छ । यो अस्थामा आमनागरिक सचेत र सजग रहेर स्वास्थ्य मापदण्डलाई परिपालन गरेर अघि बढ्नु पर्छ । सरकार र नागरिक दुबै मिलेर मात्र कोरोनालाई परास्त गर्न सकिने धारणा राख्नु हुन्छ । स्वास्थ्य शाखा प्रमुख तिमल्सिनासँग पनौती नगरपालिकाले नागरिकहरुलाई पु¥याएको स्वास्थ्य सेवा, आगामी दिनका नयाँ योजना के छन् भन्ने सन्दर्भमा गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।  
१. पनौती नगरपालिकाले नागरिकहरुलाई प्रदान गरेको स्वास्थ्य सेवाको बारेमा प्रष्ट पारिदिनुस न ?
             पनौती नगरपालिकाका १२ वटा वडा मध्ये ११ वडामा स्वास्थ्य संस्था संचालनमा रहेको छ  स्वास्थ्य संस्था नभएको वडा न।२ मा पनि यो बर्ष संचालनको गर्ने कार्यक्रम छ्र सबै १२ वटा स्वास्थ्य संस्था ३३ खोप केन्द्र ३१ आउट रिच क्लिनिक र १२० महिला स्वास्थ्य स्वयं सेविकाबाट नागरिकलाई रोकथाममुलक  प्रवर्धनात्मक उपचारात्मक स्वास्थ्य सेवाहरु जस्तै नियमित रुपमा औषधि उपचार, खोप, पोषण, परिवार योजन, सुरक्षित मातृत्व, स्वास्थ्य शिक्षा, महामारी जन्य रोग नियन्त्रण मानसिक स्वास्थ्य सम्बन्धि सेवाहरु महिला बालवालिका र जेस्ठ नागरिक केन्द्रित स्वास्थ्य कार्यक्रम लगायत ३ वटा बर्थिंङ्ग सेन्टर खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, कुशादेवी र पनौती स्वास्थ्य चौकीबाट सुरक्षित प्रसुती सेवा, सुन्थान र खोपासी प्राथमिक स्वास्थ्य केन्द्र, कुशादेवी र पनौती स्वास्थ्य चौकीबाट ४ वटा प्रयोगशालाबाट प्रयोगशाला सेवा सहित खोपासी प्राथमिक स्वास्थ्य केन्द्रबाट गत बर्ष रेविज खोप र यो वर्ष ग्क्न् ह्(च्ब्थ् भ्ऋन् सेवा सञ्चालन गरी नेपाल सरकारले तोकेका सबै सेवा सहित नगरपालिकाबाट थप सेवा मार्फत नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौ,्रसाथै हाल विश्व ब्यापी फैलिरहेको कोभिड रोकथाम तथा नियन्त्रणका लागि स्वाब संकलन परिक्षण फलो अप होम आइसोलेसनमा रहेका संक्रमित व्यक्तिहरुलाइ दैनिक सम्पर्कमा रहि आवश्यक परामर्श गरी  व्यवस्थित उपचार लगायतका कार्यहरु गरिरहेका छौं ।
२. पछिल्लो समय कोरोना भाइरस कोभिड–१९ को संक्रमित संख्या बढ्दै गई थप जटिल बनेको छ । स्वास्थ्य जनशक्तिको परिचालनको व्यवस्थापन कसरी मिलाउनु भएको छ । संक्रमित संख्या निको भएको अवस्थाको बारेमा जानकारी गराउनुहोस् ?
             विश्वब्यापी फैलिएको कोभिड–१९ बाट पनौती नगरपालिकामा समेत संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ अहिले हामी सबै स्वास्थ्य संस्थाबाट दैनिक सो संग सम्बन्धित लक्षण चिन्ह भएका व्यक्तिहरुलाइ परामर्श गर्ने, व्यवस्थित उपचार गर्ने, स्वास्थ्य सिक्षा दिने र परिक्षणको व्यवस्था गर्ने साथै सो कार्यलाई सहज बनाउन ३र३ जनाको दुई वटा ऋक्ष्ऋत् ९केस इन्भेस्टिगेसन एण्ड कन्ट्याक्ट ट्रेसिंङ्ग टिम जसले संक्रमित व्यक्ति र सम्पर्कमा आएका व्यक्तिहरुको खोजि, नियमित सम्पर्क गर्ने अभिलेख राख्ने र आवश्यकता अनुसार परामर्श दिने साथै नगरको वर्तमान र भावी अवस्था विश्लेषण गर्दै योजना बनाउने, स्वाब संकलन गर्ने जस्ता मुख्य कार्य भैरहेको र होम आइसोलेसनामा परामर्श तथा व्यवस्थापनका लागि ३ जना मेडिकल अधिकृत र ३ जना स्वास्थ्यकर्मीहरु परिचालित हुनुहुन्छ साथै नगर प्रमुख सहित सबै जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत सहित सबै कर्मचारीहरु समेत निरन्तर अग्रपंक्तिमा रही सेवारत हुनुहुन्छ ्र यस नगर भित्र हाल सम्म  २०१ जना संक्रमित मध्ये १६४ जना निको हुनु भएको ३४ जना उपचारत रहेको र २ जनाको मृत्यु भएको छ्र
३.महामारी प्रकोपको बेला नागरिकहरुको स्वास्थ्य सेवाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्नेमा गैर जिम्मेवार भएर शुल्क लिने भनिनुले आम नागरिक चिन्तित बनेका छन् । पनौती नगरपालिकाले स्वास्थ्य उपचार प्रभावकारी बनाउन के कसरी अघि बढेको छ ?
            अहिले कोभिड रोकथाम तथा नियन्त्रणका लागि राज्यको ठुलो धनरासी खर्च भैरहेको छ र जिम्मेवार राज्यको यो कर्तव्य पनि हो्र यो महामारीलाइ जित्न सरकारका प्रयासहरु संगसंगै नागरिक पनि उतिकै जिम्मेवार हुनु जरुरि छ र निःशुल्क परिक्षण तथा उपचार गर्नु सरकारको र  सरकारलाइ सहयोग गर्नु नागरिकको दायित्व पनि हो ्र  पनौती नगरपालिकाले आफ्नै घरमा आइसोलेसनामा बसिरहनु भएका संक्रमित व्यक्तिहरुसंग नियमित स्वास्थ्य अवस्थाका बारेमा बुझ्न र आवश्यक सल्लाह सुझाब दिन ३ जना मेडिकल अधिकृत र ३ जना स्वास्थ्यकर्मीहरु परिचालान गरिरहेको छ्र कोभिड अस्पताल सञ्चालन कार्य अगाडी बढिरहेको छ ्रनेपाल सरकारको निर्देशन अनुसारको स्वाब संकलनको कार्य नियमित रुपमा भैरहेको छ ्र
४. नगरवासीहरुमा स्वास्थ्य सेवाको पहुँच विस्तार गरी थप सेवा सुविधा उपलब्ध गराउने नयाँ योजना के के छन् ?
             कोभिड १९ ले एउटा ठुलो पाठ सिकाएको छ हाम्रो नगरपालिकामा एउटा नगर अस्पताल टड्कारो महसुस गरिएको छ गत नगरसभाबाट अस्पताल निर्माणका लागि बजेट विनियोजन भएको छ र प्रारम्भिक कार्य सुरु भएको छ नगर अस्पताल निर्माण तथा संचालन गर्ने विशेष योजना छ । हामीसंग उपलब्ध उपकरणहरुको संचालन गर्ने, थप गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रहरुको सेवालाई विस्तार गर्ने  योजना अघि बढेको छ । सबै स्वास्थ्य संस्थाहरुको क्रमश पूर्वाधार निर्माण गर्ने र स्वास्थ्यकर्मीहरुको क्षमता बृद्धी गर्दै सेवा विस्तार गर्ने योजना छ ।
५. नगरपालिकाले निर्माण गरेको एकान्तवास न्यूनतम स्वास्थ्य मापदण्ड पुरा नभएको, बस्ने नागरिकहरुको खानपान र निगरानीमा बेवास्था भएको गुनासो आउने गरेको छ नि? त्यतापट्टी ध्यान केन्द्रित किन नगरेको ?
             नगरपालिकाले संचालनमा ल्याएका सबै क्वारेन्टाइन बन्द भै सकेका छन् पनौती नगरपालिकाले खोपासी र पनौतीमा क्वारेन्टाइन र आइसोलेसन निर्माण गरेकोमा  दुवै केन्द्रमा न्यूनतम स्वास्थ्य मापदण्ड पुरा गरी संचालनमा ल्याइएको थियो,खानपान र बस्ने सन्दर्भ कुनै गुनासो थिएन सुरुमा फोहोर मैला व्यवस्थापनामा सामान्य समस्या भएपनि पछि त्यसलाई समाधान गरिएको थियो, अनुभब र प्रयोगका आधारमा जटिल लक्षण भएका संक्रमितहरु बाहेक अन्य संक्रमितहरुको स्वास्थ्य मापदण्ड पालाना गर्दै घरमा नै आइसोलेसनमा राख्नु नै सबै भन्दा उत्तम रहेको देखिएको छ ।    
६. कोरोनाको लक्षण देखिएका नागरिकहरुले सम्वन्धित स्वास्थ्य संस्थामा जानकारी गराउँदा २ हप्ता सम्म पालो कुर्नुपर्ने अवस्था आउँदा संक्रमित झन बढ्ने भयो नि ?
           पनौती नगरपालिका विपद व्यवस्थापन समितिको निर्णयानुसार नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नागरिकहरुको स्वाब परीक्षणलाई सहज बनाउन प्रत्येक सोमबार र बिहिबार नियमित रुपमा पनौती नगरपालिका वडा नं। ७ स्थित पनौती स्वास्थ्य चौकीमा स्वाब संकलनको कार्य भै रहेको छ आवश्यकतानुसार  एम्बुलेन्सको समेत व्यवस्था गरेर व्यक्तिहरुलाई स्वाब संकलन केन्द्रमा ल्याउने लाने गरिएको छ । हाम्रा सबै स्वास्थ्य संस्था, वडा कार्यालय, जनप्रतिनिधिहरुबाट जानकारी प्राप्त भए सम्म लक्षण चिन्हका आधारमा निर्देशिका अनुसार अष्अत टिमबाट सबै व्यक्तिहरुको स्वाब संकलन गरिएको छ ्र हप्तामा कम्तिमा २ पटक नियमित रुपमा सो कार्य भैरहेको हुदा त्यति लामो अवधि कसैले पनि कुर्नु परेको छैन ्र
७. कोरोना संक्रमित हुनबाट बच्ने उपाय र दिनुपर्ने सन्देशको बारेमा थप प्रष्ट पारिदिनुस न ?
सामान्यतया भौतिक दुरी सहि किसिमले मास्कको प्रयोग र साबुनपानीले हात धुने वा आवश्यकतानुसार  सेनेटाइजरको प्रयोग, व्यक्तिगत सम्पर्क भेटघाट कम गर्न सकेमा कोरोना संक्रमणबाट बच्न सकिन्छ ्र सबै नागरिकहरु कोरोनालाई सामान्य रुपमा नलिन, सचेत हुन, हेलचेक्रयाइँ नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्न चाहान्छु साथै कुनै समस्या परेमा स्वास्थ्य शाखा ऋक्ष्ऋत् टिम स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुसंग सम्पर्क राख्न अनुरोध गर्दछु । नगरपालिकाले जिम्मेवारी पूर्वक आफ्ना कार्यहरु गरिरहेको छ र आगामी दिनहरुमा समेत नगरवासीहरुको सल्लाह सुझावका आधारमा नगरपालिकाको निर्णयानुसार कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्