IMG-LOGO

कृषि क्षेत्रको व्यवसायिकरण, शिक्षा र स्वास्थ्यको गुणस्तरीयतामा जोड दुर्गामाया तामाङ उपाध्यक्ष तेमाल गाउँपालिका

 मंगल, असोज १३, २०७७  रमेश प्रसाद न्यौपाने

              भूमिका
कोभिड–१९ प्रकोप महामारीको प्रभावले विकास निर्माणमा कस्तो असर पा¥यो, तेमाल गाउँपालिकाले जनताहरूले स्वास्थ्य सेवाको पहँच पु¥याउन गाउँपालिका कस्तो रणनीति बनाई अघि बढेको छ । संघीय संरचना लागु भए देखि स्थानीय सरकारको गठन पछि जनाताहरूले प्राप्त गर्न सकेका विकासका उपलब्धीहरू के के हुन् भन्ने सन्दर्भमा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा माया तामाङसँग रेडियो एविसी एफ.एम. ८९.८ मेगाहर्जमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. गत आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास के के हुन सकेका छन् ?
    कोभिड–१९ प्रकोपले विश्वलाई नै त्रसित बनायो । पछिल्लो समय नेपालमा कोरोना संक्रमित झन बढेका छन् । कोरोना कहरले विकास निर्माणको तिव्रतालाई थप प्रभावित  पारेको छ । ५ सय २ सय योजना छनौट भएका थिए । सडक सञ्जाल निर्माण, सडकलाई थप व्यवस्थित गर्ने, सडकको ट्रयाक नभएको स्थानमा सडक पु¥याउने कार्य गरियो । २०७६ चैत्र ११ गते बन्दाबन्दी गर्नु भन्दा अघि नै ५० प्रतिशत कार्य भएको थियो । गत बर्ष ६ करोड बजेट विनियोजन गरिएको थियो । १० ओटा योजना मात्र निर्माण हुन सकेनन् आगामी बर्षमा क्रमागत रुपमा हुने गरी यस बर्ष निर्माण प्रक्रिया अघि बढाउन सकिने प्रवन्ध गरिएको छ । बाँकी रहेका योजना ५ वटा पालिका स्तरका र ५ वटा योजना वडा स्तरका थिए । कोरोना कहरलाई पञ्छाउँदै ९० प्रतिशत कार्य सम्पन्न गर्न सकियो । शैक्षिक विकासको सवालमा दरबन्दी अपुुग भएका विद्यालयमा शिक्षा समन्वय इकाई, पालिका शिक्षा शाखाको पहलमा दरबन्दी मिलान गरियो । शिक्षक वर्गहरूलाई समय सापेक्ष तालिमको प्रवन्ध गरिएको छ । विद्यार्थीहरूको शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरियो । प्रविधि मैत्री शिक्षा प्रदान गर्न कम्युटर ल्याव र पुस्तकालयको प्रवन्ध मिलाइएको छ । त्यस्तै कोरोना भाइरस कोभिड–१९ प्रभावले मानवमा त्रासदी फैलन नदिन पालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरू, जन प्रतिनिधिहरूको टोलिले कोरोनाको चेतना मुलक सन्देश प्रवाह गर्ने कार्य गरियो । सुरक्षा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्डलाई पालना गर्न सन्देश प्रवाह गर्ने कार्य वडा व्यापीरुपमा गरियो । ३६ थरीका औषधी निःशुल्क प्राप्त भएकोमा । त्यसमा गाउँपालिकाले दिर्घ रोगी, कडारोगीहरूको लागि २० औषधी थप गरी घरघरमा पु¥याइयो ।
२. तेमाल गाउँपालिकाको सबैभन्दा ठुलो समस्या जनताहरूलाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउनु हो । यहाँहरूले घोषणा पत्रमा पनि ५ बर्ष भित्र खानेपानी उपलब्ध गराउने भनिएको थियो, खानेपानी योजनाको कार्य कहाँ पुग्यो ?
    तेमाल गाउँपालिकाको ६ हजार घर धुरिलाई गुणस्तरीय खानेपानी ५ बर्ष भित्र उपलब्ध गराउने भनिएको थियो । जुन गतिशिल ढङ्गबाट कार्य अघि बढ्नु पर्ने हो त्यसरी अघि बढ्न सकेका छैन् । २०७३ चैत्रमा सुनकोशी तिमाल बृहत खानेपानी आयोजना उपभोक्त समिति गठन भइ शुरुवात भएको हो । गत वर्ष यसको टेण्डर आह्वान भइसकेको छ । सुनकोशी तेमाल वृहत खानेपानी आयोजनालाई गाउँपालिकाले १ करोड बजेट विनियोजन गरेको छ । सम्झौता गरेर कार्य अघि बढाउनु पर्ने कोरोना प्रभावले ठेकेदार कम्पनी र मजदुरहरू कार्य गर्न आएका छैनन् । ताकेता गर्ने कार्य भने हामीले जारी राखेका छौँ । पानीको अभाव भएको सुखा क्षेत्रबाहेक मुहानको प्रवन्ध भएका क्षेत्रमा गाउँपालिकाको लगानीमा ३ हजार जनालाई खानेपानी उपलब्ध गराउन सकिएको छ । हामी निर्वाचित जनप्रतिनिधीहरू आगामी २ बर्ष भित्र काकाकुल अवस्थामा रहेका तेमाल गउँपालिकाका जनताहरूलाई पानी सुवाउने कार्यमा एकता बद्ध भई जुट्ने कार्यमा निरन्तर लागि पर्ने छौँ ।
३. चालु अर्थिक बर्षका विकासका निर्माणका प्रथमिकताहरू के के छन् ?
    अर्थिक बर्ष ०७७÷०७८ मा ४९ करोड अनुमानित बजेट प्रस्तुत गरिएको छ । गत बर्ष आन्तरिक आय ३ करोड प्रक्षेपण गरिएको थियो । सोही अनुसार नै आम्दानी भयो । आगामी बर्ष पनि ३ करोड २० लाखको आय प्रक्षेपण गरिएको छ । कृषि क्षेत्रमा आधुनिकिकरण गरी कृषि उपजमा आत्मनिर्भर बनाउन व्यवसायिक र सामुहिक खेतिलाई प्रोत्साहित गरिएको छ । विदेशबाट आएका सिप मुलक जनशक्तिलाई समेत उद्यमी बनाउने गरी योजना निर्माण गरिएको छ । संस्कृतिक तथा धार्मिक महत्वका विषयहरुलाई संरक्षण गर्न अभिप्रेरित गरिएको छ । पालिकाको ३ र ६ नं वडा कार्यालाय भवन निर्माण भइ सकेको छ । अरु पनि बन्ने क्रममा नै छ । गाउँपालिकाको भवन बनिसकेको छ । आगामी मंसिरमा आफ्नै भवनमा गाउँपालिका भवनमानै जनताहरूलाई सेवा प्रवाह गरिने छ । अन्य वडाहरू भाडामा बसेका छन् । यो २ बर्ष भित्र सवै वडा कार्यलयका भवनहरू बनि सक्ने छन् । पर्यटन क्षेत्रको व्यवसायिक विकास, शिक्षामा गुणस्तरीयता व्यवसायिक प्राविधिक विषयहरू सञ्चालन गरिने छ । त्यस्तै पूर्वाधार सडक सञ्जाललाई थप व्यवस्थित गरी ग्रावेलिङ गरिने छ । सडक काले पत्रे गर्न केन्द्रिय र प्रदेश सरकारलाई बजेट विनियोजन गर्न पहल कदमी गर्न कार्य पालिका बैठकबाट अनुमोदन गराइएको छ ।
४. सडक निर्माणका नाममा डाँडाँ पाखा भत्काउने कनिका छरे जसरी बजेट बाँड्ने दिगो विकास नहुने जनताबाट उठाएको करको दुरुपयोग भएको गुनासो वेसी छ त ? तपाई यसमा के भन्नु हुन्छ ?
     विकास भनेको निरन्तर स्तर बृद्धि हुँदै सधैँ चलिरहने प्रक्रिया हो । सुधार पनि गर्दै जानु पर्छ । जनताका आवश्यकता, इच्छा, चाहना सबैलाई मध्यनजर गरेर योजना निर्माण गरी योजना छनौट गरी विकास निर्माणलाई तिव्रता दिनु पर्छ । गाउँपालिका भित्र सबै वडा जोड्ने सडक सञ्जाल विस्तार गर्न सक्नु पर्छ । त्यो कार्य हामीले गरेका छौँ अव ग्रावेलीङ ढल विकास गरी सडक व्यवस्थित गर्ने हो । सिमित स्रोत साधनबाट जनताहरूका असिमित विकासका आवश्यकतालाई परिपूर्ति गर्नु छ । पहिलो चरणको विकास भनेकै जनताका आधारभूत आवश्यक सामग्रीहरू एकठाउँबाट अर्को ठाउँमा लान मोटर बाटोको निर्माण, खानेपानी र विद्युतिकरण गर्ने नै हो । यसको दिगोपन हुन जरुरी छ । आयस्रोत कम भएका पालिकाहरूलाई संघ र प्रदेशले समग्र क्षेत्रको विकासमा सघाउँदै जानु पर्छ । शिक्षा, स्वास्थ्य क्षेत्रमा गुणात्मकता दिनु पर्छ । सम्भावना रहेका क्षेत्रको पहिचान गरेर अत्पादनलाई उद्योगसँग जोड्नु पर्छ । रोजगारीको श्रृजना गर्नु पर्छ अनि मात्र देश समृद्ध बन्न सक्छ ।
५. उल्लेख गर्न लायकका तीन कार्यहरू के के हुन सक्यो ?
    जनताहरूले उत्पादन गरेका कृषि उपज बाह्रै महिना बजारसम्म पु¥याउन सकिने सडक सञ्जाल निर्माण भएका हुन् । तामाङ सङगा्रहलय निर्माण , धार्मिक पर्यटनको विकास गर्न, पर्यटनका आकर्षण बढाउन डम्फु पार्क निर्माण, त्यस्तै ग्रामिण विद्युतिकरणमा पुराना काठका पोल हटाइ फलाम र सिल्भरको पोल फेर्ने कार्य भएको छ । खानेपानीको अति समस्या भएको क्षेत्रंका पानीको स्रोत भएको मुहानबाट व्यवस्था गरी ३ हजार नागरिहरूलाई खानेपानी उपलब्ध गराएका छौँ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्