IMG-LOGO

पुननिर्माण र पुनस्थापनकालागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक छ दिनेश लामा

 मंगल, कार्तिक १३, २०८१  अध्यक्ष, रोशी गाउँपालिका

     २०८१ असोज १० गते देखि १२ गते सम्म परेको अविरल वर्षातका कारण काभ्रेजिल्लामा ७८ जनाको वाढी पहिरोमा परी मृत्यु भएको छ । ६ जना अझै बेपत्ता छन् । रोशी गाउँपालिकामा १३ जनाको वाढी पहिरोमा परि मृत्यु भयो । काभ्रे जिल्लाका १३ पालिका मध्ये पनौती, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिका, रोशी, तेमाल, बेथानचोक र महाभारत गाउँपालिका वाढी पहिरोको कारण संकट ग्रस्त क्षेत्र घोषणा भएको छ । बागमती प्रदेश सरकारले ४ पालिका बेथानचाक, रोशी, तेमाल गाउँपालिकालाई २०÷२० लाख र नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालाई १०÷१० लाख रकम उद्धार, राहत र काजक्रिया खर्चका राहत उपलब्ध गराउन सहयोग उपलब्ध गराएको छ । वाढी पहिरो प्रभावित काभ्रेका पालिकाहरुमा वास्तविक क्षतिको विवरण अझै आउन सकेको छैन । प्रारम्भीक क्षतिको बारेमा चर्चा गरि रहेको अवस्था छ । पालिकाहरुमा गठन भएको विपद् व्यवस्थापन समिति नाम मात्रको हुँदा स्रोत साधनको प¥याप्त नभएर निक्कै समस्या भएको बताइँदै २०७२ को भूकम्प, कोभीड–१९ प्रकोप झेलीसक्दा पनि चेत खुलेको देखिदैन, विपद् व्यवस्थापन तर्फ उद्धार, राहत वितरण कार्य एक महिना सम्म चलेको छ । वाढी पहिरोले प्रभावित भएका नागरिकहरुको सहज जीवनयापन सञ्चालन गर्न आएको छ, बस्न अयोग्य भएका घर पूननिर्माणका लागि के कस्ता पहल कदमी भएका छन् भन्ने सन्दर्भमा रोशी गाउँपालिकाअध्यक्ष दिनेश लामासँग रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

     रोशी गाउँपालिकाले वाढी पहिरोबाट क्षतिको अवस्था र प्रभावित नागरिकहरुको जीवन सहजताका लागि गरेका कार्यहरुको बारेमा बताइदिनुसन् ?

     काभ्रे जिल्लामा रहेका १३ पालिका मध्ये सबभन्दा धेरै क्षति भएको गाउँपालिका हो रोशी। “वाढी पहिरोबाट १३ जनाको मृत्यु , जसमध्ये १ जना बाहिरी जिल्लाको हो । प्रारम्भीक तथ्याङ्क संकलन अनुसार ३ सय ५० घरहरु पूर्ण क्षति , रोशी खोला थान्सिङ पुल जुन महाभारत जाने पक्की पुल, ५ वटा झोलुङ्गे पुल नोक्सान पु¥याई क्षति पु¥याएको छ । विपी राजमार्ग नजिकै ढम्फु पार्क पूर्ण क्षति भएको छ, वडा नं. १० मा निर्माण भएको अस्पताल, वडा नं. १ र २ र नार्के सहित ३ वटा बस्ती नै जोखिममा परेका छन् । ४८ वटा विद्यालयमा क्षति पुगेको छ । ३ वटा विद्यालय पूर्ण क्षति भएको छ । उद्धार र राहतको कार्य करिव सकिएको छ । विपी राजमार्गमा अलपत्र परेको करिव १ हजार जना यात्रुहरुको केन्द्र सरकारबाट हेलीकप्टर ल्याई सेना, प्रहरी सशस्त्रको सहयोगबाट र हाम्रा जनप्रतिनिधिहरु र कर्मचारी वर्गको सक्रियतामा उद्धार र खोजी कार्य भएको छ ।”

     स्थानीय सरकारले गठन गरेको विपद् व्यवस्थापन समिति नाममात्रको भयो केहि गरेन भन्ने व्यापक गुनासो आयो यसमा के भन्नु हुन्छ ?

     स्थानीय सरकारले गठन गरेको विपद् व्यवस्थापन समितिले प्राकृतिक प्रकोपले सम्भावित क्षति हुने प्रारम्भीक अनुमान, पूर्व तयारी र क्षति न्युनिकरणका सवालमा गरिने कार्यहरु हो । यी कार्यहरु रोशी गाउँपालिकाले गरेकै छ । हरेक वर्ष विपद्  कोषमा ५० लाख राख्ने गरेको छ । विपद् कोषबाट वाढी पहिरोबाट भएको  सडक अवरुद्ध भएको अवरुद्ध हटाउने, आगो लागि हुँदा भएको क्षतिको अवस्थामा, विपदमा परेका नागरिकहरुको लागि स हयोग जस्ता कार्यहरुमा गर्दै आएको छ । स्थानीय सरकार घर दैलोको सरकार हो नागरिकहरुको जीवन रक्षामा निरन्तर लागि परेको छ ।

     पूननिर्माण र पुनस्थापनाको लागि अब कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ?

     वाढी पहिरोबाट पिडित भएका नागरिकहरुको लागि राहत सामाग्री हामीले उपलब्ध गराएका छौँ । “पूननिर्माण र पूनस्थापना जस्ता जटील कार्यको सवालमा स्थानीय सरकारको स्रोत साधनको सामर्थयले भ्याउन सक्दैन । बस्न अयोग्य भएका भवन, भौतिक पूर्वाधार, सडक  सञ्जालको भएको क्षति सबै निर्माणको लागि केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक छ । २०७२ भुकम्पको बेला पूननिर्माणको लागि सरकारले पूर्ण क्षति भएका हकमा ३÷३ लाख दिएको थियो । त्यसै गरी सहयोगको आवश्यकता छ । हामीले क्षतिको विवरण एकीन गरि सकेका छौँ । भौतिक पूर्वाधार करिव १ अर्ब जति नोक्सान भएको छ । ३ सय ५० घर पूर्ण क्षति भएका छन् । अस्पताल, डम्फुपार्क पूननिर्माण गर्नु छ, बस्ती स्थानन्तरण लगायत कार्य गर्नु छ ।” रोशी खोलाको पुल भत्केको छ । ५ वटा झुलुङ्गेपुलमा पुर्ण क्षति पुगेको छ । यसको निर्माण गर्नु छ । सडक सञ्जालको क्षतिलाई पुन निर्माणमा बदल्नु छ ।

     वाढी पहिरोको कारण खानेपानी हाहाकार भएको कतिपय वडामा अझै विद्युत अवरुद्ध छ नागरिकहरुको लागि सहजता कहिले हुन्छ त ?

     यहाँले उठाउनु भएको जिज्ञाशामा  म के भन्छु भने रोशी गाउँपालिकाका सबै वडामा गरी खानेपानीको रुपमा खानेपानी सञ्चालन गरी नागरिकहरुका लागि खानेपानी पुनः सञ्चालन गर्न २७ हजार पाइप व्यवस्था गरेका छौँ । संघ सरकार, खानेपानी डिभिजनबाट १७ हजार, रोशी गाउँपालिकाबाट १० हजार पाइप व्यवस्था गरेका छौं । वितरण गर्ने अभियान सुरु गरेका छौँ अबको दुई साता भित्र खानेपानी पाइप विछाएर उपभोक्ताको घरघरमा पानीआउने बनाउँछौँ । कुरा रह्यो विद्युतको रोशी वडा नं. ४ र १० को बस्तीमा विद्युतको कार्य भईरहेको पोल ढलेको तार क्षतविक्षत भएको विद्युत प्राधिकरणका प्राविधिक टोल, जनप्रतिनिधिको र स्थानीय नागरिकको सहयोगमा पूननिर्माण कार्य भई रहेको छ । तिहार अगाडी नै गाउँमा बत्ती बल्छ ।

     अन्तयमा केहि भन्नु छ की ?

     प्रकृतिक प्रकोप वाढी पहिरो भुकम्प जस्ता विपत्ती बाजा बजाएर आउने हैन । त्यसो भन्दै गर्दा हामी सजक र सर्तक हुनुपर्छ । विपत्तीलाई सामना गर्ने क्षमता स्थानीय सरकारले बढाउँदै लानुपर्छ । विपद जोखीम न्युनीकरण गर्न, बस्ती बस्न अयोग्य भएका क्षेत्रको भुगर्वविद, इन्जीनियर टोलीबाट अनुगमन गरेर अवस्थालाई नियाली  हामी अघि बढ्छौँ । विपदमा राजनीतिक कुनै रङ नदिई सबै एकता बद्ध भई विपद्को सामना गर्न तयार हुनुपर्छ । नेपाली सेना, प्रहरी, सशस्त्र पहरी, स्थानीय जनप्रतिनिधि, निर्वाचित सांसदहरु, कर्मचारी वर्ग सबैले आ–आफ्नो क्षेत्रबाट विपद्मा कार्य गरी राख्नु भएको छ । उहाँहरुलाई प्रोत्साहित गर्नुपर्छ । सोकलाई शक्तिमा बदलेर मिलेर विपद्लाई सामना गरौँ । पुननिर्माण र पनुस्थापना गर्ने कार्य संघ, प्रदेश र स्थानीय सरकार सबैको समन्वय सहकार्यबाट कार्य गर्नुपर्छ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्