IMG-LOGO

उद्धार र राहतको कार्यसँगै अब पुनरवासको लागि जुटेका छौं

 मंगल, कार्तिक ६, २०८१  रामशरण भण्डारी नगर प्रमुख, पनौती नगरपालिका

          २०८१ असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षातका कारण गएको वाढी परिहोबाट काभ्रे जिल्लामा निक्कै ठूलो  जनधनको क्षति भएको छ । ७८ जनाको मृत्यु, ६ जना अझै बेपत्ता छन् । त्यस्तै पनौती नगर क्षेत्र भित्र भन्दा अन्य स्थानीय तह क्षेत्र भित्र कम मानवीय क्षति भएको छ । वर्षातका कारण रोशी खोलाको वितन्डा र पहिरोको कारण पनौतीमा १९ जनाको मृत्यु, १ जना बेपत्ता भएको छ । वाढी पहिरोले सडक सञ्जाल, पनौती खोपासीको विद्युत पावर हाउस, काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको करिव ११ किमी क्षेत्रको खानेपानी पाइप क्षतविक्षत पारी खानेपानी अवरुद्ध छ । पनौती नगरक्षेत्र भित्रका वाढी पहिरो पिडितका परिवारलाई उपलब्ध गराएको सहयोग नागरिकहरुको जीवनलाई सहजता बनाउन भएका प्रयास, विपद््को सामना गर्ने सामर्थयको सवालमा पनौती नगर प ालिका नगर प्रमुख रामशरण भडारीसँग रेडियो एविसीमा गरिएको कुराकानीको मूख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

          पनौती नगरपालिकाले वाढी पहिरो प्रभावित पिडित परिवारलाई उपलब्ध गराएको सहयोगको बारेमा प्रष्ट परिदिनुसन् ?

          गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षातका कारण देश भरिनै जनधनको क्षति भएको छ । वाढी पहिरोले काभ्रे जिल्लाको अधिकांश क्षेत्रमा नोक्सानी पु¥याएको छ । सडक सञ्जाल, खानीपानी, स्वास्थ्य संस्था, विद्यालयका भवनहरु ध्वस्त भएका छन् । करोडौँ क्षति पुगेको छ । पनौती नगरपालिका क्षेत्र भित्र वाढी पहिरेमापरी १९ जनाको  मृ्त्यु, १ जना बेपत्ता छ । संघ संस्था, नागरिक समाज, रेडक्रस, सेना प्रहरी सशस्त्र प्रहरी र जनप्रतिनिधिहरुको सहायतामा खोज उद्धार कार्य गरियो । पनौती–१२ मा अधिक क्षति, वडा नं. ७ र ८ मा व्यापक नै विध्वंस भएको छ । वडा नं. १,२ र १० मा वाढी पहिरोले सडक सञ्जाल अवरुद्ध छ । गोठ बस्न अयोग्य भएको अवस्था छ । प्रारम्भमा खोज उद्धार र राहत सामग्री उपलब्ध गराउने कार्य भएको छ । अब तथ्याङ्क संकलन गरेर क्षतिको एकिन गरी पुनरवासको व्यवस्था गर्ने कार्यै हुन्छ ।

          नगर बासीको बास्तविक क्षतिको अवस्थाका यथार्थ चित्रण कहिले गनर््ु हुन्छ भण्डै एक महिना हुन लाग्यो त  ?

           खोजी उद्धार र राहतको कार्यक्रम सँगसँगै अब पुनर बासको व्यवस्थाको लागि हामी तयारीमा जुटेका छौँ । प्रारम्भीक अभिलेखीकरणको कार्य भएको छ । प्रकोप व्यवस्थापन समिति स्थानीय तहमा गठन भएको हो यो भनेको विपद्को पूर्व तयारी त्यसको व्यवस्थापन र कोषको व्यवस्थापन गर्ने कार्य हो त्यो हामीले गरेका छौँ  । “अहिले भएको अवस्था भनेको प्राकृतिक प्रकोप मात्र नभई दैविक प्रकोप भई धेरै नै जनधनको क्षति भयो । प्रदेश र केन्द्र सरकारको सहयोग विना विपत्ती सामाना गरी अघि बढ्न सक्ने अवस्था छैन् । प्राकृतिक प्रकोप विपद् कोषमा पनौती नगरपालिकाले गत वर्ष ८० लाख बजेट कोषमा राखेको थियौँ । वाढी पहिरोमा परी १९ जनाको मृत्यु भएका प्रभावित पिडित घर परिवारलाई र १ जना बेपत्ता भएकाहरुको परिवारलाई नगरले २५ हजारका दरले सहयोग उपलब्ध गराएको छ । पनौती नगरपालिका शिक्षा शाखाको अभिलेखीकरण अनुसार ५ सय घर पूर्णक्षति, ४ सय ९१ आंक्षिक क्षति, १५ सामुदायिक विद्यालयमा क्षति पुगेको, ३ वटा स्वास्थ्य संस्थामा समेत क्षति पु¥याएको छ । १२ वटै वडाका सडक सञ्जालहरु अवरुद्ध भएको थियो । एक साता भित्र सडकको अवरोध हटाई नागरिकहरुको यातायात सहजता कायम गरियो ।” केषकहरुको २ हजार पशु चौपायको क्षति भएको छ । घरवारविहिन भएकाहरुको अस्थायी बसोवासका लागि एक सय अस्थायी टहरा निर्माण गर्न सहयोगी दताहरुको सहयोगमा कार्य अगाडि बढाइने भएको छ ।

          नगर भित्र भएको क्षतिको विवरण पुनः निर्माणको योजना बारे बताइदिनुसन् ?

           पनौती नगरको पूर्वाधार निर्माण समिति, प्राकृतिक प्रकोप, विपद्् व्यवस्थापन समिति, इन्जीनियर्स एसोसियसनको सहयोगमा क्षतिको विवरण तथ्याङ्क संकलन गरेर वास्तविक समस्या परेको वाढी पहिरोमा परी निधन भएका, घर पूर्ण क्षति भएकाहरुको हकमा पुनरवास र पु्न निर्माणका लागि नगरले सक्दो सहयोग गर्छ । वाढी पहिरो प्रभावित, पिडितहरुको समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारको दायित्व हो । काभ्रे उपत्यका एकीकृत खानेपानी जुन बनेपा धुलिखेल र पनैतीका नगरवासीले उपयोग गर्ने रोशीखोलाको शिरको पानीको मुहान देखि पनौती नगर क्षेत्रभित्र वाढी पहिरोको कारण ११ किमी पाईप क्षतविक्षत भएको छ । पनौती क्षेत्रमा पानीको हाहाकार भैसकेको छ । यसको समस्या चाँडो समाधान गरी नगरबासीलाई पानी  खुवाउनु पर्ने छ ।

          “काभ्रे उपत्यका एकीकृत खानेपानीका संयोजक अशोक व्याञ्जुले जनु किसीमको सहजीकरण गर्नु पर्ने थियो गर्नु भएन् । गत असोज ३० गते खानेपानीको बैठक राख्छु भन्नु भएको राख्नु भएन् । जो बढी जिम्मेवार हुनु पर्ने उहाँ जिम्मेवारी पूर्ण ढङ्गले अघि नबढ्दा समस्या झन बढ्दै गएको छ । प्रारम्भिक  सर्वेक्षण गर्दा वाढी पहिरोका ेकारण ४६ करोडको नोक्सान भएको छ । तीन नै नगरले समन्वयकारी भूमिका खेलेर शहरी विकास मन्त्रालयसँग समन्वय गरेर खानेपानीको पुनःनिर्माण कार्य थालनी गर्नु पर्नेमा कुनै पहल भएको छैन् । खानेपानी आयोजना १२ वर्ष सम्ममा पनि सम्पन्न नहुने त्यस माथि वाढी पहिरोको कारण अवरुद्ध भयो । शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएर तुरुन्त कार्य सञ्चालन गर्नुप¥यो । नत्र पनौती नगरपालिकाले तिर्दै आएको खानेपानीको ऋणको व्याज तिर्दैन । आफ्नो किसीमबाट  खानेपानी बनाउने अभियान सुरु गर्छ पनौती नगरको नगरवासीलाई काकाकुल बनाएर अन्यत्र पानी लान अब दिने छैनौँ ।” सिचाँई क्षेत्र, खोपासी विद्युत पावर हाउस क्षति भएको छ । सडक, विद्यालय, भवन क्षति भएका छन् । डुवानमापरी समस्या श्रृजना भएको छ । घरबार विहिन, पशुधन चौपायको क्षति सबैको विवरण संकलन गरी आवश्यक कामको थालनी गर्ने छौँ ।

          पानी र खानी एकै ठाउँमा हुन सक्दैन भन्ने कुरा प्राकृतिक प्रकोपको विपत्तीले प्रमाणीत गरि दियो नि ? रोशी खोलाको शिर देखि तीर सम्म अबैध रुपमा सञ्चालित खानीको कारण धेरै नै जनधनको क्षति भएको हो भन्नेमा तपाई कतिको विस्वस्त हुनुहुन्छ ?

          खानी विभागले वातावरण परिक्षण वेगर नै ढुङ्गखानी, क्रसर उद्योग सञ्चालन गर्न दिनु हुँदैन थियो । निर्माण सामाग्री खानी सञ्चालनको मापदण्ड निर्धारण, ऐन नियम कानुन अनुसार हुनु पर्नेमा नभएर समस्या सृजना भएको हो । मानवीय जीवनको रक्षाको लागि पहिलो आवश्यकता पानी त्यसपछि मात्र खानी हो । मानव जीवनलाई प्रत्यक्ष असर गर्ने ऐन नियम विपरित खानी सञ्चालन हुनु हुँदैन  भन्ने मेरो धारणा हो । म स्थानीय सरकारमा निर्वाचित भएर आएपछि पनि दुईवटा खानी सञ्चालनमा रोक लगाएँ । यहाँले उठाउनु भएको पानी र खानी एकै स्तानमा हुँदैन नी नागरिकहरुको अहित हुने बसोवासनै नरहने अवस्था हुनु हुँदैन । त्यसमा पनौती नगरले अब खेल्नुपर्ने सम्पूर्ण भूमिका खेल्छ । खानीबाट निस्किेको धुलो गेगर, पहाड भत्काउँदाको असर बस्ति नै जोखिममा परेको छ । अब हामी त्यस्तो हुन दिदैँनौँ । खानी सञ्चालन हुने अवस्था छ । राजश्वबाट देश निर्माणमा सहयोेग पु¥याउँछ भने बस्ती स्थानान्तरण गरेर भए पनि गनुपर्छ । नागरिकहरुको जग्गा जिमिनको उचित मुल्य दिएर उठीबास लगाएर हैन ।

          २०७२ बैशाख १२, २९ गतेको भुकम्प, कोभिड–१९, जस्ता महाविपत्तीले धेरै जनधनको क्षति पु¥याउँदा समेत विपत्तीलाई सामना गर्ने सामर्थे जोह गर्नुपर्छ भन्ने कुरामा स्थानीय सरकारले किन ध्यान दिन सकेन ?

          २०७२ बैशाख १२, २९ गतेको भुकम्प, कोभीड–१९ जस्ता महाविपत्तिबाट नेपालमा ठूलो जनधनको क्षति भएको यथार्थ हो । यसलाई पाठ सिकेर अघि बढ्नु पर्छ नै । प्राकृतिक विपत्ती, दैवि प्रकोप कोहि कसैको नियन्त्रणमा हुने हैन । बाजा बजाएर आउने पनि हैन । त्यसो भन्दै गर्दा हामीले बेवास्ता गर्ने हैन सजग र सर्तक रहनु पर्छ । विगतलाई नियालेर विपद् कोष स्थापना गर्नुपर्छ । पनौती नगरले हरेक वर्ष प्राकुतिक प्रकोप विपद्् कोषमा स्थापना गरी कोष वृद्धि गर्दै लगेको छ । गत वर्ष मात्रै उक्त कोषमा ८० लाख राखेको छ । हामी हरेक वर्ष उक्त कोष वृद्धि गर्दै जानेछौँ । हरेक खालका प्राकृतिक विपत्तीलाई सामना गर्न हाम्रो जनप्रतिनिधि टोली, कर्मचारी वर्ग सबैको एकेबद्धता छ । जनप्रतिनिधिले एक महिना बैठक भत्ता, कर्मचारी वर्गले ५ दिनको तलब विपद्् कोषमा राख्ने भएको छ । आगामी दिनमा प्राकृतिक प्रकोप, दैनिक प्रकोप विपत्तिलाई सामना गर्ने सामर्थय जुटाएर हामी अघि बढ्छौँ ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्