बनेपामा २०६७ सालमा स्थापित बनेपा ब्वाईज क्लव टिम (द्यद्यऋ) काभे्रका अध्यक्ष महेशकुमार कर्माचार्य सामाजिक कार्यको अभियानकर्मीको रुपमा पनि परीचित हुनुहुन्छ । खेलकुदको सकारात्मक विकास, कला र संस्कृतीको जर्गेनाले बनेपा र काभे्रको राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाउने अभियानमा लागि परेको बताउनुहुन्छ महेशकुमार कर्माचार्य । ”हाम्रो अभियान खेलको शान, सँस्कृति र सम्बृद्धि बनेपाको पहिचान’ चन्ने मुल पहिचान बोकेर बनेपाका युवालाई संगठित गर्दै खेलकुद क्षेत्रको विकास गरेर बनेपाको पहिचानलाई उच्च राख्न सकेको भनाई कर्माचार्यको छ । बनेपा ब्वाईज क्लवले आगामी असोज ४ गते देखि १९ गते सम्म १६ दिने बनेपा महोत्सव ५ औं संस्करण सञ्चालनको पूर्वतयारी, मुख्य आर्कषण, सुरक्षा प्रवन्ध, महोत्सव भव्य र सभ्य रुपमा सञ्चालन गर्ने योजना के छन् ? भन्ने सवालमा रेडियो एवीसीमा क्लवका अध्यक्ष तथा महोत्सव आयोजक मुल समिति २०८१ को अध्यक्ष कर्माचार्यसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
बनेपा महोत्सव ५ औँ संस्करण २०८१ को तयारी कसरी अघि बढेको छ ?
बनेपा महोत्सव, ५ औँ संस्करण २०८१ को तयारी तिब्र अघि बढेको छ । अन्तिम तयारीमा पुग्यो । स्टल निर्माण कार्यदेखि मञ्च व्यवस्थापन कार्य सम्पन्नता तिर पुग्यो । २०८१ असोज ४ गते देखि १९ गते सम्म बनेपा महोत्सव सञ्चालन हुँदै छ । “हाम्रो अभियान खेलको शान, संस्कृति र समृद्धि बनेपाको पहिचान मुख्य लक्ष्य हो ।” पत्रकार सम्मेलन, सञ्चार माध्यममा प्रचार प्रसार फ्लेक्स निर्माण टाँग्ने कार्य भएको छ । मुख्य प्रायोजक गोर्खा ब्रोअरी समेतले सहयोग पु¥याउने भएको छ । खेलकुद, कृषि, पर्यटन, व्यावसाय प्रवद्र्धन, बाल उद्यान काभ्रेली कलाकार तथा राष्ट्रिय कलाकारबाट महोत्सवमा आउने नागरिकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिने छ । महोत्सवको ९० प्रतिशत कार्य सम्पन्न भएको छ ।
महोत्सवलाई भब्य र सभ्य बनाउन कुन ढङ्गबाट कार्य अघि बढेको छ ?
बनेपा महोत्सव २०८१ लाई भब्य र सब्य बनाउन बनेपा ब्वाइज क्लवका सदस्य पारसमणी कायष्ठको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरेको छ । “५० वटा भन्दा बेसी सामाजिक संघ संस्था, विद्यालय, व्यवसायीक फर्म, कृषि, पर्यटन उद्यमसँग सम्बन्धीत रहेर त्यस्तै गरी घरेलु उद्योगलाई प्रवद्र्धन गर्न हाम्रो ध्यान केन्द्रीत भएको छ । खेलकुद क्षेत्रको गुणस्तरीय विकास, कला संस्कृतिको जगेर्ना कलाकारीता क्षेत्रको विकास गर्ने हाम्रो अभियान निरन्तर जारी छ । राष्ट्रिय तथा काभ्रेली कलाकारहरुको गायन तथा नृत्य प्रस्तुत, बाल उद्यान, आइटीएफ टक्वाण्डो, भलिबल, १६ वर्ष मुनी उमेरका बालबालिकाहरुको लागि फुटबल प्रतियोगीता, भलिबल प्रतियोगीता, रोटेपिङबाट, भरपुर मनोरञ्जन लिन सकिने छ ।” सुरक्षा प्रवन्ध, स्टल व्यवस्थापन, होटलहरुले समेत स्टल लिई मिष्टान्न परिकार पकाएर खुवाउने प्रवन्ध गर्ने छ ।
बनेपा महोत्सव २०८१ को मुख्य उद्देश्य र अघि ४ वटा महोत्सव सम्पन्न गरि सक्नु भएको छ । नयाँ अपेक्षा चाँहि के गर्न सकिन्छ ?
महोत्सव सञ्चालन गरेर आर्थिक संकलन गरेर “हामीले बनेपा ब्वाइज क्लव टिम विविसीमा आवद्ध रहेका फुटबल खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने प्रतिभावान फुटवल खेलाडी उत्पादन गर्ने, राष्ट्रिय लिग, काभ्रे जिल्लामा समेत फुटबल प्रतियोगीता गरेर काठमाण्डौ, भक्तपुर, ललितपुरका खेलाडीहरुले फुटबल खेलमा भाग लिई खेल जगतलाई भब्य बनाएको छ । हरेक वर्ष हुने फुटबल खेलमा राष्ट्रिय लिगमा खेलेर टिम विविसीका खेलाडीहरुले उत्कृष्टता कायम गर्न सकेका छन् । हाम्रो मुल लक्ष्य हाम्रो अभियान खेलको शान सस्कृति र समृद्धि बनेपाको पहिचान गर्नु नै हो । राष्ट्रिय तथा काभ्रेली कलाकारहरुको प्रतिभालाई उजगार, कृषि पर्यटन व्यापार व्यावसायको व्यवसायिक प्रवद्र्धन गर्ने नै हो ।” सिने कलाकारहरुको सम्बाद, दशै नजिकिदै गरेको हुँदा खाद्य बस्तु सुपथमुल्य पसल समेत राखिने प्रबन्ध छ । बजार मुल्य भन्दा कममा गुणस्तरीय युक्त खाद्य सामग्री प्राप्त गर्न सकिने छ ।
महोत्सवले कृषि, पर्यटन क्षेत्रको विकास, ग्रामीण क्षेत्रबाट उत्पादीत सामग्रीको प्रवद्र्धन हुनु पर्नेमा बनेपा महोत्सवमा त्यसो हुन सकेन भन्ने गुनासोप्रति के भन्नु हुन्छ ?
पहिलो प्राथमिकता स्वास्थ्यको लागि खेल राष्ट्रको लागि खेल खलकुद क्षेत्रको विकास प्रतिभावान फुटबल खेलाडी उत्पादन त्यस्तै गरी कला संस्कृतीको जगेर्ना, अर्को प्राथमिकता घरेलु तथा साना उद्योगबाट उत्पादीत सामाग्रीको स्टल राख्नेलाई ५० प्रतिशत छ्ुट, कृषि उपज उत्पादन गरी विक्रि गर्ने कृषकहरुलाई निःशुल्क स्टलको प्रवन्ध, ५ हजार देखि २५ हजार सम्मको स्टल बुकीङ गर्न सकिन्छ । फेन्सी स्टोर, काष्ठ उद्योग, फर्निचर, करेशाबारी हरीयाली लगायतका १ सय ५० वटा स्टल रहने छन् ।
यहाँहरुले सुरुमा असोज ९ देखि असोज २४ गते सम्म महोत्सव गर्ने भनी स्थानीय सरकार बनेपा नगरबाट स्वीकृत लिनुभयो । तर निर्धारित समय भन्दा फेरी पछि हट्नु पर्ने अवस्था आयो नी किन ?
बनेपा नगरपालिकाले बनेपा महोत्सव २०८१ सम्पन्न गर्न हामीले निवेदन दिए अनुसार विगतमा समेत दशै लक्षित गरेर नै भेला महोत्सव गरेको थियौँ सोही अनुरुप बनेपा नगरले असोज ९ देखि २४ गते सम्म महोत्सव गर्न स्वीकृत दिएको थियो । बनेपाकै व्यवसायीहरुले व्यापार व्यवसाय प्रकारीत हुन्छ भनेर काभ्रे उद्योग बाणिज्य संघलाई महोत्सव सार्न व्यवसायीहरुले अनुरोध गरेका कारण स्थानीय सरकार व्यवसाय हाम्रो बनेपा व्वाईज क्लवका टिम र काभ्रे उद्योग वाणिज्य संघ टिम स्थानीय व्यवसायी बसेर महोत्सव २०८१ असोज ४ देखि १९ गते सम्म सञ्चालन गर्न सहमती गरेयौँ । आगामी दिनमा मेला महोत्सव गर्दा चाडवार्ड लक्षित गरेर नगर्ने सहमती समेत गरेको छ ।
महोत्सवको कुल कारोबार कति हुने अपेक्षा गर्नु भएको छ ?
१ सय ५० वटा स्टल निर्माण, स्टल बुकीङबाट ८ लाख आम्दानी, ४ लाख बचत, मेला महोत्सव झुला खोल्नेलाई, स्टल निर्माणकर्ता बनाउन ४ लाख खर्च हुने अनुमान छ । व्यापार व्यवसायमा डेढ करोडको कारोबार हुने अनुमान छ । मेला महोत्सवबाट २० देखि २५ लाख आम्दानी हुने अनुमान गरेका छौँ ।
महोत्सवबाट संकलित रकम आम्दानी खर्चको हरहिसावको सुशासन र पारदर्शीताको जनचासोलाई कसरी लिनु भएको छ ?
सरकारी होस या सामाजिक संघ संस्था सबैले आर्थिक अनुशासन कायम गर्नुपर्छ । आर्थिक सुशासन पारदर्शीता कायम गर्नुपर्छ । महोत्सव सम्पन्न भएको केहि समयपछि भएको आम्दानी र खर्चको बारेमा सञ्चारकर्मी सञ्चारमाध्यमबाट सार्वजनिकीकरण गरिने छ ।
अन्त्यमा केहि भन्नु छ की ?
बनेपा ब्वाइज क्लवको आयोजना, बनेपा महोत्सव ५ औँ संस्करण २०८१ असोज ४ देखि १९ गते सम्म सञ्चालन हुँदै छ । काभ्रे जिल्लाका कुनाकन्दरा देखि छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काठमाण्डौ, भक्तपुर, ललितपुरका नागरिक सबैमा महोत्सवमा सहभागी हुन हार्दिक आह्वान गर्दछु । १ सय ५० स्टल रहने छ । खेलकुद, सांस्कृतिक कार्यक्रम बाल उद्ययन, भरपुर मनोरञ्जन लिन सकिने, दशै बजार सुपथ मुल्य पसल, फेन्सी स्टोर, कराते प्रतियोगीता भलिबल हुनेछ । राष्ट्रिय तथा काभ्रेली कलाकारहरुको सास्कृतिक कार्यक्रम हुने छ । महोत्सवलाई भब्य र सब्य बनाउन सबै लागि परौ भन्न चाहन्छु ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने