IMG-LOGO

विश्व बजारमा विक्ने प्राविधिक शिक्षा सर्व शुलभ शुल्कमा अध्यापन गराउँछौँ

 मंगल, भदौ २५, २०८१  केजी बैदार प्रिन्सिपल, बनेपा कलेज अप्m म्यानेजमेण्ट एण्ड टेक्नोलोजी, काभ्रे

        विगत १० वर्षदेखि काभ्रे बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी केजी बैदारले सम्हाल्दै आउनु भएको छ । राजर्षि जनक विश्वविद्यालय जनकपुरबाट सम्बन्धन प्राप्त सामुदायिक कलेजमा काभ्रेमा स्नातक तहमा पहिलो द्यद्यब् कार्यक्रमको साथमा द्यक्ऋ।ऋक्क्ष्त् कक्षा सञ्चालन गरी प्रिन्सिपलको जिम्मेवारी सम्हाल्नु भएको छ । एमए र विएल शैक्षिक योग्यत हाँसिल गर्नु भएका कडा स्वभावका आफ्नो विचार प्रष्ट रुपमा राख्ने सधै चर्चामा आइराख्ने शैक्षिक व्यक्तित्व शिक्षा सेवाी हुनुहुन्छ बैदार । २०३७ सालमा स्थापना भएको काभ्रे बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा +२, स्नातक तहदेखि मास्टर डिग्री सम्म अध्यापन गराउँदै आएको छ । अब सोही प्राङ्गणमा भौतिक पूर्वाधार सम्पन्न छुट्टै  शैक्षिक विभाग खडा गरी शैक्षिक शत्र ०८१÷०८२ मा नयाँ कार्यक्रम स्नातक तहमा द्यबअजभयिच या कअष्भलअभ ष्ल अयmउगतभच बमmष्लष्कतचबतष्यल ९द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् ०  कक्षा सञ्चालनको व्यवस्थापकीय र शैक्षिक आधारका सवालमा बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका प्रिन्सिपल केजी बैदारसँग रेडियो एवीसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

        काभ्रे बहुमुखी क्याम्पस प्रारम्भ गरेको ४५ वर्षपछि उक्त क्याम्पस कै भौतिक पूर्वाधार प्रयोग गरी बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी सञ्चालन गर्ने दृढ अठोट सहित अघि बढ्नुभयो । स्नातक तह द्यद्यब् र द्यक्ऋ ऋक्क्ष्त् कार्यक्रम सञ्चालन गर्न कसरी सम्भव छ ?

        विगत १० वर्षदेखि निरन्तर रुपमा विद्यार्थीहरुलाई सर्वशुलभ ढङ्गबाट स्तरीय शिक्षा प्रदान गर्ने अभियानमा क्याम्पस प्रमुखको हैसियतबाट लागि परेको छु । काभ्रे बहुमुखी क्याम्पसको व्यवस्थापन टिम, अनुभवी दक्ष शिक्षक, वर्गको क्रियाशिलता लगनशिलताले यहाँ अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उन्नयन र प्रगति गरेकाले हामी धेरै हौसिएर अब काभ्रे जिल्ला शैक्षिक क्षेत्रको विकासमा केहि गर्नुपर्छ भन्ने मान्यताका साथ सञ्चालक अध्यक्ष लम्बोदर कायष्ठ सहितको सिङ्गो टिम म लगायत बनेपाका शिक्षा सेवीहरुको साथमा लिएर उच्च शिक्षामा फड्को मार्नुपर्छ । विश्व बजारमा विक्ने प्राविधिकधारको कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने हेतुले त्रिभुवन विश्वविद्यालय उपकुलपति, विषय विज्ञता हाँसिल गरेका सवैसँग नयाँ कार्यक्रम सञ्चालनका लागि अनुरोध गरेयौँ, पूर्व प्रधानमन्त्रीहरु शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, तत्कालिन शिक्षा मन्त्री देपेन्द्र पौडेल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ लगायतलाई भेटेर सम्बन्धन प्राप्त गर्न जोड बल गरेयौँ । आश्वसन पायौँ काम केहि भएन् । । हाम्रो उद्देश्य थियो सर्व साधारणका छोराछोरीलाई विश्व बजारमा विक्ने न्यूनतम शुल्कमा प्राविधिक शिक्षा प्रदान गरी दक्ष शैक्षिक जनशक्ति उत्पादन गर्ने हाम्रो अठोट पुरा गर्न नेपाल सरकारको पूर्ण स्वामीत्वमा रहेको राजर्षि जनक विश्वविद्यालयले स्नातक तहमा द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् कार्यक्रम सञ्चालन गर्न स्वीकृत दियो । हाम्रो काभ्रे क्याम्पसमा भौतिक पूर्वाधार शैक्षिक पूर्वाधारले सम्पन्नता छ । छुट्टै विभाग तयार भई सकेको छ । दक्ष शिक्षकहरु हुनुहुन्छ, हामी विद्यार्थीहरुलाई अध्यापन गछौँ ।

        त्रिविविबाट सम्बन्धन लिएर उच्च शिक्षा सम्मका कार्यक्रम सञ्चालन गर्नु भएको छ । क्याम्पसकै ढोका नजिकै काठमाण्डौँ विश्वविद्यालय छ । प्राविधिक धारको विषयहरु लिएर चलाउन सक्नु हुन्थ्यो त्यसो पनि गर्नु भएन । एकै ठाउँमा दुई दुई वटा विश्व विद्यालयबाट सम्बन्धन लिदाँ कानुनी जटीलता भोग्नु पर्लानी ?

        त्रिविविबाट +२ देखि मास्टर डिग्रीका कार्यक्रमहरु हामीले  सञ्चालन गरेका हौँ । विश्व परिवेश, देशको माटो सुहाउँदो, रोजगार मुलक, प्राविधिक शिक्षा आजको आवश्यकता हो । यसैको मर्मलाई बुझेर सामान्य भुई मान्छेका छोराछोरीले होस या मध्यम वर्गीयका छोराछोरीहरुले आफ्नो क्षमता अनुसार रोजेका विषय छनौट गरी पढन् पाउने अधिकारलाई त्रिविविले कुण्ठीत ग¥यो । द्यद्यब्, द्यक्ऋ।ऋक्क्ष्त् र कम्प्युटर इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो मुल लक्ष्य हो । उक्त लक्ष्य सहित हामी त्रिविविमा हाम्रो कलेज व्यवस्थापन टिम १० वर्ष सम्म धायौँ । आश्वासन पायौँ कुनै पनि कार्य भएन् । कार्य गर्दा चुनौती आउँछन् चुनौती कानुनी जटीलता सबैलाई चिर्दै अघि बढ्ने हाम्रो साझा संकल्प छ । हामी अवसरको सदुपयोग गछौँ । चुनौतीलाई सामना गर्ने हाम्रो ल्यागत र तागत छ । काठमाण्डौ विश्व विद्यालयले प्रभावकारीता हेरेर आफूर्लाइ असर नगर्ने गरी प्राविधिक विषयहरु सञ्चालन गर्न दिन्छु भनेकै छ ।

        बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको मुख्य उद्देश्य के हो ?

        बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ९द्यऋःत्० को मुख्य उद्देश्य भनेको “सर्वसाधारणका छोराछोरीहरुले सर्वसुलभ ढङ्गबाट प्राविधिक रोजगारमुलक विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् कार्यक्रम सञ्चालन गर्न राजर्षि जनक विश्वविद्यालय जनकपुरबाट सम्बन्धन प्राप्त गरेका छौँ । उपत्यकामा साह्रै महंगो शुल्कमा पढ्नु पर्ने बाध्यतालाई अन्त्य गरी स्नातक तहमा प्राविधिक विषय ३ लाख ५० हजार शुल्कमा पढाउने छौँ । ४०÷४० सिटमा अध्ययन गर्ने अवसर छ । दुबैमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था छ । फुल स्कलरसिपमा गरिव, असाहय, अल्पसंख्यक, दलित जो निम्न आय भएका तर पढ्न सक्ने क्षमता भएकाहरुलाई छात्रवृत्ति प्रदान गरेर अध्यापन गराउँछौँ ।”

        विद्यार्थीहरुको शैक्षिक स्तरीयता कायम गर्ने विषेशताहरु ?

        शैक्षिक क्रियाकलाप गर्न स्तरीय शिक्षा ग्रहणका लागि उपयुक्त कक्षा कोठा, प्रोजेक्टरको प्रयोजबाट अध्ययन गर्न सकिने “विज्ञान प्रयोगशाला शिक्षण, सिकाई प्रभावकारीताका लागि सृजनात्मक, विद्यार्थी केन्द्रीत शिक्षा ग्रहण गर्न सक्ने वातावरण तयार, विद्यार्थीहरुको लागि आवश्यक पर्ने पुस्तक व्यवस्थित लाईब्रेरीबाट लिन सकिने, प्रोजेक्ट तथा रिसर्च ल्याप, क्याफ्टेरीया ट्रेनिङको उपयुक्त व्यवस्था, छात्रवृत्तिको प्रवन्ध, इन्टर्नसिप डिजीटल लजिक तथा माइक्रो प्रोसेसर ल्याव, डाटा कम्य्ुनिकेशन र नेटवर्क ल्याव, इलाईवे्ररी शैक्षिक भ्रमण, खेलकुद, अतिरिक्त क्रियाकलाप, अनुसन्धान तर्फ क्रियाकलापमा सक्रिय रहने अवस्थाको सृजना गरिनुका साथै प्रविधि मैत्री अन्तराष्ट्रिय स्तरको मानक स्थापित गर्ने शिक्षा प्रदान गर्नु हाम्रो कर्तव्य र दायित्व सम्झेर अघि बढेका छौँ ।”

        काभ्रे बहुमुखी क्याम्पस र बनेपा कलेज अप्m म्यानेजमेन्ट एण्ड टेक्नोलोजी दुबैको प्रमुख जिम्मेवारीमा हुनुहुन्छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर विकासमा कुनै खालको असर गर्दैन भनेर अभिभावक विद्यार्थीहरुलाई करी आश्वस्त पार्नु हुन्छ ?

        म विगत १० वर्ष देखि काभ्रे बहुमुखी क्याम्पसमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको छु । नयाँ सञ्चालित कलेजको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्नु पर्छ भनेर क्याम्पस व्यवस्थापन समितिले अर्को व्यवस्था नभईन्जेल सम्मको लागि भनेर जिम्मेवारी दिएको छ । हाम्रो मुख्य उद्देश्य भनेकै काभे्र सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र आसपासका जिल्लाका सर्वसाधारण मध्यम वर्गले न्यूनतम शुल्कमा गुणस्तरीय, विश्ववजारमा विक्ने शिक्षालाई उत्पादन उद्योगसँग जोडेर रोजगारमुलक बनाउनको लागि हाम्रो सकारात्मक प्रयास हो । बागमती प्रदेश सांसद कञ्चाचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नगरका जनप्रतिनिधिको साथ सहयोगले राजर्षि जनक विश्वविद्यालयबाट द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् कार्यक्रमको अध्यापन गराउन लागि परेका छौँ । हाम्रो लागि पद गौँण कुरा हो । काभ्रे क्याम्पस सञ्चालक अध्यक्ष लम्वोदर कायष्ठ सहितको सिङ्गो टिम शैक्षिक क्षेत्रको विकासमा लागि परेको छ । हाम्रो शैक्षिक जनशक्ति, प्रशासनिक क्षेत्रका कर्मचारी सबैको साथ सहयोग छ । शैक्षिक स्तरीयता कायम गर्न कुनै बाधा अड्चन हुन दिने छैन ।

        क्भ्भ् उतीर्ण ग¥यो घर छोड्यो, +२ पछि देश छोड्ने विद्यार्थीको लर्को छ । गत वर्ष मात्र अध्ययनका लागि १ लाख २ हजार ७ सय बाहिर गएको तथ्याङ्कछ भनेपछि नयाँ कार्यक्रम सञ्चालन गरेर चुनौतीको चाङलाई कसरी चिर्नु हुन्छ ?

        राज्यको शैक्षिक नीति त्रुटी पूर्ण छ । क्षमता भएका विद्यार्थीहरुलाई पढ्ने अवसर छैन । हामीले विगत १० वर्ष देखि त्रिविविलाई नयाँ कार्यक्रम सञ्चालन गछौँ । द्यद्यब् र कम्प्युटर इन्जिनियरिङ चलाउँछौँ । पूर्वाधारको विकास शैक्षिक वातावरण छ । त्रिविविको टोलिले अनुगमन ग¥यो । स्वीकृत दिएन भ्याली बाहिर कुनै पनि प्रदेशमा भ्याली बाहिर द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् कार्यक्रम दिइएन् । सर्वसाधारण, मध्यम वर्गका छोराछोरीलाई प्रविधिक शिक्षा, हाम्रो क्षमताले भ्याए सम्म गर्दछौँ भनेर लागि पर्दा यस्तो छ । क्षमता भएका विद्यार्थीहरुले नर्स, डाक्टर पढ्न विदेश जानुपर्ने अवस्था सृजना गर्ने लक्ष्य हो । विद्यार्थी प¥याप्त भए भने कलेजले सेक्सन खोलेर सञ्चालन गर्न सक्दैन् । विश्व विद्यालयको उपकुलपति स्तरको विज्ञटोलीले सम्भाव्यता अध्ययन गरि निर्णय गरेपछि मात्र सम्बन्धन दिने गर्नु नै विद्यार्थी बाहिर पठाउनु हो, कमिशन खाने दलाली गर्ने परम्पराले विद्यार्थी विदेश पलायन बढेको हो । हामीले राजर्षि जनक विश्वविद्यालयबाट सम्बन्धन लिई द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् धारको कार्यक्रम सञ्चालन गरेयौँ । 

        अन्त्यमा केही भन्नु छ की ?

        काभ्रे बहुमुखी क्याम्पस र बनेपा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी विसुद्ध नाफा रहित सामुदायिक कलेज हो । हामीले सर्व शुलभ ढङ्गबाट स्नातक तह अध्ययन सफलता हाँसिल गर्ना साथ रोजगार प्राप्त गर्न सक्ने क्षमताका जनशक्ति उत्पादन गर्न लागेका हौँ । बनेपा नगरपालिका, बनेपा वडा नं. ६ का जनप्रतिनिधि क्याम्पस व्यवस्थापन टिम सबैको समन्वय सहकार्यबाट हामी आजको दिनमा आई पुगेका छौँ । निरन्तर सबैको सहयोग आवश्वयक छ । अब द्यद्यब् र द्यक्ऋ।ऋक्क्ष्त् अध्ययनका लागि १०÷१२ लाख तिरेर राजधानी धाउनु पर्ने छैन । ३÷४ लाख मै प्राविधिक, रोजगार मुलक शिक्षा हामी दिन्छौँ । कलेज भ्रमण गनर््ुहोस यहाँहरुले शैक्षिक वातावरण उपयुक्त लागेमा अध्ययन गर्न अनुरोध गर्दछु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्