IMG-LOGO

न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेका छौं

 मंगल, भदौ ११, २०८१  जुजुभाइ मानन्धर क्याम्पस प्रमुख, चैतन्य बहुमुखी क्याम्पस, बनेपा, काभ्रे

 

               काठमाण्डौ विश्व विद्यालयबाट म्याथ म्याटीक्समा एमफिल गनर््ुभएका जुजुभाई मानन्धर विगत ४२ वर्ष देखि शिक्षण सेवामा लाग्नु भएको व्यक्तित्व हुनुहुन्छ । निडर कडा प्रशासकीय क्षमताकोरुपमा परिचित उहाँ चैतन्य बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । २०४८ सालमा स्थापीत उक्त कलेज काभ्रे जिल्लाको मास्टर डिग्री तह सम्म अध्यापन गराउने पहिलो सामुदायिक क्याम्पस हो । कक्षा ११ र १२ व्यवस्थापन, शिक्षा स्नातक तहमा ४ वर्षे विएड र विविएस १ वर्षे  विएड ९द्यभम०, एमएड ९ःभम० मास्टर डिग्री सम्म अध्यापन गराइन्छ । कक्षा ११ र स्नातक द्यद्यक् र द्यभम भर्ना अभियान, चैतन्य कलेजको शैक्षिक स्तरीयता भावी कार्ययोजनाको सवालमा कलेज प्रमुख जुजुभाई मानन्धरसँग रेडियो एवीसीको शिक्षा सरोकारमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

               विगत ३४ वर्ष देखि सञ्चालित चैतन्य क्याम्पसले हाँसिल गरेको शैक्षिक उपलब्धीको बारेमा चर्चा गरौँ न ?

               २०४८ सालमा स्थापीत चैतन्य बहुमुखी क्यापसको प्रमुख उद्देश्य न्यूनतम शुल्कमा गुणस्तरीय प्रदान गर्ने अभिप्रायले सञ्चालित कलेज हो । ग्रामीण भेगका विद्यार्थीहरुलाई माध्यमिक देखि उच्च शिक्षा अध्ययपन गर्ने मात्र नभई समय सापेक्ष शहरी क्षेत्रको आवश्यकता अनुरुप शिक्षा ग्रहण गर्ने शैक्षिक वातावरण निर्माण गर्ने कार्य गरेकै कारण ३४ वर्षको यात्रामा अघि बढेका हौं । व्यवस्थापन टिम, शिक्षक वर्ग र स्थानीय व्यक्तिहरुको सहकार्य, एकताबाट शैक्षिक गुणस्तर वृद्धि गरेर शिक्षण सिकाईलाई प्रभावकारी बनाउने कार्य भएकै कारण हाम्रो कलेजमा उतीर्ण सफलता हाँसिल गरेका शैक्षिक जनशक्ति सरकारी निकाय, बैँक तथा वित्तीय क्षेत्र, शैक्षिक संस्था, उद्योगधन्दा कुनै न कुनै  क्षेत्रमा रोजगारीको अवसर प्राप्त गरी आफ्नो जीवनको यात्रालाई सुखमय बनाएको सवाल नै हाम्रो लागि शैक्षिक उपलब्धी हो भन्ने लाग्छ ।

               कक्षा ११ र स्नातक तहको भर्ना अभियान कसरी सञ्चालन भइ रहेको छ ?

               क्भ्भ् परीक्षाको नतिजा सार्वजनिक भए सँगै कक्षा ११ को भर्ना अभियान तिव्ररुपमा अघि बढेको छ । व्यवस्थापन र शिक्षा संकाय तर्फ कक्षा ११ मा भर्ना लिईएको छ । हाम्रो भर्नाको लक्ष्य १ सय २० जनाको हो । ५० जना भर्ना भई सक्नु भएको छ । मौका परीक्षा दिई सफलता हाँसिल गरेका विद्यार्थीले पनि पढ्ने अवसर छ त्यसैले भाद्र महिना सम्म भर्ना सञ्चालन हुन्छ । त्यस्तै गरी स्नातक तहमा द्यद्यक्, द्यभम ४ वर्षे भर्ना अभियान सुरुवात भईसकेको छ ।

               चैतन्य बहुमुखी क्याम्पस नै विद्यार्थीहरुको रोजाई बन्नु पर्ने कारण ?

               ”काभ्रे जिल्लाको पहिलो मास्टर डिग्री सञ्चालित कलेज, +२, म्यानेजमेन्ट÷एजुकेशन, स्नातक तहमा वान इयर वि.एड ९इलभ थभबच द्यभम०, द्यद्यक्, द्य।भम, ः।भम, एm, ःबतज, भ्लनष्किज, ल्भउबष् िविषयहरुबाट अनुभवि, दक्ष शिक्षकहरुबाट अध्यापन हुने, विद्यार्थीहरुको सृजनात्मक शिक्षण सिकाईमा प्रभावकारीता ल्याउने गरी शिक्षा प्रदान गरिएको, सामुदायिक, मुनाफा रहित, शुल्क निर्धारण लागतमा आधारित, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, विद्यार्थी केन्द्रीत शिक्षा, स्माट वोर्ड सहितको कक्षा कोठा, गीत संगीत मनोरञ्जन, खेलकुदको माध्यामबाट र साहित्यक गोष्ठि, हाजीरी जवाफ, वक्तित्व कला जस्ता सह कृयाकलापबाट समेत विद्यार्थीहरुको रुचि मनोभावनालाई समेत केन्द्रित गरेर शिक्षण सिकाई, स्रोत सामग्री सहितको व्यवस्थित लाइव्रेरीको प्रवन्ध गरिएको कारण विद्यार्थीको रोजाई चैतन्य क्याम्पस हुन सकेको हो भन्ने लाग्छ ।”

               द्यद्यक्, द्यभम ४ वर्षे कोर्ष पुरा गरी सफलता हाँसिल गरेको खण्डमा विद्यार्थीहरुले प्राप्त गर्ने अवसरको बारेमा बताउनुसन ?

               सबै विषयको आ–आफ्नो महत्व छ प्रारम्भ चरण देखि गन्तव्यमा नपुगुन्जेल लगनशिलता मेहनतका साथ अध्ययन गरी सफलता हाँसिल गरेमा बेरोजगारी बस्नु पर्ने छैन् । स्नातक तह द्यद्यक् ४ वर्षे पुरा गरेमा बैँक तथा वित्तीय संस्था, उद्योगधन्दामा रोजगारीको अवसर छ । द्यद्यक् व्यवस्थापन पाटो, घर, कार्यालय, व्यवसायिक फर्मको उचित व्यवस्थापन गर्न सोही क्षेत्रमा रोजगारीको अवसर छ । कतै न कतै कर्ममा व्यस्त रहने अवस्था छ । त्यस्तै द्यभम ४ वर्षे कोर्ष कम्प्लिट गरेपछि शैक्षिक संस्था, प्रशासनिक क्षेत्रमा कर्म गर्ने अवसर छ नै । यतिले मात्रै पुग्दैन । देश मै मेहनत गरे अवसर नै अवसर छ अल्छी गर्नु भएन, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा आ–आफ्नो  दक्षता अनुासर कर्म गर्नु प¥यो गफ गरेर हिडेको भरमा हुँदैन । सत्कर्म गरौँ विदेश दगुर्नु पर्दैन । +२ मा जुनसुकै विषय लिएर पढेको भए पनि स्नातक तहमा प्रमुख विषय लिएर अध्ययन गर्ने अवसर छ ।

               नेपालमा उच्च शिक्षाको प्रारम्भ भएको ८७ वर्ष भयो । ८५ प्रतिशत साधारण शिक्षा १५ प्रतिशत मात्रै प्राविधिक शिक्षा अध्ययन गरेका जन शक्ति हामीसँग छन । अझ पनि कर्मकाण्डी शैक्षिक संस्था सञ्चालन गरेर हुन्छ त ?

               हाम्रो देशको शिक्षा नीति पाठ्यक्रम विकास नै शैद्धिान्तिक बेसी, व्यवहारीक ज्ञान कम हुने शिक्षण सिकाईको थालनी गरियो । शिक्षा देशको माटो र भौगोलिक अवस्था सबैलाई सबै क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्छ । त्यसो हुन सकेको छैन् । ६० प्रतिशत सैद्धान्तिक ४० प्रतिशत व्यवहारिक र प्राविधिक विषय समेटेको छ । अब त्यसो गरेर हुँदैन व्यवहारिक सिपमुलक शिक्षा उत्पादन सँग जोड्ने गरी शिक्षाको पाठ्यक्रम निर्माण हुनुपर्छ । परापूर्व कालको भन्दा केहि परिवर्तन गरेर शैक्षिक सुधार भएको छ । शैक्षिक संस्थाको व्यवस्थापन, शिक्षक, राज्यका निकायहरुले समेत समयनुकुल सूचना प्रविधिको विकासलाई जोड दिनुपर्छ ।

               ३४ वर्ष भयो चैतन्य क्याम्पस सञ्चालन भएको व्यवसायिक धार व्यवहारिक शिक्षाको लागि भावि योजना किन बन्न सकेन ?

               ”शैक्षिक संस्थाले मात्र चाहेर प्राविधिक र व्यवसायिकधारको अध्ययन गराउने छ नै । राज्यका सम्बन्धीत निकायले स्वीकृत दिनुपर्छ । बैज्ञानिक, उ्रत्पादनलाई उद्योगसँग जोड्ने देश विकासको सम्वहाक दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा हुनुपर्छ । हामीले प्रदान गरेका शिक्षा सैद्धान्तिक बेसी व्यवहारीक सिपमुलक कम भएको छ । हाम्रो शैक्षिक संस्था भौतिक पूर्वाधार निर्माण, व्यवस्थित लाइव्रेरी स्मार्ट वोर्ड  सहितको कक्षा कोठा तयार भइसकेका छन् । हामी निरन्तर उच्च शिक्षामा क्रमश व्यवहाििरक ज्ञान सहितको सिपमुलक शिक्षा गुणस्तरीय शिक्षा प्रदान गर्न हाम्रो व्यवस्थापन, शिक्षक टिम लागि परेको छ । निकट भविष्यमा नै हामी अघि बढ्छौँ ।”

               शैक्षिक क्षेत्रको स्तरीय विकासमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोग प्राप्त गर्न सक्नु भएको छ ?

               भैतिक पूर्वाधार विकासको लागि विश्व विद्यालय अनुदान आयोगले सामुदायिक कलेजको भवन निर्माणमा सहयोग पु¥याएको छ । बनेपा नगर स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधारको लागि १ लाख ४२ हजार सहयोग उपलब्ध भएको छ । प्रदेश सरकारले १० लाख बजेट उपलब्ध गराएको छ । यतिले मात्र प¥याप्त हुँदैन् । शैक्षिक क्षेत्रको गुणात्मक विकास, दक्ष जनशक्ति उत्पादन शिक्षकहरुलाई क्षमता अभिबृद्धि तालिम प्रवन्धका लागि शैक्षिक विकासमा पहिलो प्राथमिकता दिएर बजेट उपलब्ध गराउने, देशमै गरी खाने शिक्षाको लागि शिक्षा नीति निर्माण आवश्यक छ ।

               सामुदायिक क्याम्पसका प्रमुख चुनौती ?

               आर्थिक व्यवस्थापन प्रमुख चुनौती हो । ग्रामीण दुरदराजका विद्यार्थीहरुसँग शुल्क वृद्धि सहित अघि बढ्न नसकिने, न्यूनतम शुल्कमा उच्च शिक्षा प्रदान गर्नु पर्ने अवस्था छ । राजनीतिक वर्गीय संगठनको प्रभावले शैक्षिक संस्थामा धेरै समस्या छन् । शैक्षिक संस्थामा अनावश्यक राजनीतिक हस्तक्षेप दुर हुनुपर्छ ।

               अधिकांश सामुदायिक क्याम्पसले प्रशासनिक तथा अध्यापन गराउने शिक्षकहरुको क्षमता, दक्षता अनुरुपको पारिश्रमिक दिन नसक्नु दीर्घ सेवा कोष नहुदाँ शिक्षण सिकाईमा चाहे जति सुधार हुन नसकेको भनिन्छनी ?

               सामुदायिक विद्यालयको कलेजको शैक्षिक क्षेत्रको विकासमा सहयोग पु¥याउन शिक्षक, अभिभावक, विद्यार्थीहरु समितित समिति निर्माण गरी शैक्षिक सुधार योजना अघि सारेका छौँ । स्वमुल्यांकन, फिल्ड जाने अभिभावकहरुको गुनासो सुझाव संकलन अभियान, अतिरिक्त क्रियाकलाप सञ्चालन समिति, शिक्षण तथा प्रशासनिक विभाग गठन विभागीय जिम्मेवारी प्रदान गरिएको छ । यहाँले उठाउनु भएको जिज्ञासामा केही सत्यता छ । क्याम्पसमा अध्ययपन गराउने सबै शिक्षकलाई दक्षता क्षमता अनुसारको पारिश्रमिक दिन कठीन नै छ । कलेजको आम्दानी अनुरुप हामीले सेवा सुविधा दिएका छौँ । पूर्णकालिन र अल्पकालिनको आधारमा वर्गिकरण गरेर हप्तामा १८ पिरियड लिनेलाई १८ पिरियड मुनि ६ देखि १२ पिरियड लिनेहरुलाई त्यहि अनुसारको सेवा सुविधा दिन सकेको छ । १० प्रतिशत सम्म कल्याण कोष सञ्जय कोष व्यवस्था गरिएको छ ।

               शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष मात्रै १ लाख २ हजार सात सय विद्यार्थीहरु पढ्न कै लागि भनेर विदेश जाने लर्को बढेको छ यसलाई कसरी रोक्न सकिन्छ ?

               राज्यले उत्पादन गरेका शैक्षिक जनशक्तिलाई देशमा रोजगारी दिन सकेनन् । आफ्नो देशमा उक्त जनशक्तिले कार्य गर्ने चाहेनन् । राज्य र त्यसका निकायमा कार्य गर्ने जिम्मेवार व्यक्तिहरुले आशा र भरोसा जगाउने सपना बाँड्न सकेनन् । त्यसैले हो विदेशमा चाँहि पढ्न कमाउन सजिलो छ भन्ने छ त्यसो होइन यहाँ मालिक भएर बसेका त्यहा नोकर भएर काम गर्दा आहा राम्रो भन्ने गरिन्छ । राज्यले पनि रोजगारीको अवसर श्रृजना गर्नुपर्छ । गर्ने पढ्दै गर्दैको अवधारणाको विकास गर्ने नीति अख्तीयार गरेर कार्यन्वयन चरणमा लग्नुपर्छ । त्यसो भए मात्र विदेश पलायनको लर्को कम हुँदै जान्छ ।

               अन्त्यमा केहि भन्नु छ की ?

               शिक्षा आर्जन गर्न विदेश नै दगुर्नु पर्दैन । हाम्रो राम्रो शैक्षिक वातावरण भएको शैक्षिक देशमा संंस्था छ की छैन अभिभावक विद्यार्थी दुबैले भ्रमण गरौँ । आफूलाई रुचि भएको, आफ्नो दक्षता क्षमता अनुसार विगतको आफ्नो अवस्थालाई नियालेर विषय छनौट गरौँ । अध्ययन गरौं विचमा नछोडौँ । विषय विज्ञता हाँसिल गरेको खण्डमा देशमै अवसर छ । विदेशी गुलामी बन्न नजाऔँ । देशकै माटोमा रमाऔँ भन्न चाहन्छु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्