IMG-LOGO

विश्व बजारमा प्रतिस्प्र्धा गर्न सक्ने क्षमताका विद्यार्थीहरु उत्पादन गरेका छौँ

 मंगल, सावन २९, २०८१  प्रकाश कुमार श्रेष्ठ प्रिन्सिपल, ख्वप कलेज, भक्तपुर


    २०५६ सालमा स्थापना भएको ख्वप माध्यमिक विद्यालय भक्तपुरमा विगत १६ वर्ष देखि प्रकाश कुमार श्रेष्ठले प्रिन्सिपलको जिम्मेवारी लिएर कार्य प्रारम्भ गर्नु भएकोमा विगत दुई वर्ष देखि ख्वप कलेज भक्तपुरको प्रिन्सिपलको जिम्मेवारी समाली शैक्षिक क्षेत्रको विकासमा आप्mनो उर्जासिल समय व्यतित गराउँदै निरन्तर लाग्नु भएका एक कर्मठ शिक्षा सेवी हुनुहुन्छ । विद्यार्थीहरुको शिक्षण सिकाइमा परिणाममुखि प्रगति भई जीवन उपयोगी शिक्षा, जीवनको मार्गलाई अघि बढाउन सक्ने अवस्थाको श्रृजना हुन सक्नु नै शिक्षा ग्रहण गर्न सकेको मान्न सकिन्छ भन्ने तर्क गर्नु हुन्छ  प्रिन्सिपल प्रकाश श्रेष्ठ । ख्वप मा.वि. शारदा क्याम्पस ख्वप कलेज लगायत ७ वटा शैक्षिक संस्था सञ्चालनमा छन् । व्यवस्थापन मानविकी, कानुन र शिक्षा शास्त्र सङ्कायको अध्यापन हुने गरेको छ । कक्षा १२ को नतिजा सार्वजानिक सँगै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु विषय छनौट र कलेज छनौट अभियानमा जुटेका छन् । राष्ट्रिय परिक्षा वोर्डकले सार्वजनिक गरेको २०८१ को कक्षा १२ को नतिजामा ५३ प्रतिशत मात्र विद्यार्थी उतीर्ण भएका छन् । विद्यामान परिस्थितिमा शैक्षिक सुधारका सवाल, ख्वप कलेज भक्तपुरमा व्याचलर लेवलको अध्ययन गर्ने अवसर, भर्ना अभियान, भावि शैक्षिक कार्ययोजनाको सवाल र शैक्षिक अवस्थाको बारेमा रेडियो एविसी एफ.एम ८९.८ मेगाहर्जमा ख्वप कलेजका प्रिन्सिपल प्रकाश कुमार श्रेष्ठ सँगको गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
    राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को नतिजा प्रकाशनमा ५३ प्रतिशत मात्र विद्यार्थी उतीर्ण गर्न सफल भएका छन् । ख्वप माविको नतिजा कस्तो रह्यो ? हाम्रो शैक्षिक संस्थाको शैक्षिक स्तरीयता कसरी नियाल्ने ? 
    कक्षा १२ को परीक्षाफल प्रकाशनमा ५३ प्रतिशत मात्र विद्यार्थि उतीर्ण हुन सफल भएका छन् ।  देशको शैक्षिक नतिजा सन्तोष जनक होकी होइन कस्तो पाठ्यक्रम विकासको आवश्यकता छ, शिक्षण सिकाई प्रभाबकारीता कायम गर्न सकिन्छ भन्ने सवाल राज्यले ध्यान केन्द्रित गर्नुपर्छ । त्यही नीति नियममा टेकेर हाम्रो शैक्षिक संस्थाले कार्यान्वयन गरेर सबैको लागि सर्वसुलभ शिक्षा हुनुपर्छ भन्ने मान्यताका साथ न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान हामीले गरेका छौँ । कक्षा १२ मा १ हजार ८ सय ४९ विद्यार्थीले परीक्षामा सहभागी भएकोमा १ हजार ५ सय ३३ विद्यार्थीले सफलता हाँसिल गरेका छन् । जुन ८३ प्रतिशत उतीर्ण भएका हुन् । १७ प्रतिशत अनुतीर्ण भएका छन्  । “नेपालको शैक्षिक संस्था मध्ये स्थानीय सरकारले पूर्ण स्वामित्व लिएर भौतिक पूर्वाधार निर्माण पूजीगत खर्च गरी शैक्षिक क्षेत्रको विकासमा ख्वप मावि र कलेज दुबै देशमा नमुना योग्य शैक्षिक संस्था बन्न सकेको छ । विद्यार्थीहरुलाई अध्ययनमा लगनशिलता, अनुशासित, चरित्रवान बनाई सृजनात्मक शिक्षा प्रदान गरेको छ । भक्तपुर नगरले स्कुल र कलेज गरी ७ वटा शैक्षिक संस्था सञ्चालन गरेर भौीतक पूर्वाधार निर्माणमा सहयोग प्रदान गरी शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”
    कक्षा १२ उतीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि योग्य भएका विद्यार्थीहरुलाई कस्तो सुझाव दिन चाहनु हुन्छ ? 
    विद्यार्थीहरुले आफ्नो रुचि, क्षमता र आर्थिक अवस्था सबैलाई मध्यनजर गर्नु पर्छ । व्याचलर लेबलमा मात्र हैन, स्नाकोत्तर सम्म अध्ययन गरी विशेषज्ञता हाँसिल गरे सबै शंकायका विषयहरुको महत्व उत्तीकै छ । अध्ययन विचमै छोड्नु भएन् । “अभिभावक र विद्यार्थीहरुले कलेज छनौट गर्दा त्यहाँको शैक्षिक वातावरण, विगतको अवस्था, हाल गरेका शैक्षिक गुणस्तरियता कायमको अवस्था, विश्व बजारमा विक्ने उद्यमशिलता सँग जोड्ने नयाँ प्रविधिको विकासलाई आत्म साथ गरेको शैक्षिक संस्था छनौट गर्नु पर्छ । हाम्रो कलेजमा द्यद्यक्, द्यक्ऋ  फिजिक्स, द्यक्ऋ भ्लखष्चयलmभलतब िक्अष्भलअभ ब्याचलर लेवलमा अध्ययन गर्ने अवसर छ त्रिभुवन विश्व विद्यालयले सिम्याटको परीक्षामा सहभागी भई उतीर्ण भएका विद्यार्थीहरुले मात्र अध्ययन गर्ने अवसर प्राप्त गर्छन् । त्यसैले आगामी भाद्र ७ गते सिम्याट परीक्षाको लागि फर्म भर्न सकिने छ, परीक्षा भाद्र १५ गते हुने छ ।”
    ख्वप कलेजको शैक्षिक आकर्षणका सवाल विद्यार्थीहरुको रोजाई बन्नु पर्ने कारण ? 
    हाम्रो शैक्षिक संस्थामा अध्ययन सफलता हाँसिल गिरेका विद्यार्थीहरु विश्वका जुनसुकै मुलुकमा गएर पनि प्रतिस्पर्धामा उत्रेर शिक्षा ग्रहण गर्न सक्छन् । आफ्नो अध्ययन सफलताको योग्यता अनुसार तत्तत् क्षेत्रमा कार्म गर्न सक्छन् । न्यूनतम शुल्कमा स्तरीय प्रविधिको विकास सहितको शिक्षा ग्रहण गर्ने अवसर, छात्रवृत्तिको व्यवस्था सामुदायिक विद्यालय र कलेजबाट आएका विद्यार्थीहरुलाई विशेष ग्राल्यता सहितको छात्रवृत्ति, ३ दशमलबव ७१ जीपिए ल्याएका विद्यार्थीहरुलाई मासिक शुल्कमा छुट, यातायातको व्यवस्था, अध्ययनमा नै बढी केन्द्रीत, विद्यार्थीहरुको रुची अनुसारको गीत संगीत, खेलकुदका कार्यक्रमहरु आफै तयारी गर्न सकिने सबै विद्यार्थी, शिक्षक वर्ग, व्यवस्थापन टिमको टिमवर्कीङ र सामाजिक अभियानमा जोडिने वातावरण, गुणस्तरीय शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका विद्यार्थीहरु उत्पादन गर्न सकिएको कारण नै ख्वप कलेज विद्यार्थीहरुको रोजाई हुनुपर्छ भन्ने लाग्छ । 
    १० पढ्यो घर छोड्यो १२ पढ्यो देश छोड्ने लर्को बढ्यो, गत वर्ष १ लाख १० हजार २ सय १७ विद्यार्थी अध्ययनका लागि पलायन हुनु भनेको राज्यको लागि चुनौती भएन र ? यहाँलाई के लाग्छ ?
    शिक्षालाई उद्यम सँग जोड्न नसक्नु, शैक्षिक दक्षा जनशक्ति बेरोजगार हुनुको कारण समस्या झन बल्झेको अवस्था हो । विदेशका विद्यालय र विश्व विद्यालयमा पढ्दै गर्दैको अवधारणा अनुरुप राज्यले पढ्नका लागि शुल्क विद्यार्थी आफैँ कमाएर कलेजको फि तिर्ने र पढाईमा सफलता प्राप्तपछि रोजगारी पनि प्राप्त गर्ने अवसर भएकाले रोजगारीको लागि विदेश  पलायन हुने संख्या बढ्दो छ । क्यानडा, अस्टे«लिया, जापान, युरोपीयन कन्ट्रीहरुमा अध्ययन गर्न गएका अधिकांश विद्यार्थीहरुले निक्कै कस्टकर जीवन यापन गरेका छन् । पढाई खर्च जुटाउन नसकेर सडकमा भौतारिएको अवस्था छ । राज्यले नयाँ शैक्षिक नीति ल्याई प्राविधिक दक्ष जनशक्ति उत्पादन र स्वदेशमै रोजगारीको प्रवन्ध गर्ने वातावरण तयार गर्न राजनीतिक शक्ति एक ठाउँमा उभिएर देशलाई आत्मनिर्भर बनाउने, युवा जनशक्तिलाई देश निर्माणमा लगाउने योजना ल्याउनु प¥यो । शैक्षिक संस्थाले स्तरीय सिप सहितको शिक्षा प्रदान गरेका छन् । राज्यले सबैको लागि आफ्नो क्षमता अनुसार रुचि अनुसार अध्ययन गर्ने अवसर त्यसमा पनि शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सक्नुपर्छ । 
    अन्त्यमा केहि भन्नु छ की ?
    ख्वप मावि र ख्वप कलेज भक्तपुरमा विद्यार्थीहरुको रुचि क्षमता अनुसार मेडिकल सेक्टर बाहेक सबै शिक्षा ग्रहण गर्ने अवसर छ । स्कूल, कलेजका शिक्षक टिम, प्रशासनिक र व्यवस्थापकीय पक्ष सबैको एकताबाट र भक्तपुर नगरपालिकाले भौतिक पूर्वाधार निर्माण, पूँजीगत खर्चको प्रवन्ध गरेकाले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको छ । विद्यार्थीहरुको शिकाईलाई सिप र व्यवहारमा जोड्ने सृजनात्मक शिक्षा दिन सकेकोले देशै भरका विद्यार्थीहरु र काभ्रे जिल्लाबाट समेत अध्ययन गर्न भक्तपुरको ख्वप स्कूल कलेजमा उल्लेख्य मात्रामा आउनुलाई सकारात्मक हो भन्ने लाग्छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्