लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानिय तहको दोस्रो निर्वाचनमा भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम बहादुर भुजेल निर्वाचित हुनु भएको हो । जनताका जनजीविकाको सवालमा समेत सचेत र सजक भई गाउँपालिकाले नागरिकहरुलाई प्रभावकारी सेवा प्रवाह गरेको बताउनु हुन्छ भुजेल । आ. व. ०८१÷०८२ को नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा, जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य सेवा, सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा, भौतिक पूर्वाधार विकास, एक घर एक धारा जडान गरी शुद्ध पिउने पानीको प्रवन्ध, दिगो विकास लक्ष्य हासिल गर्न वहु वर्षीय योजनाहरु निर्माण गरी अघि बढेको बताउनुहुन्छ । गाउँपालिका अध्यक्ष भुजेल उहाँसँग समग्र गाउँपालिका क्षेत्रको विकास निमार्णका प्राथमिकताका सवालमा रेडियो एवीसी ८९.८ मेगाहर्जमा गाउँपालिका अध्यक्ष भुजेलसँग गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
आ.व. ०८१÷०८२ को नीति कार्यक्रमको प्रमुख विशेषता के के हुन ?
प्राकृतिक स्रोत साधनहरुको अधिकतम प्रयोग गरी विकास निर्माणमा अम्बल भन्ने हाम्रो मुख्य लक्ष्य हो । ५ बर्षे आवधिक योजना, बहुवर्षीय ११ वटा गौरवका योजना निर्माणा गरिएको छ । शैक्षिक क्षेत्रको गुणात्मक विकास बिना राष्ट्र निर्माण असम्भव भएकोले प्रविधिको विकासलाई आत्म साथ गरी १२ वटा सामुदायिक विद्यालयमा कम्प्युटर, विज्ञान शिक्षा, योग शिक्षाका लागि अतिरिक्त क्रियाकलाप शिक्षकको प्रबन्ध गरिएको छ । सामाजिक रूपान्तरण चेतनाको विकास गर्ने तीर ध्यान केन्द्रित गरिएको छ । “विद्यालय नर्सको प्रबन्ध प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यबाट विद्यालय नर्सको प्रवन्ध गरिएको हो । सरकारले कक्षा १ देखि ५ सम्म विद्यार्थीलाई खाजा खर्च रू १५ उपलब्ध गराउँदै आएकोमा कक्षा १० सम्मै अरु थप रु. १० थपेर सबैलाई खाजाको प्रवन्ध गरेको छ । विद्यार्थीहरुको शैक्षिक स्तरको विकास गर्न ७५ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्य सेवाको पहुँच विस्तार, जेष्ठ नागरिकलाई निशुल्क सेवालय सेवा, भौतिक पूर्वाधार, कृषि र पर्यटन क्षेत्रको व्यवसायिक विकास, ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउने, मूख्य लक्ष्य लिएको छ ।
स्थानीय सरकारले २२ वटा सम्बैधानिक कानुनका प्रयोग गरी स्थानिय शासन ऐन २०७४ अनुसार कार्य सञ्चालन गर्दै गर्दा भएका बाधा व्यावधान के छ ? सिंह दरवारको अधिकार गाउँमा पुगेको अनुभूति नागरिकले गर्न नपाएको गुनासो सुनिन्छ नी ?
लोकतान्त्रिक गणतन्त्र प्राप्ति सँगै केन्द्र, प्रदेश र स्थानिय सरकारले आ–आफ्नो अधिकारको प्रयोग गरी नागरिकहरुको विकास र समृद्धिको चाहानालाई पुरा गर्नुपर्ने हो । नागरिकहरु जीवनमा अमूल परिवर्तन ल्याउन भने नसकेको हो । त्यसो भन्दै गर्दा प्रतिगमनकारी हिजोका तानासाही जमिनदारका पृष्ठपोषकहरुले भने जस्तो केहि नभएको भने हैन । स्थानीय सरकारले जनताका जनजीवनका सवालमा केहि क्रमिक सुधार भएका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रको विकासमा सुधार भएको छ । ग्रामीण सडकहरु कालोपत्रे भएका छन् । विद्यार्थीहरु अध्ययन गर्ने शैक्षिक संस्थाका भवनहरु बनेका छन् । केन्द्रिय सरकारले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन सकेको छैन । प्रदेशले पनि कानुन बनाउन सकेको छैन । स्थानीय सरकारले यहाँले उठाउनु भएको २२ वटा अधिकारको प्रयोग गरी कानुन बनाउन सकेको अवस्था छैन । नागरिकता, वितरण मालपोत कार्यलयको सेवा समेत नागरिकले प्राप्त गर्नु पर्ने हो । संघ सरकारले अधिकार केन्द्रिकृत गर्नु संघियता कमजोर बनाउनु हो। कर्मचारी संयन्त्र , दक्ष जनशक्तिको व्यवस्थापन बिना नागरिक मैत्री सेवा प्रदान गर्न कठिन छ । सिमीत स्रोत साधनको प्रयोग गरी हाम्रो भुग्लु गाउँपालिकाले नागरिक मैत्री सेवा प्रवाह गर्दै आएको छ ।
भुम्लु गाउँपालिकाको आ.व. ०८१÷०८२ को बजेट आन्तरिक आय स्रोतको बारेमा बताइदिनुसन् ?
आ. व ०८१÷०८२ को ६९ करोड २५ लाखको बजेट प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पूर्वाधारको दिगो विकासमा ध्यान केन्द्रित गरेर अल्पकालिन, ५ बर्षे, बहुबर्षिय दिर्घकालीन योजनाहरु निर्माण गरी कार्य सम्पादन गर्ने जर्मको गरिएको छ । ९ करोड आय प्रक्षेपण गरिएकोमा ५ करोड बराबरको रकम क्रसर उद्योग, ढुङ्गा खानीबाट आएको शुल्क, एकिकृत सम्पति, व्यवसाय कर लगाएत लाई आम्दानिको स्रोतबाट राजसश्वा संकलन गर्ने योजना बनाएको छ ।
दिगो लक्ष्य प्राप्तिका योजना बिना ग्रामिण क्षेत्रको समग्र विकास हुन सक्दैन नी त्यसमा गाउँपालिकाले किन ध्यान केन्द्रित गरेन ? योजना बन्ने बजेटको सुनिश्चितता नहुँदा समस्या बढ्दै गएको हो नि ?
“नागरिकहरुलाई शुद्ध पिउने पनि जुन एक घर एक धारा जडान अभियानलाई तिव्रता दिएको छ । सिचाँई गुरु योजना अनुसार ५० प्रतिशत कार्य सम्पन्न भएको छ । दोलालघाट पिक्निक स्पोट निर्माण, धार्मिक पर्यटकिय क्षेत्र निर्माण गर्ने, भिमसेनस्थान मन्दिर क्षेत्रसम्म सडक स्तर उन्नती साहित पिच गर्ने, भुम्लु गाउँ पालिकाको ६० प्रतिशत वन क्षेत्रले ढाकेको छ । वन हाम्रो आय आर्जनको स्रोत बन्न सक्छ भनेर जडिबुटी रोप्ने, वनलाई उद्योगसँग जोड्ने, जडीबुटि प्रशोधन केन्द्र सञ्चालन गर्ने लगायतका कार्य अघि बढि सकेका छन् । वनका काठ बिक्रि गर्ने, वृक्षा रोपगर्ने, वातावरणीय सुधार परियोजना लागु गर्ने अभियान थालि सकेको छ । कागति, गुराँस, बेल र काफल रोप्ने कार्य तिव्र रूपमा अघि बढाइएको छ ।”
भौतिक पूर्वाधार सडक सञ्जाल बिस्तारमा भए गरेका जनताले अनुभूत गर्ने गरी गरेको कार्यहरु के के छन् ?
भुम्लुकै कर्णाली भनेर चिनिने क्षेत्र सिमथली, बेखसिम्ले हुँदै बाफल सम्म जोड्ने सडक जुन २५ किलोमिटर १६ करोडमा टेण्डर आव्हान भएको छ । बहुबर्षीय योजना अन्तरगत ९ करोडमा तिब्र रूपमा विकास निर्माणको कार्य अघि बढेको छ । यो वाटो पिच भइ सम्पन्न भएपछि काभ्रे, सिन्धुपाल्योक मुडे सम्म जोड्ने सडक विस्तारले तिनै जिल्लाका नागरिकहरूले यातायात सेवा प्राप्त गर्ने छन् । गाउँपालिकाको १ करोड प्रदेश समपुरक बजेटबाट १ करोड गरी २ करोड लागतमा भिमसेनथान जाने बाटो ४ किमी सडक पिच हुने छ । सल्ले, भुम्लु वडा नं ५ मा रङ्गशाला निर्माण, बुद्ध पार्क निर्माण, रामचे सडक व्यवस्थित गर्ने कार्य भएको छ । बर्षातको समयमा पनि सडक आवत जावत गर्न सहजताको लागि सञ्चालन गर्न सकियोस भनेर गाउँपालिकाकै बजेटबाट स्काइभेटर किनेको छ । बाटो विस्तर र सरसफाइ गर्न अरुको भर पर्नुपर्ने छैन ।
महिला शसक्तिकरण र अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको सृजना गर्ने कार्य गरिएन भन्ने जनगुनासो छनी ?
दलित जनजाति पिछडिएका लक्षित वर्गको लागि रोजगारिको आवश्यक भएकाले व्युटिसियन, जुत्ता बनाउने, अचार बनाउने, बेकरी तालिको व्यवस्था कृषि उपजलाई उद्योगसँगै जोड्ने अवस्थाको सृजना गरिएको छ । महिलाहरुको नेतृत्व विकासको लागि उद्घोषणा तालिम, गर्भवती महिलाहरुको लागि पोषण कार्यक्रम, अण्डा बितरण ९ लाख बजेटबाट लक्षित वर्गलाई लेयर्स जातका कुखुरा वितरण गरी आय आर्जन सँगै जोडेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमूलक तालिम र ’ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुको लागि बार्षिक २ हजार बितरण गरिएको छ ।
अन्त्यमा केहि भन्नु हुन्छ की ?
कृषि क्षेत्रको विकासमा सहयोग पु¥याउन कृषि औजार उन्नत जातको बिउ विजन उपलब्ध गराएको छ । पशुपालन व्यवसाय र कुखुरा पालन व्यवसायलाई प्रोत्साहन गर्न सहयोग गरेको छ । कृषि उपजमा वृद्धि गराउन कृषकहरुको हितमा कार्यक्रम ल्याएको छ । भुम्लु गाउँपालिकाको ७ र ८ वडाको नागरिकहरु ७ सय घर धुरी लालपुर्जा बिहिन छन् उनीहरुलाई लालपुर्जाको प्रबन्धका लागि मालपोत कार्यालय काभ्रे मालपोत विभाग र नेपाल सरकारलाई उपयुक्त वातावरण निर्माणमा हाम्रो ध्यान केन्द्रित गरि अघि बढेको छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने