विगत २९ वर्ष देखि निरन्तर रुपमा शिक्षण पेशामा लाग्नु भएका अग्नि प्रसाद ज्ञवालीले अंग्रेजी विषयमा एमफिल गर्नुभएको छ । एन प्याब्सन काभ्रेका अध्यक्ष, नेपाल इङ्गलिस ल्याङ्गवेज टिचर्स एशोसियशनको केन्द्रीय सदस्य रहनु भएका ज्ञवाली विगत एक दशक देखि सेन्टलम एल्वम एकेडेमी श्रीखण्डपुरले प्रिन्सिपलको जिम्मेवारी समाल्नु भएको छ । माध्यमिक तह कक्षा प्लेग्रुप देखि १२ कक्षा सम्म अध्यापन हुने यस विद्यालयमा ५ सय ५५ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा व्यवस्थापन शंकायमा ऋयmउगतभच क्अष्भलअभ, त्यगचष्कm बलम ःयगलतबष्लभभचष्लन क्तगमष्भक, भ्अयलयmष्अक, ब्अअयगलतष्लन, ऋययउभचबतष्खभ ःबलबनझभलत र द्यगकष्लभकक क्तगमष्भक विषय लिएर अध्ययन गर्ने अवसर प्रदान गरेको छ । घोकन्ते शिक्षाको अन्त्य गरी विद्यार्थीहरुलाई सृजनात्मक शिक्षा गर्दै सिक्दै गर्ने अवसर प्रदान गरी शिक्षालाई उद्यमसँग जोड्ने कार्य गरेको कुरा विद्यालयका प्रिन्सिपल ज्ञवालीले बताउनुभयो । क्भ्भ् परिक्षा २०८० को नतिजामा ४८ प्रतिशत मात्र विद्यार्थी उतीर्ण भएका छन् भने सेन्टलम एल्वम एकेडेमीले क्भ्भ् मा ८१ प्रतिशत उतीर्ण गर्न सकेको छ । यसले समग्र माध्यमिक तहको शिक्षाको अवस्था विगँ्रदो छ भन्ने इङ्गित गरेको छ । शैक्षिक सुधारका सवाल, विद्यालयको भावि शैक्षिक योजनाका बारेमा सेन्टलम एल्वम एकेडेमीका प्रिन्सिपल ज्ञवालीसँग रेडियो एविसिमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
शिक्षण पेशामा कहिले देखि लाग्नुभयो ?
प्रविधिको उच्चतम विकास समय सापेक्ष परिणाममुखि शिक्षा मानव जीवनलाई अपरीहार्य छ । शिक्षा विना मानव जीवन अधुरो र अपुरो हुन्छ । जीवको यात्राको गन्तव्य पुरा हुन सक्दैन सबैको लागि शिक्षा अनिवार्य र जीवनलाई सुखमय बनाउन आर्थिक समृद्धिको यात्रालाई जोड्न शिक्षा आवश्यक छ । सबैको लागि उच्च शिक्षा अनिवार्य छ राज्यले शैक्षिक नीति विभेदकारी बनाउनु हुन्न । सामुदायिक वा संस्थागत विद्यालयमा नागरिकको रुचि अनुसार अध्ययन गर्ने अवसर हुनुपर्छ । मैले २०५२ साल देखि शिक्षा क्षेत्रमा प्रवेश गरी शैक्षिक क्षेत्रको विकासमा ईटा थप्न लागि परेको छु ।
सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुर शैक्षिक स्तरीयतालाई कसरी नियाल्न सकिन्छ ?
निशुल्क शैक्षिक क्षेत्रको उन्नयन र विकासको लागि घोकन्ते शिक्षाको अन्त्य, व्यवहारीक, उद्यमशिलताको विकाससँग शिक्षालाई जोड्ने उद्देश्यका साथ सेन्टलम एल्बम एकेडेमी स्थापना भएको हो । पुरातनवादी सैद्धान्तिक शिक्षा हैन विश्ववजारमा विक्ने सिप सहितको प्रविधिको उच्चतम विकासलाई आत्मसाथ गर्ने गरी राज्यले शैक्षिक नीति ऐन नियम निमार्ण गरी शैक्षिक जनशक्तिलाई रोजगारी प्रदान गर्ने अवस्था सृजना गर्नुपर्छ । अहिले त्यसो हुन सकेको छैन् । हाम्रो सेन्टलम एल्वम स्कुलले आफ्नो स्रोत साधनको अधिकतम उपयोग गरेर विद्यार्थीहरुको मनोभावना अनुसार शैक्षिक सृजनाशिलता कायम, नैतिकता, संस्कार सहितको गर्दै सिक्दै अध्ययन गरी परिवार समाज र राष्ट्र निर्माणको लागि योग्य नागरिक उत्पादन गर्ने कार्य हाम्रो विद्यालयले गरेको छ ।
माध्यमिक तहको शैक्षिक परिस्थितिलाई तथ्याङ्कीय आधारमा समग्रमा नियाल्दा क्भ्भ् २०८० को नतिजाले ४८ प्रतिशत विद्यार्थीहरु उतीर्ण गर्न सक्यो । आधा भन्दा वेसी अनुतिर्ण भए भनेपछि शैक्षिक गन्तव्य अधोगति तिर जाँदै छ को कहाँ सुध्रिनु पर्ने भन्ने ठान्नु हुन्छ ?
व्यक्तिगत सोच चिन्तन नकारात्मक तिर आकर्षित छ । सोच चिन्तन पुरानो पुरातनबादी भयो । शैक्षिक प्रणाली पाठ्यक्रमको विकास आधाुनिक प्रविधिको विकास तिर अघि बढ्ने नीति अङ्गालेको छ । कार्यान्वयन तर्फ र अनुगमन तर्फ राज्यका तत्तत निकायहरुले ध्यान केन्द्रीत गरेको पाइएन । शैक्षिक गन्तव्य पुरा हुन नयाँ शैक्षिक नीति ऐन नियम विभेदकारी हुनुभएन् । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई समान अवसर र सुविधा प्राप्त गर्नु सक्नु प¥यो । शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम दुबै विद्यालयका शिक्षकहरुको लागि उपलब्ध गराउन सक्नुपर्छ । संस्थागत विद्यालयका सञ्चालक र शिक्षकहरु जो देशको शैक्षिक विकासमा योगदान गर्न लागेका हुन भन्ने मुल्याङ्कन कोही कसैबाट आएको छैन् । निजी क्षेत्रले आफ्नो पुँजी, श्रम, सिपलाई उपयोग गरेको छ । सको उन्नती प्रगतिमा साथ सहयोग गर्ने योजना हुनप¥यो । आफ्नो रुचि अनुसार विद्यालय छनौट गरी पढ्न पाउने नैसर्गिक अधिकारलाई कुन्ठीत गर्ने गरी संस्थागत विद्यालयमा पढाउन हुँदैन भन्ने गलत भाश्य निमार्ण गरी भ्रम फैलाउने कार्य बन्द गर्नु प¥यो । नीजी क्षेत्रबाट सञ्चालित विद्यालयका सञ्चालक, शिक्षक, कर्मचारी वर्गले शैक्षिक सुधारमा थप ध्यान दिनुपर्ने कमजोरी सुधार गर्नुपर्ने हुन सक्छ । कमीकमजोरीलाई सँच्चाई अघि बढ्नुपर्छ । विद्यार्थीहरुको भित्री प्रतिभालाई सुक्ष्म ढङ्गले अध्ययन गरी गर्दै पढ्दै रोजगारीको सृजना गर्ने वातावरण सहित राज्यले नीति बनाएर कार्यन्वयन चरणमा लानुपर्छ ।
शिक्षक, अभिभावक विद्यार्थी त्रीपक्षीयको अनुशासन, मर्यादा मिहेनत साथ निरन्तर लाग्नुपर्छ । सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्न जरुरी छ ।
संस्थागत विद्यालयका मुख्य चुनौती के के छन् ?
संस्थागत विद्यालय प्रति समुदायको विश्वास छ । विद्यार्थीहरुको रोजाई संस्थागत विद्यालय हुनु हाम्रो सम्पती हो । सुनिश्चितता छ । संस्थागत विद्यालयलाई हेर्ने दृष्ट्रीकोण दोस्रो दर्जाको भयो । विद्यालयका सञ्चालकहरु पूँजी लगानी गरी सिमित स्रोत साधनबाट अधिकतम शैक्षिक गुणस्तरीयता हाँसिल गर्ने गरी शिक्षक बर्गको लगनशिलता नै विद्यार्थीहरुको शैक्षिक गुणस्तरीयता वृद्धि गरी उपलब्धी हाँसिल गर्ने हुन्छ । सरकारले सामुदायिक विद्यालयको शैक्षिक विकासमा लगानी गरे अनुसारको गुणस्तरीय परिणाम दिन सकेको छैन । भौतिक पूर्वाधारको सम्पन्नता, शिक्षक क्षमता अभिवृद्धि तालिमको प¥याप्तता हुँदा पनि शैक्षिक क्षेत्रको विकासमा थप उपलब्धी हाँसिल गर्न सकेको छैन । त्यसको दाँजोमा संस्थागत विद्यालयका सञ्चालकहरुको लगानी शिक्षकहरुको सत प्रयासले शैक्षिक उन्नयन निक्कै भएको छ । अधिकांस संस्थागत विद्यालयहरुले सत प्रतिशत नतिजा ल्याउन सकेका छन् । सिमित स्रोत साधनबाट भौतिक पूर्वाधारको विकास, विद्यालय प्रशासन सञ्चालन, सुरक्षा, लाइवेरी, प्रविधिको विकास, विद्यार्थीहरुको लागि यातायात सुविधा लगाएतमा लगानी गरेर राज्यको शैक्षिक विकासको गतिलाई वृद्धि गर्न सहयोग गरेको छ । युवा वर्ग विदेशीएको हुँदा जनशक्ति अभाव छ । बेला बेलामा कानुन निर्माता जनतामा भ्रम छर्ने बढी शुल्क लियो भन्ने, सरकारी सेवा सुविधा लिनेले सरकारी विद्यालयमा पढाउनुप¥यो भन्ने जस्ता भ्रम छरेका कारण केही समस्या छन् । अभिभावक र विद्यार्थीहरुले आफ्नो इच्छा अनुसार रोजाई बमोजीम जुनसुकै शैक्षिक संस्थामा पढ्न पाउने अधिार सुनिश्चित हुने कानुन बन्नुपर्छ । सरकारी र संस्थागत दुबै विद्यालयका शिक्षकहरुलाई समय सापेक्ष क्षमता अभिवृद्धि तालिम उपलब्ध गराउन प्रदेश र स्थानीय सरकारले बजेट उपलब्ध गराउनुपर्छ । सरकारी र संस्थागत विद्यालयबाट शैक्षिक योग्यता हाँसिल गरी उतीर्ण भएका विद्यार्थीहरु प्रतिस्पर्धामा भागलिई समान सेवा सुविधा उपभोग गर्न पाउनुपर्छ ।
विद्यालयले शैक्षिक स्तर सुधार गर्नका लागि गरिएका प्रयासहरु ?
जीवन उपयोगी शिक्षा योजना लागु गरेका छौँ । संस्कार सहितको नैतिक शिक्षा विद्यार्थीहरुको प्रतिभालाई सुक्ष्म अध्ययन सिकाई पढ्दै गर्दै, धेरै भन्दा धेरै प्रोजेक्ट वर्क विद्यार्थीहरुलाई गराउने निरन्तर अभ्यास, भोकेश्नल टे«निङ्ग, विद्यार्थीलाई ल्याङ्गवेज सिकाउने कार्य गरिएको छ । विद्यार्थीहरुको लागि फुड फेष्टिवल, प्रविधिको विकासलाई आत्मसाथ गरी स्मार्ट वोडबाट शिक्षण सिकाई गरिएको छ ।
विद्यार्थीहरुको कमजोरी प्रतिभालाई चिनेर सोही अनुसारको शिक्षा प्रदान गरी योग्य बनाउने थप जिम्मेवारी शिक्षकको हुनुप¥यो नी हैन र ?
विद्यार्थीहरुको क्षमता रुचि अनुसार जीवन उपयोगी शिक्षा, विद्यार्थीहरुको सृजनशीलता, प्रतिभा प्रस्फुटन गरी शिक्षा प्रदान गर्नु शिक्षकको दायित्व हो । शैक्षिक उपलब्धी हाँसिल गर्न शिक्षकको मात्र प्रयासले पुग्दैन, अभिभावक वर्गले आफ्ना छोराछोरीलाई शैक्षिक क्रियाकलापमा सहयोग पु¥याउने वातावरण उपलब्ध गराउनुुपर्छ । त्यस्तै विद्यार्थीहरुले विद्यालयको नियम भित्र अनुशासित भई मर्यादित ढङ्गबाट शिक्षालाई ग्रहण गर्न सक्नु पर्छ । विद्यालय व्यवस्थापन पक्ष, शिक्षक, विद्यार्थी सबैको सत प्रयासबाट शैक्षिक गन्तव्यमा पु¥याउने लक्ष्य प्राप्ति हुन सक्छ । राज्यको शैक्षिक नीति, ऐन नियम देशको लागि कुन क्षेत्रमा कस्तो जाशक्ति आवश्यक छ । सोही अनुसार दक्षजनशक्ति विकास गर्न शिक्षामा लगानी बढाउनुपर्छ । तब मात्र प्रतिभावान देशको लागि योग्य जनशक्ति उत्पादन हुन सक्छ ।
अन्त्यमा केही भन्नु छ की ?
समाज र देशको लागि सुयोग्य नागरिक उत्पादान गर्ने संस्था मध्येको शैक्षिक संस्था सेन्टलम एल्वम एकेडेमी हो । माध्यमिक तह सम्मको अध्यापन गरिन्छ । अहिले कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना खुलेको छ । कम्प्युटर साइन्स, टुरिजम एण्ड माउण्टेनीङ स्टडीज लगाएतका विषयहरु अध्ययन गर्ने अवसर छ । विद्यालयको शैक्षिक वातावरण बुझ्न अभिभावक र विद्यार्थीहरुलाई अनुरोध गर्न चाहन्छु । यहाँहरुलाई शैक्षिक वातावरण राम्रो लागेमा विद्यालयमा भर्ना गर्न आह्वान गर्दछु । शैक्षिक क्षेत्रको विकासमा मद्दत पुग्ने गरी विद्यार्थीको प्रतिभालाई बुझेर शिक्षण सिकाई प्रभावकारी बनाएको छ । हाम्रो शैक्षिक संस्था हो भन्ने यहाँहरुलाई सर्वविदितै छ ।
प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने