IMG-LOGO

व्यवसाय सञ्चालनमा सहजीकरण र सुरक्षा प्रत्याभूतिको लागि मेरो उम्मेदवारी

 मंगल, जेठ ८, २०८१  प्रताप वैद्य काभे्र उद्योग वाणिज्य संघ, अध्यक्षको प्रत्यासी

          पिता रामकाजी वैद्य र माता द्वारीका वैद्यको छोरा प्रताप वैद्यको जन्म २०२७ जेष्ठ ७ गते भएको हो । काभे्र उद्योग वाणिज्य संघमा विगत २२ वर्ष देखि निरन्तर कार्य गर्नुभएका वैद्य महासचिव, दुईपटक वरिष्ठ उपाध्यक्ष हुनुभयो । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको प्रवन्ध निर्देशक, नेपाल कराँते महासंघ काभे्रका अध्यक्ष, बागमती प्रदेशको कोषाध्यक्ष पदमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । आगामी जेष्ठ १९ गते आशन्न काभे्र उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा तथा अधिवेशनमा अध्यक्षको प्रतिस्पार्धिको रुपमा मैदानमा उत्रनुभएका प्रताप वैद्यसँग उद्योग वाणिज्य संघलाई  गतिशिल ढङ्गबाट अघि बढाउने दृढ संकल्प, नयाँ योजना, साना तथा घरेलु उद्यमी र साना तथा मझौला व्यवसायीहरुको हकहितको लागि नयाँ योजन निर्माण गरि अघि बढ्नु हुन्छ भन्ने सवालमा अध्यक्षको प्रत्यासी प्रताप वैद्यसँग गरीएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

          आगामी जेठ १९ गते हुने काभे्र उद्योग वाणिज्य संघको ४२ औं साधारण सभा तथा अधिवेशनमा नेतृत्वको दावी गर्नुएको छ । तपाइँको उम्मेदवारी किन ?

विगत २२ वर्ष देखि उद्यमी व्यवसायीहरुको हित, सामाजिक क्रियाकलाप, शैक्षिक क्षेत्रमा समेत क्रियाशिलताका साथ कार्य गर्दै आएको छु । उद्यमी व्यवसायीहरुको समस्या के हो मैले राम्रो सँग नियालेको छु । सामाधानको उपाय, उद्यमीहरुलाई सुरक्षा र सहजीकरणको मार्ग अवलम्बन गरेर अघि बढ्ने, साझा धारणा निर्माण गर्न हाम्रो सञ्चालक टिम सशक्त ढङ्गबाट लाग्ने छ । आम व्यापारीहरुलाई कसरी प्रोत्साहित गर्ने अनुशासनमा रहेर नियम कानुनको परीधिमा रहेर कर्य गर्ने, संरक्षण र सम्वर्धन गर्ने भन्ने सवालमा हामी सजक र सतर्कताका साथ लागि पर्ने छौं । व्यवसायीहरुको हक हित, संरक्षण सहजीकरण, सूचनाको पहूँच विस्तार, सचिवालयलाई चुस्त दुरुस्त बनाउने नीति, कार्य नीति, योजना निर्माणका साथ डिजिटल प्रविधिमैत्री बनाएर अघि बढ्ने मूल ध्येयका साथ दृढ संकल्प सहित मेरो उम्मेदवारी हो ।

          विगत २२ वर्ष देखि लाग्नु भयो, उद्योग वाणिज्य संघमा वर्तमान राजेन्द्र पसछेंको टिममा रहेर कार्य गर्नुभयो । कर्मकाण्डी कार्य भन्दा बाहेक केहि गरेन भन्ने व्यवसायीहरुको आरोपलाई के भन्नुहुन्छ ?

नेतृत्व टिमको क्रियासिलता, योजना निर्माणको चरण सबैले फरक  पार्छ नै । कर प्रणली, नयाँ ऐन, नियमको बारेमा सूसूचित गोष्ठी, सेमीनार व्यवसायीहरुको लागि आवश्यक सहजीकरण घरेलु तथा साना उद्योगहकको स्थायित्व, विकास, वस्तु विक्रीको गुणस्तिरीयता कायम लगायतका कार्यमा हाम्रो ध्यान केन्द्रित हुने छ । नीति, विधि, प्रविधि कानुनको परिधीमामा रहेर व्यवसायबाट नाफा आर्जन गर्ने सवालमा सबै व्यवसायी लगनशिल र मिहेनतका साथ लाग्नु पर्छ । उद्योग वाणिज्य संघले मेला महोत्सव, युवा उद्यमी, महिला उद्यमीहरुलाई सिप मुलक तालिमको प्रबन्ध लगाएतका कार्य गरेको छ । दुग्ध जन्य पदार्थ उत्पादन डेरी सञ्चालनमा प्रोत्साहित गर्ने कार्य गरिएको छ ।

          आगामी  जेष्ठ १९ गते हुने उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा तपाईं सहित राजन मानन्धर र बसन्त भोछिभोया समेत चुनावी मैदानमा उत्रनुभएको छ । यहाँको प्रतिस्पर्धा को सँग हुन्छ ?

म आफैं प्रतिस्पर्धी हुँ । उद्यमी व्यवसायीहरुको वृहत्तर हितमा लाग्ने सोचका साथ उद्यमी र व्यवसायीहरु वृद्धि गरी रोजगारीको श्रृजना गर्ने, व्यवसायीहरुलाई सहजिकरण, व्यवसायको संरक्षण, कानुनको परिपालन भित्र रहेर लगानी बढाएर नाफा कमाउने र राज्यलाई कर तिरी समृद्ध नेपाल बनाउने अभियानमा लाग्ने हो, अर्को यहाँले उठाउनुभएको जिज्ञासामा राजन मानन्धर र बसन्त भोछिभोयाज्यू मेरा आदरणीय हुनुहुन्छ उहाँहरु पनि उद्योग वाणिज्य संघमा लागि परेकै हुनुहुन्छ । नेतृत्वमा उठ्ने स्वतन्त्रता छ। म दुई पटक वरिष्ठ उपाध्यक्ष भइसकें । अब म जाने भनेकै अध्यक्षमा हो । उहँहरुले यसपटक मलाई सघाएर अघि बढ्न आग्रह गर्दछु ।

          आर्थिक मन्दिको चपेटा, अधिक घरभाडा, सटरभाडाले  व्यवसायीहरु धरासायी हुँदा समेत सबैका सारथी बन्नुपर्ने उद्योग वाणिज्य संघ मुकदर्शक बन्यो भन्ने अधिकांस व्यापारीहरुको गुनासो छ नी ?

विश्व आर्थिक मन्दिको कारण हाम्रो देशमा पनि त्यसको मार परेको छ । राजनितिक अस्थिरता, राज्यले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण, आमउपभोक्ताको चासो, चिन्ता, घरभाडा, सटरभाडा सबैले व्यवसायीलाई पिरोलेको छ । समस्याहरुको सामाधानको लागि उद्योग वाणिमज्य संघले मात्र हैन केन्द्र, प्रदेश, स्थानीय सरकार, उद्योग वाणिज्य महासंघ सबै मिलेर एकतावद्ध भई घरवहाल, सटर वहाल र व्यवसाय गर्नेहरु सबैको हित हुनेगरी कार्य गर्न तयार हुनुपर्छ उद्योग वाणिज्य संघ, घरेलु उद्योग, साना व्यवसायी, मध्यम सबैको व्यवसायिक विकास, स्थायित्व गरी राज्यलाई कर बढी तिर्ने अवस्था सृजना गर्न जिम्मेवार हुनै पर्छ । त्यसपछि व्यवसायीहरुको हितको लागि गठन भएको संघ जिम्मेवार हुनुपर्छ हामी त्यसको लागि तयार छौं । उद्यमी, व्यवसायी उद्योगी सबैको भलो गरी उहाँहरुको समस्यालाई पहिचान गरेर निराकरण गर्ने तिर हाम्रो ध्यन केन्द्रित हुने छ ।

          अन्त्यमा केहि भन्नु हुन्छ की ?

सरकार, व्यवसायी उद्यमी, उपभोक्ताको सम्बन्ध नङ र मासुको जस्तो हुन आवस्यक छ । म नेतृत्वमा विजयी भएँ भने २ वर्षको क्यालिण्डर निर्माण गरी व्यवसायीहरुको हक हित सहजीकरण र सुरक्षालाई ध्यान दिई कार्य गर्ने छु । व्यवसायीहरुले नेतृत्व छनौट गर्दा मतको सहि सदुपयोग गरौं । व्यापार भन्ने बित्तिकै कानुनको परिधिमा रहेर व्यापार व्यवसाय गरी नाफा कमाउने हो । स्वच्छ रुपमा कार्य गरौं । गुणस्तरीय सामाग्री विक्रि गरौं, उपभोक्ताको हितमा लागौं व्यवसाय फस्टाउँदै जान्छ । उद्योग वाणिज्य संघ तपाईँहरुको सारथी हो । यस अघिका सबै नेतृत्वहरुले उद्योग वाणिज्य संघमा लागि परेर यहाँ सम्म ल्याइपु¥याउनु भएको छ । भवन निर्माण भएको छ । कार्यालय व्यवस्थित छ । काभे्र उद्योग वाणिज्य  संघका पूर्व अध्यक्ष सुरकृष्ण वैद्य नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पदमा रहेर उद्योगी व्यवसायीहरुको संरक्षण सम्बद्र्धनमा लाग्नु भएको छ । यो गौरवको विषय हो । आगामी दिनमा उहाँले काभे्रको उद्योग वाणिज्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।

प्रस्तुतकर्ता ः रमेश प्रसाद न्यौपाने

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्