२०१८ साल बैशाख १६ गते बनेपामा जन्मनु भएका स्वयम्भूराज शाक्य बनेपामा परिचित नाम हो । यस कारण चर्चित होकी संघ, संगठनलाई व्यवस्थित र चलायमान राख्न लोकतान्त्रिक पद्धती अनुसार चुनावी प्रतिस्पर्धा हुनुपर्छ भन्ने मान्यता राखी यस अघि काभ्रे उद्योग वाणिज्य संघको निर्वाचनमा उपाध्यक्षपदमा उठेर चर्चा बटुल्नुभयो । गत स्थानीय पालिकाको जेष्ठ ३० गते भएको निर्वाचनमा बनेपा नगरपालिकामा उपप्रमुख पदमा चुनावी प्रतिस्पर्धामा उठे पनि नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कन्चन चन्द्र वादे र कांग्रेसका युवा नेता शान्तिरत्न शाक्यको अनुरोधमा उपप्रमुख पदमा उम्मेदवारी दिएका स्वयम्भूराज शाक्यले उम्मेदवारी फिर्ता लिनु भएको थियो । तर यस पटक आगामी मंसिर ४ गते हुने निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ मा स्वतन्त्रबाट सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । उहाँलाई तपाईको उम्मेदवारी किन र केका लागि भनेर रेडियो एवीसीको समय सन्दर्भमा गरिएको कुराकानीको संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।
राजधानी काठमाण्डौ देखि २६ किमी भित्र रहेको बनेपा नगर त्यसमा पनि पूर्वीय पहाडी जिल्लाको व्यापारीक नाकामा अहिले स्तरीय सुविधा सम्पन्न सामुदायिक हस्पिटल नहुनु, त्यस्तै गरी कुनै खालको अप्रिय घटना घटी नागरिकहरुको अंगभङ्ग भयो भने पनि उपचारको लागि काठमाण्डौ जानुपर्ने अवस्था भयो । कडारोगको निदानको लागि होस् या सिटीस्क्यान गर्नु प¥यो भने पनि काभ्रेमा उपचार नहुने भो । काभ्रेमा १ सय वेडको सामुदायिक हस्पिटल बनाई नागरिकहरुलाई स्वास्थ्य सेवा पु¥याउने वातावरण निर्माणको लागि आफूले उम्मेदवारी दिएको बताउनु हुन्छ, स्वयम्भूराज शाक्य । काभ्रेबाट काभ्रेली जनताहरुले कांग्रेस एमाले, माओवादीका कयौँ नेताहरुलाई सांसद बनाए । एमालेबाट गोकुल बास्कोटा सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा शहरी विकास मन्त्री बने, एमालेबाट नै केशव वडाल मन्त्री बने, कांग्रेसबाट राजेन्द्र खरेल कन्चनचन्द्र बादे राज्य मन्त्री बने माओवादी केन्द्रबाट सूर्यमान दोङ (लालध्वज) उर्जा राज्यमन्त्री बने तर काभ्रे जिल्लाको विकास र सभ्य समाज निर्माणको लागि, युवा जनशक्तिको भावनालाई समेट्ने गरी खासै काम गर्न सकेनन् । रोजगारीको श्रृजना गर्ने कार्य भएन् । यस क्षेत्रबाट मलाई जीताउनु भएमा २ जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने छु । भारत र चिनको सिमाना क्षेत्रमा तारवार लगाउन, संसद भवनमा आवाज उठाउने छु । काभ्रे क्षेत्र नं. २ का स्थानीय पालिकाहरुसँग समन्वय गरेर यहाँका नागरिकहरुको विकासको आवश्यकता र औचित्यलाई बुझेर अनुशन्धान गरेर शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको समग्र विकास, भौतिक पूर्वाधारको संरचनागत सुधार सहितको दिगो विकास गर्न लाग्ने छु । त्यस्तै गरी भ्रष्टाचार अधिक भए कै कारण मुलुकमा विकासले तिव्रता नपाएको हो । भ्रष्टहरुले ५०० र १००० नोट लुकाई आर्थिक संकट ल्याएको हुँदा यी नोटहरुलाई नोट बन्दी गरी नयाँ नोटको प्रवन्धको लागि पहल कदमी गर्ने छु । बेथितिलाई थिति बसाल्न मेरो उम्मेदवारी हो ।