IMG-LOGO

नेमकिपाले मात्र समाजवाद स्थापना गर्न सक्छ

 मंगल, कार्तिक २२, २०७९  कृष्णकुमार बैद्य काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ सदस्य उम्मेदवार

 

 

 

      साविक बनेपा वडा नं. १, २०१८ साल कार्तिक १७ गते जन्मनु भएका कृष्णकुमार वैद्य २०४३ सालमा राष्ट्रिय पञ्चायतमा मकैको घोगा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो । त्यसपछि लगातार काभ्रे जिल्लामा नेपाल मजदुर किसान पार्टीबाट चुनावी मैदानमा उत्रनु भएको छ । नेमकीपा काभ्रेको अध्यक्ष एवं केन्द्रीय सदस्य समेत रहनु भएका कृष्ण कुमार वैद्य आगामी मंसिर ४ गते हुने निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नंं २ मा सदस्य पदमा उम्मेदवार बन्नु भएको छ । राष्ट्रिय मुद्दा र देशको हितमा, जनताको विकास र समृद्धिको यात्रालाई नविन सोचका साथ श्रृजनात्मक ढङ्गबाट दिगो लक्ष्य प्राप्तिका योजना अघि बढाई समाजवादी गणतन्त्र ल्याउने अभियानमा जुटेको तर्क गर्नुहुन्छ, कृष्णकुमार वैद्य । उहाँसँग काभ्रे जिल्लाको विकास गर्ने दुढ संकल्प के छ भन्ने सन्दर्भमा रेडियो एवीसीमा गरिएको कुराकानीको यहाँ प्रस्तुत गरिएको छ ।

      २०४३ साल देखि तपाई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पटक पटक उम्मेदवार बन्नुभयो ? अब पनि यहाँलाई जनताले मत किन र केका लागि दिने ?

      राष्ट्र निर्माण र राष्ट्रियताको सवालमा सतिसाल जस्तै उभिने पार्टी भनेको नेपाल मजदुर किसान पार्टी हो भन्ने कुरा राष्ट्रघाति एमसीसी र एसपीपी परियोजनामा विरुद्धमा उभिएको पार्टी हो । नेपाली कांग्रेस र एमालेले भारतसँग सन्धि सम्झौता गरी राष्ट्र घात गरेको छ । भक्तपुर जिल्लाको शिक्षा, स्वास्थ्यको पहुँच विस्तारको नमुना विकास, उद्योगधन्दा सम्भावना भएको क्षेत्रमा उद्योग निर्माण गरी रोजगारीको श्रृजना गरेको कार्यबाट स्पष्ट हुन्छ । नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छे, सांसद बनेका प्रेम सुवाल लगायतका निष्ठाको राजनीति गर्ने राष्ट्र हितमा निरन्तर लागि रहने गरेको अवस्था घाम जस्तै छर्लङ्ग छ । हाम्रो कृषि प्रधान देशमा ३० औँ वर्ष देखि मल अभाव छ । देशमै मल उत्पादन गर्ने प्रवन्ध गर्नु छ । यो देशमा राज्यको बागडोर समाल्ने पटक पटक मौका पाउँदा कांग्रेस, एमाले, माओवादी केन्द्रले देशका जनतालाई धोका दिने कर्य गरे । यिनीहरुले भ्रष्टाचार चरम गरे । त्यसैले सुशासन, शान्ति, अमनचयनका लागि विकास र समृद्धिको यात्रामा अघि बढाउने संकलप नेमकिपामा छ । त्यसैले नेमकिपालाई उम्मेदवार बनेका सबै उम्मेदवारलाई मतदान गर्नु आवश्यक छ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ को शिक्षा, स्वास्थ्य, गुणस्तरीय वृद्धि, रोजगारीको श्रृजना गरी आफ्नो देशको जनशक्ति उपयोग गर्नका लागि मेरो उम्मेदवारी हो । देशभक्ती पार्टी ढाट्ने छल्ने कार्य नगर्ने पार्टी भएकोले जनताले मत भन्ने दिनु आवश्यक छ ।

      काभ्रेको विकास र समृद्धि गर्ने तपाईको नयाँ सोच के छ ? जनताका घरदैलोमा सांसद पदको उम्मेदवार बनेकाहरुले विकासका योजना बाँड्दै हिड्न की ऐन नियम कानुन बनाउनु पर्ने कुरा विर्सेको हो ?

      देशमा ०६२÷०६३ को जन आन्दोलनबाट पूँजीवादी गणतन्त्र आयो समाजवादी गणतन्त्र आएन । जनताले विश्वास गरेर कांग्रेस, एमाले र माओवादी पार्टीलाई  सत्तामा पु¥याई दिए तर राज्य सत्ता सम्हाल्ने अधिकांशहरुले आफ्नै नाता गोता कार्यकर्ताको हितलाई सर्बोपरी ठाने जनताहरुको जीवन वदल्न लागेनन् । आफ्नै समृद्धि हेरे, भ्रष्ट बने । अब जनताहरुले भ्रष्टहरुलाई मत दिने हैन । निष्ठाको राजनीति गर्ने देश बनाउने भिजन भएकाहरुलाई मत दिनुपर्छ । यहाँले उठाउनु भएको अर्को प्रश्न उम्मेदवार बनी गाउँगउँ गएकाहरुले अनेक विकासका योजना बाँड्ने हैन देशमा सुशासन, शान्ति, अमन चयन कायम गर्ने देशलाई तिव्रगतिमा विकासको गति बढाउने नेतृत्व गर्ने नेताको खाँचो हो । देशमा युवा जनशक्तिलाई देशमै कार्य गर्ने अवसर श्रृजना गरी देशलाई आत्मनिर्भर बनाउने कार्य गर्नुछ । मजदुर किसान पार्टी यहि अभियानमा जुटेको छ ।

      विगत ३० औँ वर्षदेखि यहि क्षेत्रमा कार्य गरेको नेकपा एमालेका पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटा र सत्ताघटक ५ दलीय गठवन्धनका साँझा उम्मेदवार कांग्रेसका नेता शिव हुमागाई चुनावी मैदानमा हुनुहुन्छ । यहाँले चुनाव जित्ने सम्भावना छ त ?

      कांग्रेस र एमाले पार्टी झुटको खेती गर्ने सपना बाँड्ने जनताका विचमा गरेका बाचा पुरा नगर्ने भएकाले गाउँगाउँमा जनताको आक्रोस धेरै छ । जनताका जनजीविकाका सवालमा केहि परिवर्तन गर्न नसकेको हुँदा उहाँहरुको जीत हुने आधार सिद्धि सकेको छ । केन्द्रीय राजनीति हाँक्ने सरकार बनाउने बजेट बनाउने, सन्तुलित विकास नगर्ने त्यहि रोग काभ्रे जिल्लामा सरेको छ । त्यसैको प्रतिनिधित्व एमालेका गोकुल र कांग्रेसका शिव हुमागाईले गरेका छन् । त्यसैले दुवैले जीत्ने नैतिक आधार गुमाई सकेका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्