साविक मेच्छेपौवा गाविस – ९ हाल तेमाल गाउँपालिका ९ पिता इमानसिंह तामाङ ÷ माता माइली तामाङको कोखबाट २०२७ साल बैशाख १ गते सूर्यमान दोङको जन्म भएको हो। २०४४ सालबाट मोटो मसालबाट राजनीतिक यात्रा सुरु गर्नु भएका सूर्यमान तामाङ (लालध्वज) हक्की स्वभावको हुनुहुन्छ। माओवादी केन्द्र काभ्रेको इन्चार्ज र २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । २०६८ सालमा उर्जा राज्य मन्त्री समेत भएका सूर्यमान दोङ आगामी मंसिर ४ गते हुने निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ सदस्य पदको उम्मेदवार बनि सत्ता घटक नेपाली कांग्रेस सहितको लोकतान्त्रिक बाम गठवन्धन साँझा उम्मेदवार भइ नेकपा एमालेका युवा नेता रमेश लामासँग चुनावी प्रतिष्पर्धाको दौडमा हुनुहुन्छ । आफ्नो क्षेत्रको विकास र समृद्धि गर्ने नयाँ संकल्प के छन भन्ने सन्दर्भमा रेडियो एवीसीमा गरिएको कुराकानीको मूख्य अंश प्रस्तुत गरिएको छ ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ मा सदस्य पदमा सत्ताघटक नेपाली कांग्रेस सहितको लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साँझा उम्मेदवार बन्नु भएको छ तपाईलाई मत केका लागि दिने ?
आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरू चुनावी एजेण्डा सहित गाउँ, शहरका वडाहरूमा चुनावी प्रचार प्रसारमा हिड्ने कार्य भएको छ । जनताका प्रतिक्रिया सकारात्मक छ । जनताका आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य र रोजगारिका समस्याहरूलाई सम्बोधन गर्न, पूर्वाधार विकासका दिगोपन दिन, दरबिलो नीति बनाइ अघि बढ्ने प्रतिवद्धता सहित चुनावी मैदानमा छौं। जनताहरुले चाहेको शान्ति , सुव्यवस्था, सम्मुनत विकासको चाहनालाई पुरा गर्न काभ्रे जिल्लाको नमूना विकासको अवधारणा निर्माण तयार गरी हिजो भएका विकासका संरचनागत सुधार समृद्ध काभ्रे निर्माणमा हामी प्रतिवद्ध छौं ।
नीति, विचार, सिद्धान्त कंहि कतै नमिल्ने अझ तपाईहरुकै हिजोको भाषामा भन्ने हो भने पश्चगमन यथास्थितिवादी शक्ति कांग्रेस सहितको ५ दलीय गठबन्धन गरेर चुनावमा जाने अवस्था आयो यो चुनाबी प्रतिस्पर्धा राजनीतिक दल दल बीचबाट बनेका उम्मेदवारमा हुनुपर्ने हैन र ?
देशको विशिष्ट राजनीतिक परिस्थितिको उपज हो। यो लोकतान्त्रिक वाम गठबन्धन “ नेकपाका तत्कालीन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको अहंकार, दम्भबाट देशमा यो अवस्था आयो । जनताले दिएको जन म्याण्डेटलाई कुल्चीएर २÷२ पटक प्रतिनिधि सभा विघटन गर्ने संवैधानिक व्यवस्थालाई नै सक्ने किसिमबाट प्रतिगमन गरियो । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, जनताले प्राप्त गरेका उपलब्धीहरूलाई जगेर्ना गर्न र सबै मिलेर सम्मुनत नेपाल बनाउन गठबन्धन गरिएको हो। “ लोकतन्त्रमा दल दल बिचका, नेता उम्मेदवार बिच प्रतिस्पर्धा हुने नै हो । देश संकटमा परेको बेला २००७, २०३६, २०४६ र २०६२÷०६३ सालको आन्दोलनमा प्रतिगामी तत्व जनविरोधीहरूको सत्ता ढलाएर जनताको शासन ल्याउन आन्दोलन भएका ऐतिहासिक तथ्य हामीसँग छन् ।
यहाँको विजयी हाँसील हुने आधार के छन् ?
लोकतान्त्रिक गणतन्त्र पक्षधर बिचको लोकतान्त्रिक वाम गठबन्धन गरेर अघि बढेका छौं। पहिलो आधार यहि हो। अर्को कुरा म सांसद हुदाँ, राज्य मन्त्री हुँदा यस क्षेत्रको भौतिक पूर्वाधार विकास, शिक्षा, र स्वास्थ्यको स्तर उन्नती, महिलाहरूको आर्थिक शशक्तिकरण गर्ने कार्य भएको छ । डाँडापारी क्षेत्रको खानीखोला र महाभारत गाउँपालिका भित्रका सडक सञ्जाल विस्तार र स्तर उन्नती गर्ने कार्यमा सहयोग पु¥याएको छु । खोपासी तालढुङ्गा सडक व्यवस्थित गर्ने कार्य गरियो सुनकोशी थर्ड परियोजना म उर्जा राज्य मन्त्री हुँदा कार्य अघि बढाइयो । त्यस्तै गरी तेमाल, खाने पानी आयोजना सम्पन्नता नजिक पुगेको छ ।
बिजयी हाँसिल गर्नु भयो भने के गर्ने योजना छ ?
काभ्रे जिल्ला कै समग्र विकासमा मेरो ध्यान केन्द्रित हुने छ । काभ्रे क्षेत्र नं १ को शिक्षा, स्वास्थ्य , कृषि, पर्यटन क्षेत्रको दिगो विकासका लागि अधि बढ्ने छु । किसानहरूको हितमा आधुनिक कृषि प्रणाली अपनाई व्यवसायिकतामा जोड दिने । किसान पेन्सन कार्यक्रम, गरिब निवारण, घरेलु उद्योगधन्दाको सम्भावना भएको क्षेत्रमा प्राथमिक१ का जनताहरूलाई समृद्धि हाँसिल गर्ने गरी कार्य गर्ने छु । जनताहरूको सेवालाई सर्वोपरी ठानेर उनीहरूको सुख ताको आधारमा कार्य अघि बढाउने छु । वैदेशीक रोजगारी जानेलाई निरुत्साहित गर्ने, स्वदेश मै रोजगारीको श्रृजना, जनताहरूको जीवनमा आर्थिक रुपान्तरण ल्याइ काभ्रेको क्षत्रे नं. दुःखको साथी बन्ने छु । काभ्रे जिल्लामा गठवन्धनबाट उठेका उमेदवार सबैलाई मतदान गरी समृद्ध काभ्रे जिल्ला बनाउने अभियानमा जनताले साथ दिनुहुन्छ भन्नेमा विश्वस्त छु ।