IMG-LOGO

मजदुर किसान र पिछडिएका वर्गको जीवन बदल्न मेरो उम्मेदवारी

 मंगल, कार्तिक १५, २०७९  लक्ष्मण लम्साल काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश ‘क’ सदस्य उम्मेदवार

       मण्डनदेउपुर नगरपालिका लम्साल धुम्कामा माता पार्वती लम्साल/पिता दोप्रसाद लम्सालको कोखबाट जन्मनु भएका लक्ष्मण लम्सालको जन्म २०३६ साल जेष्ठ २२ गते भएको हो । कुशल संगठकको रुपमा परिचित लम्साल २०५२ देखि सक्रिय राजनीतिमा लाग्नु भयो । पार्टीको केन्द्रीय कृषि विभागको सचिव २०७८ मा नेकपा एमालेबाट पार्टी विभाजन पछि  नेकपा (एकीकृत समाजवादीमा) आवद्ध  हुनुहुन्छ । २०७४ मंसिर २१ गतेको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । आगामी २०७९ मंसिर ४ गते हुने निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ क प्रदेश सदस्य उम्मेदवार बन्नु भएको छ । बाम गठवन्धनको साझा उम्मेदवारबाट २०७४ को निर्वाचनमा २७ हजार ६ सय २१ मत प्राप्त गरी  विजयी हाँसिल गर्नुभयो । कांग्रेसका सुन्दरमणी आचार्यलार्य ११ हजार ३२ मतले पछि पार्नु भएको हो । आगामी मंसिर ४ गतेको निर्वाचनमा हाल कांग्रेस सहितको ५ दलिय गठवन्धनको साझा उम्मेदवार बन्नु भएका लक्ष्मण लम्साललाई जित्ने आधार के छन् । जीतेपछि आफ्नो क्षेत्रको विकास र समृद्धि गर्ने संकल्प के छन् भन्ने सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको संक्षेपमा प्रस्तुत गरिएको छ ।

       २०७४ को निर्वाचनमा वाम गठवन्धन र अहिले लोकतान्त्रिक बामगठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभा काभ्रे क्षेत्र नं २ को क मा दोश्रो पटक प्रदेश सदस्य अमेदवार बन्नुभयो । यहाँलाई अब मत किन दिने ?

काभ्रेली जनताहरुको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न, आर्थिक, सामाजिक रुपान्तरणका लागि मेरो उम्मेदवारी हो । “गणतन्त्रको संस्थागत विकास र लोकतन्त्रलाई बलियो बनाउन लोकतान्त्रिक बाम गठबन्धन निर्माण गर्नु परेको हो। कारण अझ मैले सञ्चारकर्मीलाई भन्न पर्छ जस्तो लाग्दैन । तर प्रश्न यहाँले उठाउनु भएकोले मैले भन्नै पर्ने हुन्छ। केपी ओलीको नेतृत्वको सरकारले संविधानमा हुँदै नभएको व्यवस्थालाई बलजफ्ती २/२पटक प्रतिनिधि सभा विघटन गरी जनताले कम्युनिष्टहरूलाई  दिएको मतको अपमान गरेकाले कांग्रेस सहितको ५ दलिय गठवन्धन गर्नुपरेको हो ।” वागमती प्रदेशका किसानहरु, मजदुरहरु पिछडीएका वर्गहरूको जीवन स्तर बदल्न आवश्यक छ । त्यस्तै गरी संघीय व्यवस्थालाई थप मजवुत वनाउन सामाजिक न्यायका सिद्धान्तका आधारमा समग्र क्षेत्रको विकास गर्नुछ ।

       हिजो आफूहरुले रगत पसिना बगाएर बनाएको एमाले पार्टीलाई वर्ग शत्रु ठानेर नीति, विचार सिद्धान्त कहिकतै नमिल्नेहरू जो सँग चुनावी प्रतिस्पर्धा गर्नुपर्ने उहि कांग्रेस पार्टी सहितको ५ दलिय गठवन्धन बनाएर जानु भनेको निरलजता हो भनेर राजनीतिक विश्लेषकहरुले भन्ने गरेका छन् । यसमा तपाई के भन्नु हुन्छ ?

       भारत लगायतका अन्य लोकतान्त्रिक गणतन्त्र भएका देशहरुमा पनि व्यवस्था र संविधान बचाउन गठवन्धन भएका छन् । सरकार बनाउन सत्ताको लागि मात्र हैन । देशको सम्मुनतीको लागि, विकास निर्माणमा एकताका लागि, गठवन्धन गरेर जानु देश र जनताहरुको हितमा हुन्छ । नेपालमा पनि त्यहि गरिएको हो । फरक विचार, सिद्धान्त, नीति भएकाहरु सँग कुनै खास स्वार्थको लागि नभई राष्ट्रको हितको लागि गठवन्धन गरिएको हो । प्रतिगामी तत्वहरुलाई परास्त गरी देशको समग्र विकास गर्न आममतदाताहरुले गठवन्धनबाट साझा उम्मेदवार बनेकाहरुलाई मतदान गर्नु हुन्छ भन्ने म ठान्दछु । देशलाई स्थीर सरकार चाहिएको छ । नेपाली  जनताले कम्युनिष्टहरुलाई विश्वास गरेर करिव दुई तिहाई मत दिए संविधानमा घात गरेकाले देशमा समस्याका चाङ थुप्रिए भ्रष्टाचार चरम बढ्यो, बेथिति बढ्यो, सुशासन, शान्ति, अमन चयन, विकास र समृद्धिका लागि गठवन्धन गरिएको हो ।

       तपाई विजयी हुनु भयो भने जनताहरुले तपाईबाट के आशा भरोशा गर्ने ?

       विगत ५ वर्षमा मैले आफ्नो क्षेत्रमा समग्र विकासमा खेलेको भूमिका छ । पूर्वाधार तर्फ सडक निर्माण गरिएको छ ।  केहि योजनाहरु अपुरा छन् । पुरा गर्न बाँकी छ त्यो बाँकी पुरा गर्नुछ । काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ को क मा शिक्षा, स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धि, मण्डनदेउपुरमा अस्पताल बनेको छ त्यहाँ डाक्टर र स्वास्थ्य कर्मीहरुको दरवन्दी ल्याउने कार्य गर्नुछ । खानीपानी, सिँचाईको व्यवस्थित गर्ने हरेक स्थानीय पालिकामा औद्योगीकग्राम निर्माण गरी रोजगारीको श्रृजना गर्ने, महिलाहरुको शसक्तिकरण नेतृत्व विकास उद्यमशिलताको विकास गरी आर्थिक रुपमा सवल र सक्षम बनाउने, दलित, जनजाती, अल्पसंख्यकहरुको लागि विशेष योजना ल्याई रोजगारीको प्रवन्ध गरिवी निवारणको लागि र विकास निर्माणमा देखिएका समस्या हल गर्न आवश्यक पर्ने ऐन नियम कानुन बनाउने कार्य गर्नु छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्