IMG-LOGO

समृद्ध काभ्रे निर्माणको लागि मेरो उम्मेदवारी

 मंगल, कार्तिक १५, २०७९  रेशम लामा काभ्रे प्रतिनिधि सभा क्षेत्र नंं. १ सदस्य पदको उम्मेदवार

 

       काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट ५० वर्षीय नेता रेशम लामा आगामी मंसिर -४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नु भएको छ । राप्रपा नेपालमा रहँदाको वखत २०७० मा संविधान सभा सदस्य हुनुभयो । उद्योग राज्यमन्त्री, भूमि सुधार सहायक मन्त्री समेत रहनु भएका रेशम लामा २०७६ सालमा नेकपा एमाले पार्टीमा प्रवेश गर्नुभयो । नेकपा एमाले केन्द्रीय सदस्य एंव काभ्रेको सहइन्चार्ज समेत रहनु भएका लामा हक्की स्वभावका हुनुहुन्छ । उहाँसँग आगामी मंसिर ४ गते हुने निर्वाचनको सवालमा आफ्नो क्षेत्रको विकास र समृद्धि गर्ने संकल्प के छन् भन्ने सन्दर्भमा रेडियो एविसीमा गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

       आगामी मंसिर ४ गते हुने निर्वाचनमा तपाईँको उम्मेदवार किन ? जनताले तपाईलई किन मत दिने ?

       म नेकपा एमालेको अनुशासित, इमान्दारीता, नैतिकता र निष्ठामा रहेर कार्य गरेको पार्टीको असल एक सिपाही हो । एमाले पार्टी जनताका मन मस्तिकमा बसेको राष्ट्र र राष्ट्रियताको सवालमा सतिसाल झँै उभिइ जनताको हितलाई सर्वोपरी ठानेर अघि बढेको पार्टी हो । एमाले पार्टीको विशाल सांगठनिक संरचना छ । विभिन्न युवा संगठन मजदुर संगठन, युवा संघ महिलाहरुको सशक्त संगठन छ । संगठनका असल कार्यकर्ताहरुको साथ र सहयोगमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ को शिक्षा, स्वास्थ्य, गुणस्तरीय विकास, व्यवसायिक र प्राविधिक शिक्षाका लागि राम्रो नीति, ऐन, कानुन, निर्माण गरी समृद्ध काभ्रे जिल्ला बनाउनका लागि मेरो उम्मेदवारी हो । शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरीयता सहितको विकास, त्यस्तै कृषि पर्यटन क्षेत्रको व्यसायिक विकास भौतिक पूर्वाधार सडक सञ्जाल बनेकाहरुमा स्तर उन्नती गरी ढल निकासको प्रवन्ध सहित सडक कालो पत्रे गर्ने, जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न, समृद्ध काभ्रे निर्माण र सुखी काभ्रेलीको लागि , गाउँगाउँमा सिंह दरवारको अधिकार प्रदान गरी सामाजिक न्यायको सिद्धान्तको आधारमा विकास गर्न मेरो उम्मेदवारी हो ।

       सत्ता घटक नेपाली काग्रेस सहित ५ दलीय गठवन्धन छ । नेकपा एमालेलाई दलवल सहित हराउने अभियानमा लागेका छन् यहाँको जित्ने आधार के छ ?

       नेकपा एमाले पार्टी जनताका बहुदलीय जनवादलाई अंगिकार गरेको पार्टी, विकास र समृद्धिको यात्रामा अग्रेणी भूमिका खेलेको पार्टी, जनताका जनजन मनमनमा बस्न सफल भई सकेको पार्टी सँग स्पष्ट नीति छ । कार्यक्रम दुर दृष्टी भिजन छ । नेकपा एमालेका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली एक सच्चा राष्ट्रवादी नेता हुन । उहाँकै नेतृत्वमा ७० औँ वर्ष अघि देखि मिचिएको हाम्रो भूमि लिपुलेक, लिपिया धुरा र कालापानी क्षेत्र हाम्रै भएको दावि सहित चुच्चे नक्सा निर्माण गर्ने पार्टी नेकपा एमाले हो । सबै राजनीतिक दललाई सर्वसम्मत गराई संसदबाट नेपालको भूमि फिर्ता गर्ने निणर्य गर्‍यो । सत्य देवो जयतेकी शिहं देवो जयते भनेर संसदको रोष्ट्रमबाट खवरदारी गर्ने नेता केपी ओली हो । संविधान निर्माणका बखत भारतले लगाएको नाका बन्दीलाई नाकाबन्दी भन्न नसक्ने नेपाली कांग्रेस पार्टी हुत्तीहाराहरुको पार्टी हो, पश्चगमनको हिमायती हो । २०४६ सालपछिको बहुदल आएपछि २२ पटक सरकारको नेतृत्व गर्‍यो । राजा महेन्द्र र पञ्चायत कालमा निर्माण भएका सबै उद्योगधन्दा बेचेर खाने नेपाली कांग्रेस पार्टीले देशको विकास र जनताको समृद्धिको लागि केहि गर्न सक्दैन् । महंगी र भ्रष्टाचारीको नाइके परमादेशीहरुको भिडको जमात हो । ५ दलीय गठवन्धन एक बोराबाट अर्को बोरामा खन्याउने भन्दा बाहेक यी परामादेशीहरुले केहि गर्न सक्दैनन् । झुटको खेति गर्नेहरुले नेकपा एमालेसँग एक्लै लड्ने आँट नभए पछि लोकतन्त्र, सिद्धान्त, नीति, विचारलाई तिलाञ्जली दिई ठगहरुको सम्मिलित दिशाहिन, गन्तव्यहिन उद्देश्य राखी बनेको ठगहरुको झुण्ड हो । ५ दलीय गठवन्धन देश र जनताहरुको हितमा छैन् । नेकपा एमालेले मोहनमान अधिकारीको ९ महिने शासन कालमा आफ्नो गाउँ आफै बनाऔँ अभियान, जेष्ठ नागरिकलाई भत्ता अहिले बढाएर ४ हजार पुर्‍याएको छ । संविधान निर्माणको लागि अग्रणी भूमिका खोलेको पार्टी, भूकम्प र कोरोनाबाट थला परेको देशलाई समृद्धिको बाटोमा अघि बढाउने पार्टी नेकपा एमाले हो । काभ्रे जिल्लाको समग्र विकासमा अहम भ्रमिका खेलेको पार्टी जनताका जनजीविकाको सवाललाई सम्बोधन गर्ने, महिला सशक्तिकरण गरी उद्यामी व्यवसायी बनाउन,े रोजगारीको श्रृजना गर्ने कार्य एमालेको संघ, प्रदेश र स्थानीय सरकारले गरेका कारण एमालेको जीत सुनिश्चित छ । विकासको मोडललाई थप व्यवस्थित गर्न दिगो विकास गरिवी, निवारण समृद्धिको यात्रालाई पुरा गर्न राष्ट्र जोगाउन एमालेलाई मतदान गर्न आवश्यक छ ।

       उहि पुरानै एजेण्डा, नेकपाको गठन गरी दुई तिहाई ल्याउँदा समेत केहि गर्न नसक्ने, मुल नेतृत्व उहि । परिवर्तनको आस छैन अब जनताहरु भन्न थालिसकेका छन् । देशमा प्रत्यक्ष राष्ट्रपति प्रणाली आवश्यक पर्‍यो जनताले नै चुन्न पाउनु पर्‍यो भन्ने आवाज आएको छ । यसमा तपाई के भन्नु हुन्छ ?

       संवैधानिक व्यवस्थामा प्रत्यक्ष राष्ट्रपति प्रणाली छैन् । संविधान संसोधनको लागि दुई तिहाई आवश्यक छ । संविधान संसोधन गर्न सकिन्छ । राजनीतिक सहमती आवश्यक छ । यो विषय एक सांसदको उम्मेदवार बन्दै गरेकोले बोल्दैमा हुँदैन । संविधान भन्दा माथि कोहि छैन् । जनताहरुले चाहेको खण्डमा प्रत्यक्ष राष्ट्रपति प्रणाली पनि आउन सक्छ । तत्काल भने असम्भव छ ।

       यहाँ विजयी हुनुभयो भने के गर्नुहुन्छ ?

       काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ मा ६९ वटा वडा  छन् । विगतका सरकारले पुरा गर्न बाँकी रहेका विकासका योजना पुरा गर्छु । निर्माण भएका सडक सञ्जालहरुको व्यवस्थित गरी ढल निकासको प्रवन्ध, सडक स्तरउन्नती, क्रमगत रुपमा सडक कालोपत्रे गर्दै जाने, ग्रामीण अर्थतन्त्र बलीयो बनाउन उत्पादन बढाउन किसानहरुको हितमा कार्य गर्ने । पर्यटन क्षेत्रको व्यवसायिक विकास, शिक्षा र स्वास्थ्य क्षेत्रको पहुँच विस्तार गरी सबैको हितमा कार्य गर्ने छु । कृषकहरुले उत्पादन गरेका बस्तुहरु बजारीकरण गर्न सहयोग उपलब्ध गराउने तिर मेरो ध्यान केन्द्रीत हुन्छ । सबै काभ्रेलिहरुको सुखदुःखमा साथ दिनेछु । जनताको सेवक भएर कार्य गर्ने अवसर प्रदान गर्न काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का मतदाताहरुलाई हार्दिक आह्वान गर्दछु ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्