काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ ‘ख’ प्रदेश सदस्य उम्मेदवार
साविक बलथली गाविस ख्याकु (हाल पनौती नगरपालिका) ११ मा २०२४ साल जेष्ठ २८ गते कुमार थापाको जन्म भएको हो । २०३९ अखिलको सदस्य, २०५१ सालमा नेकपा एमाले काभ्रेको जिल्ला सदस्य, त्यस्तैगरी एमालेको केन्द्रीय सदस्य, हाल बागमती प्रदेश कमीटीको सदस्य रहनु भएको कुमार थापा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काभ्रे प्रतिनिधिसभा क्षेत्र नं २ ‘ख’ को प्रदेश सदस्य उम्मेदवार बनि चुनावी मैदानमा उत्रनु भएको छ । उहाँसँग चुनाव जित्ने आधार के छन् । चुनाव विजयी भए आफ्नो क्षेत्रको विकास र समृद्धिका यात्रा तय गर्ने नयाँ योजना के छन् भन्ने सवालमा रेडियो एविसी एफ.एममा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
४० वर्षको राजनीतिक यात्रापछि आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश सदस्यको उम्मेदवारी बनि चुनावी मैदानमा उत्रने अवसर प्राप्त गर्नुभयो कस्तो अनुभूति गर्नु भएको छ ?
२०३९ सालमा विद्यार्थी हुँदाका बखतमै राजनीतिक यात्रामा लागि समाज सेवा गर्ने इच्छा जाग्रीत भयो । समाजमा भएको विकृति विसँगतिका विरुद्धमा लागि आफ्नो जीवनको यात्रालाई अघि बढाइयो । कहिल्यै पनि पदलाई प्रतिष्ठा लडाइ गरिएन् । पार्टी अनुशासन रहेर नेकपा एमालेको अंगालेको विचार, नीति, कार्यक्रमलाई पछाएर जिम्मेवारी पूर्वक भूमिका निर्वाह गर्दै आएको पार्टीको सच्चा कायकर्ता हुँ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले विश्वास गरेर टिकट प्राप्त भयो । पार्टीमा निष्ठापूर्वक लाग्दा न्याय हुँदो रहेछ भन्ने अनुभूति भएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई पार्टीले अंगालेको छ । समाजमा सबै खालका सामाजिक विभेदको अन्त्य गरी समाज रुपान्तरण गर्ने अभियानमा निरन्तर लागि पर्ने छु ।
यहाँका चुनावी एजेण्डा के छन् , जनताका जनजीविकाका सवाललाई कुन रुपमा लिनु भएको छ ?
काभ्रे प्रतिनिधि सभा क्षेत्र–२ ‘ख’ को भौगोलिक अवस्थालाई राम्रो सँग नियालेको छु् । यहाँको प्राकृतिक स्रोत साधन, मानवीय जनशक्तिको उचित प्रयोग, जनताका असिमित तिव्र विकासको चाहनालाई मध्यनजर गरेर प्राथमिकीकरणका आधार तयार गरी अघि बढेको छु । यस क्षेत्रमा यातायात सडक सञ्जाल विस्तार भएको छ । त्यसलाई व्यवस्थित गर्ने सडक स्तरउन्नती, भौतिक पूर्वाधार तर्फ दिगो विकासको नीति अवलम्बन गर्ने, शिक्षा र स्वास्थ्य सर्वशुलभ ढङ्गबाट गुणस्तरीय सेवा प्रवाह गर्ने वातावरण तयार गर्ने, गरिवीका रेखा मुनी रहेका जनता, अल्पसंख्यक, अति विपन्न परिवार, मजदुरहरुको वृहत हितको लागि कार्य गर्ने छु । उनीहरुको न्यूनतम आवश्यकता गाँस, वास, कपासको प्रवन्ध, युवा वर्गको लागि स्वरोजगार बन्न उद्यमसिलताको विकास, ग्रामीण अर्थतन्त्र बलियो बनाउने नीति अवलम्बन गरी समृछ क्षेत्र निर्माण गरी सुखी जनता बनाउने अभियान रहने छ । यो क्षेत्र महाभारतको लेक देखि मेलम्ची ढाडखोला सम्म छ । भौगोलिक विकटता देखि शहरी क्षेत्र समेत जोडिएको हुँदा ग्रामिण भेगलाई विकासको प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने छ । कृषि र पर्यटन क्षेत्रको व्यसायिक विकास गर्नु छ ।
दुई तिहाई नजिकको केपी ओली नेतृत्वको सरकार कम्युनिस्टहरु कै कारण ५ वर्ष टिक्न सकेन जनमतको अपमान भयो भन्नेहरुको लागि के भन्नु हुन्छ ?
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहनु भएका के.पी ओली राष्ट्रवादी नेता हुनुहुन्छ । नेकपाको नेतृत्व गरी सरकारको नेतृत्व गर्दा विगत ७० वर्ष देखि भारतले मिचिएको भूमि लिपुलेक, लिपियाधुरा, कालापानीको क्षेत्रको चुच्चे नक्सा जारी गर्ने नेता, देशको तिव्र विकास गरी समृद्ध नेपाल सुखि नेपालीको परिकल्पनाकार, देश र जनताको वृहत्तर हित चाहने नेता हो । केपी ओली विरोधका लागि विरोध गर्ने विदेशीको अगाडी घुँडा टेक्ने सत्ता र शक्तिको लागि जे पनि गर्ने परमादेशीहरुको एक कम्पनी हो । गठवन्धनको सरकार हो । यो गठवन्धनले सरकार महंगी, भ्रष्टाचारको सिमा नाघेको छ । जनतालाई राहत हैन आहात दिएको छ । देशमा शान्ति, अमनचयन, सुशासन ल्याउन केपी ओली नेतृत्वको सरकार कटीवद्ध नै थियो । “माधन नेपाल र प्रचण्ड जस्ता जनतालाई धोका दिने नेताहरुको कारण देशमा अहिले संकट छ । धेरै समस्याका चाङ छन् । सत्तास्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति र पात्र हुन भन्ने कुरा प्रस्ट छ । नीति, विचार, सिद्धान्त कँहि कतै मेल नखाने, पश्चगामी, यथास्थितिवादी शक्ति नेपाली कांग्रेससँग घाँटी जोडेर लोकतान्त्रिक वामगठवन्धन भन्नेहरु जनतालाई धोका दिने धोकेबाज हुन यीनिहरुले किसान र मजदुर गरिखानेलाई रुवाएका छन्”। खेति लगाउने बेला मल, विउविजन उपलब्ध नगराउने, पेट्रोलियम पदार्थको भाउ आकास पु¥याउने यिनै हुन् । जनताले चिन्नु पर्छ । साँच्चै जनताको प्रिय पार्टी एमाले हो भन्न चाहन्छु ।
यहाका चुनाव जित्ने आधार के हुन ् ?
नेकपा एमालेको ठूलो संगठन छ । यो विशाल पार्टी छ । पार्टीको जनसंगठन र अनुशासित पार्टीको कार्यकर्ता हो । पार्टीको नीति, कार्यक्रम, जनताको वहुदलीय जनवादको नीति अंगिकार गरेको छ । यहि माध्यामबाट समाजवाद ल्याउन समाज रुपान्तरण गर्ने प्रस्ट दिगो लक्ष्य प्राप्तिको लागि एमालेसँग स्पष्ट भिजन छ ।
प्रस्तुतिः रमेश प्रसाद न्योपाने