IMG-LOGO

जनताको जनजीविकाको सवाल सम्बोधन गर्न मेरो उम्मेदवारी

 मंगल, कार्तिक १, २०७९  तिर्थ लामा

 

       २०६४ सालबाट नेपाली कांग्रेसबाट राजनीतिक यात्रा शुरु गर्नु भएका तिर्थ लामा पार्टीको  १२ र १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति काभ्रे प्रतिधिधि सभा क्षेत्र नं. १ को सभापति हुनुभयो । पार्टीको १४ औँ महाधिवेशन काभ्रेको जिल्ला  सभापति हुनुभयो । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभयो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ ख मा प्रदेश सभा सदस्यमा उम्मेदवार बन्नुभएका तिर्थ लामा सँग रेडियो एविसीमा चुनावी बस्तु स्थितिको बारेमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

 

 

       तपाँई २०७० सालको दोस्रो संविधान  सभाको निर्वाचनमा प्रतिनिधिसभामा काभ्रेको क्षेत्र नं. १ मा विजयी हुनुभएको थियो । आगामी मंसिर ४ गते हुने चुनावमा प्रदेश सभा सदस्य तिर झर्नुभयो । तपाईको उम्मेदवार किन र केका लागि  ?

       काभ्रे जिल्लाको समग्र विकास र समृद्धिको यात्रालाई पुरा गर्ने हाम्रो ध्येय हो । यहि अभियानमा एकता बद्ध भर्य अघि बढ्ने क्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत ५ दलीय गठवन्धनका साथ देशै भरी तालमेल भएको छ । मुलरुपमा त लोकतन्त्रको दिगो विकास, नेपाली जनताले जनताद्वारा  ७० वर्षको अन्तराल पछि जनअनुमोदित संविधान २०७२ सालमा असोज ३ मा जारी गरियो । केपि ओली नेतृत्वको कम्युनिष्टको झण्डै दुई तिहाइको सरकारले जनसेवा र जनजीविकाको सवालमा कार्य गर्न सकेन र दुईदुई पटक प्रतिनिधि सभा भङ्ग गरेर विच मै चुनाव गराउने घोषणा ग¥यो । यो कदम गैर सम्बैधानिक थियो । संविधान र लोकतन्त्रको रक्षा गरी प्राप्त उपलब्धीलाई संस्थागत गरी मुलुकको विकास र समृद्धि गर्न हो । काभ्रेको क्षेत्र नं. १ को ख मा मेरो उम्मेदवारी छ । म यस क्षेत्रको जनताहरुको विकासको तिव्र चाहना, जनताहरुले भोगेका समस्यालाई समाधान गर्न शिक्षा स्वास्थयमा गुणस्तरीय पहुँच पु¥याउन भौतिक पूर्वाधार सडक सञ्जाललाई  व्यवस्थित गरेर स्तर उन्नती गर्न, बाँकी रहेका विगतमा पुरा हुन नसकेका योजनाहरुलाई पुरा गर्न मेरो उम्मेदवारी हो । विपन्न वर्ग, पिछडीएका वर्ग, मजदुर वर्ग सबैको जीवनमा हाँसो र खुसि ल्याउन प्रमुख प्राथमिकताका साथ कार्य गर्न पनि हो ।  कृषि र पर्यटन क्षेत्रको सम्भावना भएको क्षेत्रको पहिचान भईसकेको छ । सो क्षेत्रमा प्राथमिकिकरणको आधारमा विकासलाई तिव्रता दिई समृद्ध बनाउन मेरो उम्मेदवारी हो ।

       पार्टीमा तपाँई भन्दा बेसी योगदान गरेकाहरुलाई मित्रहरुलाई पछि पार्दै काभ्रेका दुईजना केन्द्रीय सदस्यलाई टिकट प्रदान गर्न लगिङ गर्नुको साटो तिर्थ लामा काभ्रे जिल्ला पार्टी सभापति भएर आफै टिकट ल्यायो भन्नेहरुलाई तपाई के भन्नु हन्छ ?

       नेपाली कांभ्रे पार्टीको म अनुशासित जिम्मेवार एक कार्यकर्ता हुँ । मैले पार्टीमा निष्टापूर्वक कार्य गरेको छु । नेका काभ्रेका सभापति पनि हुँ । पार्टीका कार्यकर्ता र जनताहरुको म प्रति अपार माया र सद्भाव छ यो पटक प्रतिनिधि सभा क्षेत्र नं. १ मै मेरो दावि थियो  । स्वभाविक थियो तर देशको राजनीतिक परिस्थितिले प्रतिगामी तत्वहरुलाई पराजित गर्न गठवन्धन गरेर जानु पर्ने देशलाई अग्रगतिमा लानु पर्ने भएकोले केन्द्रीय पार्टी सभापति शेर वहादुर देउवाले तपाई जतिको युवाले काभ्रेको नेतृत्व गर्नुपर्छ । माओवादीहरुले विजयी हाँसिल गरेको क्षेत्र दिनुपर्ने मापदण्ड बनेको हुँदा प्रदेशमा ख मा प्रदेश सदस्यमा उठ्नु पर्छ भने पछि मैले स्वीकारेको  हो । यहाँले जोड्न खोज्नु भएको कुरा निवर्तमान  जिल्ला सभापति मधु आचार्य जो केन्द्रीय सदस्य हुनुहुन्छ त्यस्तै गरी गणेश लामा दुबै मेरा आदरनीय नेता हुनुहुन्छ । उहाँहरुले पार्टी संगठन र जनताका सेवा गर्न लागि पर्नु भएको छ म सम्मान गर्छु । चुनाव जित्न सक्ने आधार भएकालाई पार्टीले विश्वास गरेर टिकट दियो म चुनावी मैदानमा छु ।

       नेकपा एमाले सँग एक्लै चुनाव लड्ने आँट कांग्रेसमा किन भएन् । लोकतान्त्रिक खम्बाले यति कमजोर मनस्थिति बनायो । गठवन्धन विना देशमा केहि गर्न सकिदैन् । मिलिजुली जाउँ बाडिचुडी खाउँ भन्ने तिर लगेको हो भन्ने प्रस्ट देखियो नी जनताका लागि त नयाँ केहि आएननी ?

       नेपाली कांग्रेसको विचार, नीति कार्यक्रम स्पष्ट छ । विपीको समाजवाद, जनताका विकासको चाहना, ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने, राष्ट्र र राष्ट्रियताको सवालमा अडिक हुने, देशलाई अग्रगतिमा लग्ने दुरदृष्टि कांग्रेस पार्टीमा मात्र छ । देश बनाउने अभियान सफल बनाउन लोकतान्त्रिक गणतन्त्रमा खतरा बढेकोले गठवन्धन आवश्यक परेको हो । जुन जीविकालाई सम्बोधन गर्न हामी एक ठाउँमा उभिएका हौँ ।

       तपाँई निर्वाचित हुनुभयो भने आफ्नो क्षेत्रमा अब के गर्नू हुन्छ ?

       शिक्षा र स्वास्थ्यको पहुँच विस्तार गरी समाजका पिछडिएका वर्ग, निम्न वर्गको हितमा लाग्ने, ग्रामीण अर्थतन्त्रलाई बनाउने आधार तयार गर्ने, नीति निर्माण गरी कार्यान्वयन गर्ने, भौतिक पूर्वाधार सडक सञ्जाल व्यवस्थित गर्ने, उत्पादीत कृषि उपजलाई सहज ढङ्गबाट बजारसम्म पु¥याउन र उचित मुल्य प्राप्त गर्ने अवस्थाको श्रृजना गर्ने, उद्यमशिलताको विकास गरी स्वरोजारको श्रृजना, उद्योगधन्दाको सम्भावना भएको ठाउँमा स्थापना गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण, एक वडा एक जेटीए प्रवन्ध गर्ने जनताको जनजीवनमा आर्थिक परिवर्तन ल्याई सकारात्मक दिशामा अघि बढ्ने प्रवन्ध, गर्नुका साथै विकास र समृद्धिको यात्रालाई पुरा गर्ने ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्