IMG-LOGO

म आप्mनै घरमा फर्कें

 मंगल, असोज २५, २०७९  साधुराम बडाल धुलिखेल-८, वडालगाँउ

 

       विगत तीन दशक देखि नेपाल कम्युनिष्ट पार्टी एमालेमा रहि संगठन निर्माणमा लागेका पार्टी प्रति असन्तुष्टी राखेर साधुराम वडाल २०७८ चैत्र ९ गते नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभयो । नेकपा एमाले काभ्रेको नेतृत्व पंक्तिले पार्टी सुदृढिकरण र सुद्धिकरणको लागि आफूले दिएको सुझावलाई कुनै वास्ता नगरेको र विकास निर्माणका लागि उठाएका सवालमा चासो नदिएकाले चित्त दुखाई भएकोले एमाले पार्टी परित्याग गरी कांग्रेसमा पार्टी प्रवेश गरें । नेपाली कांग्रेस काभ्रेले जिल्ला सदस्यमा मनोनित गरेको थियो । पार्टीको ३ वटा जति बैठकमा गएँ । आफू कम्युनिष्ट विचार सिद्धान्त निष्टामा रहेर स्पष्ट धारणा राख्दै आएको व्यक्ति कांग्रेसको बैठकमा त्यस्तो कुनै भूमिका हुँदो रहेन छ । पार्टीमा लागेर आगामी दिनमा जनताको सेवा गर्ने अवसर प्राप्त गर्ने कुनै अवस्था नदेखिएकोले आजैको मितिबाट यहि सञ्चार माध्यामबाट नेपाली कांग्रेस पार्टीमा नरहने घोषणा सहित नेकपा एमाले पार्टीमा रहेर कार्य गर्ने सोच बनाएको बताउनुभयो । २०५४ देखि २०५९ सम्म तत्कालिन काभ्रे गाविसको अध्यक्ष भएर जनताको सेवा गर्नुभयो ।  २०६४ सालमा अखिल नेपाल किसान महासंघ काभ्रेको अध्यक्ष हुँदै किसान महासंघको केनद्री सदस्य हुनुभयो । त्यस्तै गरी २०६९ सालमा नेकपा एमाले काभ्रेको जिल्ला सदस्य भई पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै आएको कुरा साधुराम वडालले काभ्रे टाइम्सलाई बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्