तीन दशकको राजनीतिक यात्रापछि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित मधु आचार्य राजनीतिक क्षेत्रका शालिन व्यक्तित्व हुनु हुन्छ । नेपाली कांग्रेस काभ्रेको दुई पटक सभापति, केन्द्रीय प्रशिक्षण प्रतिष्ठानको प्रमुख कार्यकारी निर्देशक भएर कार्य गर्नु भएका प्रखर वक्ता मधु आचार्य सँग आगामी २०७९ मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेस सहितको गठबन्धनमा चुनाव हुँदैंछ । अभैm सम्म सिट वाँडफाँटमा सहमति हुन सकेको छैन । चुनावमा कांग्रेसको स्थान के हुन्छ भन्ने सन्दर्भमा तयारी के छ नेपाली कांग्रेसको अवस्था के हुन्छ ? कांग्रेसको चुनावी एजेण्डा के के लिएर जाँदै छ भन्ने सन्दर्भमा केन्द्रीय सदस्य मधु आचार्यसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ।
आगामी मंसिर ४ गते निर्वाचन नजिकिंदै छ । महिना दिन वितिसक्दा पनि गठवन्धनले टिकट बाँडफटमा सहमती जुटाउन सकेको छैनन् नी ?
विशिष्ट परिस्थितिमा यो सरकार गठन भएको हो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार कम्युनिष्टहरुको झण्डै दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेका केपी ओलीले संविधान माथि पटक पटक घात गरेकाले यो अवस्था आएको हो । लोकतन्त्र र संविधानको रक्षा साथ साथै देशको समग्र विकास समृद्धि बनाउने अभियानका साथ गठवन्धनको सरकार बनेको हो । आगामी निर्वाचनमा पनि गठवन्धन गरेर सँगै जाने सहमती भएको छ । एक पक्षीय बहु–पक्षीय निरन्तर छलफल अघि बढेका छन् । करिव करिव सहमती नजिक पुगेको अवस्था हो । ८० प्रतिशत सहमती भइसकेको छ । ३ गते समानुपातिक तर्फको बन्द सूचि बुझाई सकेपछि अबको केही दिनमै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका शिर्ष नेतृत्वहरुको बैठकबाट सिट बाँडफाँट टुङ्गो लाग्ने छ ।
प्रत्यक्ष तर्फ कांग्रेस पार्टीले ९५ देखि १ सय सिट सम्म लिनुपर्छ नत्र गठवन्धन गरेको कुनै अर्थ रहदैन भनेर कांग्रेस नेता डा. शेखर कोइराला सहितको युवा पंक्तिको आवाजलाई पार्टी नेतृत्वले सम्बोधन गर्न सक्ने अवस्था देखिदैन नि ?
पार्टी भित्रका साथीहरुले पनि अबैज्ञानिक ढङ्गबाट विषयान्तर गरेर कुरा गर्नु सान्दर्भिक हँुदैन् । बहस र छलफल गर्नुलाई नकारात्मक हो भनेर भन्नु हुँदैन । गठवन्धनको मुख्य लक्ष्य मिलेर चुनावमा जाने विजय हाँसिल गर्ने अवस्था श्रृजना गर्नुपर्छ जिते पनि गठवन्धन जित्छ हारेपनि गठवन्धन हार्छ । त्यो ढङ्गले राजनीतिक उच्च छवि भएका जनताका समस्या बुझ्ने, सम्बोधन गर्न सक्ने कार्यकर्ता र जनताका मन जित्न सक्नेलाई उम्मेदवार बनाई अघि बढ्नुको विकल्प छैन् । कसले कति बढी, कति घटी भन्दा पनि जनमतको सम्मान गर्दै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, जनजीवीकाको सवाललाई सम्बोधन गरी देशमा सुशासन शान्ति अमनचयन कायम गर्ने मुल लक्ष्यका साथ गठवन्धन अघि बढ्नुपर्छ ।
जनताका विचमा जाने कांग्रेसको नयाँ एजेण्डा के हो ? प्रधानमन्त्री को हुने भन्ने समेत निरक्यौल गर्न सकेको छैन जनताले के आधारले मत राख्ने ?
नेपाली कांग्रेस देशमा समाजवाद ल्याउन चाहन्छ । त्यहि अनुसार लागि परेको छ । विपीको प्रजातान्त्रिक समाजवाद देश सुहाउँदो छ । पार्टीको महामन्त्री विश्व प्रकाश शर्माको संयोजकत्वमा घोषणा पत्र तयार गर्न समिति बनि सकेको छ । देशलाई दिगो विकास गर्ने जनताहरुलार्य समृद्धिको यात्रामा लग्ने घोषणा पत्र आउँछ । जहाँ सम्म यहाँले भावि प्रधानमन्त्रीको भन्ने सवाल मनसिव हो । संवैंधानिक व्यवस्था अनुसार जनताको जनविश्वास प्राप्त ठूलो दलको बन्छ उहि सरकारको नेतृत्व हाँक्ने हो । अहिले कांग्रेस पार्टीमा सभापति शेरवहादुर देउवा हुनुहुन्छ । सरकारको नेतृत्व पनि गरिराख्नु भएको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकोले अहिले नै प्रधानमन्त्री घोषणा गर्नुपर्छ भन्ने छैन् तर पनि हाम्रो पार्टीका महामन्त्रीको दावेदार आफु भएको घोषणा गरिसक्नु भएको छ । उहाँलार्य अर्का महामन्त्री विश्व प्रकाश शर्माले साथ दिनु भएको छ । गगनले दावि छोडे आफू हुने भन्नु भएको छ त । नैतिक आचरण, अनुशासन, विचार निष्ठाको राजनीति गर्ने नेता रामचन्द्र पौडेल, अर्का नेता प्रकाशमन सिंहले प्रधानमन्त्रीको दावि गरिराख्नु भएको छ त्यो स्वभाविक पनि छ ।
मलुजुली जाउँ बाँडीचुडी खाउँ भन्ने अभियानमा गठवन्धन बन्यो । कांग्रेस जस्तो लोकतान्त्रीक पार्टीले नीति, विचार, सिद्धान्तलाई चट्टकै विर्सीयो । कहिकतै मेल नखाने सँग गठवन्धन गरेर चुनावमा जानु भनेको लोकतान्त्रीक पद्धतीकै उपहास हो भनेर राजनीतिक विश्लेषकको भनाई प्रति तपाई के भन्नु हुन्छ ?
नेपाली कांंग्रेसको केन्द्रीय समितिको बैंठकले देशको भूराजनीतिक अवस्था, संघिय लोकतान्त्रिक गणतन्त्र माथि नै धावा बोलि रहेको अवस्था, संविधान माथिको पटक पटकको हमल गर्ने कार्य अहिलेको प्रतिपक्ष पार्टीका अध्यक्ष केपी अोली प्रधानमन्त्री हुँदा गरेको गैर सम्बैधानिक कदम, जनता माथिको धोकालाई नियालेर बस्तु स्थिति बुझेर नै गठवन्धन गरेर जाने मिलेर देश बनाउने अभियानमा जुट्ने भनेर गठवन्धन गर्ने निर्णयका साथ कांग्रेस पार्टी अघि बढेको हो । राजनीतिक विश्लेषकहरुको विश्लेषणमा एक हदसम्म मात्र सहमत हुन सकिन्छ । नीति, सिद्धान्त,विचार फरक छ । देशलाई अघोगति धकेल्ने कार्यलाई रोक्न गठवन्ध गर्नु परेको हो । नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणको लागि मिलेर जानुको विकल्प छैन् ।
३० औँ वर्ष सम्म उहि नेतृत्व ती नै दलका नेताहरुले देश हाँकी रहेका छन् जनताको अवस्थामा कुनै परिवर्तन आएको छैन । सत्ताको छिना झम्टीमा रमाएको कारण जनताहरु निराश भएका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति जनताले नै चुन्न पाउनु पर्छ भन्ने युवा पिढीँ बढी रहेको अवस्थालाई यहाँहरुले नियाल्न सक्नु भएको छ त राष्ट्रिय स्वतन्त्र पार्टी आइ सक्यो नि ? यसमा तपाईको धारणा ?
२०६२÷०६३ को जन आन्दोलनले एक खालको परिवर्तन ल्यायो । खस, आर्य, महिला दलित, जनजाति, अल्प संख्यक सबैलाई संविधानले अधिकार सूनिश्चित गरेको छ । विकासले जुनखालको गति लिनु पथ्र्यो त्यो हुन सकेको छैन् । जनताको जन जीविकाको अवस्था हिजो के थियो आज के भयो त्यसको लेखा जोखा हुनुपर्छ । भ्रष्टचार नियन्त्रण, सुशासन कायम गर्नु पर्छ नै जनतामा केही नैरास्यता छाएको छ । त्यो नैरास्यतालाई राजनीतिक दलहरुले बुझ्नु पर्छ र सुधार्न सक्नुपर्छ । नत्र अवस्था अलि फरक हुनसक्छ । संविधान कानुन अनुसार नयाँ पार्टीलाई बहस छलफल गर्र्ने अधिकार छ । जनतामा जाने अधिकार छ । संविधानमा जनताले प्रत्यक्ष प्रधानमन्त्री चुन्ने अवस्था छैन् । नयाँ खोलेको राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढेको छ । आगामी चुनावको परिणामले देखाउँछ नै । निर्वाचित सांसदहरुले खवरदारी गर्न सक्छन् । संविधान परिवर्तनशिल छ परिवर्तन गर्न सकिन्छ । जनताहरुको जनमतले जसलाई विश्वास गर्छ देश उसैले चलाउने हो ।
एमालेसँग एक्लै चुनावी प्रतिस्पर्धामा जान कांग्रेस डरायो किन ? नत्र गठवन्धन किन आवश्यक प¥यो ?
विगतमा कम्युनिष्टहरुको गठवन्धनमा धेरै दरार आयो । दुई तिहाइको सरकार विघटन भयो । यो देशमा कांग्रेसको नेतृत्वमा ठूलाठूला परीवर्तन भएका छन् । देश जोगाउन, देश हाँक्न कांग्रेसले मात्र सक्छ भन्ने उदाहरण धेरै छन् । २००७ साल देखि २०६२÷०६३ को जन आन्दोलनलाई नियाल्न सकिन्छ । नेपाली कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा होमीदाँ फाइदा हुन्छ । एक नम्बर पार्टी बन्छ नै यो सत्य हो तर पनि देशको विकास र समृद्धि गर्न मिलेर जाउँ प्रतिगमनलाई परास्त गरौँ भन्ने हो ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नं २ मा तपाई सहित ५ जनाको दावि छ । यी मध्ये मधु आचार्य र शिव हुमागाईको नाम चर्चामा छ । प्रतिनिधि सभा क्षेत्र नं १ मा भने सर्व सम्मात भयो नी २ मा किन गर्न सक्नु भएन त ?
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं २ मा पार्टीमा निरन्तर लागेका योगदान गरेका नै म सहित ५ जना सिफारिस भएको हो । म लगायत शिवप्रसाद हुमागाई, अच्यूद पौडेल, रामजी पन्त (मुकेश) र ठाकुर प्रसाद न्यौपाने हुनुहुन्छ । उहाँहरु सबैलाई म सम्मान गर्छु । यस अघिको निर्वाचनमा म घाइते भएको छु । त्यो बेलाको कम्युनिष्ट गठवन्धन भएकोले कांग्रेसले हार बेहोर्नु परेको हो । अहिले कांग्रेससँग माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका अन्य दलहरुको गठवन्धन छ । देशको निर्माण गर्ने गठवन्धन हो । सामाजिक आर्थिक रुपान्तरण र सुशासन हाम्रो मुल लक्ष्य हो । म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ काभ्रेको निवर्तमान सभापति हुँ यसो भन्दै गर्दा सबै काभ्रेली कार्यकर्ता जनताको साथ सहयोग विश्वास मलाई छ र त्यहि कारण म यो ठाउँ सम्म आएको छु । मेरो दावि प्राकृतिक र स्वभाविक छ । काभ्रे जिल्लामा सबै सिटमा जित सुनिश्चित छ । त्यहि अभियानमा हामी लाग्नु पर्छ । विगतको चुुनावमा म सँग चुनावी प्रतिस्पर्धामा उठेका मित्र गोकुल बास्कोटाले जनताहरुको अपमान गर्नु भएको छ । यो पटक काभ्रेमा गठवन्धनको उम्मेदवारलाई मतदान गरेर समृद्धि काभ्रे निर्माण गर्ने अभियानमा जनताहरुले साथ दिनु हुने छ भन्नेमा म विश्वस्त छु ।
सम्बैधानिक व्यवस्था अनुसार महिलाहरुलाई ३३ प्रतिशत राजनीतिक अधिकार प्रदान गरेको भए पनि प्रत्यक्ष तर्फ महिलालाई स्थान नै नदिएर किन अन्याय गरेको ?
संवैधानिक व्यवस्था अनुसार महिलाहरुलाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको छ । नेपाली कांग्रेस पार्टीले गाउँको तल्लो कमीटी, भातृ संगठन र माथिल्लो केन्द्रीय कमीटी सम्म महिलाहरुलाई उचित स्थान दिएको छ । आगामी निर्वाचनमा पनि प्रत्यक्ष तर्फ र समानुपातिक दुबैमा उचित स्थान दिएर हामी अघि बढ्छौँ ।
अन्तरवार्ताः
रमेशप्रसाद न्यौपाने