IMG-LOGO

तिहारमा स्वास्थ्यको हेरचाह

 मंगल, कार्तिक १३, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

       दशैंभन्दा रमाइलो मानिने चाड तिहारमा भैलो गाउने, देउसी खेल्ने चलन पहिलेदेखि गरिदै आएको हो । विगत केही वर्षदेखि तिहारको आगमनसँगै पटाका पड्काउने, भुईंचम्पा बाल्ने, बारुद पड्काउने, गमला बाल्ने, रकेट छोड्ने, चक्कर घुमाउने गरिन्छ । यस्तो आतसबाजी तथा पटाकाले आँखाको दृष्टि गुम्न, कानको जाली फुट्न तथा शरीरका विभिन्न भागमा पोल्न सक्छ । यी स्वास्थ्यमा प्रत्यक्ष पर्न सक्ने असरहरु भएपनि रक्तचाप बढ्ने, एलर्जी हुने, टाउको दुख्ने, ब्रोङ्काइटिस बल्झिने, दम बढ्ने, खोकी लाग्ने पनि हुनसक्छ । त्यसैले बालबालिकाहरु एक्लैलाई पटाका, बारुद, भूईंचम्पा, गमला आदिको प्रयोग गर्न दिनु हुँदैन । त्यसको लागि आवश्यक पर्ने सलाई, लाइटर जस्ता बस्तुको प्रयोग तिनीहरुलाई गर्न दिनु हुँदैन । यदि यस्तो खालको मनोरञ्जन गर्नै परे, अभिभावकहरुको निगरानीमा सीमित मात्रामा गर्न दिनु पर्दछ ।      आतसबाजी गर्ने तथा पटाका पड्काउने कार्य खुल्ला ठाउँमा गर्नुपर्छ । वरिपरि पेट्रोल, मट्टितेल, कुकिङ ग्याँस जस्ता कुनै किसिमको प्रज्वलनशील पदार्थहरु हुनुहुँदैन । विशेषतः बालबालिकाहरुसँग बढी आवाज आउने आलु बम जस्ता पटाका पड्काउनु हुँदैन । कुनै कारणवश पटाका वा अन्य स–साना बारुद पड्केन भने नजिक गएर हेर्ने, फेरि बाल्न खोज्ने गर्नुहुँदैन । बहादुरी देखाउन हातमै पटका पड्काउने, एकैपटक धेरै पड्काउने गर्नु हुँदैन । यी कारणले आँखामा कुनै कण पसेको शंका लागेमा चिसो पानीले आँखा धुनुपर्दछ । पोलेको ठाउँमा, चोट लागेको ठाउँमा प्राथमिक उपचार गर्नुपर्दछ ।      चाडपर्वको मौकामा व्यापारीहरुले अनुचित फाईदा उठाउने क्रममा खाद्य पदार्थहरुमा अखाद्य वस्तु मिसावट गरी बिक्री वितरण गर्दछन् । पहिले दुग्ध पदार्थ तथा तरकारी, फलपूmलहरु लगायतका खाद्यपदार्थहरुमा मिसावटको गुन्जाइस नै हुँदैनथ्यो तर आजकल कल्पनै नगरेको वस्तुमा र ठाउँमा पनि यस्तै मिसावट गरिएको छ । खाद्यवस्तुमा मिसावटको कारण तुरुन्तै वाकवाकी लाग्ने, बान्ता आउने, पेट दुख्ने, झाडापखाला लाग्ने, रगतमासी पर्ने, जन्डिस हुने, पिसाब पोल्ने, आँखा धमिलो हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, आलस्य लाग्ने, बेहोश हुने हुनसक्छ । त्यसैगरी कालान्तरमा विभिन्न शारीरिक अङ्गहरुमा ट्युमर (क्यान्सर) पलाउने, अन्धोपन हुने, पक्षाघात हुने हुनसक्छ । यी मिसावटको पाचनको क्रममा वा शरीरबाट निष्काशनको क्रममा कलेजो तथ मृगौलालाई असर गर्नसक्ने सम्भावना निकै बढी हुन्छ । जुन कार्यले पहिले देखि शारीरिक अवस्था कमजोर भएका, बालबालिका तथा वृद्धहरुमा प्राणघातकसिद्ध हुनसक्छ ।      तिहार (यमपञ्चक) का पाँच दिनमा गरिने विभिन्न खाले पूजा तथा झकिझकाउका बेला कतिपय सावधानी यस प्रकार छन् । काग तिहारको दिन बाहेक त्यसपछिका दिनहरुमा कुकुर, गाई, गोरुलाई पूजा गर्ने, माला लगाइ दिने, गाईको मुनिबाट छिर्ने, मिष्ठान्न खुवाउने क्रममा टोक्ने, हान्ने गर्न सक्दछ । अतः ध्यान पु¥याउनु पर्दछ । लक्ष्मी पूजाको दिन मैनबत्ती, दियो बाल्ने तथा झिलीमिली बत्ती राख्ने क्रममा मैनले, तेलले पोल्ने तथा बिजुलीको करेन्ट लाग्ने हुन सक्दछ । कहिलेकाहीँ आगलागीका घटनासम्म पनि हुनसक्छ । यदि दियो अथवा आगोले पोलिहालेमा चिसो पानीमा डुबाउने गर्नुपर्दछ । त्यस्तो ठाउँमा तेल वा घ्यू लगाउनु हुँदैन । फोका नफुटाउने, मलम राख्ने तथा दुख्ने कम हुने औषधी खानु पर्दछ । झ्याल, ढोका ड्याम डुम्म बन्द गरी सिसाको र झ्याल ढोका नजिक दियो, बत्ती राख्नु हुँदैन ।      भैलो तथा देउसी राति खेल्ने हुनाले आफ्नो घर आगनबाट टाढा टाढासम्म र नजिकका आफन्त बाहेक अन्यसँग जानु हुँदैन । बलात्कार लगायतका यौन दुव्र्यवहारको जोखिममा पर्न सक्दछ । देउसी भैलो पछि पैसा, खाद्य पदार्थको विषयमा साथीहरुसँग झगडा गर्नुहुदैन । विशेषतः नेवारहरु नेपाल संवत् तथा म्हपूजाको हर्षाेल्लासमा शहरतिर भिन्तुना ¥यालीको क्रममा मोटरसाइकल, गाडीमा घुम्ने गर्दछन् । यस क्रममा हेल्मेट एवं अन्य सुरक्षाका उपायहरु अपनाउनुका साथै ब्रेक, एक्सिलेटर, टायर, ट्युब ठिक अवस्थामा छ, छैन चेक गर्न लगाउनु पर्दछ । खुल्ला ठाउँमा वा सडकमा तीव्र गतिमा आफ्नो साधन कुदाउनु हुँदैन । यस्ता कार्यक्रमका आयोजक टोलीले सवारीचालकसँग लाइसेन्स छ, छैन देखि लिएर गति नियन्त्रण, यात्रा दौरान मादक पदार्थ सेवनको बन्देज, प्राथमिक उपचारको ग्यारेण्टी लगायतका कुराहरुमा ध्यान दिनु जरुरी छ ।      भाइटिकाको दिन पनि पूजाको क्रममा धुप, दियो मैनबत्तीले पोल्न सक्दछ । दिदी बहिनीहरुले मिठाई, फलपूmल, मसाला खरिद गर्दा मिसावट छ, छैन विचार पु¥याउनु पर्दछ । तिहारमा कोसेली स्वरुप दिइने मिठाई, फलपूmल एकै दिन सिध्याउनु पर्छ भन्ने छैन । किनकि एकैपटक अति गुलियो भोजनले वाकवाकी लाग्ने, उल्टी (वमन) हुने हुन सक्छ । अतः चाडै बिग्रिने, कुहिने खालका फलपूmल तथा मिठाइहरु पहिले खाएर सञ्चय गरी राख्न मिल्ने खालका खाद्य पदार्थहरु मात्र पछिका दिनहरुमा खानु बुद्धिमानी हुन्छ । र, यसपटक डेंगु र स्क्रब टाइफसको सन्त्रास      दशैं, तिहार बीच नेपालभरि डेंगुका हजारौं केसहरु भेटिए । मुख्यतः पोथी एडिस एजेप्टी प्रकारको लामखुट्टेका कारण लाग्ने डेंगु तथा यसको उपचारमा के, कस्तो सतर्कता अपनाउने भन्ने कुरा यस प्रकार छ । – सामान्य खालको डेंगुका लागि अस्पतालमा भर्ना हुनु पर्दैन । – बालबालिका, बूढापाका, मधुमेह लागेका तथा शरीरमा प्रतिरोधात्मक क्षमता कम भएकालाई छिट्टै असर गर्दछ । – यी जातका लामखुट्टेले अधिकतर दिउँसो तोक्ने हुनाले प्रभावित क्षेत्रमा दिउँसोको समयमा पनि हातखुट्टा छोपिनेगरि लामा बाहुला भएका कपडाहरु लगाउनु पर्दछ । प्रभावित क्षेत्रमा भ्mयाल ढोकामा जाली ठोक्नु राम्रो हुन्छ । – रातीको समयमा म्याट वा लिक्विड भन्दा पनि झुल नै बढी फाईाजनक हुन्छ । – भाइरल ज्वरो भएका कारण एन्टीबायोटिकको कुनै महत्व छैन । भाइरल संक्रमण भएका कारण यसको उपचार भनेको लाक्षणिक उपचार मात्र हो ।  – ज्वरो वा पीडाको लागि प्यारासिटामोल मात्र खान मिल्छ, अधिकतम ६, ६ घण्टाको फरकमा २४ घण्टामा ४ पटक सम्म । दुखाई कम गर्ने औषधि खाने सिलसिलामा बु्रफेन, बु्रसैट, फ्लेक्शन वा एस्पिरिन औषधि खाँदा शरीर भित्र रक्तश्राव गराउने बढ्ता सम्भावना हुन्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र औषधि खानु राम्रो हुन्छ । – उच्च ज्वरो, पसिना तथा बान्ताका कारण शरीरबाट पानी खेर गईरहने हुनाले प्रभावित व्यक्तिलाई आवश्यक मात्रामा पिसाब गरिराख्ने हिसाबले झोलिलो पदार्थ ख्वाइ राख्नुपर्दछ । – प्यारासिटामोल र झोलिलो खानेकुराको अलावा विरामीलाई यथेष्ट आराम पनि गराउनु पर्दछ । – डेंगु लागेको तेश्रो देखि सातौं दिनमा ज्वरो घट्नु पर्दछ । यदि एक हप्तासम्ममा पनि ज्वरो घटेन दोहो¥याएर चेक अप गराउन जानु पर्दछ । – यदि हेमोरेजिक डेंगु (रक्तश्राव हुने खालको) तथा डेंगु शक (डेंगुका कारण बेहोश हुने) भयो वा हुन थाल्यो भने अस्पतालमै राखेर उपचार गर्नुपर्दछ । त्यस्तो विरामीको दिनहुँ रगत परीक्षण गरि रगत जमाउने पदार्थ प्लेटलेट्सयुक्त रगत सम्म चढाउनु पर्ने, अक्सिजन वा भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने सम्म हुन्छ । – लामखुट्टे वृद्धि हुने थलो भनेकै पानी जम्ने ठाउँ भएकोले घर वरिपरि, कौसी, छाना, बार्दलीमा पानी जम्ने खालका गमला, बट्टा, ड्रम, गाडीको टायर, खाल्टाखुल्टी आदिमा जमेका पानी फालिदिनु वा पुरिदिनु पर्दछ । पानीको ट्यांकी पनि राम्ररी ढाक्नु पर्दछ ।      यसैगरी, विभिन्न खाले सरुवा रोगहरु मध्ये स्क्रब टाइफस मुसा वा छुचुन्द्रोमा देखिने रिकेट्सिया नामको एक किटाणुले मानिसमा सार्दछ । स्क्रब टाइफस समयमै उपचार नगरेको खण्डमा २ देखि ३ हप्ता रहन्छ । – यस सरुवा रोगबाट बच्न खेतबारीमा काम गर्दा, बनजंगल झाडीमा जाँदा तथा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा, पूरै बाहुला भएको लुगा लाउने गर्नुपर्दछ । सम्भवः भए खेतबारीमा काम गर्दा बुट लगाउने पनि गर्नुपर्दछ । केटाकेटीलाई आँगनमा खेल्न लगाउने क्रममा पूरै शरीर ढाक्ने लुगा लगाई दिनु पर्दछ । – सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, नसुत्ने, बस्नै परे घाँसबारी वा चउरमा बस्दा केही ओच्छ्याएर मात्र बस्ने, खाटमा खटियामा वा अलि अग्लो स्थानमा बस्ने गर्नुपर्दछ । – घर वरिपरिको झाडी बुटा हटाउने, मुसा नियन्त्रणका उपायहरु अपनाउने गर्नुपर्दछ । – उपचारको हकमा चिकित्सकसँगको परामर्शमा डक्सिसाईक्लिन एन्टीबायोटिक र ज्वरो एवं पीडा आउने औषधिका साथै झोलिलो पदार्थ, प्रशस्त आराम र पोषिलो खानेकुरा आवश्यक हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्