IMG-LOGO

विश्व मुटु दिवस र मुटुको हेरचाह

 मंगल, असोज १५, २०८१  – प्रा.डा. सुमनराज ताम्राकार

     सन् २०१२ को मे महिनामा सम्पन्न ६५ औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी विश्वका १९४ राष्ट्रहरुले मुटु तथा रक्तसंचार, मधुमेह, क्यान्सर, जीर्ण खालका श्वास प्रश्वास रोग लगायतका असंक्रामक रोगका कारण हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने प्रतिबद्धता जाहेर गरेको छ । यी रोगहरुबाट वर्सेनी करिब साँढे ३ करोड मानिसको मृत्यु भैरहेकोमा करिब आधा जसो मुटु तथा रक्तसंचारसँग सम्बन्धित रोगले गर्दा हुन्छ ।      विश्व स्वास्थ्य संगठनका अनुसार समयमै मुटु रोगबारे सचेतना बढाईएन भने अबको केही वर्षमा मुटुको समस्या महामारीको रुपमा पैmलिने छ । त्यसैले पनि विगत केही वर्षदेखि वर्सेनी अंग्रेजी महिना सेप्टेम्बरको अन्तिम आईतबार विश्व मुटु दिवस मनाउने गरेको छ । समाजमा जनचेतना बढाउने हेतुले यो दिवस मनाउन थालेको हो । र, यो पटकको मुटु दिवसका अवसरमा मुटुको स्वास्थ्यलाई लिएर जनचेतना जगाउन अब विलम्ब गर्न नहुने सन्देशका साथ ‘कार्यान्वयनमै उत्रन मन (मुटु) लगाउँ’ भन्ने नाराका साथ अस्ति आईतबार विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मुटु दिवस मनाईएपनि देशका विभिन्न ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो लगायतले जनधनको क्षति पु¥याईरहेको खबर निरन्तर आईरहेको कारण यो दिवस भने ओझेलमा प¥यो । यो पटकको दिवसको नारा अनुसार मुटुको स्वास्थ्यबारे जनचेतना जगाउन, मुटुसम्बन्धी समस्याको रोकथामका उपायहरुलाई बढावा दिन, मुटु सम्बन्धी समस्या समयमै पत्ता लगाउन र मुटु एवं रक्तनलीसम्बन्धी रोगहरुको उचित व्यवस्थापन गर्न मनै लगाएर काम थाल्नुपर्ने बेला आएको छ ।      केही वर्ष अगाडि विश्व मुटु दिवसको अवसरमा विश्व मुटु फेडेरेशनले बहुराष्ट्रस्तरमा एक सर्वेक्षण गरिएको थियो । आम मानिसलाई मुटुको बचावटका लागि कहिले देखि आवश्यक पाइला चाल्नुपर्दछ भनि सोधिएको थियो । सर्वेक्षणमा सहभागी आधा भन्दा बढी जसोले मुटु तथा रक्तसंचारको समस्या जीवनशैलीजन्य समस्या भएका कारणले मुख्यतः वृद्ध, धनीमानी एवं पुरुष मानिसहरुलाई मात्र लाग्दछ र मुटुको हेरचाह ३० वर्ष उमेरपछि मात्र गर्नुपर्ने धारणा व्यक्त गरे । जुन बिल्कुलै गलत हो ।      र, बाल्यावस्थादेखि नै मुटु मैत्री स्वस्थ्य जीवन अपनाइ भविष्यमा मुटु तथा मस्तिष्काघातमा पर्ने भावी प्रभाव घटाउनु पर्ने बेला आएको छ । किनकि पुरुष जतिकै महिला जोखिममा छन् भने बालबालिकाहरु पनि मुटु तथा रक्तसंचार समस्याका लागि उतिकै संवेदनशील छन् । र, कतिपय विकसित देशमा एक तिहाई महिलाको मृत्युको प्रमुख कारण मुटु रोग नै भैरहेको छ । छोटकरीमा नियमित शारीरिक व्यायामका साथै अस्वस्थ्य खाना, धुम्रपान जस्ता जोखिमपूर्ण तत्व घटाउने बेला आएको छ । र, अधिकतर रुपमा विविध कामका लागि घर भन्दा बाहिर समय व्यतित हुने हुनाले मुटु मैत्री कार्यस्थल अर्थात् काम गर्ने वातावरण हुनु पर्दछ ।      आजकालको व्यस्त दैनिकी, खानपानको गलत, तनावपूर्ण वातावरण, व्यायामको अभावले उच्च कोलेस्टेरोलको कारण हुनसक्छ । परिवारमा कसैलाई एन्जाइना, हृदयाघात भैसकेको वा मुटुको रोग छ भने खराब कोलेस्टेरोलको मात्रा कम हुनु राम्रो हुन्छ । त्यसैगरी मुटु रोगी, मधुमेहका रोगी, उच्च रक्तचाप भएका तथा धुम्रपान गर्नेको कोलेस्टेरोलको मात्रा घटाउनु राम्रो हुन्छ । उच्च कोलेस्टेरोलको समस्या तथा यसको परिणतिले जुनसुकै उमेरकोलाई असर पु¥याउन सक्दछ । सानै उमेरदेखि कोलेस्टेरोलको मात्रा नियन्त्रणमा राख्नु राम्रो हुन्छ । र, शरीर पातलो हुँदैमा कोलेस्टरोलको समस्या नहुने होइन । दैनिक आधा घण्टा व्यायाम तथा खानपानमा सजगताबाट कोलेस्टेरोलको स्तर घटाउन सकिन्छ ।      र, धुम्रपान छोडें भन्ने व्यक्तिले चुरोटको तलतल मेटाउन पान, सुपारी, गुट्खा (जर्दा भएको वा नभएको) खाने गरेको छ । यी सुर्तीजन्य पदार्थहरु पनि स्वास्थ्यको दृष्टिले उत्तिकै जोखिमपूर्ण छन् । स्वस्थकर खाना, शारीरिक सक्रियता, शारीरिक तौलमा नियन्त्रण, प्रशस्त फलपूmल तथा मधुमेहका विरामीले चिनी सुगर नियन्त्रणबाट कोलस्टेरोल नियन्त्रण ल्याउन सकिन्छ । होइन भने कोलेस्टेरोल घटाउने औषधिको सेवन गर्नुपर्ने हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्