IMG-LOGO

धुलिखेल अस्पतालले मनायो कोभिड डे’

 मंगल, सावन १९, २०७८  - हरिनाथ न्यौपाने

      विश्वव्यापि रुपमा देखा परेको कोरोना भाइरसको सुरुवाती चरणदेखि हालसम्म गरेको सेवा र देखा परेका चुनौतीका सम्बन्धमा धुलिखेल अस्पतालले समिक्षा कार्यक्रम विहिबार सम्पन्न गरेको छ । धुलिखेल अस्पतालले जुलाई २९ लाई कोभिड डे बनाउन शुरु गरेको अवसरमा प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले धुलिखेल अस्पतालले दिइरहेको सेवाको उच्च प्रशंसा गर्नुहुदै कोरोनाको समयमा पनि अस्पतालले महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा लगायतले कोरोना संक्रमण अझै पनि भईरहेकोले सजगता अपनाउदै काम गर्न आग्रह गर्नुभयो । नेपालमा कोरोनाका कारण पहिलो पटक धुलिखेल अस्पतालमै एक महिलाको मृत्यु भएको दुःखद स्मरण गर्दै उहाँहरुले विचलित नभइकन सजगताका साथ सेवा दिन सफल भएकोमा अस्पताललाई धन्यबाद दिनुभयो । काठमाण्डौ विश्वविद्यालय मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजु, धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानु श्रेष्ठ, डा. शिव ओम चौरसिया, डा. दिपेश ताम्राकार, डा. आभा श्रेष्ठ, मेडिकल सपोर्ट तर्फका प्यारामेडिक श्रीजेश पराजुली, नर्स अनिसा न्यौपाने लगायतले कोरोना रोग सुरुवात भएदेखि आफूहरुले ज्यानको जोखिम राखेर उच्च मनोबलका साथ सेवामा खटिएको जानकारी दिनुभयो । धुलिखेल अस्पतालमा दोश्रो चरणको संक्रमणमा उपचारको क्रममा १ सय ४२ जनाको कोभिडका कारण निधन भएको, ५ सय ४९ जना निको भएर फर्किएका छन् भने ३८ जनाले अझै उपचार गराईरहेको डा. दिपेश ताम्राकारले बताउनुभयो ।  अस्पतालका डा. राम बहादुर गुरुङले स्वागत मन्तव्य, कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन रश्मी महर्जनले गर्नुभएको थियो । े धुलिखेल अस्पतालका तीन सम्मानित       यसैबिच बारबरा फाउण्डेसनले धुलिखेल अस्पतालका तीन जनालाई स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम गरे बापत कोभिड-१९ विशिष्ट सम्मान प्रदान गरेको छ । बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान (व्यवस्थापन/सार्वजनिक नीति बिधा) मा धुलिखेल अस्पतालका डा. अर्चना श्रेष्ठ, डा. बिराज कर्माचार्य, मेडिकल सपोर्ट तर्फ प्यारामेडिक धुलिखेल अस्पतालका श्रीजेश पराजुलीलाई शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा सम्मान प्रदान गरियो । फाउण्डेसनकै कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले कोभिड-१९ विशिष्ट सम्मानका लागि एक करोड रुपैयाँ उपलब्ध गराएका थिए ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्