IMG-LOGO

काभ्रे टाइम्स २५ वर्ष पुगेको अवसरमा ओ हो ऽऽ रजत वर्ष पुगेछ

 मंगल, माघ ६, २०७७  प्रा.डा.सुमनराज ताम्राकार

काभ्रे टाइम्सको शुरुवाती वर्ष देखि नै लेखेको थालेको हुँ । त्यो बेला अहिले जस्तो ईमेल वा सामाजिक संजालको स ुविधा थिएन । मलाई अझ सम्झना छ, मैले हातैले लेखेका लेखहरु खेस्रा पछि साफी गरेर पनौती देखि वनेपासम्म आई तत्कालीन सम्पादक आर. एल. श्रमजीविको एग्रोभेट पुर्‍याउन गएको । त्यो बेला काभ्रे टाइम्सले यत्तिका लामो बाटो तय गर्ला वा मैले पनि अहिलेसम्म लेखिरहुँला भनेर फिटिक्कै सोचेको थिईनँ । हेल्थ असिस्टेण्ट हुँदा देखि काभ्रे टाइम्समा लेख्न थालेको समयक्रममा डाक्टर, विशेषज्ञ डाक्टर हुँदै प्रोफेसर भैसकें तर पनि लेखन कार्य जारी नै छ । पछिल्ला दिनहरुमा रमेश न्यौपानेसँग धेरै नै हिमचिम बढेको छ, काभ्रे टाइम्सका लागि लेखहरु लेख्ने क्रममा । कहिलेकाहीँ आ ऽऽ .. कति लेखुँ जस्तो लाग्छ, तर कतिपय पाठकहरु भेट्दा मेरा लेखहरुबाट पुगिरहेको फाईदा स ुनेपछि उर्जा मिल्छ । तर पनि अल्छी गर्दा आईतबार भयो कि ‘डा. साब’ भनेर रमेश (न्यौपाने) को फोन आईहाल्छ, अनि त ल्यापटप काखमा लिई लेख्न करै लाग्छ । आज, भोली गर्दागर्दै २४ वर्ष पूरा भएको हेक्कै भएन । मलाई लाग्छ काभ्रे टाइम्स भूतले खाना खाने बेलामा अर्थात् माओवादी सशस्त्र द्वन्द्वताका तिर जन्मेको भएर हो कि क्या हो, बीच बीचमा अनेक हुण्डरी खाँदै यहाँसम्म आईपुग्न सफल भएको छ । सशस्त्र द्वन्द्वताका यसले कति दु?ख खेप्नुपर्‍यो धेरेथोर थाहा छ । पूर्वराजा ज्ञानेन्द्रको पालामा अनेकथरि सास्ती खेप्नुपर्‍यो । राजनैतिक उतारचढावका प्रत्यक्ष शिकार मात्र नपुगेर २०७२ को महाभूकम्प खेप्नुपर्‍यो भने गतसालबाट कोरोना संक्रमण । कोभिड १९ ले नेपालभित्रका ठूल्ठूला एवं नम्बर वन भनाउँदा मिडिया हाउसले त आफ्ना दैनिक, साप्तािहक, पाक्षिक, मासिक प्रकाशन भटाभट बन्द गरेको परिप्रेक्ष्यमा मोफसलमा रहेर काभे्र टाइम्सले ४७ अंक प्रकाशनमा ल्याउनु भनेको ठूलो उपलब्धि त हो नै, पाठकहरु प्रतिको प्रतिबद्धता पनि हो जस्तो लाग्छ । यो एक वर्षको अधिकांश समय कोरोना संक्रमणले गाँजेको कारण धेरैजसो मेरा लेखहरु कोरोनाकै सेरोफेरोमै रह्यो । अन्य लेखहरु समयसापेक्ष एवं कतिपय स्वास्थ्य दिवससँग सम्बन्धित रह्यो । कोरोना संक्रमणबारे काभे्र टाइम्सका पाठकहरुलाई धेरै भन्दा धेरै जानकारी होस् भन्ने हेतुले विभिन्न कोणबाट कोरोना संक्रमणसँग सम्बन्धित स्वास्थ्य लेखहरु लेख्न पाएर मनमा एक किसिमको सुखद अनुभूति भयो । अभैm पनि कोरोनाको त्रास हटेको छैन, कोरोना विरुद्धको खोपबारे नयाँ समाचारहरु, कोरोना भाइरसको नयाँ स्ट्रेनका समाचारहरु, संक्रमित व्यक्तिमा पुनः संक्रमणका समाचारहरु आईरहेको परिप्रेक्ष्यमा अभैm धेरै लेख्नु छ भन्ने लागेको छ ।  विगत २४ वर्षमा विशेषगरि अहिलेसम्म महिला स्वास्थ्य, बाल स्वास्थ्य, पारिवारिक स्वास्थ्य, संक्रामक रोग एवं नसर्ने रोगको अलावा स्वास्थ्यसँग सम्बन्धित उपकरण तथा जाँच पड्तालका कुराहरु लेख्दै आएको छु । आगामी दिनमा जनस्वास्थ्यसम्बन्धी लेखहरु कस्तो खालको भए हुन्थ्यो जस्तो लाग्छ भने पाठक प्रतिक्रिया पठाउन वा काभ्रे टाइम्सको कार्यालयमा फोन गरेर भन्न सक्नुहुन्छ ।  बक्समा काभे्र टाइम्सले २४ वर्ष पार गरि २५ वर्ष टेकेको अवसरमा एउटा लोगो डिजाईन गरिदिएको छु । यो लोगो प्रतिकात्मक तरिकाले बनाएको छु । काभ्रे जिल्लालाई केन्द्रमा राखेर काभ्रे टाइम्स प्रकाशित भएको कारण लोगोको मुख्य घेरामा काभ्रे जिल्लाका ७ वटा गाउँपालिका र ६ वटा नगरपालिकाहरुको नाम उल्लेख गरेकोे छु । तलतिरको अर्धगोलाकार मुनि २५ वटा पूmलका चित्र बनाएको छु, जसले रजत वर्ष ईंगित गर्दछ । माथिल्तिरको अर्ध गोलाकार माथि सूर्यको प्रकाश फिँजिएकोे देखाएको छु, यसबाट काभे्र टाइम्सले आगामी दिनमा पनि ज्ञान, समाचार, जानकारी प्रदान गरि पाठकहरुमा शिक्षा एवं चेतनाको उज्यालो बढाउने छ भन्ने ईंगित गरेको छु । बीचमा २५ अंक भित्र काभ्रे टाइम्सकै मोटामोटी २५ नामहरु समेटेको छु । तलतिर रिबनमा ‘काभ्रे टाइम्स रजत वर्ष’ भनेर लेखेको छु भने गोलाकार भित्र तलतिर २०७७ साल उल्लेख गरेको छु । त्यसो त यस अघि पनि काभ्रे टाइम्सको लागि एक, दुई पटक लोगो डिजाईन गरिसकेको छु भने कतिपय दिवंगत चिनारु व्यक्तित्वहरुको मुहार चित्र (रेखा चित्र) बनाइसकेको छु । यस पटकको काभे्र टाइम्स रजत वर्ष पुगेको अवसरमा यो लोगो प्रतिकात्मक नै भयो होला भन्ने अपेक्षा लिएको छु । धन्यवाद ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्