IMG-LOGO

के हो हनिमून सिस्टाइटिस ? 

 मंगल, पौष ७, २०७७  प्रा.डा. सुमनराज ताम्राकार

अब २०७८ को वैशाख नलागी खासै विवाहका लगन छैनन् रे । तर पनि सदा भैंm गएको मंसिरसम्मका लगनमा धेरै विवाह कार्यहरु भए । अर्थात् यो सिजनमा बिहा गर्नेहरु अहिले हनिमूनमा लिप्त छन् । चाँडै नै विवाह गर्ने थुप्रै जोडी पनि हनिमून (मधुमास) मा सक्रिय छन् । कोरोना संक्रमणका कारण अलि असजिलो भएपनि आफ्नो थातथलोबाट बाहिर कतै गई हनिमून मनाउन जानेहरुको संख्यामा बढोत्तरी छ । हनिमून भन्ने बित्तिकै खाली यौन सँग सम्बद्ध कुरा मात्र सोचिन्छ, जुन गलत हो । प्रेम विवाह गरेकाले भन्दा मागी विवाह गरेकाहरुले हनिमूनको अवधिमा एक आपसमा बुभ्mने मौका मिल्छ । विवाह पश्चात् एवं हनिमूनको बेला पटक पटकको यौन सम्पर्कका कारण पिसाब नलीको संक्रमण हुनसक्छ । यसका साथै यौन कार्य पश्चात् हल्का रक्तश्राव हुनसक्छ । पटक पटक यौन कार्यकै कारण योनी वा योनीद्वारमा कुनै किसिमको चोट लागेमा, योनीमार्ग वा योनीद्वारमा गोनोरिया, क्लामाइडिया र ढुसीको संक्रमण भएमा, यौन सम्पर्कका क्रममा घर्षणले छाला पाच्छिमा योनी, योनीद्वार एवं  पिसाब गर्ने क्रममा हल्का रगत देखा पर्नुका साथै पिडा हुने हुनसक्छ । मानव संरचनाको दृष्टिले महिला र पुरुषमा कतिपय भिन्नताका कारण हनिमून अवधिमा पिसाब नलीको संक्रमण पनि महिलाहरुमा अलि बढी हुने गरेको पाईन्छ । पिसाब नली भन्नाले मिगौंलाबाट पिसाब थैलीसम्म जोडिएको नली वा पिसाब थैलीबाट योनीद्वार माथिको प्वालसम्म बुभ्mनु पर्दछ ।  विशेषगरि महिलाहरुमा बढ्ता हनिमून सिस्टाइटिस हुनुका कारण यस प्रकार छ । पुरुषहरुको दाँजोमा महिलाहरुको बाह्य पिसाब नली छोटो हुन्छ । पुरुषहरुको २० से मी लामो हुने बाह्य पिसाब नली महिलाहरुको पिसाब नलीको लम्बाई केवल ४ से मी मात्र हुन्छ । महिलाहरुको पिसाब आउने प्वाल संरचनागत रुपमा मलद्वारको नजिक भएका कारण पनि महिलाहरुमा पिसाब नलीको संक्रमण तारन्तार भईराख्छ ।  यसको अलावा स्त्री जननेन्द्रिय अर्थात् योनीमार्गको सतही क्षेत्र निकै फराक छ । उचित सरसफाईको अभावमा यसमा हुने योनीरस तुरुन्तै संक्रामक हुनसक्छ । साथै महिनाचक्र अनुसार योनीरसको अम्लियपनामा आउने परिवर्तन त्यहाँ किटाणुहरुको वृद्धिलाई प्रभावित पारिरहेको हुन्छ । महिलाहरुको बाह्य पिसाब नली योनीमार्गको भित्तासँगै जोडिएका कारणले योनीमार्गको संक्रमण बाह्य पिसाबनली तिर छिट्टै पैmलिन सक्छ । र, यौनसम्पर्क पूर्व पुरुष लिङ्ग राम्ररी सरसफाई गरिएको छैन भने महिलामा योनीमार्गको संक्रमण अनि पिसाब नलीको संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले पनि अविवाहित किशोरीको दाँजोमा हालै विवाह गरेका किशोरीहरुमा पिसाब नली वा पिसाब थैलीको संक्रमण अलि बढी हुने गरेको पाईन्छ । जसलाई मेडिकल भाषामा हनिमुन सिस्टाइटिस भन्ने गरिन्छ ।  जननेन्द्रियको संरचनाको हिसाबले पनि पुरुष लिङ्ग जति सजिलै सफाई गर्न मिल्छ, महिला योनीमार्गको सरसफाई गर्न अलि अप्ठ्यारै हुन्छ । त्यसमाथि यौनक्रिया पूर्व पुरुष मानिसले आफ्नो यौनाङ्ग सफा गरिकन मात्र यौन सम्पर्क राख्ने गरेको हुँदैन । त्यस माथि हतारमा, उत्तेजनामा वा आकस्मिक रुपमा यौन सम्पर्क राख्ने बेला आफ्नो यौनाङ्ग सफा गर्नुपर्दछ भन्ने हेक्का नै हुँदैन ।  नेपालको परिप्रेक्ष्यमा यथेष्ट महिला मैत्री शौचालयको अभावका कारण महिलामा पिसाब नलीको संक्रमण हुनाको अर्को कारक तत्व हो, । पिसाब थैलीको क्षमता ५०० मिलिलिटरको भए पनि ३५० मिलिलिटर पिसाब जम्मा भए देखि नै पिसाब गर्न मन लाग्ने हुन्छ । महिलाहरुलाई पिसाब च्याप्यो भन्दैमा पुरुषले जसो महिलाले जहाँकहीँ पिसाब गर्ने वातावरण हुँदैन । न तुलनात्मक रुपमा त्यस्तो दुष्प्रयास नै गर्दछन् ? पिसाब च्यापेपछि पिसाब रोकिराख्नु पनि पिसाब नली वा थैलीको संक्रमणको एक कारण हो । पिसाब पनि विकार वस्तु भएका कारण व्याक्टेरियाको वृद्धि हुन सजिलो हुन्छ ।     त्यसो त बिना कुनै लक्षण पिसाबमा किटाणु देखिने समस्या, मुत्र थैली वा बाह्य मुत्र नलीको संक्रमण वा सुजन, मिगौंलाको संक्रमण वा सुजन एवं मुत्र प्रणालीको पत्थरीको समस्याका कारण थरिथरिका पिसाब नलीको संक्रमण हुने गर्दछ । यसको अलावा मधुमेहका विरामीमा पनि योनीमार्गमा बाक्लो सेतो पानी देखापर्ने र पिसाब नलीको संक्रमण भइरहने हुन्छ । समग्रमा पिसाब नलीको संक्रमण हुँदा पिसाब छिटो छिटो लाग्ने, थोरै हुने, पोल्ने, रातो देखिने, पिप जस्तो देखिने र पिसाब कल्चर गराएको खण्डमा किटाणुको संख्या निकै बढेको पाईन्छ  । मिर्गौला, मुत्र थैली वा बाह्य मुत्र नलीको संक्रमण वा सुजनको हुँदा माथि उल्लेखित लक्षण चिन्हको अलावा काम छुट्ने ज्वरो आउने, एकातिर वा दुवैतिर कोखा दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, उल्टी आउने, कम्मरको दुखाई तिघ्रा तिर सर्ने, पिसाबमा पिप वा व्याक्टेरिया देखापर्ने हुन्छ । यो समस्या ल्याउने किटाणुले उत्पादन गर्ने टक्सिनको कारण रातो रक्तकण टुक्राउने हुनाले रक्तअल्पता गराउन सक्छ । पिसाब नलीको संक्रमणको आशंका हुनासाथ पिसाबको साधारण जाँचबाट यो रोग खुट्टिन्छ । पिसाबको कल्चर गराएमा कारक किटाणु पनि निक्र्यौल हुन्छ । आवश्यकता हेरि रगतको कल्चर, हेमोग्लोबिनको मात्राका साथै मृगौलाको काम गराई अल्ट्रासाउण्डको पनि जरुरत पर्दछ । एक्सरे र मिगौंलाका काम हेर्ने विशेष एक्सरे (आईभीपी) पटक पटक गर्न नमिल्ने भएपनि अल्ट्रासाउण्ड (भिडियो एक्सरे) बाट ६० प्रतिशत पत्थरीको समस्या पत्ता लाग्छ ।  अन्त्यमा  पिसाब नलीको संक्रमणको रोकथामका लागि पानी धेरै पिउने र नुन कम खाने गर्नु पर्दछ । नियमित तवरमा पिसाबको साधारण जाँच एवं मिगौंलाको सामान्यता थाहा पाउन रगतमा क्रियटिनिनको मात्रा जाँच गराईराख्नु राम्रो हुन्छ । पिसाब नलीको संक्रमण हुनासाथै पूणर् उपचार सम्भव छ । तर तारन्तारको पिसाब नलीको संक्रमणका कारण मिगौंला नै बिग्रिन गएमा रगतको विकार हटाउन डायलाइसिस वा मिगौंला प्रत्यारोपण सम्म गराउनु पर्ने हुन्छ । यसकै जटिलता स्वरुप उच्च रक्तचाप विकसित हुने तथा रक्तअल्पता देखा पर्ने हुनसक्छ भने गर्भवती महिलाहरु गर्भ तुहिने, व्यथा अगावै साल छुट्टिने, रक्त विषाक्तता देखिने, मुटुले फेल खाने, महिना नपुग्दै व्यथा लाग्ने, गर्भमै शिशुको मृत्यु हुने हुनसक्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्