IMG-LOGO

स्यानीटरी प्याडको सवाई

 मंगल, मंसिर ३०, २०७७  डा. सुमनराज ताम्राकार

महिनावारी जस्तो साधारण प्राकृतिक नियमलाई नेपाल लगायतका अनेकौं देशमा सदियौं देखि पाप, धर्मसँग गाँसिदिनाले निकै जेलियो । शास्त्र, धर्म, सामाजिक नीतिनियमले महिनावारी र यससँग सम्बन्धित प्रसङ्गलाई विभिन्न हौवा पैmलाइदिए वापत महिनावारीलाई अछुत कोटरीमा पुर्‍याइदियो । अर्कोतिर स्वस्थ महिनावारीलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुले आ-आफ्नै डम्पूm बजाउनाले पनि दूरदराजका सेवाग्रही रनभुल्लमा परेका छन् ।     नाक, मुख, कानबाट सिँगान, र्‍याल, कानेगुजी जस्ता श्राव निस्केजस्तै केटीहरु किशोरावस्थामा पुगेदेखि प्रत्येक महिनाजसो महिनावारी हुनु बिल्कुलै प्राकृतिक प्रक्रिया हो । रातो रङ्ग भएका कारण वा रगत नै बहने गरेका कारण महिनावारी तुलनात्मक रुपमा अलि भययुक्त हुने गरेको हो । खासमा यो महिला वा किशोरीहरुको यौनाङ्गको बाटो भई पाठेघरबाट मासिक चक्रका रुपमा बहने श्राव मात्र हो । मानव जीवनका प्रत्येक श्राव जस्तै महिनावारीका रगतलाई सही तवरले व्यवस्थापन नगरेको खण्डमा संक्रमण हुने सम्भावना हुन्छ । महिनावारी बहने ठाउँ गोप्य तवरमै राख्नुपर्ने बाध्यता तथा अन्य शारीरिक श्रावको दाँजोमा रगतमा पोषिलो तत्व बढी हुने हुनाले सरसफाईमा तल माथि हुनासाथ संक्रमित भई हाल्ने हुन्छ ।     महिनावारीको रगतले लतपतिएका दृश्यलाई लिएर गिज्याउने, खिस्याउने कारण पनि महिनावारीको रगतको बहाव गोप्य राख्नुपर्ने भएकोले समयको विभिन्न कालखण्डमा परिस्कृत हुदै विभिन्न खालका स्यानीटरी प्याडको विकास भएको देखिन्छ । मासिक श्रावमा मात्र नभई सुत्केरी व्यथा पछि, कतिपय महिला जननेन्द्रियको शल्यक्रिया, गर्भपतन लगायतका अन्य कुनै कारणबाट योनीबाट बग्ने रगतको उचित व्यवस्थापनका लागि रगत सोसिने, सानो, सहज खालको कपडाको टालो नै स्यानीटरी प्याड हो । यो योनीको बाह्य भागमा राखिन्छ । यस्तै उद्धेश्यका लागि विकसित मुलुकतिर वा शहरिया महिलाहरुले योनी भित्र राखिने स्पन्ज जस्तै ट्याम्पुन त थियो नै पछिल्लो समय मेन्सत्रुअल कपको प्रयोग गरिन थालेको छ । ट्याम्पुन अनि मेन्सत्रुअल कप     कटन वा रेयनद्वारा बनाइने ट्याम्पुनमा महिनावारीको रगत सोसिने क्षमता हुन्छ । योनीमार्गमा अटिने गरि राखिने हुनाले लाम्चो खालको हुने ट्याम्पुन औंलाको मद्धतले वा एप्लिकेटरबाट राखिन्छ । मेन्सत्रुअल कप चाहिँ रगत सोस्ने भन्दा महिनावारीको रगत संकलन गर्ने खालको हुन्छ । सिलिकनबाट बनाइने यस्तो खाले कप पुनःप्रयोग गर्न मिल्ने खालको हुन्छ । महिनावारीको रगतका कारण कपडा नबिग्रियोस् भनेर प्रयोग गरिने ट्याम्पुन एवं मेन्सत्रुअल कप विशेषगरि महिनावारीमै प्रयोग गरिन्छ ।      पछिल्लो समय नेपालमा बढी जसो स्यानीटरी प्याडको प्रयोग बढ्दो क्रममा छ । हाम्रो हजुरआमा, जिजुआमाको पिँढीले त भैहाल्यो आमा पिँढीले पनि साडी, तन्ना, पर्दा तथा पुराना कपडाको टालोले काम चलाए होलान् महिनावारीको बेला । किटाणुरहित त टाढाको कुरा सफा र सही हालतको टालो मात्र पाए पनि धन्य हुँदो हो । महिनावारीको स्वस्थतालाई ख्याल पुर्‍याउन नसकेका कारण विगतमा जननेन्द्रियको संक्रमणका कारण कति महिलाको अकालमा मृत्यु भयो होला यसको त ल्याकत पनि छैन । स्यानीटरी स्याहार     त्यसो त स्यानीटरी शब्द नै सरसफाईसँग सम्बन्धित छ । स्यानीटरी प्याडको प्रयोगको क्रममा घरेलु तवरमै साधारण कुराहरुमा ध्यान पुर्‍याउन सकेको खण्डमा पनि महिनावारी एवं स्यानीटरी प्याडजन्य संक्रमणबाट बच्न सकिन्छ । स्यानीटरी प्याड लपक्कै भिजिएको वा हल्का मात्रै लागेको किन नहोस् प्रत्येक ४ देखि ६ घण्टामा स्यानीटरी प्याड फेर्नु स्वास्थ्यवद्र्धक हुन्छ । प्रत्येक महिला वा युवतीलाई आफ्नो महिनावारीको क्रममा कति रगत बहन्छ भन्ने मोटामोटी अनुभव हुन्छ, त्यसैको आधारमा पनि अलि बढी वा घटी प्याड फेर्नुपर्ने हुन्छ । पिसाब वा दिसा गरेपछि वा प्रत्येक पटकको स्यानीटरी प्याड फेर्नु अगाडि सफा पानीले यौनाङ्ग सफाई गर्नु राम्रो हुन्छ । यस क्रममा साबुन वा यौनाङ्ग सफा गर्ने अन्य कुनै झोलको प्रयोग गर्न जरुरी छैन । यौनाङ्गको सफाईको लागि सेभ्लोन वा डेटोलको प्रयोग झन् प्रतिकूल साबित हुनसक्छ । प्रयोग गरिसकेको प्याडको विसर्जनमा पनि सही तरिकाले गर्नु पर्दछ । विशेषतः महिनावारीको अन्त्यतिर अति कसिलो खालको प्यान्ट वा अन्डरवेयर लगाउनु राम्रो हुन्छ । अन्डरवेयर वा प्यान्टी कटनबाट बनाइएको राम्रो हुन्छ । अन्य बेला भन्दा महिनावारीको बेला लामो खालको लुगा वा मौसम अनुसार स्वेटर लगाउनु राम्रो हुन्छ ।     व्यावसायिक रुपमा उत्पादित स्यानीटरी प्याड नै प्रयोग गर्नुपर्दछ भन्ने छैन । घरकै कपडा वा टालो प्रयोग गर्ने भएपनि महिनावारी हुने बित्तिकै यताउती खोजेर प्रयोग गर्नु भन्दा समय छँदै राम्रोसँग धोइवरी घाममा सुकाएर वा आइरन लाएर सफा प्लाष्टिकको झोलामा प्याक गरेर राख्ने, आवश्यक पर्नासाथ प्रयोग गर्नु बुद्धिमानी एवं स्वस्थकर हुन्छ ।  के के समस्या आईपर्छ ?     एउटै प्याड लामो समयसम्म लगाएको खण्डमा रगतले लटपटिएको प्याड धेरैबेरसम्म ओसिलो गोप्य अङ्गमा रहँदा व्याक्टेरिया तथा मौसम अनुसार ढुसीजन्य संक्रमण छिटै हुन्छ । यसका कारण यौनाङ्ग चिलाउने, नमिठो गन्ध आउने, यौनाङ्ग वरिपरिको भाग राताम्य हुने, डाबर आउने आउने हुनसक्छ । सामान्यतः प्रत्येक महिनावारीको बेला १० देखि ३५ मिलिलिटर रगत बहन्छ । एउटा प्याड वा ट्याम्पुनले ५ देखि ७ मिलिलिटर रगत सोस्ने कारण सामान्य खालका एउटा देखि सात वटा प्याड प्रयोग हुनु सामान्य मानिन्छ । कसैगरि चोक्टा चोक्टा रगत जान थालेको खण्डमा महिनावारीको रगतको बहाव बढी हुन थाल्यो भन्ने बुभ्mनु पर्दछ । यदि अस्वस्थ महिनावारीको कारण यौनाङ्ग संक्रमण भएको खण्डमा गन्धयुक्त रगत चोक्टा चोक्टा बहने हुन्छ । यसको अलावा मुत्रनलीको संक्रमण, प्रजनन अङ्गको संक्रमण, एच आई भी तथा हेपाटाइटिस बीको संक्रमण तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि बढ्छ ।     महिनावारीको बेला आवश्यक मात्रामा सरसफाई नगरेको खण्डमा वा सावधानी नअपनाएको खण्डमा माथि उल्लेखित समस्याहरु भन्दा घातक टक्सिस शक सिन्ड्रोमसम्म हुन बेर लाग्दैन । टक्सिक शक सिण्ड्रोम     यो अति नै प्राणघातक खालको व्याक्टेरियल संक्रमण हो । सामान्य तवरमा रगत सोसिने खालको एवं लामो समय योनीमार्गको सतही कोषको सम्पर्क रहिरहने ट्याम्पुनको कारण यो सिण्ड्रोम हुन्छ । बढी सोसिने खालको ट्याम्पुनको प्रयोगले योनीमार्ग सुख्खा बनाउने तथा सतहको कोष ताछिने समस्या हुन्छ । किनकि योनीमार्ग ओसिलो बनाइराख्न आवश्यक योनीश्राव पनि सोसिदिन्छ । टक्सिक शक सिण्ड्रोम हुँदा ज्वरो आउने, डाबर आउनmे छाला ताछिने एवं रक्तचाप कम हुने हुन्छ । यसको अलावा निमोनिया। स्तन पाक्ने, हड्डी पाक्नेका लक्षण चिन्ह पनि देखा पर्न सक्छ । विशेषतः स्टाफाइलोकोकस नामक व्याक्टेरियाको कारणले हुने यो घातक सिण्ड्रोमबाट बच्ने तरिका भनेको ट्याम्पुन वा प्याडको उचित प्रयोग नै हो ।   अन्त्यमा,     किशोरवस्थाका उमेर देखि महिनावारीको क्रममा रगत बहनु बिल्कुलै प्राकृतिक नियम हो । शारीरिक श्राव त्यसमा पनि रगत नै भएको कारण अलि बढी चनाखो हुनु परेको हो । त्यसमाथि संक्रमण भैहालेको खण्डमा योनीमार्ग हुँदै पाठेघर, डिम्बवाहिनी नली हुँदै भित्री पेटसम्म संक्रमण सजिलै पैmलिनसक्ने हुनाले खेलाँची गर्नु मनासिब होइन । एक बट्टा चुरोट वा दुई तीन कप चिया वा कफीको मूल्य बराबरको खर्चले सहजै महिनावारीको स्वस्थता अपनाउन सकिन्छ । घरायसी कपडा वा टालोको प्रयोग गर्ने भए पूर्वं तयारीमा अल्छ्याईं नगर्नु नै वेश हुन्छ । यी सबै उपाय वा सावधानी अपनाउँदा अपनाउँदै पनि कतिपयमा स्यानीटरी प्याडकै एलर्जी लगायतका समस्या हुनसक्छ । यी याव समस्यामा स्त्री रोग विशेषज्ञको सल्लाह लिनु मनासिब हुन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्