IMG-LOGO

भरोसायोग्य प्लाज्माथेरापी

 मंगल, मंसिर २३, २०७७  प्रा.डा.सुमनराज ताम्राकार

    हाईलाईट्स वा सानो बक्समा राख्ने – के हो प्लाज्मा ? के भिन्नता छ प्लाज्माथेरापी र कन्भालासेन्ट प्लाज्माथेरापीमा ? प्लाज्माथेरापी कसरी सघाउ पु¥याउँदछ ? कोरोना कहर खप्न थालेको महिनौं भइसक्यो तर पनि यो महामारीको पटाक्षेप कसरी हुने हो केही निश्चितता छैन । आम मानिस एवं चिकित्सकहरुको ठूलो आशा कोरोना विरुद्धको खोपमा छ तर निकट विकटमा यसको सम्भाव्यता छैन । खोप बनिहालेपनि शुरुमा निकै महँगो हुने, सहजै नपाइने तथा विकसित देशहरुकै हालीमुहाली हुने हुनाले युनिसेफ वा विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुले सहयोगी भूमिका नखेलेमा नेपाल जस्ता देशको लागि कोरोना विरुद्धको खोपको विकास ‘आकाशको फल, आँखा तरि मर’ साबित हुनेछ ।  यस्तैमा अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले आशंकाका बीच कोरोनाको उपचारका लािग रामडेसिभिरलाई स्विकृति प्रदान गरियो । एफडीएको इतिहासमा अपवाद जस्तै हो । रामडेसिभि र नामको एन्टीभाइरल औषधिको असर थोरै आशलाग्दो भएपनि महँगो हुनुका साथै धेरै पटक दिनुपर्ने एवं सहजै नपाउने समस्या छ । यस्तैमा कतिपय मुलुकमा गरिएका स–साना स्केलका अध्ययनहरुबाट रामडेसिभिर प्रभावकारी छैन भन्ने समाचार आईरहेका छन् ।  यस्तो परिस्थितीमा नेपाल जस्तो विकासोन्मुख देशहरुका लागि प्लाज्माथेरापी वरदानसिद्ध हुनसक्छ र केही हदसम्म राम्रो नतिजा पनि दिइरहेको छ । थोरै बाध्यता अनि अन्य भरपर्दोको विकल्पको अभावमा नेपालमा कोरोना संक्रमित भई अस्पतालमा भर्नारत विरामीहरुका लागि प्लाज्माको माग निकै बढ्दो छ । विगतमा रक्तदान, आँखादान जस्तै प्लाज्मादान पनि लोकप्रिय हुँदै गईरहेको छ । यही प्लाज्मादानकै कारण समाजमा कोरोना संक्रमणबाट तङ्गरिएका व्यक्तिहरुको प्रतिष्ठा बढ्न थालेको छ । त्यसो त प्लाज्माथेरापी एकदम नौलो प्रविधी भने होइन । करिब एक शताब्दी अगाडि नै भ्यागुते रोगमा प्लाज्माथेरापी काम लाग्छ भनेर प्रमाणित गरेका कारण इमिल भन बेहरिङले चिकित्साशास्त्र तर्पmको पहिलो नोबेल पुरस्कार पाएका थिए भने समयक्रममा धनुष्टंकारका लागि पनि प्लाज्माथेरापीको उपयोग गरियो भने पछिल्लो समय ईन्फ्लुएन्जा, सार्स, स्वाईन फ्लु र इबोला संक्रमण विरुद्ध पनि प्लाज्माथेरापीको उपयोग गरिएको थियो । मानिसको रगतमा रातो रक्तकोष, श्वेत रक्तकोष र प्लेटलेट्स गरि तीन प्रकारका कोषहरु हुन्छन् । रातो रक्तकोषले मानिसको लागि आवश्यक अक्सिजन प्रत्येक कोषमा पु¥याउन मद्धत गर्दछ भने श्वेत रक्तकोषले मानव शरीरलाई आक्रमण गर्ने संक्रामक एवं बाह्य तत्वबाट प्रतिरक्षा गर्दछ । प्लेटलेट्सले चाहिँ घाउ, चोटपटक लाग्दा रगत थाम्ने कार्यमा सघाउ पु¥याउँछ । यी सबै कोषहरु रगतको तरल भागमा तैरिरहेको हुन्छ । रगतबाट यी सबै कोष हटाएपछि बाँकी हुने भाग नै प्लाज्मा हो । मानिसको रगतमा ४५ प्रतिशत कोष र ५५ प्रतिशत प्लाज्मा हुन्छ । प्लाज्मा हल्का पहेँलो रंगको हुन्छ । समग्रमा रगतमा ९१ प्रतिशत पानी हुन्छ ।   धेरैजसोलाई प्लाज्माथेरापीले कसरी काम गर्छ भन्ने जिज्ञासा हुनसक्छ । मानिस लगायतका प्राणिको शरीरमा कुनैपनि घातक बाह्य वस्तु (जसलाई एन्टीजेन भनिन्छ) छिरेपछि एन्टीजेनको विरुद्धमा प्रतिरोधात्मक क्षमता (एन्टीबडी) विकसित गर्दछ । यसरी संक्रमणसँग लड्न विकसित प्रोटिनयुक्त एन्टीबडी रगतको प्लाज्मा भागमा हुन्छ । एकपटक संक्रमणबाट मुक्त भएपछि ती एन्टीबडीले भावी दिनमा ती बाह्य तत्व (वा संक्रमण विशेष) विरुद्ध फेरि फेरि लड्न मद्धत पु¥याउँछ । यस्तो खालको एन्टीबडीले ती व्यक्ति विशेषलाई फाईदा पु¥याउने त भैहाल्यो उसको रगत (प्लाज्मा) निकालेर अन्य संक्रमित व्यक्तिलाई दिएको खण्डमा पनि फाईदा पुग्दछ । यसको मतलब संक्रमित व्यक्तिले आपैंmले एन्टीबडी उत्पादन गर्नु अघि नै ती संक्रामक तत्व (भाइरस) विरुद्ध लड्न बल प्राप्त हुन्छ । कोरोना वा अन्य संक्रमण विशेषमा एकपकट संक्रमित भएर तङ्ग्रिएका व्यक्तिहरुबाट निकालिएको प्लाज्मा उपयोगमा ल्याउने हुनाले मेडिकल भाषामा कन्भालासेन्ट प्लाज्माथेरापी भनिएको हो । त्यसो त खोपको माध्यमबाट दिइने प्रतिरोधात्मक क्षमता सक्रिय खालको हुन्छ भने प्लाज्माको माध्यमबाट दिइने यस्तो खालको प्रतिरोधात्मक क्षमता निष्क्रिय खालको हुन्छ । कोरोना संक्रमणको हकमा प्लाज्माथेरापीको आफ्नै महत्व छ किनभने कोरोना नोबल (नयाँ खालको) भाइरस भएका कारण यो पटकको महामारी अगाडि कोही पनि यो भाइरसको सामिप्यतामा आएको थिएन भनेपछि कसैसँग यसअघि कोरोना विरुद्ध एन्टीबडी हुने कुरै भएन । भलै खोपको दाँजोमा प्लाज्माथेरापीद्वारा दिइएको अस्थायी हुने गरेपनि विश्व स्वास्थ्य संगठनले प्लाज्माथेरापीलाई आकस्मिक अवस्थाका लागि सिफारिश गरेको छ । विश्वमा करोडौं अनि नेपालमै पनि आधा लाख भन्दा बढी व्यक्ति कोरोना संक्रमित भैसकेको परिस्थितीमा प्लाज्माथेरापीको स्कोप सहज देखिन्छ । नेपालमै पनि कतिपय संक्रमित व्यक्तिलाई ंंंंंंंंप्लाज्माथेरापीबाट फाईदा पुगेको छ । हालसम्म अस्पतालमा भर्नारत एवं कोभिड १९ को शुरुवाती लक्षण भएकामा यो थेरापी सुरक्षित एवं उपयोगी पाइएको छ । प्लाज्माथेरापी पछि अस्पतालमा भर्नारत संक्रमित व्यक्तिमा अक्सिजनको आवश्यकतामा कमी आएको तथा कोरोना संक्रमणका कारण सिर्जित ज्वरो, खोकी, स्याँ स्याँ लगायतका लक्षण चिन्हमा सुधार आएको पाइएको छ । तर मध्यम देखि सिकिस्त भएका (भेन्टिलेटरमा पुगेका) केसमा भने के, कति फाईदा पुग्छ अनुसन्धान प्रक्रियामै छ । तिनीहरुलाई यो उपचार कति प्रभावकारी हुन्छ भन्ने निर्णयमा पुग्न केही समय अभैm लाग्नेछ । हालसम्म नेपालका १२ अस्पताल प्लाज्माथेरापीका लागि स्विकृति दिइएको छ । धेरैजसोलाई एक मात्रा नै काफी हुन्छ तर कसैकसैलाई भने दुई मात्रा पनि चाहिन सक्छ । कोरोना संक्रमणबाट तङ्ग्रिएका व्यक्तिले दिने प्लाज्मा रक्तदानमा जस्तै हो । संक्रमण निको भएको तथा पीसीआर निगेटिभ भएको दुई, चार हप्तापछि प्लाज्मा दिन योग्य हुन्छ । रक्तदानमा ५०० मिलि रगत निकालिने भएपनि कोरोनामुक्त व्यक्तिको रगत भने एक पटकमा आवश्यकता हेरि २०० मिलि देखि ४०० मिलि निकालिन्छ । कोरोनामुक्त व्यक्तिले रक्तदानमा जस्तै केवल रगत दिए पुग्छ । रक्तसंचार केन्द्र वा अस्पतालमा त्यस्तो रगतबाट प्लाज्मा छुट्याईन्छ र चिसो बनाएर भण्डारण गरिराख्छ । यस्तो खालको फ्रोजन प्लाज्मा आवश्यकता अनुसार पुनःप्रयोगमा ल्याईन्छ ।  प्लाज्मा दिने चाहने कोरोनामुक्त व्यक्तिमा अन्य कुनै स्वास्थ्य समस्या भएको हुनु हुँदैन । विशेषतः एचआईभी, हेपाटाइटिस बी, यौनरोग जस्ता रगतबाट सर्ने रोगहरु हुनु हुँदैन । त्यसो त रक्तसंचार केन्द्रमा रगतको प्रोसेसिडको क्रममा रगतजन्य संक्रमण भए नभएको अनिवार्य तवरमा स्क्रिनिङ गरिन्छ । कोरोनाबाट तङ्ग्रिएकाले एक पटक भन्दा बढी पटक प्लाज्मा दिन सक्छ । सातामा दुई पटकसम्म दिन सकिन्छ । यसरी एक व्यक्तिको प्लाज्मा दुई जना संक्रमितलाई पुग्दछ । रक्तदानमा जस्तै प्लाज्मा लिने दिने दुवैको रक्तसमूह मिल्नुपर्छ । प्लाज्माथेरापीका कारण कसैकसैमा यससँग सम्बन्धित रियाक्सनका कारण फोक्सोमा एक्कासी चोट पुग्ने हुनसक्छ । अहिलेसम्मको अनुभवमा कोरोनामुक्त सुत्केरीका रगत अन्य संक्रमितलाई दिँदा बढ्ता यस्तो खालको जोखिम बढ्ता हुने देखिएको छ ।  रक्तदान, आँखाको नानी दान, शरीरदान, छालादान, मानवअङ्ग दान जस्तै अहिलेको परिप्रेक्ष्यमा प्जाज्मादान पनि निकै पुण्यको काम हो । कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिले अन्य संक्रमितलाई बचाउने कार्य सघाउनु निकै राम्रो हुन्छ । यसका लागि आपसी समन्वयमा अस्पतालबाट डिस्चार्ज हुने बेलैमा संक्रमण व्यक्तिलाई प्लाज्मादानका लागि उचित परामर्श दिने, तथा तिनीहरुको सम्पर्क नम्बर र ब्लड ग्रुप लिई सूची तयार पारिराख्नु राम्रो हुन्छ । यस कार्यमा सम्बन्धित मन्त्रालय, स्वास्थ्य संस्था र सामाजिक संस्थाबीच भरपर्दो समन्वय हुन जरुरी छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्