IMG-LOGO

फरक खालको दशैं

 मंगल, कार्तिक ४, २०७७  प्रा.डा.सुमनराज ताम्राकार

अहिलेका सम्पूर्ण पिँढीलाई यो पटकको दशैं पृथक खालको हो । एकदमै विषम परिस्थितीमा यो पटकको दशैं मनाउन गईरहेका छौं । कुनै समय थियो, दशैं भन्ने बित्तिकै मास ु अनि नयाँ लुगा हुन्थ्यो । अर्थात् एकसरो नयाँ लुगा लगाउन पाउने र पटक पटक, थरिथरिका मास ु खान पाउन भनेकै दशैंमा हो । यो हाम्रो बाल्यकालको कुरा गर्दैछौं । अहिलेको पिँढीको लागि समय त्यस्तो छैन, तुलनात्मक रुपमा वर्षैभरि मिठो मसिनो खान पाएका छन् । भनेको बेला त्यो पनि ब्राण्डेन, रेडिमेड लाउन पाएका भएर हामीलाई जस्तो दशैंको चार्म यो पिँढीलाई हुन्न भन्ने अघिल्लो पिँढीको आरोप छ । केही हदसम्म यसमा सत्यता पनि छ । त्यसो हुँदा पनि हिन्दूहरुको महान चाडमा विशेषतः नवरात्रभर, अनि अष्टमी, नवमी देखि टिकाको दिनसम्म नजिकका मन्दिर, शक्तिपीठमा दर्शन गर्न जाने तथा पूज ागर्न जाने चलन छ । त्यसैगरि शपिङकै बहानामा मल, सुपरमार्केट वा बजार धाउने गरिन्छ । तर विगत करिब एक वर्ष अगाडिदेखि विश्वव्यापी तवरमा यस्तो महामारी चलेको छ, भीडभाड गर्नै हुन्न अथवा भीडभाडबाट टाढै रहनुपर्ने अवस्था छ ।   ‘मेरो हेलचत्र्mयाईंले गर्दा मलाई कोरोना संक्रमण भयो भनौं न कि सावधानी अपनाउँदा अपनाउँदै कोरोना स¥यो ।’ भन्नुको तात्पर्य तपाईं, हामी जोस ुकैले भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने, स्यानिटाईजर लगाउने, मास्क लगाउने गरेमा कोरोना सर्ने सम्भावना निकै कम हुन्छ । र, यो पटकको दशैंमा गाउँ जाने मुड छ भने फोनमा, भाईबरमा, स्काईपमा आफ्ना अग्रजहरुलाई भन्ने साहस गरौं ‘यो पटक हामी घर आउँदैनौं किनकि तपाईहरु वृद्धवृद्धा हुनुहुन्छ, कोरोना संक्रमणको दृष्टिले हामी सम्भावित जोखिम क्षेत्रमा छौं, तपाईंहरु गाउँमा अग्र्यानिक जीवन बिताइरहनु भएको छ, चित्त नदुखाउनु होला, यसपालि हामी यसैमा खुशी छौं । र, तपाईहरु पनि यसैमा सन्तुष्ट मान्नुस् ।’ दशैंमा रक्सी र मासु नेपालीहरुका लागि रक्सी पिउन कुनै बहाना चाहिँदैन त्यसमाथि दशैं जस्तो राम्रो बहाना हो अरु हुनै सक्दैन । रक्सी आपैंmको नराम्रा असर त छँदैछ रक्सी सेवनका क्रममा  सिटनका रुपमा चिल्लो पदार्थ सहितको तारेको, पोलेको, भुटेको खानेकुराका साथै नुनिलो जङ्क फुड, बट्टामा राखिएका परिकारको खानपानले पनि थप समस्या निम्त्याउँछ । रक्सीसँगै तास खेलमा हारजित, भैmझगडाको आफ्नै विकृति छँदैछ । अत्याधिक बोसो तथा चिल्लोयुक्त पदार्थको सेवन र व्यायामको अभावले रगतमा कोलेस्टेरोल (बोसो) को मात्रा बढ्न गयो भने रक्तवाहिनी नलीमा अतिरिक्त कोलेस्टेरोल जम्मा हुन गई रगत बग्ने बाटो बिस्तारै अवरुद्ध हुन्छ । कथंकदाचित मुटुमा रगत पु¥याउने नली साँगुरियो भने हृदयाघात (हर्ट अट्याक) हुन जान्छ । त्यसैगरी मस्तिष्कसम्म रगत लैजाने नली अवरुद्ध हुँदा मस्तिष्काघात अर्थात् पक्षाघात समेत हुन्छ । रक्सीको अधिक सेवनले शारीरिक सन्तुलन गुम्ने, नजिक टाढाको अनुमान लगाउन गाह्रो हुने, कुनै चिज ठम्याउन गाह्रो हुने, हल्का बेहोश हुने तथा अकालमा मृत्यु हुने हुनसक्छ । रक्सी सेवनले एचडीएल नामक राम्रो खाले कोलेस्टेरोल बढाउने र एलडीएल भन्ने नराम्रो खालको कोलेस्टेरोल घटाउने हुनाले मुटुलाई बचाउँछ भन्ने गलत धारणा व्याप्त छ । तर रक्सीले कलेजो लगायत शरीरका अन्य अङ्गहरुलाई नकारात्मक असर पु¥याउँछ । रक्सी सेवनले शरीरको बाह्य भागको रक्तनली लाई फुलाउने हुनाले शुरुमा ब्लड प्रेसर घटाउँछ तथा शारीरिक ताप नष्ट गराउँछ । रक्सी सेवनले मुटुको चाल घटबढ गर्दछ । यसले पाचन नलीको सुजन, ग्यास्ट्राइटिस, अल्सर गराउनुका साथै स्तन, खाद्यनली तथा आन्द्राको क्यान्सर गराउन सक्छ । पुरुषहरुमा नपुंसकता ल्याउने, अण्डकोष सुकाउने एवं महिलाहरुमा महिनावारी गडबड तथा हड्डी कमजोर गराउने गर्दछ । गर्भवती महिलाले रक्सी सेवन गरेमा गर्भको शिशुलाई पनि अनेक थरिको नकारात्मक असर पु¥याउँछ । निरन्तर रक्सी सेवनले समग्रमा २० वर्ष आयु घटाउँछ । यसरी रक्सीका आ–आफ्नै फाईदा बेफाईदा भएपनि कलेजो, प्यान्क्रियाज ग्रन्थि, मधुमेह, उच्च कोलेस्टेरोल, युरिक एसिड, मिर्गौला, क्यान्सर, अल्सर, मुटु सुन्निने समस्या, रगत पातलो हुने औषधि सेवन गरिरहेका व्यक्तिले कदापी रक्सी सेवन गर्नु हुँदैन । दशैंमा आफ्नो आर्थिक क्षमता अनुसार एवं भेराईटी प्रकारको मासुको परिकार बनाई खाने गर्दछ । फ्राई, काँचै, उसिनेर, भुटेको, तारेर, झोल हालेर मासुका धेरै परिकार बनाउन सकिन्छ । फल मासु मात्र नभई मुटु, कलेजो, मिर्गौला, फोक्सो, रक्तीका विभिन्न परिकार बनाएर खाईन्छ । भुटुवा, सेकुवा मात्र नभई विशेषतः नेवारहरु सपूम्हिचा, खागो, कचिला, छोयल्ला, तिस्यः, न्हेपू फ्राई, जँला, आन्द्रा माहिर छन् । फल मासु त प्रोटिनको राम्रो श्रोत नै हो । यसको अलावा मुटु, कलेजो, मिर्गौला, फोक्सो जस्ता भित्री अंगहरु परिकारका रुपमा खाँदा कोलेस्टेरोलको साथै भिटामिन ए, डी, ई, तामा, आइरन, जिंक जस्ता खनिजतत्व पनि प्रशस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो श्रोत भएपनि यसमा रासायानिक पदार्थका कसरका कारण हुने भएकोले नखानु नै वेश हुन्छ । त्यसैगरी रातोमासुयुक्त ससेज वा बेकनमा राखिने प्रिजर्भेटिभका कारण यसको अत्याधिक सेवनले थोरै मात्रामा भएपनि क्यान्सर हुने सम्भावना हुन्छ ।   अधिक मात्रामा मासुसँगै यसमा पाइने चिल्लो पदार्थ (ट्राइग्लाइसेराईड र कोलेस्टेरोल) को सेवनले स्वास्थ्य समस्या निम्तिन सक्छ । त्यसो भएर मासु पौष्टिक एवं स्वास्थ्यवद्र्धक हुँदाहुँदै पनि अतिले खति पु¥याउन बेर लाग्दैन । मासुकै कारण उच्च रक्तचाप, कोलस्टेरोल, युरिक एसिड मुटुको समस्याको समस्या निम्तिन सक्छ । मासु नखाई नहुने अवस्थामा चिल्लो वा बोसो निकालेर, ग्रिल्ड वा बेक गरेर तथा तारेर वा भुटेर भन्दा उसिनेर वा बफाएर पकाउँदा तुलनात्मक रुपमा बोसो (चिल्लो) को मात्रा कम हुन्छ । रातो मासु (खसी, बोका, राँगा, बँदेल, भेंडा, च्याङ्ग्राको मासु) मा प्रोटिनका साथै खराब प्रकारको चिल्लो (तृप्त फ्याटी एसिड) पनि बढी हुन्छ । ससेजमा चिल्लोको मात्रा ८० प्रतिशत हुन्छ भने तृप्त फ्याटी एसिडको मात्रा ३३ प्रतिशत हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा यस्तो खालको फ्याटी एसिडले बढ्ता खराब गर्दछ । शरीर भित्र रहेको कोलेस्टेरोल फ्याटी एसिडसँग मिलेपछि नै एलडिएल (लो डेन्सिटी लिपोप्रोटिन) भनिने खराब प्रकारको चिल्लो बन्दछ । जोखिममा रहेका (वयस्क तथा मधुमेह, मोटोपना, उच्च रक्तचाप भएका) व्यक्ति विशेषलाई यस्ता खालको चिल्लोले बढ्ता हानी पुु¥याउँदछ । नेपालमा कुखुरा, हाँसका साथै परेवा, टर्की (कहिलेकाहीँ), अष्ट्रिच, बट्टाईंको मासु खाने गरिन्छ । पंक्षीको प्रकार, त्यसको अङ्ग अनि पकाउने तरिका अनुसार चिल्लोको मात्रा फरक भएपनि पंक्षीको मासु (सेतो मासुको श्रोत) प्रोटिनको उच्च श्रोत भएपनि यसमा रातो मासुमा जस्तै धेरै चिल्लो हुँदैन । तर छालायुक्त कुखुराको साँप्रा, पखेटा, खुट्टामा भने चिल्लो, कोलेस्टेरोल अनि क्यालोरीको मात्रा (चिल्लो ४३ र तृप्त फ्याटी एसिड १२) बढी हुन्छ । छाला हुनु र नहुनुमा चिल्लो र तृप्त फ्याटी एसिडको मात्रा फरक हुन्छ । छालाले मासुलाई नरम राख्ने हुनाले खानु अगाडि मात्र छाला निकाल्नु राम्रो हुन्छ । छाला निकाल्दा तृप्त फ्याटी एसिडको मात्रा कम हुन्छ । यसरी पंक्षीको मासुमा चिल्लो कम भएपनि यसबाट बनाइएका ससेज रातोमासुबाट बनाइएको ससेज जस्तै हो । पंक्षीको मासुबाट बनाइएको ससेजमा चिल्लोको मात्रा ५० प्रतिशत हुन्छ भने तृप्त फ्याटी एसिडको मात्रा १५ प्रतिशत हुन्छ । मासुको दाँजोमा माछाका परिकार पौष्टिकता एवं स्वास्थ्यको हिसाबले गुनिलो छ । माछाको परिकारमा चिल्लो र तृप्त फ्याटी एसिड त कम हुनुका साथै यसमा विभिन्न खालको भिटामिन र लवण पदार्थ पनि पाईन्छ । यसको अलावा यो ओमेगा थ्री प्याटी एसिडको राम्रो श्रोत हो । यसले शरीरमा एचडीएल भनिने राम्रो खालको कोलेस्टेरोल बढाउन मद्धत गर्दछ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्