IMG-LOGO

काम भन्दा हल्ला ठुलो

 मंगल, चैत २४, २०७७  ---

  प्रधानमन्त्री खडगप्रसाद ओली साह्रै जोकर प्रधानमन्त्री बन्दैछन् । उखान तुक्का हालेर भाषण गर्ने उनी महा–गफाडी त हुँदैहुन तर उनी अहिले महाजोकर काम गर्दैछन् । यसको पछिल्लो उदाहरण  हालै बालुवाटारबाट १६५ सडक शिलान्यास  गरेको भन्ने कामलाई नौटंकी नभनेर के भन्ने ? तीन बर्ष सरकारमा बसेर  उल्लेखनीय काम गर्न नसकेका प्रधानमन्त्री ओली हतास मनस्थितिमा छन् । बिपक्षीलाई देखाउन र  काम भन्दा हल्ला  गरेर नेपाली जनतालाई मूर्ख बनाउने काम गरेका छन् । कुनैपनि सडक सिल्यान्यास गर्नु अघि त्यसका पूर्वाधारहरु तयार गरिन्छ । के त्यो काम ओलीले गरेका छन् ? प्रधानमन्त्री ओली आफ्नो कार्यालय नगएको नै एक बर्ष भन्दा बढी भयो । प्रधानमन्त्री निवासबाटै उअनले सत्ता संचालन गरेका छन् । आफ्नो गुटको पार्टी  हाँकेका छन्  । बालुटारमा दिनहुँ भोज भतेर गरेका छन् । आफु बाहेकलाई तथानाम गाली पनि त्यहि बालुवाटारबाट गरेका छन् ।  १६५ वटा सडक सिल्यान्यास गरे भनेर बालुवाटारमा नाटक प्रदर्शन गरेका छन् । यो जोक्कर बन्ने काम होइन र ?     इतिहासले हरेक  व्यत्ति नेता ,राजनेताको हिसाव किताव राखेको हुन्छ । प्रधानमन्त्री ओलीले आफु प्रधानमन्त्री हुन् लाइ प्रचण्डलाई प्रयोग गरेका रहेछन भन्ने प्रष्ट देखियो । कम्युनिष्ट एकता त हात्तिको देखाउने दाँत जस्तो पो रहेछ । प्रधानमन्त्री भए पछि उनले सबैलाई खेलाए । चुच्चे नक्सा पास नक्कली राष्ट्रवादको खोल ओडेर आफू सक्कली हुन् गरिएको मजाक पो रहेछ । नत्र पाठ्यक्रममा नयाँ नक्सा किन राखिएन ? प्रधानमन्त्री ओलीले आफ्नो गुनगान नगर्ने आफुलाई नमान्ने सबैलाई पाखा लगाउने काम गर्दैछन  । त्यसको पछिल्लो उदाहरण सर्बोच्च अदालतले नेकपाको एकतामा नाम मिलेका कारण पुर्व पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यँुझाइदिए पछि ओली गुटलाई बोकेर हिडेका छन्  । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई पाखा लगाउदै उनि कुबाटो हिडिरहेका छन्।  यस्तो कदमबाट स्पष्ट हुन्छ केपी ओली  कम्युनिष्ट आन्दोलनको इतिहासमा  खलनायक बन्दैछन् । उनी कोहि कसैका कुरा सुन्दैनन् यति कि पुस ५ गते संसद बिघटन गर्दा नेता प्रदिप ज्ञवाली र  सुवास नेम्वाङ्गका कुरा सुनेनन । उनलाई आफ्नो जयजयकार गर्ने मान्छे मन पर्छ। प्रम ओली इवी लिने र साध्ने मान्छे हुन् उनि राजनेता हुदै होइनन् ।     सरकार गठन भए देखि नै उनले हल्ला बाहेक केहि गरेनन् । सार्वजनिक यातायातमा सेण्डिकेटको अन्त्य , ३३ किलो सुन पक्रिएको नक्कली कुरा , देशमा शान्ति सु व्यवस्था कायम गर्न नसक्ने , निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने  हत्यारालाई  समात्न नसक्ने  । यति र ओम्नी समूहलाई हाम्रा सार्वजनिक जग्गा भवन देखि  लिएर ठेक्का पट्टा दिने काम सबै ओलीले गरेका छन्। कोरोना भाइरस नियन्त्रणमा विफल ओली सरकार २ दशक अघि शुरु भएर अन्त्य हुन् लागेको मेलम्ची खानेपानी आयोजना सफल पारेको जस लिन खोज्दैछ । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले परिकल्पना गरेको र दोश्रो जना आन्दोलन पछि तिब्रगतिमा सम्पन्न हुन् लागेको आयोजना मैले सफल गरेको भन्ने झुट कुरा सरकार गर्दैछ ।  नेकपा हुँदा काम गर्न नदिएको कुरा गर्ने पछि सरकार जान लाग्दा १६५ वटा सडक सिल्यांस गरे भनेर नौटंकी  गर्ने ओलीलाई भाेिलका दिनले कहाँ माफ देला र ?    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्