वाग्लुङ जिल्ला धम्प्पा गा.वि.स वडा नं ४ मा पिता बलबहादुर वि.क. तथा माता मिन कु. वि.क को कोखबाट जन्मिएका प्रकाश सपुत अहिलेका चर्चित गायक हुन् । एक्कासी गायन क्षेत्रमा होमियकागायक सपुतको पहिलो चर्चित गित दोहोरी व्याटल हो । त्यसपछि बोलमाया, गलबन्दी, फुटेका चुरा, बाढि पहिरो, मेरो पनि छैन र यो देश गितले गायक सपुतलाई चर्चाको शिखरमा पु¥यायो । यिनै गायक प्रकाश सपुतको कुरा बुझ्नु पर्छ बोलको गित पछिल्लो समय चर्चाको शिखरमा छ । प्राय समय सार्दभिक गित गाउन रुचाउने अहिलेका चर्चित गायक प्रकाश सपुतसँग काभ्रे टाइम्स साप्ताहिकको लागि गरियको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरियको छ ।
१. हिजो आज के मा व्यस्त हुनुहुन्छ ?
म्युजिकल भिडियोहरु गरिरहेको छु । अरु प्रोजेक्टहरुको कार्यहरु पनि भइरहेको छ । जे होस् संगित श्रृजना वरिपरि नै केन्द्रीत भइरहेको छु ।
२. हिन्दु नारीहरुको महान चाड तिज आइरहेको छ । तपाईले तिजको गितहरु कत्तिको गाउनु भएको छ ?
मैले सबै थरीको गित गाएको छु । तिज स्पेशल गित भनेर नै त गाएको छैन् तर पनि तिजको अवसर पारेर मैले गाएको पछिल्लो गित“कुरा बुझ्नु पर्छ” लाई दर्शक श्रोताहरुले धेरै मन पराइदिनु भएको छ ।
३. हिजो आज तिजको गितहरुमा धेरै विकृति भित्रीयको देखिन्छ नि यस विषयमा तपाई के भन्न चाहनु हुन्छ ?
समय अनुसार मानिसको जिवनशैली रहन सहन र सोचाईमा परिवर्तन आउनु स्वभाविक हो । तर पनि मौलिकता भन्दा बाहिर गएर चाड पर्वको नाममा आफु खुसी र आफुलाई जस्तो मन लाग्यो त्यस्तै पाराको गित निकाल्नु चाँििह राम्रो होइन । कुनै कुनै गितहरुको शब्द चयनमा त्रुटि भएको हुनसक्छ ।
४. गित चर्चित हुनुमा म्युजिक भिडियोको कत्तिको ठूलो भूमिका हुन्छ ?
गित चर्चित हुनुको लागि त पहिला गित नै राम्रो हुनुपर्छ । म्यूजिक भिडियोले मात्र त गित चर्चित हुन सक्दैन । तर पनि अहिले सुन्ने भन्दा पनि हेर्ने गितको चलन भएकोले गितको शब्द र भाव अनुसारको म्यूजिक भिडियो बन्यो भने त्यो गितले छिट्टै दर्शक श्रोताको मन जित्न सक्छ ।
५. गलबन्दी गित म्युजिक भिडियोले गर्दा बढि चलेको भन्छन् नि ?
म्युजिक भिडियोले मात्र गित चलेको होइन तर गित चल्नुमा म्यूजिक भिडियो पनि एउटा कारण हो । मेरा प्राय गितहरुमा म्यूजिक भिडियोमा बनाउँदा म आफै लागि परेको हुन्छु । म्यूजिक भिडियो भनेको एउटा कथा हो । त्यसलाई सुन्दर तरिकाले प्रस्तुत गर्नुपर्छ । जस्तो पायो त्यस्तो म्यूजिक भिडियो बनाउँदा गित जिवन्त हुँदैन । त्यसको भाव र अर्थ शुन्य हुन पुग्छ ।
६. तपाईलाई गलबन्दी गितमा गित चोरीको आरोप पनि लाग्यो । बेला बेलामा यस्ता घटनाहरु किन मिडियामा आइरहन्छन् ?
गलवन्दी गित शम्भु राइको देउसी गितसँग हुवहु मिलेको चर्चा चल्यो । चोरीको आरोप पनि लाग्यो तर मैले गित चोरेको होइन, नेपाली लोकगितमा प्रयोग हुने शब्दहरु माया प्रेम साइली माइली........... इत्यादि सबै गितहरुमा हुन्छन् । प्राय लयहरु पनि उस्तै हुन्छन् । गलवन्दी गित रत्यौलीमा खेलिने मेरो आफ्नै गाउँ पाखाको भाका हो । हामी नयाँ पुस्ताका गायकहरु हाम्रा अग्रज कलाकारहरुका गितबाट प्रभावित भएका छौँ र गितमा त्यसको प्रभाव परेका मात्र हो ।
७. तपाईको बाल्यकाल निकै कष्टपूर्ण थियो रे नि होइन ?
अवश्य पनि हो । म गरिव परिवारमा जन्मेको हुँ । मेरो हजुरबुबा आरन चलाउनु हुन्थ्यो र गाउँ भरीका भाँडाहरु (हँसिया, खुर्पा, कोदाला, कादाली) बनाउनु हुन्थ्यो । त्यो वापत उहाँले वर्षको एकपटक विष्टहरुकहाँबाट अन्न पाउनु हुन्थ्यो । त्यसैबाट हाम्रो गुजारा चलिरहेको थियो । हजुरबुबासँग बुबा छुट्टिएर बस्दा हाम्रो भागमा एक तले कच्ची घर मात्र थियो । जहाँ छिडिमा बस्तुभाउ बानेर हामी त्यसैको माथिल्लो तल्लामा बस्ने गथ्र्यो । गाउँमा विजुली बत्तिको सुविधा पनि थिएन र खानपनि धौ धौ पर्ने आर्थिक अवस्थाले गर्दा बाल्यकाल सोचेको भन्दा पनि कष्टपूर्ण थियो ।
८.के तपाईले सानै देखि गायक बन्ने सपना देख्नु भएको थियो त ?
बाल्यकाल गरिविमा वितेकोले म ठूूलो भएपछि टन्न पैसा कमाउँछु र परिवारलाई सुख सयलमा राख्छु भन्ने सपना देख्थे । त्यसैले १८–१९ वर्षको उमेरमा कामको खोजिमा विदेश जान खोज्दै थिएँ। मिलेन । ९–१० कक्षा पढ्दा हाम्रो गाउँमा विजुली आयो । टेलिभिजन हेर्दा विजयकुमार जस्तो पत्रकार बन्न पाए हुन्थ्यो जस्तो लाग्यो । टिभिमा फिल्म हेर्दा हिरो बन्ने सपना नदेखेको पनि होइन । मत बहलानउन साहित्यीक पुस्तकहरु पनि पढ्न थाले । कुनै सपना पनि पुरा भएन । +२ पढ्दा गाउँभघर तिर मेला महोत्सवमा कलाकारहरुको प्रस्तुति उनिहरुको मान सम्मान देखेर मलाई पनि गायक बन्ने रहर पलायो र मैले मेरो सबै मिहिनेत र परिश्रम यहि सांगितिक क्षेत्रमा शुरु गरेँ ।
९. एकताका तपाईको व्यस्तता निकै बढेको थियो नि ?
गलबन्दी गितको सफलता पछि म रातारात भाइरल भए जस्तो भएँ । हरेक ठाउँमा मेरो माग हुन थाल्यो । देश विदेशका कार्यक्रम र अन्तरवार्तामा निकै व्यस्त भएँ । मानौ म चरा सरह सफलताको शिखरमा उडिरहेको थिए । त्यहि बेला कोभिड–१९ ले सबै क्षे अस्तव्यस्त भयो, देशभरी लकडाउन भयो । सारा विश्व आफ्नो जिउ ज्यानको सुरक्षामा केन्द्रीत भयो र म पनि आफ्ना सारा कामहरु छोडेर घरमा बस्न बाद्धय भए ।
१०. लकडाउन पछिको अवस्था कस्तो भयो ?
शुरुमा लकडाउन हुँदा कामको चापले गर्दा २ महिना जति रेष्ट गरको अनुभव गरे । त्यसपछिको समय साच्चिकै उराठलाग्दो र कष्टपूर्ण रह्यो । म शिखरबाट शुन्यमा झरें । जताततै चर्चा कमाइरहेको र सफलताको शिखरमा रहेको मान्छे एक्कासी चुप लागेर बस्नुपर्दा कस्तो हुन्छ होला त्यो हरकोहिले कल्पना गर्न सक्नुहुन्छ । लकडाउनको समयमा पनि केहि कामहरु त भए तर पहिलाको स्थितिमा पुग्न निकै गाह्रो र समय लाग्ने छ ।
११. कलाकारहरुको आम्दानिको श्रोत पनि त बन्द भयो नि होइन र ?
हामी कलाकारहरुको आम्दानीको श्रोत भनेको देश विदेशमा हुने मेला महोत्सव र रहेक कार्यक्रमहरु हुन । कोरोना महाभारीले यि सबै बन्द भएपछि त हाम्रो आम्दानीको श्रोत पनि बन्द भइहाल्यो नि ।
१२. तपाई राजनितिमा पनि चासो राख्नु हुन्छ, कलाकारहरुले प्रत्यक्ष राजनीति गर्न हुन्छ कि हुँदैन ?
राजनीतिमा हरेक नागरिकले चासो राख्नु पर्छ । राजनीति नै देशको मेरुदण्ड हो । हामीले कुरा नबुझेर राजनीतिलाई फोहोरी खेल बनाइ राखेका छौँ । प्रत्यक्ष राजनीतिन गर्ने वा नगर्ने त्यो व्यक्तिको आफ्नो विचार हो । कसैको दवावले राजनीति हुँदैन ।
१३. फुर्सदको समयमा के गर्नुहुन्छ ?
मलाई साहित्यमा रुचि छ । शिरिषको फुल मलाई मन परेको पुस्तक हो ।
१४. जातिय छुवाछुतको अन्त्य कसरी होला ?
सबैमा चेतना आउनुपर्छ । कडा कानुन हुनुपर्छ र कानुन मिच्नेलाई कारबाही गरिनुपर्छ ।
१५. जिवन के हो ?
जिवन यात्रा हो । कहिले फुलैफुको बगैचा त कहिले पहाड, चट्टान र गोरेटोबाटो हिड्नुपर्छ ।
१६. अहिले मिडियामा नयाँ आउने गायक÷गायिकाहरुकै बोलवाल छ । के पुराना गायक÷गायिकाहरु विस्थापित भएकै हुन त ?
यो स्वभाविक प्रक्रिया हो । अहिले नयाा आउने कलाकारहरु बढि चलेका छन् । तर त्यसो भन्दैमा हामीले पुराना कलाकारहरुलाई भुल्नु हुँदैन ।
१७. अन्त्यमा पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?
सर्वप्रथम काभ्रे टाइम्स साप्ताहिकलाई धन्यबाद । अहिले जताततै कोरोनाको महामारी फैलिएको छ । सबै जना सुरक्षित रहनुहोला । हामी बाचे मात्रै कला संस्कृति बाँच्छ । नेपाली कला संस्कृति र मौलीकतालाई हामी सबैले माया गरौँ ।