के माया लाग्छ र ? उद्युमै लाग्छ नि । मेरो याद आउँछ र ? हुरहुरी आउँछ नि ।अहिल नेपाली सांगितिक क्षेत्रमा बहु चर्चित यस गितमा टिकटक बनाउनेहरुसमेत हजारौ छन् । गितमा जत्ति मिठास छ म्युजिक भिडियो पनि उत्तिकै सुन्दरबनेको छ । यस गितको गायिका एलिना चौहानको जन्म झापाको सुरंगामा पिताविरेन्द्र चौहान तथा माता जमुना चौहानको कोखबाट भएको हो । अरुको भन्दाफरक तरिकाले गित गाउने एलिना चौहानले हालसम्म ६० भन्दा बढी गित रेकडगरिसकेकी छिन् । उनको तिज गित पनि निक्कै चर्चित छ । पछिल्लो समय उनकामिनरल वाटर गित पनि निकै लोकप्रिय भइरहेको छ । यिनै चर्चित गायिका एलिनाचौहानसँग काभ्रे टाइम्स साप्ताहिकको लागि गरिएको कुराकानी यहाँ प्रस्तुतगरिएको छ ।
१. हिजोआज निक्कै व्यस्त हुुनुहुन्छ नि?
हल्का व्यस्त त हुनै प¥यो नि । यहि हप्तामात्र ४ ५ वटा गित रेकर्ड गरियो ।
२. के माया लाग्छ र ?
गित सार्वजनिकभएपछि तपाईको व्यस्तता बढेको हो ?मेरो व्यस्तता बढेको त एक डेढ वषअगाडि देखि हो । तर के माया लाग्छ र ?गितको सफलता पछि चाहिँ व्यस्तताअझ बढ्दै गइरहेको छ ।
३. तिज नजिक आउदै छ । केकयोजनाहरु बनाउनुभएको छ ?
अहिले जताततै कोरोनाको संक्रमणलहरेक कामहरु ठप्प भएका छन् ।मानिसहरुलाई बाच्नैको लागि सर्घष गनपरेको छ ।यस्तो बेलामा कोठाभित्र बसेरतिज मनाउने हो । व्रत बस्छु । पुजाआजागर्छु । म भगवान शिवको भक्त हुँ ।
४. सारी लगाउन कत्तिको मनपर्छ ?
सारी लगाउन मलाई अफ्ठयारो लाग्छ ।यता मिलाय उता मिल्दैन । उता मिलाययता मिल्दैन । बरु कुर्ता सुरुवाल नै ठिकलाग्छ ।
५. गायिका नबनेको भए के गर्नु हुन्थ्याहोला ?
गित गाउनु अगाडि म शिक्षिका थिए ।सायद अहिले स्कुलमा पढाइरहेको हुन्थहोला ।
६. तपाइले हालसालै मात्रै बाबाकाबारेमा गित निकाल्नु भयो । के यातपाईको सपना नै थियो ?
सबैले आमाको बारेमा धेरै गित गायकाछन् । आमालाई ममताको खानी पनिभनिन्छ । तर आमाको जत्तिकै दायित्व रजिम्मेवारी बहन गर्ने बाबाको त्यत्ति चचाचलेको देखिदैन । बाबाको बारेमा गितगाउँछु भन्ने पहिला देखिकै सपना थियाजुन यो हप्ता पुरा गरेको छु ।
७. गित सफल हुनु भनेको दायित्व रजिम्मेवारी बढ्नु हो नि, होइन र ?
हो नि । हिजो कसैले नचिन्दा खासै त्यस्ताकेहि लाग्दैन थियो । आज मैले गायकागित दर्शक श्रोताहरुले मन पराइ दिदाआउँदा दिनहरुमा त्यो भन्दा राम्रो गितकसरी निकालौ ? दर्शक र श्रोताहरुको यामायालाई कसरी टिकाइरहँु भन्ने दायित्वर जिम्मेवारी चाहिँ बढ्दो रहेछ ।.
यो स्थानमा आइपुग्न कत्तिको सर्घषगर्नुप¥यो ?
मेरो परिवारको कोहि सदस्य पनिसांगितिक क्षेत्रमा नभएकोले र छोरी मान्छमिडियामा लाग्दा भोलि के होला भन्नपरिवारको चिन्ताले केहि समस्या चाँहिपारेको थियो । तर गायिका बन्छु भनेरनिकै दौडधुप चाँहि गर्नुपरेन । सामाजिकसञ्जालको माध्यमबाट सबै माझ चिनिन मौका पाएँ ।
९. हिजोआज तँपाई र गायिका रचनारिमालको जोडि निक्कै चम्की रहेको छनि ?
नेपाल आइडल बाट चर्चित भएकीगायिका रचना रिमाल मेरो मिल्ने साथीहुन । हामीले सँगै धेरै गित गायका छौ ।आयौ चेली भन्ने तिज गित पनि हामीलसँगै गायका छौ र म्युजिक भिडियोमा पनिसँगै नाचेका छौ ।
१०. म्युजिक भिडियोमा त अभिनयगरिरहनु भएको छ । फिल्म पनि खेल्नचाहना छ की ?
म्युजिक भिडियोमा त आफ्नै गितभएकोले मोडलिब गरेको हु । तर फिल्मखेल्ने चाहना पनि छैन सपना पनि छैन ।११. फिल्म कत्तिको हेर्नुहुन्छ ?पहिला पहिला त खुब फिल्म हेर्थे । अहिलत्यत्ति हेर्दिन ।मलाई मन र्पे फिल्म सुखदुःख र सेल्फी किब हो ।
१२. मान्छे राम्री हुनुहुन्छ । प्रेम प्रस्तावकत्तिको आँउछ ?
पहिला स्कुल कलेज पढ्दा त प्रेम प्रस्तावआउँथ्यो । अहिले चाहि विवाहको प्रस्तावआउँछ । त्यो पनि सिधै मलाई प्रस्तावराख्दैनन् । आमा बुवा सँग विवाहको कुराचलाउछन् ।
१३. नयाँ आउने गायक गायिकालाई कभन्न चाहनुहुन्छ ?
यदि आफुमा प्रतिभा छ भने अहिलत्यसलाई देखाउने बाटोहरु धेरै छन् । तरआपूmमा अरु भन्दा फरक खालको प्रतिभाचाँहि हुनुपर्छ । अरुले उक्साको भरमालाग्न चाहिहुदैन । धैर्यता र सर्घष तहुनुपर्छ ।