रामेछाप ठोसेमा पिता बलबहादुर श्रेष्ठ र माता धनकुमारी श्रेष्ठकी ४६ वर्षीय छोरी लक्ष्मी प्रजापतिले बनेपाका कुल घरान शुसिल प्रजापतिसँग विवाह गरेपछि बनेपामै २०६४ सालमा सयोग सोफा तथा फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएको छ । निडर स्वभावकी हिम्मतवाली फर्निचर व्यवसायी लक्ष्मी श्रेष्ठ प्रजापति भन्नुहुन्छ मानवले जस्तोसुकै परिस्थितीलाई पनि सामना र समस्या सँग जुध्न सिक्नुपर्छ । आफूले मनभित्र दिलदेखि नै कर्म गरे सफलता हाँसिल हुने तर्क गर्नुहुन्छ । १० लाख लगानीबाट सुरु गरेको फर्निचर व्यवसायमा मनग्य आम्दानी गरेर व्यवसाय सुरु गरेको ७ वर्षको अन्तरालमा बनेपामा ३ आना घडेरी किनेर उक्त क्षेत्रमा ४ तल्ला घर निर्माण गर्न सफल हुनुभएको छ । घरायासी तथा सरकारी कार्यालय, सामाजिक संघसंस्था, नागरिकको रोजाई अनुसार अत्याधुनिक फर्निचर निर्माण गरेर होलसेलमा विक्रि वितरण गर्दै आउनुभएको छ । न्यूनतम १० हजार देखि ७५ हजार सम्मको सोफा सेट निर्माण गरेर होलसेलमा विक्रि गर्ने गरेको लक्ष्मी प्रजापति बताउनुहुन्छ । महिलाहरुले अरुको भर नपरी आफैं व्यापार व्यवसाय गरेमा आत्मनिर्भरको बाटोमा अघि बढेमा व्यवसाय सञ्चालनबाट राम्रो आम्दानी हुने उहाँको ठम्मयाई छ । व्यवसायी लक्ष्मी प्रजापति फर्निचर व्यवसाय मात्र नभई आफ्नो रोजाई कृषि फार्म सञ्चालन भएको बताउनुहुन्छ । २०६९ सालमा कृषि र्फामबाट च्याउ खेती गरेको व्यवसायबाट आम्दानी रामै्र गर्न सकिएको र ५ जनालाई रोजगारी दिएर आफ्नो व्यवसाय सशक्त ढङ्गबाट सञ्चालन गरिएको लक्ष्मी प्रजापतिको भनाई छ । केहि महिनादेखि आफूलाई स्वास्थ्यमा प्रतिकुल भएर कृषि फर्म गर्न केहि समय छोडेको कठीन भएको र केहि समयमै पुन कृषि फर्म सञ्चालन गरी अघि बढ्ने सोच बनाएको महिला उद्यमी लक्ष्मीको भनाई छ । फर्निचर व्यवसायमा काम गर्ने ५ जना सिकिर्मी सहित कृर्षि र्फाममा कार्य गर्ने ६ जनालाई रोजगारी दिएर उनीहरुको पारिवारिक आर्थिक स्तरमा समेत उल्लेखनीय प्रगती हुन सकेकोमा आफूलाई गर्व लागेको बताउनुहुन्छ लक्ष्मी । एक सेट सोफा सेट तयार गरेको काम गर्नेले ५ हजार देखि १५ हजार सम्म ज्याले लिने गर्छन । आर्कषक डिजाईनमा आधुनिक मोडलका फर्निचरहरु काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र काभे्र जिल्लामा विक्रि गर्ने गरिएको छ । फर्निचर व्यवसायबाट वार्षिक २२ लाख आम्दानी गरेको र कृषि फार्म सञ्चालनबाट वार्षिक १३ लाख सम्म खर्च कटाएर बचत गर्न सक्नुलाई कर्मको राम्रो नतिजा भएको उँहाको ठम्याई छ । आर्थिक मन्दि, मुलुकमा राजनितिक अस्थिरताले व्यवसाय सञ्चालनमा हाल सिथिलता आएको छ । राज्यले उद्यम गर्ने जो सुकैलाई प्रोत्साहन गरेर उद्यम गरेर ४ देखि ५ प्रतिशत सम्मको व्याजदरमा ऋण उपलब्ध गराउने, कर छुटको प्रवन्ध गर्ने गरेमा देशमा नै स्वरोजगार श्रृजना हुने हुँदा विदेश पलायन रेकिने बताउनुहुन्छ उद्यमी लक्ष्मी । श्रीमान शुसीलका साथ लक्ष्मीले आफ्ना दुई सन्तान जेठो संयोक कुमार प्रजापतिलाई सिङ्गापुर मास्टर डिग्रि पढाउन, त्यस्तै कान्छो छोरो सञ्जीतकुमार प्रजापतिलाई क्यानडा मास्टर डिग्री पढाउन पठाएको बताउनु हुन्छ । त्यहाँको सिप र ज्ञान लिएर हाम्रो देश विकास र समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन भूमिका खेल्नुपर्छ भन्ने मान्यता राखी आफू अघि बढेको उद्यमी लक्ष्मी बताउन ुहुन्छ । युवा पिंढीले देशमै हिरा फलाउन सकिन्छ । सिमित श्रोत साधनको अधिक प्रयोग गरी उद्यमी व्यवसायी बनौं जीवन सुखमय हुने भन्न चाहान्छु ।