IMG-LOGO

फेसन र व्यवसायमा दिगोपन विषयक अन्तरक्रिया

 मंगल, माघ १०, २०७९  ---

 

      काठमाडौं विश्वविद्यालय स्कुल अफ लको म्यानेजमेन्ट एण्ड बिजनेश क्लबसंगको सहकार्यमा काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइजले “फेसन र व्यवसायमा दिगोपन” विषयक सस्टेनेबल फेसन टक सिरिजको नया शृंखला, सोमबार को दिन (९ ज्यानवरी ) सञ्चालन गरेको छ । सत्रको नेतत्ृव काठमाडौं विश्वविद्यालयकै पूर्वविद्यार्थीले गरेका थिए । अतिरिक्त आरएमजीहरूलाई मध्यनजर गर्दै दिगोपनका लागि प्रतिबद्ध, बन्नुको नेपाल नामक क्लोथिगं ब्र्याण्डका संस्थापक सौरभ कार्की केयुका कम्प्युटर इन्जिनियरिङ स्नातक हुन।् बुनेको नेपालको ५ वर्षको अनुभवको आधारमा उनले व्यवसाय व्यवस्थापन तथा काननू , अर्थशास्त्र तथा काननू , वातावरण, विज्ञान, व्यवसाय तथा सूचना प्रणाली, फार्मेसी लगायतका विषयका विद्यार्थीहरुसँग आफ्ना विचार आदान प्रदान गरेका थिए । कार्कीले रेडिमेड गार्मेन्टमा प्रमुख ध्यान दिदै बुनेको नेपालको सञ्चालन व्यवस्था सम्बन्धी जानकारी दिनुभयो । 

      कार्कीको उच्च शिक्षाको विषय फरक हुँदा पनि उनको यस क्षेत्रमा रहेको रुचि प्रति विद्यार्थीहरू उत्सुक थिए । उनले यस विषयसंगको आफ्नो विशेष सम्बन्ध रहेको कुरा व्यक्त गर्दै दिगोपन तर्फको पहिलो पाइला व्यवहार परिवर्तन र आदर्श अवस्थालाई आन्तारिकिकरण गर्न सक्ने क्षमता रहेको बताए । त्यसैगरी उनले कम्प्युटर इन्जिनियरिङको थप ज्ञान हासिल गरेर दिगोपनको क्षेत्रमा काम गर्नुका फाइदा बारे प्रकाश पारे । यसका साथै विद्यार्थीहरूले समग्रमा दिगो व्यवसायको नाफा बारे प्रश्न उठाएपछि उनले व्यवसाय सधैं नाफामुखी  नहुनेउल्लेख गरे । काठमाडौं युनिर्भसिटीमा हल्ट प्राइजले विगत केही महिनादेखि फेसन र सस्टेनेबिलिटीका विभिन्न पक्षमा यस्ता टक सिरिजका विश्वविद्यालयका अन्य क्लबहरूसँगको सहकार्यमा लगातार विभिन्न एपिसोडहरू सञ्चालन गर्दै आएको छ । सहभागीहरूलाई व्यावहारिकताको सार सहित विषयवस्तुको स्पष्ट चित्र प्राप्त गर्न सहज बनाउने उद्देश्यका साथ भौतिक रूपमा आयोजना गरिएको यो पहिलो एपिसोड हो । कार्यक्रमको औपचारिक समापन अतिथि वक्तालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरी गरिएको थियो ।

     

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्